राउटे समुदायकी १७ वर्षीय बाङ्गे शाही गर्भवती हुनुहुन्छ। १३ वर्षको उमेरमा विवाह भयो। १६ वर्षमा पहिलोपटक गर्भवती हुनुभयो। मदिरा सेवनका कारण बाङ्गे शाहीको गर्भपतन भयो। अहिले बाङ्गे दोस्रो पटक गर्भवती हुनुभएको छ। चार महिनाको छ गर्भ । तर, बाङ्गे गर्भजाँचका जानुहुन्न।
राउटे समुदायकै ४२ वर्षीया फुल्लेरी शाही गर्भवती भएको सात महिना भयो। तीन बच्चा छन्। पहिले पनि धेरै जन्माउँदै बितेका थिए। यहाँ सम्म पुग्दा समेत फुल्लेरी एक पटक पनि अस्पताल जानु भएन। जाने चाहना पनि छैन। बाङ्गे शाही र फुल्लेरी शाही मात्र नभएर यो समुदायका सबैजना महिलाहरू गर्भवती भएपछि स्वास्थ्य संस्थामा गर्भजाँच नगर्ने गरेको राउटे परियोजनामा कार्यरत शिक्षक दुर्गा खत्री बताउनुहुन्छ। उहाँका अनुसार राउटे समुदायका सबैजना महिलाले गर्भ जाँच गर्न स्वास्थ्य संस्था नजाने र गर्भजाँच गर्न नमान्ने गरेको उहाँ बताउँनुहुन्छ। गर्भ जाँच गर्न अहिलेसम्म स्वास्थ्य संस्था गएका छैनन् जान पनि मान्दैनन्, ’उहाँले भन्नुभयो, ‘स्वास्थ्य संस्थामा गएमा सुई लगाउँछन् भन्छन्। र जान हुँदैन हाम्रो पुर्खाले घरमै जन्मायो भनेर भन्ने गर्छन्।’
घरभन्दा टाढा लगेर बच्चा जन्माउँछन्
सुन्दा अचम्म लाग्ला। अन्य समुदायको महिलाहरू सुत्केरी व्यथा लाग्ने बित्तिकै अस्पताल सम्झिन्छन्। एम्बुलेन्स गाउँमा भए स्ट्रेचर सम्झिन्छन्। तर जङ्गलमा फिरन्ते जीवन बिताउदै आएको राउटे समुदाय कुना काप्चा, खोलाखोल्सी कसैले नदेख्ने ठाउँमा लिएर सुत्केरी गराउँछन्। अन्य समुदाय सुत्केरी व्यथा लाग्ने बित्तिकै अस्पताल दगुर्छन् भन्ने यो समुदाय घरभन्दा बाहिर बस्तीबाट पाँच सात मिटर पर लिएर जन्माउने चलन रहेको शिक्षक लाल बहादुर खत्री बताउनुहुन्छ। उहाँका अनुसार अन्य समुदायले अस्पतालमा जन्मिए पनि दूध चुसाउने चलन छ।, तर, यो समुदायले बच्चा जन्माइसकेपछि पुरै समुदाय र घरघरमा नडुलाएसम्म दूध चुसाउँदैनन्। सरसफाइ गर्नुको साटो समुदायमा लैजान्छन्। सरसफाइ गर्दैनन्। जसले गर्दा चिसो भएर सुनिने गर्छ।’
गर्भवती अवस्थामा घरभन्दा पाँच सात मिटर पर बस्ती नदेखिने ठाउँमा लिएर बच्चा जन्माउने गरेको खत्रीको भनाई छ। पहिले पहिले पहिले हामी बस्तीमा काम गर्नेलाई समेत त्यो अवस्थामा बस्तीमा समेत प्रवेश गर्न दिदैँन थिए ,’उहाँले भन्नुभयो, ‘अहिले व्यथा लागेको समयमा बस्ती सम्म प्रवेश गर्न दिन्छन् तर, बच्चा जन्माउने ठाउँमा जान दिदैनन्।’
जोखिममा आमा र बच्चा
नेपाल सरकारको नियम अनुसार कम्तिमा आठ पटक स्वास्थ्य संस्था पुगेर गर्भजाँच गराउनुपर्छ। तर, राउटे समुदायका महिलाहरूले आठ पटक त के स्वास्थ्य संस्थानै जादैनन्। गर्भवती अवस्थामा स्वास्थ्य संस्था किन नजाने? भन्ने प्रश्नमा राउटे समुदायकी फुल्लेरी शाहीले भन्नुभयो, ‘हाम्रो पुर्खाले स्वास्थ्य संस्था नगएर घरमै बच्चा जन्मायो। अहिले हामी किन जाने स्वास्थ्य संस्था? हामी घरमै जन्माउँछौ। स्वास्थ्य संस्था गए सुई लगाउँछन्।’
त्यस्तै राउटे समुदायकी ४२ वर्षीय गमला शाही पनि स्वास्थ्य संस्था जाने कुरामा सहमत हुनुहुन्न। स्वास्थ्य संस्था किन जानुहुँदैन भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ, ‘हाम्रा पुर्खाले यही बस्तीमै जन्मायो। हामीले पनि यही पायौँ। हामी किन जाने स्वास्थ्य संस्था ?’
घरमै सुत्केरी व्यथा लागेर कसैले दुई तीन घण्टामा बच्चा जन्माउने उहाँले बताउँनुभयो। सुत्केरी हुने भएमा कसैले एक दुई घण्टामा पाइहाल्छ,’ उहाँले भन्नुभयो, ‘ कसैलाई बिहानबाट साँझसम्म व्यथा लागेर बच्चा जन्माउँछन्।’ बच्चा जन्मिसकेपछि नाभि केले काट्नुहुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘बच्चा जन्मिसकेपछि नाभि घरेलु सामानबाट काट्छ। चक्कु लगायत अन्य सामान।
यो समुदाय सानैमा बिहे गर्छ। राउटे समुदायमा परिवार नियोजनसम्बन्धी ज्ञान समेत छैन। बच्चा जन्माइसकेपछि नाभि घरेलु सामानले काट्ने गरेको बताउँछन्। सानो समयमै विवाह गरेर सानो उमेरमा नै बिहे गरेर गर्भवती हुन्छन्। उमेर नपुगेर विवाह गर्दा एउटा उनीहरूको उमेर पनि परिपक्व भएको हुँदैन। गर्भधारण गर्ने, पाठेघर, मानसिक, शारीरिक विकास राम्रोसँग भएको हुँदैन। त्यसमै उनीहरू आमा बन्छन्। यसबाट उनीहरूमा दीर्घकालीन रुपमा समस्या भएको हुन्छ।
शारीरिक तथा मानसिक रुपमा परिपक्व नभएका कारण उनीहरूमा एनिमिया, रगतको कमी हुने, इन्सफेक्सन बढी हुने, बच्चा जन्मिने बेला लामो समयसम्म व्यथा लाग्ने, रगत धेरै बग्ने लगायतका समस्या हुन सक्ने कर्णाली केयर अस्पताल सुर्खेतमा कार्यरत प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा सजिप्ता पन्त बताउँनुहुन्छ। यि र यस्ता समस्यामा पनि स्वास्थ्य संस्थामा पुगेर निरन्तर गर्भ जाँच गरे समयमा नै जानकारी हुन्छन्,’ उहाँले भन्नुभयो, ‘वा उनीहरू सानै उमेरमा गर्भवती भएर स्वास्थ्य संस्थामा गएमा सानो उमेरमा गर्भवती हुनुहुँदैन भनेर चेतना हुन्थ्यो। तर, उनीहरू हस्पिटल नै जादैनन् अनि सानो उमेरमा गर्भवती हुनुहुँदैन भनेर कसरी सिक्छन् त। उनीहरूलाई गर्भपतनसम्बन्धी तरिका नभएर नै यस्तो भएको हो।’
नेपाल सरकारले गर्भवती र सुत्केरीका लागि प्राथमिकतामा राखेको छ। तर, राउटे समुदायका महिलाहरूलाई त्यसको हावा पनि लाग्न नसकेको अवस्था छ। आमा र बच्चा दुवैसँग जोडिएको विषय भएर सरकारले प्राथमिकतामा राखेको छ। तर, पनि राउटे समुदाय भने उही पुरानो जीवनशैलीमा छ।
गर्भवती भएको अवस्थामा स्वास्थ्य संस्था पुगेमा गर्भवतीको पाठेघरमा केही समस्या छ कि, थाइराइड, मधुमेह वा अन्य कुनै शारीरिक मानसिक रोग छ पो कि जसका कारणले गर्दा आमा र बच्चा दुवैको स्वास्थ्यलाई खतरा हुन्छ की भन्ने कुरा जाँच गर्न गए बेलैमा जानकारी हुने डा पन्तको भनाई छ। त्यही अनुसार औषधी उपचार गर्ने हो, ’उहाँले भन्नुभयो, ‘नौ महिनासम्म एकपटक पनि जाँच गर्न गएन भने बच्चाको तौल कति छ ? पानीको मात्र कस्तो छ ? बच्चा उल्टो वा सुल्टो पल्टेको छ ? त्यो स्वास्थ्य संस्थामा गएर जाँच नगरेर थाहा नहुने कुरा हो। सुत्केरी व्यथा लाग्यो तर, बच्चा उल्टो बसेको छ, तेस्रो बसेको छ भनेपछि लामोसमयसम्म व्यथा लाग्ने। बच्चा जन्मिन नसक्नै, लामो समयसम्मको व्यथाले आमालाई गाह्रो हुने वा पाठेघर फुट्ने, वा लामो समयसम्म व्यवस्था लाग्यो बच्चा निस्केन। खुट्टा मात्र बाहिर निस्केछ भने राउटे समुदायमा बच्चा तानिदिने हुन्छ। जसले गर्दा बच्चाको ज्यान जान सक्ने, पाठेघर फुट्ने, धेरै रगत बग्ने समस्या बढी हुन्छन्।’
नौ महिनासम्म गर्भ जाँच गर्न जादा स्वास्थ्य संस्थाले दुईवटा डोज टिटानसको सुई लगाइदिन्छ। त्यसले गर्भवती अवस्थामा बच्चालाई टिटानसको रोगबाट बचाउँछ। अर्को आइरन क्याल्सियम चक्की दिन्छ जसले गर्दा आमामा हुने रगतको कमी वा हड्डीहरूको विकासका लागि काम गर्ने पन्तको भनाई छ।
राउटे समुदाय जहाँ पुग्छन् त्यहाँ स्वास्थ्यको पहुँचमा नभएकाले र पहिलेबाटै राउटे समुदाय स्वास्थ्य संस्था नजाने गरेकाले स्वास्थ्य संस्था नगएको सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाको भनाई छ। पहिलो कुरा यो समुदाय पहिलेबाट नै स्वास्थ्य संस्था जाँदैनन्,’ उहाँले भन्नुभयो, ‘महिनाको र समयअनुसार बस्ती सार्ने काम गर्छन्। जसले गर्दा स्वास्थ्य संस्था नजिक हुँदैनन्।’ राउटे समुदायका गर्भवती महिलाहरूका लागि आफूहरूले एकजना अनमि नै नियुक्त गरेको उहाँले बताउँनुभयो।
गर्भवती अवस्थामै मदिरा सेवन
राउटे समुदायका महिलाहरू अत्यधिक रुपमा मदिरा सेवन समेत गर्छन। चाहे गर्भवती भएको समयमा होस वा नभएको छ। गर्भवती भएकै अवस्थामा मदिरा सेवन गर्दा १७ वर्षीया बाङ्गे शाहीले जाजरकोट बस्ती बसेको बेला अत्यधिक मदिरा सेवन गरेर लडेर ढुङ्गामा ठोक्किँदा सात महिनाको गर्भ गर्भपतन भएको सोसेक नेपालद्वारा राउटे बस्तीमा सञ्चालित राउटे परियोजनामा कार्यरत शिक्षक लाल बहादुर खत्री बताउनुहुन्छ।
कर्णाली तथा सुदूरपश्चिम आसपासका जङ्गलहरूमा फिरन्ते जीवन बिताउदै आएको फिरन्ते घुमन्ते जाती हो। एउटा ठाउँमा लामो समय नबिताउने। बस्ती सरेको छोटो समयमै आफ्नो बस्ती सर्ने समुदायभित्र पनि पर्छ यो समुदाय। अज्ञानतासँग रमाइरहेको यो समुदाय स्वास्थ्य, शिक्षा लागायतका कुराहरू व्यर्थ रुपमा बुझ्छन्। अन्य समुदायका महिलाहरू गर्भ जाँच गर्नका लागि स्वास्थ्य संस्था पुग्छन्। औषधी प्रयोग गर्छन। तर राउटे समुदायका महिलाहरू गर्भवती भएका बेला गर्भजाँचको लागि नत स्वास्थ्य संस्था नै जान्छन्। नत औषधी नै प्रयोग गर्ने गरेका छन्। गर्भावस्थामा प्रसस्त मात्रमा पोषिला खाने कुरा खानुपर्ने हो। तर, पोषिला खानेकुरा खानुको साटो घरेलु मदिरा सेवन गरेको पाइन्छ। सरकारले यसतर्फ ध्यान दिन जरुरी छ।
आवरण AI बाट बनाइएको शाङ्केतिक तस्बिर
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
जितेन्द्र थापा/सुर्खेत का अन्य पोस्टहरु:
- कृषिलाई शत्रु ठान्ने राउटे समुदाय कृषिमै रमाउँदै
- विश्वासले प्राप्त गरेको सफलता
- भूकम्प पीडित -‘ओछ्याउने छ, शरीरमा लगाउने कपडा छैन’
- छोरा खोरमा, परिवार त्रिपालमा
- ‘ हामीलाई बचाउ सरकार! चिसोले मर्ने भयौँ ।’
- भूकम्पमा बाँचेकाहरूको पुकार ‘हे ईश्वर, पानी नआइज। पानी परेपछि त हामी बाँच्दैनौँ।’
- पीडामा पनि राजनीति, पहुँचका आधारमा राहत
- पशु बस्ने खोरमा १३ वर्षदेखि बन्धक हेमराज, तर किन?
- विषादी प्रयोग गर्न छोडेपछि कसरी भयो कृषि उत्पादनमा वृद्धि
- प्लास्टिकका भाँडासँग हार्दै गाउँघरका काठका ठेकी