Home » Archives for March 2023 » Page 3
Monthly Archives

२०७९ चैत्र ११, शनिबार ०९:५६

नेपाल पर्यटकीय सम्पदा र सम्भाव्यताको खानी भएको मुलुक हो । सात प्रदेशहरु मध्ये मध्यभागमा अवस्थित गण्डकी प्रदेश प्रकृति र संस्कृतिको संगम हो । त्यसैले होला पोखरा उपत्यकालाई नेपालको पर्यटनको राजधानी मात्र थालिएको छ । उपल्लो मुस्ताङको छुसाङ्गको नुनखानी र म्याग्दी बेनी भन्दा तल्लो भागको कालीगण्डकीको सुस्ता बगरसम्ममा छरपस्ट भेटिने सुनका कणहरु संकलन हुने कालीगण्डकी करिडोर–कोरला दामोदरकुण्डदेखि सुस्ता त्रिवेणी धामको ८१४ किलोमिटर वरपर प्रशस्त भेटिने मठमन्दिर र तीर्थस्थलहरु नेपालमा रहेका अन्य ६ सय नदी नालाहरुमा भेटिँदैनन् । यो नदी भारतको बिहार पटनामा गंगानदीसंग मिसिन्छ । धार्मिक दृष्टिकोणले यो नदी अत्यन्तै महत्वपूर्ण छ । दामोदरकुण्ड र मुक्तिनाथ यसको उदगमस्थल, शालिग्राम र नेपालका …

0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय योजना आयोगले केन्द्रीय तथ्यांक विभाग मार्फत २०७८, २५ कात्तिकदेखि ९ मंसिर सम्म संकलन गरेको जनगाणना सार्वजानिक गर्दै  नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८  पुगेको जनाएको  छ। गत वर्ष माघमै सार्वजनिक गरिएको प्रारम्भिक नतिजा अनुसार भने नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ। शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार प्रारम्भिक तथ्यांकमाभन्दा करिब २८ हजार  जनसंख्या घटेको देखिन्छ।

महिलाको जनसंख्या ७ लाखले बढि

तथ्यांक अनुसार नेपालको कुल जनसंख्या मध्ये महिलाको जनसंख्या पुरुषको भन्दा वढि छ। राष्ट्रिय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८को विस्तृत विवरण सार्वजानिक गर्दै  २०७९ मंसिरसम्म देशको जनसंख्या २ करोड …

जनगणनाका विविध आयामः महिला घरमूली बढे, कस्तो छ अन्य अवस्था ?
0 comment
0 FacebookTwitterEmail

केही दिनदेखि अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई पक्राउ गरिएकाे तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई कारागारमा हालिएकाे तस्बिरहरु सामाजिक सञ्जालमा व्याप्त भैरहेका छन् ।

पूर्वराष्ट्रपति ट्रम्प स्वयम्ले यो साताको प्रारम्भमा आफू पक्राउ पर्नसक्ने बताएपछि उहाँलाई सुरक्षाकर्मीले घेरेर नियन्त्रणमा लिएका तस्बिरले सामाजिक सञ्जाल भरिएका छन् ।

त्यस्तै नेदरल्याण्डस्को हेगस्थित अन्तरराष्ट्रिय फौजदारी अदालतले युक्रेन युद्धमा मानवताविरुद्ध अपराधमा दोषी ठहर गर्दै राष्ट्रपति पुटिनलाई पक्राउ गर्न पूर्जी जारी गरेपछि उहाँलाई कारागारमा हालिएको तस्बिरहरु पनि सामाजिक सञ्जालमा फैलिएको छ ।

सञ्जालका विभिन्न माध्यममा ट्रप र पुटिनको भाइरल भएको अवास्तविक तस्बिर र भिडियो सामाजिक सञ्जालमा ‘अपलोड’ भएको हो । ती तस्बिर उपकरण अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ औजार प्रयोग गरेर …

0 comment
0 FacebookTwitterEmail

नेपालको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानून संशोधन गर्ने विधेयकले नेपालको राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय कानूनी दायित्वहरू पूर्ण रूपमा पूरा गर्दैन भन्दै अन्तराष्ट्रिय मानवअधिकारवादी तीन संस्थाहरु एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स्ले संयुक्त वक्तव्य जारी गरेका छन् ।

‘यदि अहिलेकै अवस्थामा सो विधेयक पारित गरियो भने यसले पीडितहरूलाई न्याय प्रदान गर्ने छैन’ वक्तव्यमा भनिएको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को संशोधन विधेयकलाई चैत्र ५ गते संसदमा पेश गरिएको थियो। सो विधेयकलाई सङ्क्रमणकालीन न्याय सुनिश्चित गर्न प्रस्तुत गरिएको नेपाल सरकारले दावी गर्दै आएको छ ।

तीन मानअधिकारवादी स‌‌स्थाहरुले  आज अमेरिकाकाे न्यूयाेर्कबाट जारी …

0 comment
0 FacebookTwitterEmail

(२३ मार्च, भारतीय समाजबादी आन्दोलनका नेता डा. राममनोहर लोहियाको जन्म दिवसकाे सन्दर्भमा उहाँबारे स्व.प्रदीप गिरिले लेख्नु भएको लेखकाे पहिलाे भाग हिजाे बिहिबार प्रकाशन गरिएको छ । यो लेखको दोस्रो भाग हो । )

भारतीय स्वाधीनताले भीषण रक्तपात देख्न पर्यो । एक त राष्ट विभाजित भयो । दोस्रो, त्यस विभाजनको क्रममा लाखौं निरपराध भारतीय जनता निर्ममतापूर्वक मारिए। उनीहरू बेखबर भए । उनीहरू शरणार्थी भए । लोहियाले आजीवन आफूलाई प्रश्न गरे । त्यस किसिमको हिंसाको निमित्त को उत्तरदायी थियो ? विभाजन कसरी सम्भव भयो ? यस विषयमा लोहियाले एउटा अत्यन्त मार्मिक पुस्तक लेखेका छन् ‘भारत विभाजनका अपराधी’ । बृटिश साम्राज्यवाद विभाजनका निमित्त …

0 comment
0 FacebookTwitterEmail

‘नेपाल विदेशीको चक्करमा परेको छ’ । यो यदाकदा नसुनिएको कुरा होइन । नेपालका बुद्धिजीविहरुले आफ्नो अन्तरवार्तामा यो कुुरा भन्ने गर्थे । तर यसपालि नेपालको एउटा बलियो राजनैतिक पार्टी नेकपा एमाललेका अध्यक्ष केपी शर्मा ओलीबाट नै यो कुरा सुन्न पाइयो । हुन त यो देशमा विदेशीको चलखेल भइरहने कुनै नौलो कुरा होइन । तर औपचारिकरुपमा नै एउटा पार्टी नेता जो यो देशको पटकपटक प्रधानमन्त्री पनि भइसकेका छन्; उनलेनै ‘नेपाल भारतको दलाल हो’ भन्नु कम आश्चर्यजनक होइन । उनले यो कुरा फोकटमा बोलेका होइनन् होला ।
केपी शर्मा ओलीले यो आलोचना प्रधानमन्त्री पुष्पकमल दाहालमाथि लगाएका हुन् । उनले तोकेरै दुईटा कुरा गरेका …

0 comment
0 FacebookTwitterEmail

रुपन्देही । केन्द्रमा फेरिएको सत्ता समीकरणसँगै लुम्बिनीमा पनि सत्ता समीकरण बदलिने भएको छ । प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री भएका लिला गिरिलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

गिरिलाई दिएको समर्थन फिर्ता लिने निश्चित भएको माओवादी केन्द्रका नेताहरुले बताएका छन् । गत पुस २७ गते सात दलका ५६ र दुई स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा गिरि नियुक्त हुनुभएको थियो । उहाँले माघ ५ गते विश्वासको मत पाउनुभएको थियो ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिएका माओवादी केन्द्र, जसपा र जनमत पार्टी सरकारमा छन् । नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले …

0 comment
0 FacebookTwitterEmail

(२३ मार्च, भारतीय समाजबादी आन्दोलनका नेता डा. राममनोहर लोहियाको जन्म दिवस हो । यसै सन्दर्भमा उहाँबारे स्व.प्रदीप गिरिले करिब ४५ वर्ष अगाडि लेख्नु भएको लेख प्रकाशन गरिएको छ । यो लेखको  पहिलो भाग हो । )

समाजवाद मूलतः अन्तर्राष्ट्रिय आन्दोलन हो । कुनै एउटा राष्ट्रविशेषको दायरामा समाजवादी आन्दोलन सीमित रहन सक्तैन। कार्ल मार्क्सले उहिले आह्वान गरेका थिए- ‘दुनियाका मजदुर एक हौं।

डा. राममनोहर लोहिया खुद अन्तर्राष्ट्रिय भाइचाराका अडिग समर्थक थिए। सम्पूर्ण संसारका निमित्त उपयोगी र सार्थक सिद्ध हुनसके मात्र समाजवादी राजनीति र सिद्धान्तको औचित्य प्रमाणित हुने छ भन्ने डा. लोहियाको विश्वास थियो । त्यसो हुँदा समाजवादी आन्दोलन र चिन्तनलाई भौगोलिक …

0 comment
0 FacebookTwitterEmail

सुर्खेत । बाल्यकालमै परिवारका सदस्यसँग मजदुरीका लागि कालापहाड जानु नेपालीको बाध्यता हो । त्यही बाध्यताको कसीमा कसिएका धेरै मध्येका एक चन्द्र बहादुर शेर्पा हुन् । बालक अवस्थामा आमासँग भारत गएका उनी अहिले ५५ वर्षका भए । आजसम्म पनि नत उनको  जन्मदर्ता छ, नत नागरिकता नै । नेपाली नागरिक भएर जन्म लिए पनि अहिलेसम्म उनी अनागरिक जस्तै बनेका छन् । सानैमा बुबा गुमाएका चन्द्रबहादुर आमासँग कालापहाड गएका थिए ।

कालापहाड पुग्दा आमाले अर्कैसँग बिहे गरेपछि उनी बिचल्लीमा परे । उनको कालापहाडमै काम गर्न पुगेका पश्चिम दैलेखका सरुने सुजी लगायतसँग भेट हुन पुग्यो । उनीहरूले सँगै काम लगाए । चन्द्र बहादुर हर्कदै

पचपन्न वर्ष देखि नागरिकता विहीन परिवार
0 comment
0 FacebookTwitterEmail

खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले मादक पदार्थ सेवन (मापसे) परीक्षण गर्न उपकरण खरिद गर्ने निर्णय गरेको छ ।

कक्षा सञ्चालनको समयमा विद्यालयका शिक्षकले नियमित मापसे गरेर कक्षामा आउने गरेको विद्यार्थीको गुनासोपछि नगरपालिकाले शिक्षकको मापसे परीक्षणका निमित्त उपकरण खरिद गर्ने भएको हो ।

नगरपालिकाको ९८ औँ कार्यपालिका बैठकबाट मापसे परीक्षण गर्ने सात ब्रेथलाइजर उपकरण खरिद गर्ने निर्णय गरिएको हो ।

नगरप्रमुख विमला राईले मापसे परीक्षण गर्ने उपकरण नगरपालिकाभित्रका छ वटा प्रहरीचौकी र एउटा नगर अस्पतालमा राखेर प्रयोगमा ल्याउने निर्णय गरिएको बताउनुभयो ।
विगतमा पनि वार्षिक परीक्षाका लागि खटाइएका शिक्षकले नै मापसे गरेर प्रश्नपत्र शिरानी लगाएर सुतेको घटना रहेको बताउँदै राइले कतिपय …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved