Home » Archives for August 2023 » Page 5
Monthly Archives

२०८० भाद्र ३, आईतवार १४:३०

सरकारले विश्वासको मत लिने दिनसम्म प्रदेशसभा बैठकको अध्यक्षता आफ्ना सांसदले गर्नु नपर्ने निश्चितता खोजिरहेको कोशीको सत्ता गठबन्धनले आफ्ना ज्येष्ठ सदस्यलाई मन्त्रीमण्डलमा सामेल गरेको छ।

त्यही अवस्था छल्ने उद्देश्यकै लागि प्रदेशसभाका सबैभन्दा ज्येष्ठ सदस्य गयानन्द मण्डललाई मुख्यमन्त्री उद्धव थापाले बुधवार कृषि राज्यमन्त्रीमा नियुक्त गर्नुभयो। सत्ता गठबन्धनको यो कदमले मुख्य विपक्षी एमालेलाई दबाबमा पारिदिएको छ।

९३ सदस्यीय प्रदेशसभामा सरकार जोगाउन चाहिने बहुमत संख्या ४७ पुर्याउन सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर मन्त्री बनाएपछि सत्ता गठबन्धनलाई उपसभामुख सिर्जना दनुवारले पनि राजीनामा दिने डर भने कायमै छ। दनुवार नेकपा एमालेकी सांसद हुनुहुन्छ।

दनुवारलाई एमालेले राजीनामा गराएमा प्रदेशसभा बैठकको अध्यक्षता ज्येष्ठ सांसद मण्डलले गर्नुपर्ने बाध्यता आइलाग्छ।

0 comment
0 FacebookTwitterEmail

नेपालको संविधानको धारा २७ मा प्रत्येक नेपाली नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारका कुनै पनि विषयको सूचना माग्ने र मागेको सूचना पाउने हकको संरक्षण गरिएको छ। त्यस्तै सूचनाको हक सम्वन्धी ऐन २०६४ मा सार्वजनिक निकायमा रहेका सार्वजनिक महत्वको सूचनामा नागरिकको पहुँच स्थापित गरिएको छ। संयुक्त राष्ट्र संघले घोषणा गरेको दिगो विकास लक्ष्यको सूचकांकमध्ये १६.१०.२ मा समेत सूचनाको हकसम्बन्धी सूचकांक समेटिएको छ।

नागरिकको महत्वपूर्ण अधिकारका रूपमा सूचना अधिकारलाई ग्यारेन्टी गर्ने सूचनाको हक सम्बन्धी कानुन नेपालमा लागू भएको १६ वर्ष पूरा भई १७ औं वर्ष प्रवेश भएको छ। मलाई अहिले पनि सम्झना छ, २०६४ सालमा तत्कालिन संसदमा सरकारले दर्ता गराएको सूचनाको हकसम्बन्धी विद्येयकप्रति …

0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय सूचना आयोगले सूचनाको हक प्रयोगमा आयोगको मात्रै प्रयास पर्याप्त नभएको जनाएको छ। १७औं राष्ट्रिय सूचना दिवसको शुभकामना दिँदै आयोगले यस्तो हक प्रयोग गर्न–गराउन सर्वसाधारण नागरिकसम्म पु¥याउनुपर्ने आवश्यकता महसुस भएको जनाएको हो।

नेपालमा संविधानको धारा २७ बमोजिम सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भई कार्यन्वयनमा आएको दिन भदौ ३ लाई राष्ट्रिय सूचना दिवसका रुपमा मनाइँदै आइएको छ। लोकतान्त्रिक पद्धतिमा नागरिकलाई प्राप्त अधिकारहरुमध्ये सबैभन्दा महत्वपूर्ण अधिकारका रुपमा रहेको सूचनाको हकको प्रयोग दिनानुदिन बढिरहेको अवस्था छ। सुशासन कायम गरी देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान सार्वजनिक निकायबाट सम्पादन हुने सबै क्रियाकलापमा सर्वसाधारण नागरिकको अर्थपूर्ण सहभागिताका लागि सूचनाको हक अत्यन्त उपयोगी माध्यमका रुपमा रहेको हुँदा …

0 comment
0 FacebookTwitterEmail

विश्वकै लोकप्रिय कफी कम्पनी स्टारबक्सले २ करोड ५० लाख डलरभन्दा बढी जरिवाना लागेको छ। अमेरिकाको न्युजर्सी अदालतले २०१९ मा एक पुरानो मामिलामा पूर्वकर्मचारीलाई कामबाट निकालेको आरोपमा क्षतिपूर्तिस्वरुप सो रकम जरिवाना तोकेको हो।

यसअघि संघीय अदालतले स्टारबक्सको फिलाडेल्फियास्थित कम्पनीकी पूर्व क्षेत्रीय म्यानेजर सेनन फिलिप्सलाई करिब दुई लाख ५६ हजार डलर हर्जाना तिर्न आदेश दिएको थियो।

२०१८ मा कम्पनीले सानन फिलिप्सलाई विवादपछि जागिरबाट बर्खास्त गरेको थियो। त्यसपछि फिलिप्सले आफू गोरो भएका कारण जागिरबाट बर्खास्त गरेको आरोपसहित २०१९ मा मुद्दा दायर गर्नुभएको थियो।

के हो पूरा मामिला ?

यो मामिला २०१८ को हो। नेल्सन र रोबिन्सन नामका दुई अफ्रिकी–अमेरिकी नागरिकलाई क्याफेबाट पक्राउन गरिएको …

0 comment
0 FacebookTwitterEmail

प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको आयोजनामा भदौ १ र २ गते बुटवलमा सम्पन्न मिडिया सम्मेलन २०८० ले १३ बुँदे वसन्तपुर घोषणापत्र जारी गरेको छ। लुम्बिनी प्रदेशभित्रका झन्डै दुई सय मिडिया सञ्चालकहरूको सहभागितामा भएको सम्मेलनले लुम्बिनी केबलकारको टप स्टेसन पाल्पाको तिनाउ गाउँपालिका ३ वसन्तपुरबाट १३ बुँदे वसन्तपुर घोषणापत्र २०८० सार्वजनिक गरेको हो।

घोषणापत्रमा समानुपातिक विज्ञापन वितरण प्रणालीलाई नीतिगत रुपमा व्यवस्था गरी कार्यान्वयन गर्न र मिडिया हाउसमा हाल देखिएको आर्थिक संकट समाधानका लागि तीनै तहका सरकारहरुले मिडिया सबलीकरणका कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ।

यस्तै तीनै तहका सरकारले प्रदान गर्ने विज्ञापनको समानुपातिक वितरण प्रणालीका आधारमा रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइनलाई दिइने विज्ञापन …

मिडिया सबलीकरण र पत्रकारको रोजगारी सुरक्षा गर्न १३ बुँदे ‘वसन्तपुर घोषणापत्र’
0 comment
0 FacebookTwitterEmail

महाभारतका १८ पर्वमध्ये भीष्मपर्वमा संकलित महाभारत युद्धमा अर्जुनका सारथि बनेका भगवान् श्रीकृष्णले आफ्ना शिष्य महारथी अर्जुनको विषादको अन्त्य गरी फेरि युद्धमा फर्कन र कर्ममा फर्कनका लागि युद्धस्थलमा नै दिएको उपदेशलाई नै वेदव्यासले लिपिबद्ध गरेको भागलाई हामीले श्रीमद्भगवतगीता भनेका हौँ। त्यसैलाई हामीले सहज भाषामा गीता भनेका हौँ। गीताको अर्थ गीत हो। प्रशंसाको गीत हो। त्यसका कर्मको प्रशंसामा गीत गाइएको छ। जीवनमा कर्मयोगको प्रयोगका बारेमा उदाहरणस्वरूप बताइएको छ। जीवनको सूक्ष्मातिसूक्ष्म तरिकादेखि स्थूल स्वरूपको विराटस्वरूपको दर्शन गराइएको छ, प्रदर्शन गरिएको छ।

गीताको महत्व आफ्ना आफ्ना तरिकाले व्याख्या गरिँदै आइएको छ शताब्दियौँदेखि। कसैले यसलाई अनिश्वरवादी दर्शनका रूपमा लिएका छन् भने कसैले यसलाई ईश्वरवादको अनुपम …

0 comment
0 FacebookTwitterEmail

जग्गा कित्ताकाट सम्बन्धी सरकारले गरेको निर्णय तत्काल कार्यान्वयनमा गएको छ ।  मन्त्रिपरिषद्ले संशोधित भू उपयोग नियमावली स्वीकृत गरेर जग्गाको कित्ताकाट खुवाएलगत्तै स्थानीय निकाय पनि जग्गा वर्गीकरण कार्यमा जुट्नुपर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जग्गामा कित्ताकाट खुलाउने निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने बताएपछि  सबै पालिका तथा स्थानीय तहले एक वर्षभित्र जग्गाको वर्गीकरण गरिसक्नुपर्ने भएको हो  ।

प्रधानमन्त्रीले भूउपयोग नियमावली– २०८० स्वीकृत गर्नुअघि नै व्यावसायीलाई कित्ताकाट खुलाउने निर्णय तत्काल कार्यान्वयन हुने आश्वासन दिनुभएको थियो । गत मंगलबार मन्त्रिपरिषद्ले  भूउपयोग नियमावली –२०८० स्वीकृत गरी कित्ताकाट खुलाउने निर्णय गरेको थियो । सो निर्णय गर्नु अघि नै निजी क्षेत्रका प्रतिनिधिले प्रधानमन्त्री समक्ष जग्गाको कित्ताकाट

0 comment
0 FacebookTwitterEmail

नेपालको सिमाना नजिकै भारतको बिहारमा  एक युवा पत्रकारको हत्या गरिएको छ । अपराधीहरूले शुक्रबार दैनिक जागरणका स्थानीय संवाददाताको हत्या गरेका हुन । बिहारको अररिया रानीगञ्ज बस्ने पत्रकार विमल मण्डललाई बिहान घरमै पुगेर अपराधहरूले  गोली हानेका हुन। मण्डल घरमै सुतिरहेको अवस्थामा ‘ विमल भैया, विमल भैया’ भन्दै डाकेर घरबाट बाहिर निस्कने क्रममा अपराधीहरूले छातीमा गोली हानेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । गोली लागे पछि मण्डललाई छरछिमेकी सहयोगमा विमलकी पत्नीले अस्पताल पुर्‍याउनु भएको थियो। तर अस्पताल पुग्नु अघिनै विमलको मृत्यु भएको छ ।

पाँच वर्ष अगाडि विमल मण्डलको सरपञ्च दाजुको पनि हत्या भएको थियो र विमल त्यसको एक मात्र साक्षी भएको

सीमा नजिक अररियामा पत्रकार विमलको गोली हानी हत्या
0 comment
0 FacebookTwitterEmail

आर्थिक मन्दीबाट गुज्रिरहेको चीन एकपछि अर्को संकटमा फस्दै गएको छ। यसैबीचको त्यहाँको लोकप्रिय रियल इस्टेट (घरजग्गा कारोबार) कम्पनी चाइना एभरग्रेन्ड टाट पल्टिएको छ। उक्त कम्पनीले अमेरिकाको एक अदालतमा बैँकरप्सी (टाट पल्टिएको घोषणा) का लागि आवेदन दिएको छ।

एभरग्रेन्ड विश्वकै सर्वाधिक कर्जा भएको रियल इस्टेट कम्पनी हो। यो कम्पनीमाथि ३३० अर्ब अमेरिकी डलरबराबरको कर्जा छ।

कुनैबेला चीनको दोस्रो रियल इस्टेट कम्पनी एभरग्रेन्डले भारी कर्जा लिएको थियो। सन् २०२१ को अन्त्यतिर भुक्तानी गर्न सकेको थिएन। योसँगै चीनमा रियल इस्टेट क्षेत्रको संकटको सिलसिला सुरु भएको थियो।

एभरग्रेन्डको सहयोगी कम्पनी तियान्जी होल्डिंग्सले पनि बैँकरप्सीका लागि आवेदन दिएको छ। कम्पनीले अमेरिकामा बैँकरप्सीको अध्याय–१५ अन्तर्गत सुरक्षा …

0 comment
0 FacebookTwitterEmail

सरकारले साना करदातालाई मूल्य अभिवृद्धि कर (भ्याट) मा सहुलियत दिएको छ । यसअघि वार्षिक १ करोड रुपैयाँसम्म कारोबारको विवरण मासिक बुझाउनुपर्नेमा सरकारले चार महिनाको समय दिएको हो ।

आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै साना करदातालाई कर सहभागिता लागत र समय दुवै घटाएर सहुलियत दिइएको बताएको छ । साना करदाताले अब साउनदेखि कात्तिकसम्मको कर विवरण मंसिर २५ गतेभित्र बुझाउन सक्नेछन् । यस्तै, मंसिरदेखि फागुनसम्मको विवरण फागुन २५ गतेभित्र र चैतदेखि असारसम्मको कर विवरण साउन २५ गतेभित्र पेस गर्ने सुविधा दिएको छ ।

मासिक कर विवरण बुझाउन चाहने करदातालाई सम्बन्धित आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयमा १५ दिनभित्र जानकारी …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved