Home » Archives for जितेन्द्र थापा/सुर्खेत » Page 2
Author

जितेन्द्र थापा/सुर्खेत

छोराछोरीले राम्ररी पढून् भन्ने चाहना सबै अभिभावकको हुन्छ। असल, अनुशासित अनि सुसंस्कृत बनून् भन्ने चाहना पनि नहुने कुरै भएन। तर सन्तति कस्ता बन्छन् भन्नेमा उनीहरूले पाउने शिक्षाले ठूलो भूमिका खेल्दछ। त्यसो भए विद्यालय वा कलेज शिक्षा नै पर्याप्त हो त ? पक्कै होइन।

‘अभिभावकको बुझाइ नै सन्तानलाई विद्यालय पठाइदिएपछि सबै समस्या निराकरण भइहाल्छ भन्ने छ,’ बालकल्याण आधारभूत विद्यालय चिसापानीका प्रधानाध्यापक यमबहादुर बिसी भन्नुहुन्छ, ‘तर विद्यार्थीलाई असल बनाउन अभिभावक, शिक्षक र सरकार तीनै पक्षको सहकार्य हुनुपर्छ।’

बिसीका अनुसार बालबालिका विद्यालयमा रहने सात­आठ घण्टा मात्र हो। बाँकी समय घरपरिवारमै बिताउँछन्। विद्यार्थीले विद्यालयमा सिक्ने­जान्ने अवसर पाउँछन्। तर त्यसलाई अभ्यास गर्ने घरपरिवारमै हो। त्यसकारण …

अभिभावक नै शिक्षक, बिदाको सदुपयोग गर्दै गुराँसका विद्यार्थी
0 comment
0 FacebookTwitterEmail

कुनै समय थियो, राउटे समुदायलाई सरसफाइको ‘स’ समेत थाहा थिएन । जंगलको बास जंगलमै फिरन्ते जीवन बिताउने उनीहरू सरसफाइमा चासो राख्दैनथे । जंगलमा भाँडाकुँडा बनाएर यो समुदाय गाउँमा अन्नसँग साट्न पुग्थ्यो । गाउँमा पुग्दा राउटेलाई सरसफाइ नगरेको देखेपछि घरगाउँमा छोराछोरीले नुहाएनन् र फोहोरी देखिएपछि तिनका अभिभावकले उनीहरूलाई ‘राउटे’ भनेरसमेत गिज्याउँथे । त्यसपछि उनीहरू सधैँ सफा हुन्थे ।

पहिले सरसफाइमा ध्यान नदिने त्यही राउटे समुदाय पछिल्लो समय परिर्वतन हुँदै गएको छ । आफ्नो बस्तीवरिपरि दिसा–पिसाब गरी फोहोर गर्ने राउटे समुदायमा पछिलो समय परिवर्तन आएको राउटे बस्तीमा जोडी शिक्षकका रूपमा कार्यरत लालबहादुर खत्री बताउनुहुन्छ । ‘पहिले ननुहाउने, सरसफाइमा ध्यान नदिने, बस्तीवरिपरि दिसा–पिसाब …

राउटे समुदायमा आएको परिवर्तन : गर्न थाले औषधिमा विश्वास
0 comment
0 FacebookTwitterEmail

टाउकोमा टोपी। टोपीबाहिरबाट सेतै फुलेका रौँ देखिन्छन्। हातमा हथौडा लिएर आठ वर्षीय नातीसँगै विभिन्न भाँडाको अविष्कार गर्नु आरन्र्या बाजेको दैनिकी हो। आरनमा बसेर काम गर्ने भएकाले पनि गाउँमा उहाँलाई सबैले आरन्र्या बाजेका रूपमा चिन्छन्। तर उहाँको नाम हो रघे लुवार। ठाटीकाँध गाउँपालिका २ टोम्टाल्ला, दैलेख।

उमेरले ७७ वर्षका पुगे पनि कामका आधारमा लुवार युवाको दर्जामा बस्नुपर्छ। उहाँ आरनमा नबसेको दिन सबै काम ठप्प हुन्छ। यो उमेरमा पनि उहाँलाई आरनमा बस्न कुनै कष्ट हुँदैन। कष्ट त त्यतिबेला हुन्छ, जब भोकभोकै आगोको रापमा जलेर अन्तिममा बालीमा चित्त बुझाउनुपर्छ।

दिनरात नभनी आरनमा बसे पनि सोचेअनुरुप आरन पेसा व्यावसायिक हुन नसक्दा पेसा नै ओझेलमा …

ओझेलमा गाउँका आरनकर्मी, पेसा व्यावसायिक नहुँदा बालीमै चित्त बुझाउँछन्
0 comment
0 FacebookTwitterEmail

दक्षिण एसियाका लगभग अन्तिम घुमन्ते जातिमध्ये एक हो राउटे समुदाय। जंगलमा घुम्दै फिर्दै घुमन्ते जीवन बिताउने यो समुदायको छुट्टै संसार थियो। बाँदरको सिकार, कन्दमूललगायत जंगलमै उत्पादन हुने फलफूल खाएर जीविकोपार्जन गर्थे। जंगलमै भए पनि उनीहरू खुसी र बलिया थिए। लोभलालच गर्दैनथे। घुमन्ते आदिवासी जनजातिको अन्तिम र एक मात्र बचेको समुदाय राउटे समुदायको अलग्गै पहिचान थियो। आफ्नै राजा, आफ्नै सरकारको नीति नियमभित्र बाँच्थे।

जंगलमा काठका भाँडाकुँडा उत्पादन गरेर नजिकका गाउँमा अन्नसँग साट्दै उनीहरू आत्मनिर्भर बन्थे। आफ्नै चालचलन रीतिथिति र बोलीमा तटस्थ थिए।

यो समुदाय कर्णाली र सुदुरपश्चिम र लुम्बिनी प्रदेश आसपासका जंगलमा फिरन्ते जीवन बिताउँदै आफ्नो दैनिकी गुजार्दै आएको समुदाय हो। …

पैसा र मदिराले मासिँदै राउटे समुदाय
0 comment
0 FacebookTwitterEmail

सरल स्वभाव र सबैसँग सजिलै घुलमिल हुन सक्ने स्वभावका कारण राउटे समुदायसँग पनि सहज रूपमा घुलमिल भएका व्यक्ति हुनुहुन्छ लालबहादुर खत्री। २०७५ असार १७ गते बाट सोसेक नेपालले सञ्चालन गरेको राउटे परियोजनामा लालबहादुर दम्पती जोडी शिक्षकका रूपमा कार्यरत हुनुहुन्छ।

बिहान उठेदेखि साँझसम्म राउटे समुदायवरिपरि रहने लालबहादुर र पत्नी दुर्गा खत्री राउटे समुदायको मनमै गढेका छन्। समुदायमा शिक्षिकाका रूपमा कार्यरत भइसकेपछि राउटे समुदायको रेखदेखदेखि सोही समुदायका बालबालिकालाई पढाउन लेखाउन व्यस्त हुनुहुन्छ। जंगलमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदाय न त पढ्न मान्छ, न स्वास्थ्य उपचारमा विश्वास गर्छ । तर, पनि स्वास्थ्य उपचार, शिक्षा, सरसफााइ सिकाउने कुरामा अग्रसर हुनुहुन्छ खत्री दम्पती। यो …

राउटे समुदायसँगै ७८ ठाउँमा डेरा सरेको लालबहादुर दम्पती
0 comment
0 FacebookTwitterEmail

 वरिपरि घना जङ्गल। जङ्गलको बिचमा छङछङ बग्ने खोला। त्यही बाक्लो घनाजङ्गलका न्याउलीको न्याहुन्याहु र कोहिली चरीको कुहुकुहुले वन नै गुन्जायमान भएको थियो। त्यो घना जङ्गलको बीचमा एउटा सानो चिटिक्क परेको पानी घट्ट। दैलेखको ठाटीकाँध गाउँपालिका ३ मा अवस्थित पानीघट्ट विशाला, खुडखुडी र बहाकोटबासीका लागि घट्ट पिस्ने केन्द्र बनेको छ। वरिपरिको सुन्दर वातावरण, स्वच्छ हावापानीका कारण पनि यहाँका आउनेको भिड् लाग्छ। पहिले दुई देखि तीन घण्टाको उकालो ओरालो यात्रा गरेर जानुपर्ने बाध्यता थियो। तर, अहिले त्यो बाध्यता हटेको यहाँका स्थानीय बताउँछन्।

पहिले घट्ट नहुँदा तीन घण्टा पैदल हिडेर घट्ट पिस्न गएको सम्झिँदा अहिले आश्चर्य लाग्ने गरेको ठाटीकाँध गाउँपालिका ३ खुड्खुडीका लालबहादुर …

0 comment
0 FacebookTwitterEmail

गह्रुंगो भो घाँसको भारी, घाँसको भारी
भेटिएन बिसाउने चौतारी
डाँडै पिपल
डाँडै पिपल भाँच्यो हुरीले छैन शीतल

गायिका मुना थापा मगरको यो गीतले वर–पिपल (चौतारी) बारे धेरै कुरा भन्छ। कुनै समय यस्तो पनि थियो, जहाँ प्रेमी होस् या बटुवा, वनजंगल पाखापखेरा, लेकबेँसी खर्कबाट घाँस–दाउरा गरेर थकाइ मेट्न चौतारीमा पुग्थे। मेलापात गर्दा होस् या उकाली–ओराली, थकान महसुस भएपछि चौतारीमा बसेर सिर्सिरे बतासको आनन्द लिँदै प्रेमिल र आत्मीय गफ गर्थे।

यिनै चौतारीमा बसेर बूढापाकाहरू आफ्ना बालापनका दिन सम्झिँदै ठट्यौली गर्थे। यसरी चौतारीको शीतलमा बस्दाबस्दै समय बितेको पत्तो हुँदैनथ्यो। हो, कुनैबेला यस्तो पनि जुग थियो।

तर, पछिल्लो समय आयातित विकासको स्वरूप गाउँघरमा मोटर …

आधुनिक विकासको निसानामा इतिहासकालीन चौतारी
0 comment
0 FacebookTwitterEmail

कालिकोटकी कोकिला (परिवर्तित नाम) १७ वर्षकी भइन्। गाउँनजिकैका एक जना युवासँग उनको प्रेम सम्बन्ध थियो। पछि आफू एक्कासि गर्भवती भएकोे खबरले उनी अत्तालिइन्। सुरक्षित गर्भपतनबारे जानकारी नपाएकी र घरपरिवार गाउँलेले थाहा पाउने डरले स्वास्थ्यचौकी पुग्ने आँट गरिनन्। त्यसपछि उनले प्रेमीसँग सल्लाह गरिन्। सल्लाहअनुसार प्रेमीले चार घण्टाको पैदल यात्रा गरी मेडिकल पुगेर औषधि ल्याइदिए। त्यसपछि परिवार सुतेको अवस्थामा औषधि सेवन गर्न लगाए र गर्भपतन गराए।

त्यस्तै दैलेखकै १८ वर्षीया रामसरा (परिवर्तित नाम) एसइई दिएर घरमा बसेकी थिइन्। उनी पनि आफूसँगै अध्यनरत साथीसँगको प्रेम सम्बन्धमा थिइन्। यो कुरा घरपरिवारलाई सुइँको समेत थिएन। एक्कासि उनी पनि गर्भवती भइन्। गर्भवती भएकोे थाहा पाएपछि धेरै …

0 comment
0 FacebookTwitterEmail

राउटे समुदायकी १७ वर्षीय बाङ्गे शाही गर्भवती हुनुहुन्छ। १३ वर्षको उमेरमा विवाह भयो।  १६ वर्षमा पहिलोपटक गर्भवती हुनुभयो। मदिरा सेवनका कारण बाङ्गे शाहीको गर्भपतन भयो। अहिले बाङ्गे दोस्रो पटक गर्भवती हुनुभएको छ। चार महिनाको छ गर्भ । तर, बाङ्गे गर्भजाँचका जानुहुन्न।

राउटे समुदायकै ४२ वर्षीया फुल्लेरी शाही गर्भवती भएको सात महिना भयो। तीन बच्चा छन्। पहिले पनि धेरै जन्माउँदै बितेका थिए। यहाँ सम्म पुग्दा समेत फुल्लेरी एक पटक पनि अस्पताल जानु भएन। जाने चाहना पनि छैन। बाङ्गे शाही र फुल्लेरी शाही मात्र नभएर यो समुदायका सबैजना महिलाहरू गर्भवती भएपछि स्वास्थ्य संस्थामा गर्भजाँच नगर्ने गरेको राउटे परियोजनामा कार्यरत  शिक्षक दुर्गा खत्री …

0 comment
0 FacebookTwitterEmail

जुम्लाको पातारासी गाउँपालिका ३ छुमचौरकी मनमाया (परिवर्तित नाम) ३३ वर्षकी हुनुभयो। दुई छोरा र एक छोरीकी आमा उहाँ चौथोपटक गर्भवती हुनुभयो। घरको पारिवारिक र आर्थिक अवस्था कमजोर भएकी उहाँको इच्छा चौथो सन्तान नजन्माउने थियो। त्यसैले गर्भपतन गर्न उहाँ नजिकैको हेल्थ पोस्टमा पुग्नुभयो तर सुरक्षित गर्भपतन गर्ने उहाँको आशा–निराशामा परिणत भयो। उक्त हेल्थ पोस्टमा न गर्भपतनसम्बन्धी औषधि थियो न त तालिमप्राप्त जनशक्ति नै। उहाँ निरास भई केही घण्टा हिँडेर एउटा मेडिकलमा पुगेर औषधि लिएर घर फर्किनुभयो।

उहाँ एक प्रतिनिधि पात्र मात्र हुनुहुन्छ। उहाँजस्तै कैयौँ गर्भवती महिला स्वास्थ्यको पहुँचमा नहुँदा र जथाभावी बाहिरको औषधि प्रयोग गर्दा पाठेघरलगायतका समस्या भोग्न बाध्य छन्।

नाम

छोराको रहरमा ७ छोरी, फेरि पनि आस छोराकै
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved