Home » Archives for March 2023 » Page 4
Monthly Archives

२०७९ चैत्र ८, बुधबार १५:०९

सरकारले वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकहरूलाई पनि  सामाजिक सुरक्षा योजना ल्याएको छ । काठमाडौंमा विहीबार आयोजित एक समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो योजनाको  शुभारम्भ गर्दै सामाजिक सुरक्षा कोषमा  वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत  आबद्ध गरी कार्यक्रमको दायरा विस्तार गरिने बताउनुभयो ।

कोषमा हालसम्म औपचारिक क्षेत्रका तीन लाख ९९ हजार पाँच सय ६६ श्रमिक आबद्ध भइसकेका छन् । त्यस्तै कोषमा रु ३० अर्ब ८७ करोड योगदान रकम संकलन भएको छ । कोषले योगदान कर्तालाई रु तीन अर्ब ८१ करोड दाबी भुक्तानी गरेको छ । २०७५ मंसिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको अवधारणा ल्याइ २०७६ साउन

0 comment
0 FacebookTwitterEmail

नियमअनुसार स्थानीय तहले राजस्व सुधार कार्ययोजना बनाउने र समयानुकुल अद्यावधिक गर्नुपर्दछ । जसरी नेपाल सरकार र प्रदेश सरकारले कार्ययोजना बनाएर राजस्व सङ्कलन गर्दछ त्यसैगरी स्थानीय तहले पनि कार्ययोजना बनाएर राजस्व सङ्कलन गर्नुपर्दछ । स्थानीय तहमा उठाउनु पर्ने राजस्व नउठाउने र नउठाउनु पर्ने राजस्व पनि उठाउने गलत अभ्यास छ । राजस्व असुल्दा आगामी दिनमा अप्ठेरोमा पर्ने भन्दै पनि स्थानीय जनप्रतिनिधि आन्तरिक स्रोतको राजस्व सङ्कलमा उदासिन छन् ।

स्थानीय तहको बजेटको एक स्रोतको रूपमा रहेको आन्तरिक स्रोतको राजस्व सङ्कलनमा स्थानीय तहले ध्यान नदिँदा आम्दानी गुमाइरहेका छन् । यसैले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बर्सेनि स्थानीय तहलाई आन्तरिक स्रोतको राजस्व सङ्कलन बढाउन, …

0 comment
0 FacebookTwitterEmail

वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमा पहिलो पटक ‘रात्री बजार’ लगाउने तयारी गरेको छ । आर्थिक गतिविधिहरु अझै गतिशिल बनाउनुका साथै स्थानीयको जनजिवनलाई सजिलो बनाउने उदेश्यले अनुरुप वीरगञ्जमा पहिलो पटक ‘रात्री बजार’ लगाउन आँटिएको हो । यहीँ चैत ३० गते बेलुका देखि वैशाख २ गते मध्य रातिसम्म वीरगञ्जको आदर्शनगर चोक देखि पुरानो बसपार्कसम्म ‘रात्री बजार’ लगाइने महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो ।

वीरगञ्जलाई आर्थिक महानगरी भनेर चिनिने गरेको भए पनि वीरगञ्जको व्यवसाय साँझ नहुदै बन्द हुने गरेको थियो । यहाँको अर्थतन्त्र चलायमान बनाउन र बजार रातीसम्म संचालन हुने वातावरण बनाउन महानगरले यो समय अवधिलाई परीक्षण स्वरुपमा लिएको छ । नयाँ वर्षको अवसरमा …

0 comment
0 FacebookTwitterEmail

रूपन्देही  । लामो समयदेखि रोकिएको कोभिड प्रभावितको राहत रकम सम्बन्धी निर्णय लुम्बिनी प्रदेश सरकारले अगाडि बढाएको छ । लुम्बिनी प्रदेश सरकारले कोभिड पीडित परिवारलाई दिन बाँकी राहत रकम वितरण गर्ने निर्णय गरेको छ । यसअघि निर्णय भएपनि समन्वय नहुँदा तोकिएको समयमा रकम उपलब्ध गराइएको थिएन । 

लामो समयदेखि स्थानीय तह, जिल्ला प्रशासन तथा प्रदेश स्वास्थ्य मन्त्रालयबीच समन्वय हुन नसक्दा निर्णय गरे पनि पीडित परिवारले राहत पाउन सकेका छैनन् । अहिले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गर्ने भएको छ । 

लुम्बिनी सरकारका मुख्यमन्त्री लिला गिरीले स्वास्थ्यमन्त्री विष्णु पन्थी र सम्बन्धित सचिवहरूलाई यस विषयमा तत्काल प्रक्रिया अगाडि बढाउनु भन्दै निर्देशन दिएसँगै यो

लुम्बिनीका कोरोना पीडित परिवारले राहत पाउने 
0 comment
0 FacebookTwitterEmail

साइबर अपराधलाई सामान्य रुपमा कम्प्युटर वा इन्टरनेटको प्रयोग गरेर गरिने आपराधिक कृयाकलापहरू र कम्प्युटर, कम्प्युटर प्रणाली, कम्प्युटर नेटवर्क वा कम्प्युटर कार्यक्रमविरुद्ध लक्षित आपराधिक कृयाकलापहरू हुन् भनी बुझ्न सकिन्छ । यसलाई कम्प्युटर अपराध पनि भनिन्छ।

परम्परागत अपराध (समाजमा पहिले देखि नै अपराध वा कसुर भनी पहिचान गरी कानुनले रोक लगाएका कार्यहरू) हरु पनि यदि कम्प्युटर वा इन्टरनेटको माध्यमबाट गरिन्छ भने त्यसलाई पनि साइबर अपराध भनिन्छ । उदाहरणका लागि, जुवा खेल्ने कार्यलाई कानुनले रोक लगाएको छ र अपराधका रुपमा परिभाषित गरी सजायको व्यवस्था गरेको छ । इन्टरनेटको प्रयोग गरी जुवा खेलाउनु वा इन्टरनेटमा जुवा खेल्नु पनि अपराध हो र यसलाई धेरै देशहरूले …

0 comment
0 FacebookTwitterEmail

मुलुकमा गणतन्त्र स्थापना भएपछि तेश्रो उपराष्ट्रपतिका रुपमा  बारा– २ बाट प्रतिनिधिसभामा विजयी जनता समाजवादी पार्टी (जसपा) का सांसद रामसहाय यादवले पदभार ग्रहण गरेका छन् ।

चैत ३ मा सम्पन्न उपराष्ट्रपति निर्वाचनमा गठबन्धन भित्रैका तीन जना उम्मेदवार मध्येका एक यादव उपराष्ट्रपति चुनिएसँगै प्रतिनिधिसभाको छैटौँ ठूलो दल जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव बारा– २ बाट प्रतिनिधिसभा उपचुनाव जितेर प्रतिनिधि सभा सदस्य बन्ने अर्को लबिङमा लागि सकेका छन् । अर्थात फेरि पनि उपराष्ट्रपति पद नेताहरूको पद व्यवस्थापन कै अर्को अध्याय बनेको छ ।

संविधान अनुसार राष्ट्रपति रहेको अवस्थामा उपराष्ट्रपतिको जिम्मेवारी केही पनि छैन । तर पनि एमालेले यो पदमा उपाध्यक्ष अष्टलक्ष्मी

0 comment
0 FacebookTwitterEmail

तिलोत्तमा नगरपालिकाले ‘वृत्ति मार्ग निर्देशन’ र ‘रोजगार सूचना मेला’ भएको छ । मेलामा पाँचहजार जनाले अवलोकन गरेका छन् भने त्यसमध्ये तीन हजार जनाले बायोडाटासहित फारम भरेको तिलोत्तमा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तथा रोजगार मेलाका संयोजक गणेश पाठकले बताउनुभयोे ।

मंगलापुरस्थित रामजानकी मन्दिरको मैदानमा भएको मेलामा स्थानीयहरुले आफ्नो बायोडाटा,नागरिकता,फोटो र सर्टिफिकेटसहित सहभागिता जनाएर फारम भरेका थिए ।

रोजगार मेलाले तिलोत्तमा नगर क्षेत्रका उद्योग, कलकारखाना र अन्य क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्ने, सीप भएर पनि जागिर नपाएर विदेश पलायन हुन बाध्य नागरिकलाई स्वदेशमै राख्ने मेलाले सहयोग गरेको नगर प्रमुख रामकृष्ण खाँणले बताउनुभयो । सहभागिता र स्टलका लागि शुल्क राखिएको थिएन …

‘रोजगार सूचना मेला’मा तीन हजार बेरोजगारले भरे फारम
0 comment
0 FacebookTwitterEmail

सरकारले निजी क्षेत्रमा काम गर्ने आम श्रमिकको हकहितको लागि भन्दै ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालनमा आएको झण्डै ४ वर्ष वित्न लागिसक्यो। सो कार्यक्रम कार्यान्वयन गर्न सरकारले २०७६ मा श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सामाजिक सुरक्षा कोष नै खडा गरेर दर्जनौ कर्मचारी परिचालन गरी तामझमका साथ ‘सामाजिक सुरक्षा योजना’ सार्वजनिक गरेको थियो।

सो योजनामा निजी क्षेत्रमा कार्यरत सबै मजदुरलाई सामाजिक सुरक्षाको व्यवस्था गर्ने तथा वृद्धावस्थामा पेन्सन स्किम ल्याइएको थियो। त्यसका लागि मजदुर र रोजगारदाताले ‘सामाजिक सुरक्षा कोष’मा आवद्ध भएर मासिक आम्दानीबाट तोकिएअनुसारको योगदान गर्न समेत आग्रह गरिएको थियो। तर अपेक्षित प्रगति भने हुन नसकेको यस योजनाको अवधारण र …

0 comment
0 FacebookTwitterEmail

लमजुङको दुधपोखरी। पर्यटनको प्रचुर सम्भावना भएको गाउँपालिका। युवा पलायनका पीडा भोगिरहेका नेपालका अधिकांश गाउँजस्तै पीडामा छ दुधपोखरी। युवा नै गाउँमा नभएपछि पर्यटन कसले चलाउने हो? सदरमुकाम बेंसीसहर भन्दा पूर्वीदिशाका साविकका कोल्की, ईलमपोखरी, गौंडा, विचौर र दुधपोखरी गाविसहरू गाभिएर २०७३ सालमा बनेको हो दुधपोखरी गाउँपालिका।

स्थानीय बढ्दो स्थायी र अस्थायी बसाइसराइँको चेपुवामा छ दुधपोखरी। कतिसम्म भने गाउँका सबै बालबालिका बजार क्षेत्रका निजी विद्यालयतर्फ लैजादा ठूलोकाभ्रेमा एक विद्यालय लगभग बन्द अवस्थामा पुगेको छ। पर्यटनको लागि स्थानीय खासगरी युवा जनशक्तिको पलायन होइन, स्थायी बसोबास र लगाब चाहिन्छ। गाउँपालिकाले स्थाानीय श्रमशील र कर्मशील युवालाई रोक्ने कार्यक्रम पनि साथसाथै लैजानु पर्ने देखिन्छ।

पर्यटन क्षेत्रमा प्रचारप्रसारको …

दुधपोखरी गाउँपालिकाले कसरी लिनसक्छ पर्यटनबाट लाभ ?
0 comment
0 FacebookTwitterEmail

प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआइबीले केही साता अगाडि एक चिनियाँ नागरिकले सामाजिक संजाल, दुरुपयोग गरी बिभिन्न स्थानका नाबालिकहरूसँग चिनजान गरी साथी बनाउने र काठमाडौँ बोलाई बिभिन्न मनोरञ्जनात्मक गतिविधिमा संलग्न गराउने गरेको विशेष सूचनाका आधारमा छापा मार्दा ललितपुरबाट एक चिनियाँ नागरिक पक्राउ परे। ति चिनियाँ नागरिकले ललितपुर महानगरपालिका वडा नम्बर २२ बुङमतीमा, कोका न्यू प्युरी एण्ड म्याट्रेस कम्पनी सञ्चालन गर्दै आएका थिए। सामाजिक सञ्जाल मार्फत बिभिन्न स्थानका नाबालिकलाई साथी बनाउने र काठमाडौँ बोलाई आर्थिक प्रलोभन देखाएर र यौन शोषण गर्ने गरेको तथ्य प्रहरीले फेला पार्‍यो।

पक्राउ परेका ४९ वर्षीय ति चिनियाँ नागरिक याङ् लि मिङ् ब्यापार व्यवसाय गर्ने नाममा नेपालमा बस्दै …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved