Home » Archives for March 2022 » Page 6
Monthly Archives

२०७८ चैत्र ४, शुक्रबार १३:०९

२०७६ साल चैत्र २० गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले स्वास्थ्य उपकरण र औषधी खरिदसँग सम्बन्धित यो ओम्नी प्रकरणको उजुरी अदालतमा दायर गर्नुभन्दा एक दिनअघि मात्र चैत्र १९ गते यसमा संसदको समेत ध्यानाकर्षण हुनुपर्ने माग समेत राखी अख्तियारमा अर्को पनि त्यस्तै उजुरी परेको थियो। त्यो उजुरी विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध हाल्नुभएको थियो। ढकालविरुद्धको त्यो मुद्दामा पनि बजारभाउ भन्दा चार गुणासम्म महँगो पर्नेगरी मेडिकल सामग्री खरिद गरिएको देखिएको उल्लेख भएको थियो। पौड्यालले वेवसाइटमार्फत अख्तियारमा सो उजुरी दिनुभएको थियो

दुइतिहाइको सरकार तीन वर्षको कार्यकाल तीन खर्वको भ्रष्टाचार

कोरोना भाइरसका नाममा गोलमाल
0 comment
0 FacebookTwitterEmail

नेपाली क्रिकेटलाई आजको स्थानसम्म ल्याइपुर्‍याउन ब्याटिङले भन्दा बलिङले महत्वपूर्ण भूमिका निभाएको छ। तर पछिल्ला केही समययता नेपालले खेलेका खेलहरूलाई विश्लेषण गर्ने हो भने नेपालको ब्याटिङमा पनि आशाका नयाँ किरण देखा परेका छन्, कालो बादलको छेउमा चाँदीको घेरो देखिएजस्तै। विशेषगरी करण केसी, कुशल भुर्तेल र रोहित पौडेलको आगमनले नेपाली ब्याटिङलाई एउटा नयाँ दिशा प्राप्त भएको छ।

 

क्रिकेटलाई ‘ब्याट्स्मेन्स् गेम’ पनि भनिन्छ अर्थात् ब्याट्स्म्यानहरूको खेल। तर आधुनिक नेपाली क्रिकेटको इतिहासलाई हेर्ने हो भने ब्याटिङमाथि बलिङ सदैव हावी हुँदै आएको देख्न पाइन्छ। मूलतः ब्याटिङ पक्ष नेपाली क्रिकेटको परम्परागत कमजोरी रहँदै आएको छ। अन्तर्राष्ट्रिय क्रिकेटको लामो अनुभव हासिल गरिसक्दा पनि नेपाली क्रिकेटमा ब्याटिङ …

ब्याटिङमा आशाको सञ्चार
0 comment
0 FacebookTwitterEmail

कारोना कहरका कारण गएका दुई बर्ष फिका फिका भएको फागु यो वर्ष धुमधामका साथ मनाइदै छ। मुलुकमा स्थानिय चुनाव नजिकै आएर होला यसपाली मधेशमा होली चुनावी रङ्गमा रङ्गिएको छ। अहिलेका र भविष्यमा हुन चाहने जनप्रतिनिधिहरूलाई फागुको शुभकामना आदानप्रदानको कार्यक्रममा सहभागी हुन भ्याई नभ्याई छ।

भोजपुरी र मैथलीमा “फगुवा” वा “होली” भनिने प्रेम र सद्‍भावको पर्व फागुको रङ्गरुप समयचक्रसँगै बददिदै गएको छ। “रङ्गको यस त्यौहारको आफ्नै रङ्ग फेरिएको छ, यसको गीतसङ्गीतका रस हराएको छ,” भोजपुरीका लोक सङ्गीतकार मास्टर  लालबहादुर शास्त्री भन्नुहुन्छ, “हामीले विगतमा देखेको मौलिक होली र अहिलेको होलीको नाममा गरिने गतिविधि निकै फरक छन्।”

दुईबर्षको कारोनाको विभिन्न लहरबाट बाँचेर यस …

रङ्ग फेरिएको होली
0 comment
0 FacebookTwitterEmail

नेपालमा पुनः माओवादी निस्कने र सशस्त्र युद्ध हुने भविष्यवाणी फागुनको शुरुमा यसै पंक्तिमा गरिएको थियो। २०७८ फागुणको ६ गते गरिएको भविष्यवाणी फागुणको १४ गते पुरा भएको छ। नेपालको राजनैतिक परिस्थिति हेर्दा कुनै नयाँ समूहले सशस्त्र युद्ध शुरु गर्न सक्छ भन्ने त्यस लेखको मनसाय थियो। क्रान्ति हुने बित्तिकै सबै थोक पूरा नहुने रहेछ र अर्को समूहले हथियार उठाउन सक्छ भन्ने त्यसको तात्पर्य थियो। नभन्दै त्यस्तो हुन गयो। नेपालमा एक समूहले फेरी सशस्त्र युद्ध गर्ने घोषणा गरेको छ। यसको नाउँ हो हिमाल सुरक्षा परिषद्। यसले हथियार सहित उक्त पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। यसैमा उक्त युद्ध शुरु गर्ने कुरा गरेको छ।…

हिंसात्मक आन्दोलनको कालो छाया
0 comment
0 FacebookTwitterEmail

हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय(आईसीजे)ले रुसलाई युक्रेनमाथिको आक्रमण तुरुन्त रोक्न आदेश दिएको छ। युक्रेनले आफ्नो पूर्वी भागका रुसी भाषी जनताको आमहत्या गरेकाले युद्ध सुरू गरिएको भन्ने रुसको दावीलाई आईसीजे खारेज गरिदिएको छ।   यो आदेश बाध्यकारी छ। १५ मध्ये १३ न्यायाधीशले सहमति जनाएको यस फैसलामा भनिएको छ, “रूसी फेडरेशनले युक्रेनी क्षेत्रमा सन् २०२२ फेब्रुअरी २४ देखि गरेको सैनिक कार्वाही तुरून्त बन्द गर्नु पर्छ। चीन र रुसका दुई न्यायाधीशले फैसलामा असहमति जनाएका हुन्।

अदालतको अध्यक्षता गरिरहनु भएकी अमेरिकी न्यायाधीश जन डनह्युले युक्रेनका रुसीभाषी नागरिकहरूको नरसंहार भएकोले हमला गर्नुपरेको भन्ने मास्कोको दाबी पुग्ने प्रमाण नभेटिएको वताउनु भएको छ।

संयुक्त राष्ट्रसंघको एक अङ्ग रहेको यो न्यायालयको …

ब्रेकिङ: रुसलाई युक्रेनमाथिको आक्रमण तुरुन्त रोक्न अन्तर्राष्ट्रिय न्यायालयको आदेश
0 comment
0 FacebookTwitterEmail

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका पूर्ननिर्वाचित अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहलाई यही २०७८ चैत्र २ का दिन  एक समारोह बीच “बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७५” अनुसार पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको छ।

यही २०७८ फागुन २९ मा भएको ३३ औं वार्षिक साधारणसभाबाट कम्पनीको सञ्चालक समितिको पूर्नगठन भएर श्रीमती प्रेमा राज्य लक्ष्मी सिंह सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतिबाट पूर्ननिर्वाचित हुनु भएको  हो ।

अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको सपथअध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको सपथ
0 comment
0 FacebookTwitterEmail

विवेकशील साझा पार्टीका प्रदेश संयोजकको पदसहित पार्टी परित्याग गरेर व्यवसायी गोपाल हमालले स्वतन्त्र रूपमा  मेयरमा उम्मेदवारी दिने घोषणा गरेपछि धनगढीको राजनीतिमा एक किसिमको तरङ्ग आएको छ।त्यसमाथि भारतको पाँच प्रदेशको निर्वाचनमा पञ्जाबमा वैकल्पिक राजनीतिक दल आपले राम्रैसँग जितेकाले पनि यहाँका वैकल्पिक राजनीतिक धारका मानिशहरू निकै उत्साहित देखिन्छन्।

२०७४ सालको स्थानिय तहको निर्वाचनमा वर्तमान मेयर नृप वडसँग पराजित हमाल भन्नुहुन्छ, ‘गत निर्वाचनमा दोस्रो स्थान हासिल गरेपनि मैले आफूलाई विजेताकै रूपमा लिएको थिएँ । हारपछि मैले ४ वर्ष धनगढीको विकासको लागि योजना बनाउनमै बिताए । म प्रण गर्छु, मेयरले लिने सेवा सुविधाको म एक पैसा पनि लिने छैन । गाडी सुविधा पनि लिने …

धनगढी:  के फरक पर्छ गोपाल हमालको स्वतन्त्र उमेदवारीले?
0 comment
0 FacebookTwitterEmail

पर्सामा होली पर्वको रौनकैसँगै राजनीतिक दल र नेताले चुनाव केन्द्रित रणनीतिका सक्रिय हुन थालेका छन्। नाकाबन्दी बेला मधेस आन्दोलनको केन्द्र बनेको वीरगन्जलगायत पर्सा जिल्लामा मधेसी दलको पकड कमजोर बन्दै गएको छ। गएको एक महिनाभीत्र पर्साका आधादर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरू मधेसी दल त्यागेर एमाले र नेपाली कांग्रेसमा छिरका छन्।लोसपाका संघीय र प्रदेशका कतिपय सांसदहरू केपि ओलीको प्रत्यक्ष सम्पर्कमा रहेर राजनीतिक सौदाबाजीमा तागत बढाउन आफ्ना कार्यकर्ताहरूलाई एमाले पार्टी प्रवेश समेत गराएका छन्।

मधेसी मुद्दा सम्बोधन गराउन असफल भएका कारण मधेसी दलको जनाधार ‍कमजोर भएपछि नेताहरूको बहिर्गमन बढेको तर्क गर्नुहुन्छ हालै लोसपा त्याग गरी एमालेमा प्रवशे गरेका शिव पटेल।मधेस प्रदेश सरकारमा …

स्थानीय निर्वाचन अगाडि मधेसी दल छोड्नेहरूको लर्को
0 comment
0 FacebookTwitterEmail

सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसको सहभागितासँगै सरकार परिवर्तनको सम्भावना बढेको छ। नेपाली कांग्रेसलाई सरकारमा ल्याउने गठबन्धनको तयारीसँगै सरकार परिवर्नतको विषय पनि अघि बढेको छ। कांग्रेसले सरकारमा चाँडै सहभागी गराउन माग गर्दै ढिलाई गरे समस्या निम्तिने चेतावनी दिएको छ भने सबैभन्दा ठुलो दल एकीकृत समाजवादीले प्रदेश सरकारको नेतृत्वका लागि दावी गरेको छ।

एमाले विभाजनका बेलामा तत्कालिन माधव नेपाल समूह र माओवादी केन्द्र गठबन्धन बनाएर गत जेठ १४ गते सुदूरपश्चिम सरकारको मन्त्रीपरिषद् बिस्तार भएको थियो। त्यसपछि एमाले विभाजन भएर एकीकृत समाजवादी बने यता प्रदेशमा एकीकृत समाजवादी पार्टी र माओवादी केन्द्रको सरकार छ। केन्द्र तथा ६ वटा प्रदेशमा कांग्रेस सहित गठबन्धनको सरकार बनेपनि सुदूरपश्चिममा …

सुदूरपश्चिममा सरकार फेर्ने खेल
0 comment
0 FacebookTwitterEmail

हालै सम्पन्न भारतका पाँच प्रदेशको निर्वाचनमा भारतीय राष्ट्रिय कांग्रेसको शर्मनाक पराजय भएको छ।

हिन्दी हृदयका रुपमा चिनिने तथा भगवान राम र श्रीकृष्णको जन्मस्थान अवस्थित उत्तर प्रदेश, देवभूमिका रुपमा प्रतिष्ठित उत्तराखण्ड, प्रसन्नचित्त मिहिनेतीहरू बस्ने पञ्जाब, अरब सागरको काखमा बसेको गोवा र बर्मासँग सिमाना जोडिएको पूर्वोत्तर भारतको सुन्दर प्रदेश मणिपुरमा हालै सम्पन्न राज्यविधानसभा चुनावमा कांग्रेस ज्यादै नराम्रोसित पराजित भयो।  पराजितमात्र भएन, वास्तवमा भारतमा उसको भावी राजनीतिक अस्तित्व नै के हुन्छ भन्ने प्रश्न उपस्थित भएको छ।

आम आदमीको पञ्जाब दिग्विजय

यसपूर्व पञ्जाबमा कांग्रेसको सरकार थियो तर अन्तरकलह, अन्तर्घात र गलत नेतृत्वका कारण उसलाई विस्थापित गर्दै आम आदमी पार्टीले वजय हासिल गरेको छ। विजय …

भारतमा कांग्रेसको दुर्दशा
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved