Home » Archives for January 2023 » Page 4
Monthly Archives

२०७९ माघ ५, बिहीबार ०९:३३

भीमफेदी मकवानपुरको पुरानो सदरमुकाम हो।  राणाकालिन समयमा राजधानी काठमाडौ आउँदा विषेशगरी वास बस्ने स्थान रहँदा विस्तारै बजारको रुपमा विकास भएको सुन्न पाईन्छ। मकवानपुरको सदरमुकाम हेटौंडाबाट २७ किलो मिटर दुरीमा रहेको बजार हो भीमफेदी।

साविकमा भीमफेदी गाउँ विकास समिति रहेको यो स्थानिय तह अहिले बिशाल भीमफेदी गाउँपालिका भएको छ। राज्य पुनसंरचना भएपछि, साविकका भीमफेदी, कोगटे, इपा पन्चकन्या, भैंसे, निवुवाटार र नामटार गाविसको एउटा वडा मिलेर यो पालिका बनेको हो। नेपालको इतिहासमा निक्कै नै चर्चित भीमफेदी कुनै बेला तराईक्षेत्रबाट काठमाडौँ प्रवेश गर्ने महत्वपूर्ण एकमात्र नाका थियो। ४० वर्ष अघि सम्म भीमफेदी चल्तीको बजार थियो। व्यस्त र चहलपहल भएको ठूलो व्यापारिक केन्द्रको रुपमा …

ऐतिहासिक रौनक ब्युँताउँदै भीमफेदी गाउँपालिका 
0 comment
0 FacebookTwitterEmail

हिजो गठन भएको २३ सदस्यीय मन्त्रिमण्डलमा ६ वटा मन्त्रालय महिलाको भागमा परे । यो सहभागितालाई आधार मान्दा मन्त्रिपरिषदमा महिलाको प्रतिनिधित्व २६ प्रतिशत देखिएको छ ।

प्रधानमन्त्री प्रचण्ड नेत्तृत्व सरकारमा सत्तारुढ दलहरूमध्ये चार पार्टी सहभागी भएपनि महिलाको सवालमा भने सबै पार्टी उदार हुन सकेनन् ।  मन्त्रिपरिषद्‌मा ४ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले एक जना महिलालाई राज्यमन्त्रीमा पठाएको छ भने सबैभन्दा बढी मन्त्रीको भाग (८ मन्त्रालय) पाएको एमालेले प्रतिनिधिसभा र राष्ट्रिय सभाका गरी तीन महिला सांसदलाई मन्त्री बनाएको छ ।

राष्ट्रिय सभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनित एमाले सांसद विमला राई पौड्यालले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउनुुभएको को छ  । यसैगरी एमालेबाट प्रतिनिधिसभा सदस्यमा …

0 comment
0 FacebookTwitterEmail

इसाबेल रेनोल्डस् / बेन वेस्टकोट

 

चीनको बढ्दो सैन्य प्रभावलाई रोक्नका लागि जापानका प्रधानमन्त्री फुमियो किशिदाले अमेरिकासँग आफ्नो देशको सुरक्षा सम्बन्धलाई थप सुदृढ गर्दै अष्ट्रेलियादेखि युरोपसम्म प्रजातान्त्रिक गठबन्धनलाई विस्तार गर्ने प्रयास थालेका छन् ।

गत हप्ता सात देशहरूको समूह (जी सेभेन) को आफ्नो भ्रमणको क्रममा प्रधानमन्त्री किशिदाले दोस्रो विश्वयुद्ध पछि जापानको सुरक्षा नीतिको लागि गहन छलफल गरे । यो जापानको सुरक्षा रणनीतिमा आएको सबैभन्दा ठुलो परिमार्जन हो । किशिदाले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई युरोप र इन्डो प्यासिफिकको सुरक्षा अविभाज्य भएको बताए भने उनले बेलायतका प्रधानमन्त्री ऋषि सुनकसँग आपसी सेनाको साझेदारी सम्बन्धी सम्झौतामा हस्ताक्षर पनि गरे । यसैगरी आफ्नो रक्षा सम्बन्धलाई …

चीनको सैन्य प्रभावलाई रोक्न जापानले रणनीतिक साझेदारहरु विस्तार गर्दैछ
0 comment
0 FacebookTwitterEmail

बहराइन अधिराज्यले स्थापना गरेको  मानवीय सेवा क्षेत्रमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई  प्रदान गर्ने अन्तर्राष्ट्रिय पुरस्कार इशा अवार्ड फर सर्भिस टु ह्यूम्यानिटीको पाँचौं संस्करणको लागि नेपालका प्रख्यात नेत्ररोग विशेषज्ञ तथा मानव सेवाकर्मी प्रा. डा. सन्दुक रुइत छानिनुभएको छ ।

माघ ३ गते बहराइनस्थित ईसा सांस्कृतिक केन्द्रमा आयोजित समारोहमा  बहराइनका राजाका विशेष प्रतिनिधि तथा इशा अवार्ड बोर्डका अध्यक्ष शेख मोहम्मद विन मुवारक अल खालिफाले  अवार्डको पाँचौं संस्करणको लागि डा रुइत छानिनुभएको अन्तर्राष्ट्रिय घोषणा गर्नुभएको हो ।

उक्त अन्तर्राष्ट्रिय पुरस्कार बहराइनी अधिराज्यको सार्वभौमसत्ता तथा स्वतन्त्रताका संवाहक एवं मानवीय सेवाका प्रणेता स्वर्गीय राजा आमिर इशा विन सलमान अल खालिफाको  नाममा सन् २००९ मा …

नेत्र विशेषज्ञ डा. सन्दुक रुइतलाई इशा अवार्ड फर सर्भिस टु ह्यूम्यानिटी प्रदान गरिने
0 comment
0 FacebookTwitterEmail

२०६३ साल मङ्सिरमा विस्तृत शान्ति प्रक्रिया सुरू भएयता नेपालमा चार चार पटक जनप्रतिनिधिहरू चुनिएर आइसकेका भए पनि अहिलेसम्म सत्य र न्यायको कुनै पनि सङ्केत बिना स्वर्गीय मुक्तिनाथ अधिकारीका परिवारका सदस्य र आफन्त तथा अधिकारकर्मीहरूले उहाँको निर्मम हत्याको २१औँ स्मृति दिवस मनाउँदैछन्।

तत्कालीन नेकपा (माओवादी) का कार्यकर्ताहरूले चन्दा दिन इन्कार गरेको भन्ने आरोपमा २०५८ साल माघ ३ गते लमजुङमा अधिकारीको निर्ममतापूर्वक हत्या गरेका थिए। उनलाई माओवादीका कार्यकर्ताहरूको एक समूहले कक्षा कोठाबाट आँखामा पट्टी बाँधेर अपहरण गरी नजिकैको थुम्कोमा लगेर रूखमा बाँधी छुरा रोप्दै टाउकोमा गोली प्रहार गरेर हत्या गरेका थिए। मुक्तिनाथ दुराडाँडास्थित पाणिनी संस्कृत विद्यालयका प्रधानाध्यापक एवं लमजुङस्थित एम्नेस्टी इन्टरनेसनल नेपालको …

हत्याको २१ वर्षः नयाँ संसद्ले मुक्तिनाथ अधिकारीलाई न्याय देला त ?
0 comment
0 FacebookTwitterEmail

माघको पहिलो दिनको पहिचान नुवाकोट र धादिङतिर गोरु जुधाउने पर्वको रुपमा बुझ्न थालिएको छ। पछिल्लो केही वर्षदेखि मेला महोत्सवकै रुपमा एउटै स्थानमा गोरु ल्याएर जुधाउन थालेपछि गोरु जुधाइने मेलाको पहिचान बनेको हो।

कृषि कर्मको प्रयोग हुने गोरु हिउँदको समयमा फुर्सदिला गोरु र फुर्सदिला गोरु धनीहरुले सयौं वर्षअघि देखि नै माघेसंक्रान्तिको दिन गोरु जुधाएर मनोरन्जन लिने गर्दथे। यसै पर्वलाई नुवाकोटको तारुकामा २०६२ सालबाट व्यवस्थित रुपबाट जुधाउन थालेपछि गोरु जुधाई पनि आकर्षणयुक्त पर्व बन्ने पुगेको स्थानीय शिक्षक तथा गोरु जुधाई मेलाका पूर्वअध्यक्ष जनकराज ढुंगानाले बताउनुभयो।

माघेसंक्रान्ति एक दिनको पर्व हो। र, गोरु जुधाउने मेला पनि एक दिन नै हुने गर्दछ। तर, यो …

एक दिने संक्रान्ति, दुई दिने गोरु जुधाई
0 comment
0 FacebookTwitterEmail

नेपाली र भारतीय रुपैयाँ बिच हुने अवैध सटहीमा ऐतिहासिक उछाल आएको छ। दशकौँ देखि महँगो रहेको भारतीय रुपैयाँ हुन्डी तथा अवैध सटही कारोबारमा ऐतिहासिक ह्रास भएकोले आर्थिक जगतमा ठूलो भूकम्प आएको छ। मुलुकको संघीय राजधानी काठमाडौँ देखि आर्थिक राजधानी वीरगञ्जका बजारमा भारतीय रुपैयाँ भन्दा नेपाली रुपैयाँ २ देखि ५ रुपैयाँ महँगो भएको छ। वीरगञ्ज तथा काठमाडौँमा १ लाख ५८ हजार नेपालीमा १ लाख भारुको पाइने गरेको एक व्यापारीले बताए। उनले भने, ‘भारतको दिल्ली, मुम्बई, कलकत्ता लगायतका ठूला सहरमा हुन्डीको माध्यमबाट पैसा चाहियो भन्ने १ लाख ५५ हजार नेपालमा दिएँ भारतीय एक लाख पाइन्छ।’ भारतबाट नेपालमा अप्रत्याशित रुपमा अवैध कारोबारका रकमहरू …

हुन्डीमा किन भइरहेको छ भारतीयभन्दा  नेपाली रुपैयाँ महँगो ?
0 comment
0 FacebookTwitterEmail

तनहुँको सदरमुकाम दमौलीमा बसोवास गर्दै आएकी ४५ वर्षीया रामकुमारी मजकोटीले अटो रिक्सालाई आफ्नो जिविकोपार्जनको माध्यम बनाउनु भएको छ। दुई छोरीकी आमा रामकुमारीको बैवाहिक जीवन विग्रिएपछि अहिले उहाँको साहारा अटो रिक्सा बनेको छ। बिहान ८ बजे घरबाट अटो लिएर बजार निस्कने रामकुमारी साँझ ७ बजेपछि मात्र फर्कने गर्नुहुन्छ।

२०५४ सालदेखि सिलाई कटाईको काम गर्दै आउनुभएकी रामकुमारी करिव दुई महिनादेखि दमौली आसपासका क्षेत्रमा अटो रिक्सा गुडाएर भएको आम्दानीबाट आफ्नो घर व्यवहार चलाउन थाल्नुभएको छ। प्रायः पुरुषहरूले मात्र अटो रिक्सा चलाउने गरेपनि उहाँले महिलाले पनि यो काम गर्न सक्छन् भन्ने आँट गरी यो क्षेत्रमा हात हालेको बताउनु हुन्छ।

सिलाई कटाई व्यवसायीबाट गुजारा नचलेपछि …

रामकुमारी र श्रीधरालाई सम्मान दिने अटोरिक्सा
0 comment
0 FacebookTwitterEmail
फिनल्याण्डले विद्यार्थीहरूलाई सञ्चार र प्रचारको बारेमा सिकाउन  विद्यालय शिक्षा मार्फत नयाँ तरिकाहरूको परीक्षण गरिरहेको छ। यसको सफलताबाट झुटो र भ्रमयुक्त सूचना र जानकारीबाट युवा पुस्तालाई  जोगाउन अन्य देशहरूले धेरै सिक्न सक्नेछन्।

हेमेनलिना, फिनल्याण्डकी शिक्षिका सारा मार्टिक्काले आफ्ना विद्यार्थीहरूलाई दिने एउटा सामान्य पाठ यस प्रकार छ: उनले  आठौं कक्षाका विद्यार्थीहरूलाई समाचार र लेखहरू प्रस्तुत गर्छिन् र तिनीहरू बारे विद्यार्थीहरू छलफल गर्छन्। सो लेखको उद्देश्य के हो? यो कसरी र कहिले लेखिएको थियो? लेखकका केन्द्रीय धारणा र तर्कहरू के के हुन्? भनेर उनी बहस चलाउँछिन्।

” किनभने यो राम्रो कुरा हो वा यो  नराम्रो कुरा हो,यसको मतलब यो सत्य हो वा यो …

कसरी फिनल्याण्डले विद्यार्थीलाई गलत सूचना पत्ता लगाउन सिकाउँदैछ ?
0 comment
0 FacebookTwitterEmail

कुनै बेला माघे संक्रान्तिको समयमा निकै भिडभाड हुने घोन्सारमा अहिले सुनसान देखिएको छ। माघे संक्रान्तिको लागि भुजाको लडु (बनुई, लाई, तिलको लडु, मकैको लडु) बनाउन राती १२ बजे सम्म घोन्सार झौसिने चलन भएपनि हाल कमी आएको देखिएको छ। विशेष गरि बारा पर्साको गोढ समुदायले झौसिने घोन्सार प्रतिको आर्कषण घटदै गरेको छ। गोढ समुदायको आर्थिक स्तर वृद्धि, प्रयाप्त मात्रामा पराल, भुस, सुकेको पात, दाउरा लगायत साधनको कमीको कारण पनि घोन्सार झौसिनेको संख्यामा कमि देखिएको छ।

मेसिनले भुजा भुज्ने प्रविधिको विकास नहुन्जेल घोन्सारको महत्व धेरै हुने गरेको थियो। पहिला पहिला माघे संक्रान्तिको लागि भुजाको लडु बनाउन घोन्सारमा धेरै भिड लाग्ने गरेको थियो। …

किन सुनसान भए घोन्सार?
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved