सुर्खेत । दैलेखको गुराँस गाउँपालिका –५ कि पूर्ण कुमारी रावल वली दैनिक विद्यालय पुग्छिन् । नजिकैको सिद्ध मालिका प्राथमिक विद्यालयमा पुग्नु उनको दैनिकी हो । दुई छोरा र एक छोरी सोही विद्यालयमा अध्ययनरत छन् । आफ्ना छोरा छोरीको अध्ययनरत विद्यालयमा पुगेर छोराछोरीको अध्ययन र शिक्षकले पढाए नपढाएको रेखदेख गर्नु अहिले उनको दैनिकी जस्तै भएको छ ।
उमेरले २५ वर्ष पुगेकी पूर्ण कुमारी छोरा छोरीको अध्ययनबारे जानकारी लिन दैनिकजसो विद्यालय पुग्ने गरेको बताउँछन् । पहिला छोराछोरीलाई विद्यालय पठाएपछि घरधन्दाकै काममा व्यस्त हुन्थे,’उनले भनिन्, ‘तर विद्यालयमा जब देखि सेभ द चिल्ड्रेनको सहयोगमा विद्यालय नेतृत्व तथा व्यवस्थापन परियोजना (सलम) को सुरुवात भयो तब देखि छोराछोरीको अध्ययनसँगसँगै विद्यालयको अवस्था बुझ्न विद्यालय जाने गरेकी छु ।’
पूर्ण कुमारी एक प्रतिनिधि पात्र मात्र हुन् उनीजस्तै आफ्ना छोराछोरीको पढे नपढेको, विद्यालय पुगे नपुगेको, शिक्षकले पढाए नपढाएकोबारे जानकारी लिन यहाँका अभिभावक विद्यालय पुग्ने गरेका छन् ।
पूर्ण कुमारी जस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १५ सुर्खेतकी सिता शाहीले पनि यहाँ भर्ना गरेकी छन् । गुणस्तरीय सिकाइ र वातावरणका कारण अन्य विद्यालयबाट यस सिद्धमालिका प्राथमिक विद्यालयमा भर्ना गरेको उनको भनाई छ ।
सेभ द चिल्ड्रेनको सहयोगमा विद्यालय नेतृत्व तथा व्यवस्थापन परियोजना (सलम) को सुरुवात भएसँगै आफ्ना बालबालिकाको पढाइप्रति अभिभावकले चासो दिन थालेका छन् ।
सन २०१९ बाट दैलेखको गुराँस गाउँपालिकाका १४ वटा विद्यालयमा नमूना परियोजनाको रुपमा सञ्चालन भएको विद्यालय नेतृत्व तथा व्यवस्थापन परियोजना यस सिद्धमालिका प्राथमिक विद्यालयमा पनि सुरु भएपछि विद्यालयले नियमित अभिभावक बैठक गर्दै आएको जानकारी पूर्ण कुमारी रावल वलीलाई छ ।
यस्तो बैठकमा विद्यालय सुधार र विद्यार्थीहरूको सिकाइ उपलब्धि कसरी वृद्धि गर्न सकिन्छ भनेर छलफल हुन्छ । गुणस्तरीय शिक्षाको विद्यालय निर्माणमा अभिभावकको भूमिका के रहन्छ भन्ने बारेमा पनि शिक्षक अभिभावक र विद्यालय व्यवस्थापन समितिका सदस्यबीचमा छलफल हुन्छ । यिनै छलफलमा सहभागिता भएपछि पूर्ण कुमारीलाई अहिले भने विद्यालयमा नियमित जसो हुने बैठकले छोराछोरीको सिकाइ उपलब्धि बढाउन अभिभावकको पनि सक्रिय संलग्नता हुनु पर्ने अनुभूति भएको छ । तर पहिले भने छोराछोरीलाई विद्यालय पठाएपछि आफ्नो जिम्मेवारी पुरा हुन्छ भन्ने उनलाई लाग्थ्यो ।
विद्यालयमा हुने शिक्षक अभिभावक बैठकबाट सिकेका कुरालाई सार्थक बनाउन विद्यालयका हरेक गतिविधिमा पूर्ण कुमारीले सक्रिय सहभागिता जनाउन थालेकी छन् । जब देखि सेभ द चिल्ड्रेनको सहयोगमा विद्यालय नेतृत्व तथा व्यवस्थापन परियोजना (सलम) लागू भएपछि विद्यालयमा धेरै परिवर्तन आएको बताइन् । म र मजस्ता अभिभावक मिलेर विद्यालयमा शैक्षिक सामग्री निर्माणमा सघाउँछौ, ’उनले भनिन्, ‘विद्यालयमा शिक्षकले बालबालिकालाई राम्रोसँग अध्यापन गरे नगरेको जानकारी पनि लिन्छौं ।’
परियोजना लागू भएपछि महिनामा एक पटक अनिवार्य अभिभावक शिक्षक बैठक बस्ने गरेको र आवश्यकता अनुसार व्यक्तिगत रुपमा शिक्षक अभिभावकको मात्र बैठक पनि हुने उनी बताउँछन् । यस किसिमको बैठकले आफ्नो बालबालिकाको पढाई अवस्थाको बारेमा आवश्यक जानकारी लिन र सुधार गर्न पर्ने कमजोरीहरू थाहा भएको छ, ’उनले भनिन्, ‘पहिला हामीले यस्तो कुरा थाहा थिएन । त्यति चासो पनि राखेको थिएनौं । तर अहिले हामीलाई महसुस भएको छ कि यो त हामीले चासो राख्न पर्ने महत्वपूर्ण कुरा रहेछ ।’
विद्यालय सुधारका लागि पूर्ण कुमारी लगायत यहाँ अध्ययनरत बालबालिकाका धेरै अभिभावकहरू बैठकमा नियमित रुपमा आउने र छलफलमा सक्रिय सहभागिता जनाउँने गरेको सिद्धमालिका प्राथमिक विद्यालय विद्यालयकी प्रधानाध्यपक गौरी शाही बताउँछन् ।
उनका अनुसार अभिभावकहरू बैठकमा नियमित रुपमा आउने र छलफलमा हुने सक्रिय सहभागिताले विद्यार्थीको ’’ सिकाइलाई सहजिकरण गर्ने दायित्वबोध गर्नेक्रम उल्लेख्य रुपमा बढेको छ । अभिभावकको संलग्नताले गर्दा विद्यालयमा धेरै कुरामा परिवर्तन आउन थालेकोमा खुसी व्यक्त गर्दछु, ’उनले भनिन्, ‘सबैभन्दा ठूलो परिवर्तन भनेकै हाम्रो विद्यालयको सिकाइ उपलब्धि हो । सिद्धमालिका प्राथमिक विद्यालयको सिकाइ उपलब्धि २०७७ मा ७१ प्रतिशतमा थियो । २०७८ सालमा ८५ प्रतिशत पुगेको छ । यस आर्थिक वर्षको लक्ष्य ९० प्रतिशत पुर्याउने लक्ष्य रहेको छ ।’
२९ जना बालबालिका अध्ययन गर्ने यो विद्यालयमा अप्रत्याशित रुपमा सिकाइ उपलब्धि बढ्नुको मुख्य कारण विद्यालयमा अभिभावकको सक्रिय सहभागिता भएको प्रधानध्यापक शाहीको दावी छ । अहिले त दुई चारदिन बिदा बस्नु पर्दा पनि अभिभावकलाई जानकारी गराउनै पर्छ, ’उनले भनिन्, ‘ एक दिन मात्रै पनि विद्यालयमा हामी शिक्षक बिदा बसे फोन नै गरेर आज किन विद्यालय नआउनु भएको हो ? भनेर अभिभावकले सोधखोज गर्नुहुन्छ । विद्यालय नेतृत्व तथा व्यवस्थापन परियोजनाको सहयोगमा गरिएका सुधारका प्रयासहरूबाट यो परिवर्तन सम्भव भएको उनको भनाई छ ।
अभिभावकको यो सक्रियताले गर्दा विद्यालयलाई पनि काम गर्न सजिलो भएको अन्य वडाबाट समेत अभिभावकहरूले आफ्ना बालबालिकालाई यस विद्यालयमा भर्ना गर्ने क्रम बढेको उनले बताइन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
जितेन्द्र थापा/सुर्खेत का अन्य पोस्टहरु:
- कृषिलाई शत्रु ठान्ने राउटे समुदाय कृषिमै रमाउँदै
- विश्वासले प्राप्त गरेको सफलता
- भूकम्प पीडित -‘ओछ्याउने छ, शरीरमा लगाउने कपडा छैन’
- छोरा खोरमा, परिवार त्रिपालमा
- ‘ हामीलाई बचाउ सरकार! चिसोले मर्ने भयौँ ।’
- भूकम्पमा बाँचेकाहरूको पुकार ‘हे ईश्वर, पानी नआइज। पानी परेपछि त हामी बाँच्दैनौँ।’
- पीडामा पनि राजनीति, पहुँचका आधारमा राहत
- पशु बस्ने खोरमा १३ वर्षदेखि बन्धक हेमराज, तर किन?
- विषादी प्रयोग गर्न छोडेपछि कसरी भयो कृषि उत्पादनमा वृद्धि
- प्लास्टिकका भाँडासँग हार्दै गाउँघरका काठका ठेकी