Home » Archives for अनिल तिवारी /वीरगञ्ज » Page 6
Author

अनिल तिवारी /वीरगञ्ज

कम जग्गामा धेरै माछा पालन गर्न सकिने सुन्दा आश्चर्य लाग्न सक्छ। तर कृषि विज्ञानले स्थापित गरेको यो नौलो प्रविधिको अनुसन्धान नेपालमा पनि सुरु भएको छ। मुलुककै पहिलो कृषि अनुसन्धान निर्देशनालय परवानीपुरले यो प्रविधिका अनुसन्धानलाई अगाडि बढाएको छ। नेपाल कृषि अनुसन्धान परिषद अन्तरगत रहेको यो कार्यालयले आफ्नै परिसरमा रहेको सानो पोखरीमा सघन मत्स्य पालन प्रविधिको परिक्षण सुरु गरेको छ। अहिलेसम्म भएको अनुसन्धान परीक्षणको प्रारम्भिक नतिजा उत्साहजनक रहेको निर्देशनालयका प्राविधिकले दाबी गरेका छन्। कम जमिनमा ठूलो पोखरी जतिकै बढी माछा पालेर मनग्य आम्दानी गर्न सकिने बायो फ्लक प्रविधिको निर्देशनालयले परिक्षण अगाडि बढाएको हो।

निर्देशनालयका निर्देशक डा. विश्वेश्वरप्रसाद यादवले १ वर्ष देखी जारी

0 comment
0 FacebookTwitterEmail

समाजमा विभिन्न थरीका मान्छे हुन्छन्। प्रायः मान्छे पैसा कसरी कमाउने भन्ने सोच्छन्। पैसा कमाएपछि उनीहरूको सोच ऐसआरामको जिन्दगी बिताउने, घुमफिर गर्ने आदि–इत्यादि हुन्छ। तर पर्साका ‘बिजुली बा’ अर्थात् आशबहादुर गुरुङको रुचि भने फरक छ। भारतीय सेनाबाट रिटायर्ड भएका उनी दीनदुःखीको सेवामा तल्लीन छन्।

भारतीय सेनाको असम राइफलबाट रिटायर्ड भएका ७६ वर्षीय गुरुङ पर्सा ठोरका युवाहरूका लागि सम्मानित र परिचित नाम हो। सेवानिवृत्त जीवन बिताइरहेका उनको रुचि गाउँको विकाससँगै मानव सेवामा देखिएको छ। यही सेवाले चर्चा पनि उत्तिकै चर्चा हुने गरेको छ।

गुरुङकै अथक प्रयासपछि भारतीय महावाणिज्य दूतावासको आर्थिक सहयोगमा ठोरी गाँउमा नै पहिलोपटक ठोरी गाउँमा विद्युतीय सेवा पुगेको थियो। सिंगो …

भारतीय सेनाबाट निवृत्त भएपछि पनि दिनदुःखीकै सेवामा खटिइरहेका ‘बिजुली बा’
0 comment
0 FacebookTwitterEmail

श्रीमती र म छिमेकी मुलुक भारत भ्रमणमा थियौँ। भ्रमणको उद्देश्य श्रीमतीलाई खुसी तुल्याउनु थियो। श्रीमतीले केही महिनायता माइत जान कर गर्दै आएकी थिइन् । भ्रमणको बहाना यो पनि बन्यो । अन्ततः हामी भारतको भेलाही पुरन्दारा पुग्यौँ । ससुराली पुगेका ज्वाइँको स्वागत नहुने कुरै भएन।

परिवारिक जमघटले ७५ वर्ष कटिसक्नुकी सासुआमा खुसी हुनुहुन्थ्यो। त्यही खुसीमा  मनपर्ने घोनसारीको भुजादेखि भान्टाको चोक्खा र सागलगायत खाना–नास्ताको मेसो मिलाउन थाल्नुभयो। समाचार, भलाकुरीकै क्रममा मैले ठूलो जेठानलाई बिहेबारीको कुरा चलाउँदै भने, ‘हजुरकी छोरीको पढाइ सकिएकाले बिहेका लागि केटा हेर्ने समय आयो। भन्नुहुन्छ भने नेपालतिर केटा हेर्थें।’

आफ्ना श्रीमान्को कुरा टिप्दै जेठानी भाउजूले झट्ट जबाफ फर्काउनु भो, …

सिमावर्ती क्षेत्रमा वैवाहिक सम्बन्ध : ‘बिटियाको क्यों करें नेपालमें सादी ?’
0 comment
0 FacebookTwitterEmail

पर्साको पश्चिमी सिमानास्थित ठोरी गाउँपालिकाको आँखा उपचार केन्द्र भारतीयहरूको सहारा केन्द्र बन्दै गएको छ। भारतको बिहार तथा उत्तर प्रदेशको सिमावर्ती क्षेत्रमा कम अस्पताल र त्यसमा पनि आँखाको व्यवस्थित अस्पताल नभएका कारण यो अस्पताल भारतीयको सहारा बन्दै गएको हो।

२०७२ सालको विनाशकारी भूकम्पकै स्थापना भएको यो अस्पतालले प्रदान गर्ने गुणस्तरीय सेवाप्रति भारतीय बिरामी विश्वस्त हुन थालेका हुन्। यही विश्वासका कारण भारतको बिहार, पश्चिमी चम्पारणका आँखाका बिरामी आउने गरेका छन्। चम्पारणका भिखनाठोरी, अमोलवा, नरकटियागन्ज, बेतिया, बगहालगायत उत्तर प्रदेश राज्यका समेत बिरामीहरू आँखाका विभिन्न रोगको उपचारका लागि आउने गरेका छन्।

हीरालाल–सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थान भरतपुर आँखा अस्पतालद्वारा सञ्चालित यो आँखा केन्द्र …

भारतीय बिरामीको सहारा केन्द्र बन्दै ठोरी गाउँपालिकाको आँखा अस्पताल
0 comment
0 FacebookTwitterEmail

वीरगन्ज–जितपुर गौशालालाई कब्जामा लिनबाट स्थानीय निकायलाई अदालतले रोक लगाएको छ। उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले जितपुर सिमरा उपमहानगरका नाममा न्यायाधीश सीताराम मण्डलको इजलासले उक्त आदेश जारी गरेको हो। उपमहानगरपालिकाका मेयर राजन पौडेलको अगुवाइमा गत वैशाख १७ गते गौशालाको संरचनामा डोजर चलाएपछि गौशाला सञ्चालन समितिले माग गरेको निषेधाज्ञालाई अदालतले सदर गरेको हो।

समितिले उपमहानगरलाई विपक्षी बनाएर मुद्दा हालेको थियो। न्यायाधीश मण्डलको इजलासले उपमहानगरसँग निषेधाज्ञा दिनुनपर्ने कारण भए पेस गर्न र बाटोको म्यादबाहेक १५ दिनको प्रतिउत्तरको समय दिँदै अन्तरिम रोक्काको आदेश पनि दिएको छ। अदालतले मुद्दाको किनारा नलागेसम्म गौशाला र यससँगै जोडिएका अन्य संरचनामा प्रवेश नगर्न तथा कब्जामा नलिन उपमहानगरलाई अन्तरिम …

जितपुर गौशालामाथि डोजर चलाएर कब्जामा लिन खोज्ने वीरगन्ज उपमहानगरपालिकालाई अदालतको रोक
0 comment
0 FacebookTwitterEmail

वीरगन्ज जिल्ला अदालत पर्साले वीरगन्ज महानगरपालिका–२० स्थित हरपतगन्ज सडकको निर्माणकार्य रोक्न अन्तरकालीन आदेश जारी गरेको छ ।

हरपतगन्ज निवासी नन्दलाल बरैले सहरी विकास तथा भवन निर्माण कार्यालयलाई विपक्षी बनाई जिल्ला अदालतमा दिनुभएको मुद्दामा सुनुवाई गर्दै न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले बाटोको बीच भागबाट दुवैतर्फ बराबर जग्गा पर्ने गरी सडक निर्माण गर्न आदेश दिएको थियो । अदालतले नन्दलालको जग्गामा पर्ने गरी सडक निर्माण नगर्न विपक्षीको नाममा अन्तरकालीन आदेश जारी गरेसँगै सडक निर्माणकार्य रोक्का भएको छ ।

उक्त मुद्दामा बरै अर्थात् निवेदकका तर्फबाट अधिवक्ता रामवली चौहानले बहस गर्नुभएको थियो भने सहरी विकास तथा भवन निर्माण कार्यालयका तर्फबाट महमद आयुब खाँ र वडा कार्यालयका …

हरपतगन्जको सडक निर्माण रोक्न अदालतको अन्तरकालीन आदेश
0 comment
0 FacebookTwitterEmail

नारायणी अस्पतालको बन्द अवस्थामा रहेको २३ बेडको आई.सी.यु. वार्ड वीरगञ्ज महानगरपालिकाको सहयोगमा संचालनमा आउने भएको छ।महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बुधबार अस्पतालको अनुगमन गर्नुहुँदै बन्द अवस्थामा रहेको आई.सी.यू.वार्ड आउँदो आइतबारबाट पूर्ण क्षमतामा संचालनमा ल्याउन आवश्यक जनशक्ति सहयोग गर्ने बताउनु भयो।

आई.सी.यु. संचालनमा ल्याउन २८ जना जनशक्ति आवश्यक पर्ने अस्पतालले जनाएको छ। यस्तै अस्पतालको प्रसुति गृहमा बिरामीलाई सहज सेवा प्रदानका लागि आवश्यक संरचना निर्माण गर्न पनि महानगरले आउँदो अर्थिक वर्षमा लगानी गर्ने महानगर प्रमुख सिंहले बताउनु भयो।

अस्पतालमा आउने बिरामीहरूलाई उपचारमा कुनै कमी नराख्न पनि उहाँले चिकित्सक, स्वास्थ्यकर्मीलाई आग्रह गर्नु भयो।अनुगमनमा पुग्नु भएका नगरप्रमुक सिंहलाई अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चित्तरन्जन साहले अस्पतालको समसामयिक …

0 comment
0 FacebookTwitterEmail

होटल व्यवसायीले होटल–व्यवसायलाई उद्योगसरह मान्यता दिनुपर्ने माग राखेका छन् । होटेल तथा पर्यटन व्यवसाय संघ, वीरगन्जका अध्यक्ष हरि पन्त र महासचिव माधव बस्नेतको नेतृत्वमा पुगेको टोलीले उद्योग तथा वाणिज्यमन्त्री रमेश रिजाललाई भेटी ज्ञापनपत्र बुझाउँदै सो माग राखेको हो ।

मन्त्री रिजालकै गृहनगर वीरगन्जबाट आएको टोलीले देशैभरका होटेल तथा पर्यटन व्यवसायीले पछिल्लो एक दशकदेखि विभिन्न आर्थिक समस्या झेल्दै आएको र त्यसको परिणामस्वरूप होटल व्यवसाय धराशायी बन्दै गएको दुखेसो मन्त्री रिजालसमक्ष राखेका थिए ।

मुलुकमा करिब ८० हजारको संख्यामा रहेका होटल तथा पर्यटन व्यवसायलाई  सरकारले उद्योगसरहको मान्यता दिँदै  होटल तथा पर्यटनमा लाग्ने बिजुलीको महसुलदर पनि उद्योगसरह नै लिनुपर्ने उनीहरूको माग थियो ।…

0 comment
0 FacebookTwitterEmail

मेरी श्रीमती मजत्तिकै पढेकी छिन।  बिहे भएको पनि अढाइ दशक  पुग्न लागेको छ।  हामी दुबै नेपाल भारत बिचको वैवाहिक सम्बन्धको प्रतीक हौ।  म केटो नेपालको, उनी भारतीय आदर्शवान नारी।

दुबै बिचको प्रेम मिठोसँग अगाडि बढेको छ तर कहिलेकाहीँ अचानक उनको पुरानै वाक्य दोहोरिन्छ, ‘मलाई पैसा चाहियो ,डाक्टर कहाँ जानु छ, चेकअप गराउनु छ, वीरगञ्जमा नयाँ गाइनोको डाक्टर आउनु भएको छ। ’ अनि म बुझिहाल्छु, फेरि कसले उनलाई किन छोरो पाइनस् भन्यो। अनि हामी बीचको सम्बन्ध अमिलो हुँदै जान्छ र  हाम्रो सम्बाद केही समयका लागि मौन हुन्छ।  म सँधै झै उनलाई फुर्काउँदै उनको मौनता तोडन चाहन्छु। भारतका पूर्व प्रधानमन्त्री जवाहरलाल आफ्नी …

0 comment
0 FacebookTwitterEmail

राज्यका व्यवस्थापक तथा योजनाकारहरूको अव्यवस्थापन तथा दूरदर्शिताको अभावले गर्दा नारायणी अस्पतालमा दुईवटा अक्सिजन प्लान्ट जोडिएका छन् भने एउटा अक्सिजन प्लान्ट अलपत्र राखिएको छ। नचाहिने ठाउँमा श्रोत खनाउने तर आवश्यक ठाउँमा भने श्रोतको अभाव छ।  कसले के का लागि र किन तीन तीन वटा अक्सिजन प्लान्ट किन्यो भन्ने बुझाउन सक्ने अधिकारी अस्पतालमा छैन।

राज्यले व्यवस्थापनमा देखाएको उदासिनता र जनप्रतिनिधिको कमजोरीको कारण वीरगञ्जको नारायण अस्पताल आफै रोगी बन्दै गएको छ। मधेस प्रदेशमा रहेको एक मात्र यो केन्द्रिय अस्पतालमा भ्रष्टाचार र कमिसनतन्त्रको खेला पनि ठूलै छ।  यसबाट अस्पताल थला पर्दै गएको हो।

लगभग ४ वर्ष अगाडि यो अस्पतालाई  केन्द्रिय अस्पताल घोषणा गरिएपनि चरम

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved