Home » Archives for May 2023 » Page 4
Monthly Archives

२०८० जेष्ठ ११, बिहीबार १४:०४

क्रूर शासक भनेर चिनिएका एडोल्फ हिटलरको अस्ट्रियास्थित जन्मघर मानव अधिकार तालिम केन्द्रमा परिणत हुने भएको छ। अस्ट्रियाको गृह मन्त्रालयले यस्तो घोषणा गरेको हो। ब्राउनाम एम इनको उत्तरपश्चिमी सहरमा रहेको भवनमा प्रहरी कार्यालयसहितको सुविधा हुनेछ। सन् २०१९ मै अस्ट्रियाली सरकारले यसको योजनाबारे खुलासा गरेको थियो।

मन्त्रालयका अनुसार यो निर्णय एक अन्तः विषय विशेषज्ञ आयोगको सिफारिसका आधारमा गरिएको थियो, जुन चरमपन्थी गुटलाई ऐतिहासिक सम्पत्तिबाट वञ्चित गर्नेसँग सम्बन्धित थियो।

‘हामीले हाम्रो विगतको सामना गर्दै यो ऐतिहासिक रुपमा बोझ भएको स्थानलाई जीवनको पुष्टि गर्ने दृष्टिकोण दिनुपर्छ,’ भियना विश्वविद्यालयको समकाली इतिहास संस्थानका प्राध्यापक इतिहासक ओलिभर रथकोल्बले भने।

सन् १८८९ अप्रिल २० तारिखमा उक्त भवनको एउटा …

हिटलरको जन्मघर मानव अधिकार तालिम केन्द्रमा परिणत हुने
0 comment
0 FacebookTwitterEmail

बौद्ध धर्मालम्वीको विशेष मानिने बौद्ध स्तुप अर्थात् स्वयम्भू काठमाडौँ उपत्यकाको पश्चिमी भेगमा पर्छ। यसलाई अर्को भाषमा महाचैत्य पनि भनिन्छ। उहिले उपत्यकामा पानी भरिएको बेलामा यहाँ विपस्वी बुद्ध आई तीनपटक वरिपरीको पहाड घुमेर नागार्जुनको टुप्पोमा बसी तपस्या गरेका थिए। त्यसपछि वैशाख पूर्णिमाका दिन दक्षिण फर्केर कमलको बिउ मन्त्र गरी दहमा रोपेका थिए। अर्को सालको वैशाख पूर्णिमाकै दिन कमल उम्रेको र त्यसमा पञ्चरश्मिसहित स्वयम्भु महाचैत्यको उत्पति भएको मानिन्छ। नेवारीबाट स्येँको अर्थ स्वयं, गुँको अर्थ वनबाट स्येँगु र पछि यसै शब्दलाई स्वयम्भू भनिएको पाइन्छ।

पुराणअनुसार, पहिले उपत्यका ठूलो ताल थियो, जसबाट कमल फूलको उत्पत्ति भएको थियो। त्यसपछि यसको नाम स्वयम्भू रहन गएको पाइन्छ। …

स्वयम्भूको पोखरी, जहाँ सिक्का चढाएर मनोकामना पूरा हुने विश्वास गरिन्छ
0 comment
0 FacebookTwitterEmail

रुपन्देही रुकुमपश्चिको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटना हुँदा सुत्केरी आमा र बच्चासहित पाँच जनाको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका–८ तोरीधारामा जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय बाँफिकोटले जनाएको छ । सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि हिडेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा सानोभेरीका ७० वर्षीय कर्णबहादुर बाठा मगर, सुत्केरी महिला २२ वर्षीय रेखा खनाल केसी र उहाँको बच्चा रोशन केसी छन् । यस्तै वर्ष ५० को देउचन खत्री र २३ वर्षीया सितला कुसारीको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते १० जनामध्ये ५ जनालाई थप उपचारका लागि खलंगा अस्पताल पठाइएको र ५ जनालाई …

रुकुमपश्चिको बाँफिकोट गाउँपालिकामा सुत्केरी आमा र बच्चासहित पाँच जनाको मृत्यु
0 comment
0 FacebookTwitterEmail

गुल्मीका तीन पालिका प्रमुखले बेलायतका मेयरलाई नेपाल (गुल्मी) भ्रमणको निम्तो दिएका छन्। बेलायतकाे रस्मोर बरो काउन्सिल मेयर क्लाइभ ग्रेटन र नेपालका पालिका प्रमुखबीच भएको भेटघाटमा पालिका प्रमुखले निम्ताे दिएका हुन्।

प्रधानमन्त्री दाहालका जनसम्पर्क विज्ञ बुद्धि जिसी, धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोख्रेल, चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्री र मालिका गाउँपालिका अध्यक्ष देवीराम अर्याल तथा काउन्सिल मेयर  ग्रेटन तथा निवर्तमान मेयर जोन मार्ससँग भेटघाट गरी आपसी सम्बन्धका विषयमा समेत छलफल भएको हो।

काउन्सिलका नवनियुक्त मेयर ग्रेटनको पदबहाली तथा शपथ ग्रहण र निर्वमान मेयर मार्सको पदबहाली हस्तान्तरण कार्यक्रमको अवसर पारेर उक्त भेटघाट भएको हो। भेटघाटमा नेपाली पालिका प्रमुखहरुले समग्र नेपालको स्थानीय तहको …

गुल्मीका तीन पालिका प्रमुखले दिए बेलायतका मेयरलाई नेपाल भ्रमणको निम्तो
0 comment
0 FacebookTwitterEmail

एउटा भनाइ खुबै प्रचलित छ – ‘यदि कसैले मर्न डराउँदिन भन्छ भने कि त उसले झुट बोलेको छ वा उ गोर्खा सैनिक हो।’ हो , ब्रिटिस आर्मीका एक पूर्वगोर्खा सैनिकले यो कुरा सत्य साबित गरेका छन्।

शुक्रबार , मे १९ का दिन दिउँसो ३ बजे हरि बुढा मगरले विश्वको सबैभन्दा अग्लो हिमालको चुचुरोमा पहिलोपटक दोहोरो घुँडा टेकेर सगरमाथाको सफल आरोहण गरेका छन्। यी सिपाहीले अफगानिस्तान युद्धमा आफ्ना दुवै खुट्टा गुमाए पनि विश्वको सर्वोच्च शिखर सगरमाथालाई जितेका छन्। सन् २०१० मा  मगरले अफगानिस्तानमा बारुदी सुरूङको ठक्करबाट आफ्ना दुवै खुट्टा गुमाएका थिए।

दुवै खुट्टा गुमाएको १३ वर्षपछि हरिले ८,८४९ मिटरको चुचुरोमा पुग्न …

दुवै खुट्टाबिना सगरमाथाको सफल आरोहण गर्दै हरि बुढामगरले रचे इतिहास
0 comment
0 FacebookTwitterEmail

हर्न अफ अफ्रिका भनिने अफ्रिकी देशहरू: सोमालिया, इथियोपिया र केन्यामा ५ वर्ष मुनिका ७० लाखभन्दा बढी बालबालिकाहरू कुपोषित र तत्काल पोषण सहयोगको आवश्यकतामा रहेका र १९ लाख भन्दा बढी बालबालिका गम्भीर कुपोषणबाट मर्ने जोखिममा भएको संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले जनाएको छ ।

यस क्षेत्रमा ४० वर्षको यता भएको सबैभन्दा खराब खडेरीबाट जोगिए पनि कमजोर समुदायहरूले विगत तीन वर्षमा गाईवस्तु, बाली र सम्पूर्ण जीविकोपार्जन गुमाएको युनिसेफले जनाएको छ ।

“हर्न अफ अफ्रिकाको संकटका कारण बालबालिकाका लागि विनाशकारी भएको छ। विगत ३ वर्षमा, समुदायहरू बाँच्नको लागि चरम उपायहरू लिन बाध्य भएका छन्, लाखौं बालबालिका र परिवारहरूले खाना र पानीको खोजीमा …

0 comment
0 FacebookTwitterEmail

श्रीलंकाको सूचनाको हकसम्बन्धी आयोग (राइट टु इन्फर्मेसन अफ श्रीलंका) को टोली नेपाल आइपुगेको छ । आयोगका अध्यक्षसहितको टोली नेपालमा सूचनाको हकसम्बन्धी कार्यान्वयनको अवस्था अध्ययन तथा अवलोकन गर्न नेपाल आएको सूचना आयोजकले जनाएको छ ।

टोलीले नेपालको राष्ट्रिय सूचना आयोगका पदाधिकारीहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ । साथै, टोली राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी, नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल, फ्रिडम फोरम, युएनडिपी, नेपाल बार, सूचनाको हक महासंघ, गैरसरकारी संस्थासँग भेट गरी सूचनाको हकबारे छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।

टोलीले धुलिखेल नगरपालिकामा पनि सूचनाको हकको कार्यान्वयनबारे अवलोकन गर्नेछ । राष्ट्रिय सूचना आयोग नेपालले श्रीलंकाको सूचनाको हकसम्बन्धी आयोगसँग आपसी समझदारीपत्र प्रस्ताव …

नेपालमा सूचनाको हकसम्बन्धी कार्यान्वयन अवस्थाबारे बुझ्न श्रीलंकाको प्रतिनिधिमण्डल नेपालमा
0 comment
0 FacebookTwitterEmail

भारतको राजधानी नयाँ दिल्ली र उत्तरी भारतका केही भागहरूका बासिन्दाले यस वर्षकै सबैभन्दा चर्को गर्मीको लहरको सामना गरिरहेका छन्। असहनीय गर्मीले मानिसहरूको जीवन कष्टकर बनाएकाले धेरै बाहिरी गतिविधिहरू र काममा प्रतिबन्ध लगाइएको छ। यो हप्ता नयाँ दिल्लीमा सोमबार रेकर्ड गरिएको तापमान ४६.२ डिग्री सेल्सियसको चरम सीमामा पुगेको थियो , जबकि मंगलबार ४३ डिग्रीको तापक्रम मापन गरिएको छ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले तातो हावा चलिरहेको गर्मीको लहरको एक हिस्सा भएको जुन आगामी दिनमा वर्षा र हावाको आगमनसँगै कम हुन सुरु हुने बताएको छ। हालैका दिनहरूमा बिस्तारै बढ्दै गएको अत्यधिक गर्मीको लहर, बेमौसमी वर्षा, आँधीबेहरी र तापक्रममा तीव्र गिरावटको असामान्य …

0 comment
0 FacebookTwitterEmail

बुटवल उपमहानगरपालिकाले १ वर्षका उपलब्धि सार्वजनिक गरेको छ। मंगलबार एक कार्यक्रमको आयोजना गरी उपमहानगरपालिकाले १ वर्षका उपलब्धि सार्वजनिक गरेको हो। बुटवल उपमहानगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेयले ४९ बुँदामा भिडियो सामग्रीसहितको उपलब्धि सार्वजनिक गर्नुभयो।

उपलब्धि तथा प्रयास सार्वजनिक गर्दै नगर प्रमुख पाण्डेयले पदभार ग्रहण गरेदेखि बुटवल र बुटवलवासीको हितमा नीति निर्माण, बजेट निर्माण र कार्यान्वयन तथा संघ र प्रदेश सरकार, विभिन्न सरकारी कार्यालय, सामाजिक संघसंस्थासँग सहकार्य र समन्वय गरी काम गर्दै आएको बताउनुभयो।
जनताले दिएको मतको उच्च सम्मान गर्दै आगामी ४ वर्षमा बुटवल विकासमा फड्को मार्ने गरी काम गर्ने बताउनुभयो। जनताको सेवकका रूपमा भूमिका निर्वाह गरिरहेको भन्दै बुटवल र …

बुटवल उपमहानरपालिकाद्वारा १ वर्षे उपलब्धि सार्वजनिक, के–के भए काम?
0 comment
0 FacebookTwitterEmail

बुटवलमा रोजगार मेला सुरु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ, बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा मंगलबारदेखि बुटवलमा दुई दिने मेला सुरु गरिएको हो। मेलाको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनीका प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले उद्घाटन गर्नुभयो।

मेलाको उद्घाटन गर्दै प्रदेश अध्यक्ष शर्माले नेपाली युवा कामको खोजीमा विदेश जानुपर्ने र नेपाली उद्योगीले बाहिरबाट कामदार ल्याउनुपर्ने बाध्यता रहेको बताउनुभयो। उहाँले कामका लागि बाहिर जाने प्रवृत्ति रोक्न र उद्योगी–व्यवसायीले बाहिरबाट कामदार ल्याउनुपर्ने बाध्यता अन्त्य गर्ने गरी तारतम्य मिलाउन राज्यले नै सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमको बारेमा जानकारी गराउँदै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका …

दक्ष जनशक्ति उत्पादन तथा आपूर्ति गर्न रोजगार मेला
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved