Home » Archives for January 2023 » Page 3
Monthly Archives

२०७९ माघ १०, मंगलवार १६:४२

सलाईका काँटी जस्तै हुँदो रहेछ रोग । बेलैमा नियन्त्रण गर्न सकिएन भने आगो झैँ फैलिन बेर लाग्ने रहेनछ । बाँकेमा अहिले दादुरा त्यस्तै देखिएको छ । बाँके पूर्ण खोप घोषित जिल्ला हो ।  राष्ट्रिय खोप अभियान अन्तर्गत बाँकेलाई २०७७ चैत ६ गते  पूर्ण खोपयुक्त घोषणा गरिएको हो । तर, दुई वर्ष नपुग्दै दादुराको संक्रमण मात्र देखिएन, यसले महामारीको झैँ रूप लियो । नियमित खोप अन्तर्गत पर्ने दादुरा खोप नलगाएकै कारण बाँकेमा १२ पुष देखि दादुरा फैलिइरहेको छ । नेपालगञ्जबाट देखिएको दादुरा अहिले कोहलपुर, खजुरा, डुडुवा र नैरनापुर गाउँपालिकासम्म फैलिसकेको छ । सरकारले सन् २०२३ सम्म नेपालबाट दादुरा रोग निवारण गर्ने

नेपालगञ्जमा दादुराः कहाँ चुक्यो सरकार ?
0 comment
0 FacebookTwitterEmail

अक्टोबर २०१३ मा अन्तर्राष्ट्रिय कुटनीतिमा आफूले पुर्‍याएको योगदानका लागि आफूलाई प्रदान गरिएको एउटा प्रतिष्ठित पुरस्कार ग्रहण गर्न पूर्व अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टन बेलायत गएकी थिइन्। त्यसै बखत पार्किङ् नियम उल्लङ्घन गरे वापत ब्रिटिस प्रहरीले हिलारी क्लिन्टनलाई ४० पाउण्ड जरिवाना तिरायो। क्लिन्टनले आफ्नो क्रेडिट कार्डद्वारा सो रकम तिरिन।

स्मरण रहोस, क्लिन्टनका सहयोगी र सुरक्षा अधिकारीले प्रहरीलाई उनी ब्रिटिश सरकारकी विशिष्ट अतिथि र अमेरिकी विदेश मन्त्री भएको बताएर जरिवाना न लगाउन अनुनय -विनय र एक किसिमले चेतावनी पनि दिए तर ती ब्रिटिश प्रहरी अधिकारीले भने मलाई मेरो देशको कानुन पालना गराउने जिम्मेवारी राज्यले दिएको छ।

प्रहरी अधिकारीले थप के पनि सम्झाए …

कानुनी राज: हाम्रा लागि सपनाका कुरा
0 comment
0 FacebookTwitterEmail

टिकटकमा सक्रिय हुनुहुन्छ भने पोखरा र भैरहवा इन्टरनेशनल एयरपोर्ट अगाडि नाँचेर रमाइलो गरेको देख्नु भएकै होला। तर त्यहाँबाट कति विमान उड्छन् ? कति विमान उत्रिन्छन् ? अर्बौ लगानी भएका ती इन्टरनेशनल एयरपोर्टहरू टिकटक खिच्न बनाइएको त पक्कै होइन। चीनको आर्थिक र सैनिक स्वार्थ पूर्ति नबुझ्ने र भारतीय सुरक्षा चासोमा ध्यान नदिने हो भने के यी विमानस्थल चल्ला त ? यी प्रश्नको उत्तर नखोज्दै नयाँ नेपाल सरकार निजगढमा जंगल फाडेर नयाँ विमानस्थल बनाउने भनेर उफ्रन थालिसकेको छ।

कति हतारो हो। यही चटारो देखाउनु भयो कामरेड प्रचण्डले। प्रधानमन्त्री भएको एक हप्ता नबित्दै कामरेड प्रचण्डले पोखरा इन्टरनेशनल एयरपोर्टको उद्‌घाटन गर्नुभयो।  नयाँबर्ष २०२३ लाई …

0 comment
0 FacebookTwitterEmail

जापानले राष्ट्रिय–सुरक्षाका  मुद्दाहरू सम्बन्धी तीनवटा रूपान्तरणकारी रणनीतिक कागजातहरू सार्वजनिक गरेकोे छ। डिसेम्बर, २०२२ मा सार्वजनिक गरिएका ती रणनीतिक दस्तावेजहरूमा आगामी वर्षहरूमा अपनाउने नयाँ दृष्टिकोण र आफ्नो लक्ष्यलाई संकेत गरेको छ।

राष्ट्रिय सुरक्षा रणनीतिले २०२७ सम्ममा आर्थिक वर्षको जीडीपीको लगभग १ प्रतिशतबाट २ प्रतिशतमा रक्षा खर्च बढाउने वाचा गरेको छ। रणनीतिले जापानको सशस्त्र सेनालाई प्रतिरोध प्रहार मिसाइल क्षमता हासिल गर्न र नागरिक–सैन्य विभाजनलाई अन्त्य गर्न नयाँ प्रयासहरू सुरु गर्न पनि बाटो खोलेको छ। लामो समयदेखि जापानको रक्षा क्षेत्रलाई विकास गर्न र नयाँ क्षमताहरू अवलम्बन गर्न जनस्तरबाट विरोध हुँदै आएको छ।

दोश्रो विश्व युद्ध पछि आफ्नो दृष्टिकोणमा निर्णायक परिवर्तनको संकेत गर्दै जापानले …

जापानको नयाँ सुरक्षा रणनीति
0 comment
0 FacebookTwitterEmail

संयुक्त राष्ट्रसंघले पहिलो पटक विश्वव्यापी साइबर अपराधसम्बन्धी सन्धि‍मा चौथो चरणको छलफल गर्दैछ। यसबारेको यो सार्वजनिक सुनुवाईको चौथो राउण्ड हो। यो जनवरी ९ देखि २० जनवरीसम्म चलेको थियो। यस सुनुवाइको  मुख्य बिषय “साइबर अपराधमा राज्यहरूको  धारणा र समन्वकारी  खुफिया साझेदारीबारे रहेको छ। साथै यसबारेको अन्तर्राष्ट्रिय सहयोग,साइबर अपराधका ठोस प्रावधानहरू, डिजिटल प्रमाणहरू र यसको उपलब्धता तथा कानून प्रवर्तन एजेन्सीहरूका सीमापार पहुँच सहित धेरै विषयहरू छलफलमा छन्। सदस्य राष्ट्रहरूबीच सन्धिका यीनै बृहत् विषयहरूमा आ–आफ्नै असहमतिहरू छन्। त्यसैले यो छलफलले विशेष चर्चा पाएको छ।

सन्धिले साइबर अपराधहरूबाट मानव अधिकार र प्रक्रियागत सुरक्षाहरूमा पर्ने प्रभावबारे पनि ध्यान केन्द्रित गर्ने लक्ष्य राखेको छ।

प्रस्तावित साइबर अपराध …

साइबर अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय कानून बन्ने
0 comment
0 FacebookTwitterEmail

सत्ताधारी गठबन्धनमा सहभागी भएको मधेसी दललाई भागवण्डाको सकस बढदै गएको छ। ‘चोक्टा खान गएकी बुढी झोलमा परी’ जस्तै उपेन्द्र यादव नेतृत्वको जनता समाजबादी पार्टी र सिके राउतको जनमत पार्टीलाई भएको छ। सत्ता साझेदारका रुपमा सहभागी भएको जनमत पार्टीका एक मन्त्री प्रधानमन्त्रीसँगै सपथ लिए पनि मन्त्रालयको कार्यभार बुझेका छैनन। सोमबार यसको टुङ्गो लगाउने कुरा छ।
यता उपेन्द्र यादवलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धलाई बलियो बनाउन आग्रह गरिसक्नु भएकोछ। जसपाका अध्यक्ष उपेन्द्र यादवसँगको भेटमा ओलीले त्यस्तो आग्रह गर्नुभएको हो । तर उपेन्द्रको पार्टी भित्रै बिजोग छ। सत्ता भागबन्डाको सकस छ। परिणाम स्वरुप जनता समाजवादीका नेता अशोक राई र अध्यक्ष …

0 comment
0 FacebookTwitterEmail

निर्वाचनमा मतदातासमक्ष  कम्तीमा पन्ध्र वर्ष यताउता नहुने भनी प्रतिवद्धता जनाइएको पाँचदलीय गठवन्धन निर्वाचनको परिणाम आएर सरकार बनाउने क्रममा टुटयो। पन्ध्र वर्ष यताउता नहुने भनिएको गठवन्धन नेतृत्वको धोकाधडीका कारण परिणाम आएको (मंसिर ३०) दश दिन पनि टिेकेन।

गठवन्धको दोस्रो ठूलो दलका नेता  माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनावमा आफैले  प्रतिस्पर्धा गरिएको अर्को गठवन्धनको नेतृत्व गरेका एमाले अध्यक्ष केपीशर्मा ओलीको शिविरमा पुगे र उतै बाट प्रधानमन्त्री बने।

नेपाली कांग्रेसले यसलाई ठूलो राजनीतिक धोका भएको भन्यो। पुस १० देखि पुस २५ सम्म प्रचण्डबाट आफुलाई ठूलो धोका भएको भन्ने उसको भनाइ दोहोर्‍याइनै रह्यो। तर प्रधानमनत्रीमा नियुक्त भएका सत्रौं दिन पुस २६ मा तिनै प्रचण्डलाई …

0 comment
0 FacebookTwitterEmail

एशियाली विकास बैकको ऋण सहयोगमा नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने  लप्सेफेदी सबस्टेशन स्थानान्तरणको माग गर्दे गरिएको आन्दोलन अन्त्यहिन जस्तो हुँदै गएको छ। सबस्टेशन निर्माण पक्ष प्राधिकरण र स्थानीय आन्दोलनरत पक्षबीचको पटक पटकको वार्ताले मिलनविन्दु फेला नपारेपछि आन्दोलन जारी राखिएको छ। 

काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर ३ लप्सेफेदीमा सिन्धुपाल्चोक, दोलखा र रामेछाप बेसिन तामाकोसी र सुनकोसी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाहरूको विद्युत काठमाडौँ लगायतमा वितरणका लागि त्यहाँ ४००, २२० र १३२ केभीका सबस्टेशन बन्ने योजना सहित त्यहाँ काम सुरु भएको हो। तर स्थानीयवासीहरू सबस्टेशन निर्माणले  आफ्नो थातवास उठ्नसक्ने भन्दै प्रस्तावित सबस्टेशन अन्यत्र स्थानान्तरण गर्नू पर्ने एकसूत्रीय अडानमा रहेका छन्।

“एमसीसी” को प्रारम्भिक बिन्दु बोझेनीमा आन्दोलन: दमनकाे विरुद्द जाग्दै स्थानीय
0 comment
0 FacebookTwitterEmail

नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको ५९ जनजातिमध्ये चेपाङ समुनाय पनि एक हो। २०६८ को जनगणना अनुसार चेपाङहरूको जनसंख्या ६८ हजार ३९९ रहेको छ। यिनीहरू तनहुँ, गोरखा, लमजुङ, मकवानपुर, धादिङ, चितवन जिल्लाहरूमा छरिएका बसेका पाइन्छन्। चेपाङहरूको जीवन वनजंगल र जमिनसँग अति नजिकसँग जोडिएको छ। त्यसैले उनीहरूको बसोबास वनजंगल नजिक, भिरालो परेको जमीन, खोला नजिक छरिएर बसेको पाइन्छ।

तनहुँका चेपाङ समुदाय पनि भिरालो जमिन तथा जंगलको छेउछाउमा बसोवास गर्दै आएका छन्। विश्व आधुनिक प्रविधियुक्त बन्दै गएको छ। नेपालीहरू पनि आधुनिक प्रविधिसंगै हातेमालो गर्दै अगाडि बढेका छन्। तर, तनहुँमा बसोवास गर्ने चेपाङ समुदाय भने …

0 comment
0 FacebookTwitterEmail

पुस १९ गते राती राउटे समुदायका नारायण शाही सहित उनको परिवार गहिरो निन्द्रामा थिए। राती सुतेको अवस्थामा नारायण सुतेको ओछ्यानमा आगो लागेको पत्तै पाउनुभएन। जस्का कारण उहाँ ओछ्यानमै सख्त घाइते हुनुभयो । उहाँ जलेको अवस्थामा भेटिएपछि तत्काल उपचारको लागि सुर्खेत प्रदेश अस्पताल ल्याइयो। दुई दिन प्रदेश अस्पतालमा उपचार भएपछि थप उपचारको लागि उनलाई पुस २१ गते थप उपचारको लागि काठमाडौँ लगियो।  पुस २१ गते नारायणलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको थियो। मध्यरातमा सुतेको ओछ्यानमै अचानक आगलागी हुँदा नारायण जलेर सख्त घाइते भएका उहाँको बुधवार निधन भएको छ।

राउटे समुदायमा आगोमा जलेर ज्यान गुमाउने नारायण प्रतिनिधि पात्र मात्र हुनुहुन्छ …

संकटमा राउटेः  झुपडीमै जलेर मरे अर्का एक राउटे
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved