मान्छेको जीवनमा अनेकन घटनाहरू आइरहन्छन्, कुनै सुखद त कुनै कहालीलाग्दा। सामान्य घटना अनुभूतिका रुपमा सँगालिन्छन्। केही परिस्थितिले उठ्नै नसक्ने गरि बिथोल्दिन्छन्। त कुनै दुःख क्षण भने जीवनको पाइला तीव्र बनाउने हिम्मत बनिदिन्छ।
कल्याणी मिश्र त्रिपाठी, कृषि तथा वन विश्वविद्यालयकी सेवा आयोग अध्यक्ष। आजको उहाँको स्तर मात्रै देख्ने अनि पदीय दायित्व मात्रै जान्ने व्यक्ति उहाँले भोगेका कहालीलाग्दा उकालीका अनुमान कहाँ लगाउलान् र ?
हुन त कल्याणीलाई विगत सम्झिएर पीडा बल्झाउन पनि उत्ति रुचि लाग्दैन। त्यो एउटा भवितव्य, जसले कल्याणीको जीवनको लय नै फेरिदियो। पहिचान नै बदलिदियो। केही क्षण अघिको साहसी पात्रलाई क्षणभरमै निरिह बनाइदियो।
त्यो निरिह अवस्थामा निकै कममात्रै सहयोगी बने। …
