Home » Archives for September 2023 » Page 6
Monthly Archives

२०८० भाद्र ३१, आईतवार १०:४८

रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले १ देखि १४ युनिटसम्मको महसुल २० रुपैयाँ मात्रै कायम गरेको छ। संस्थाको रजत महोत्सवका अवसरमा १ हजार देखि १४ हजार लिटर (१ देखि १४ युनिट) सम्म २० रुपैयाँ कायम गर्ने जनाएको छ।

यस्तै संस्थाले १५ देखि २१ युनिटसम्म १०२ रुपैयाँ र त्यसमाथि २२ देखि ३५ युनिटसम्म प्रतियुनिट १६, ३६ देखि ५५ सम्म प्रतियुनिट २० र ५५ देखि माथि प्रतियुनिट महसुल २५ रुपैयाँ कायम गरेको छ।

संस्थाको २५ औं वार्षिक साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष झवीन्द्र भण्डारीले यसै आर्थिक वर्षदेखि नयाँ धारा जडान गर्ने उपभोक्तालाई संस्थाले निःशुल्क मिटर …

पत्याउनुहुन्छ ? १४ हजार लिटर पानीको महसुल २० रुपैयाँ मात्रै
0 comment
0 FacebookTwitterEmail

एक दिन बैतडीको पाटन नमुना बन्छ, त्यसपछि नमुना सहर बजारमा मान्छेलाई हिँडडुल गर्न खाली ठाउँ हुँदैन। ओपन स्पेस वा खोली ठाउँ नभएको सहर बस्ने लायक मानिँदैन। यस्तै अनेक सपना देखाइएको थियो, बैतडीका स्थानीय बासिन्दालाई।

त्यही भएर बैतडीको पाटन नमुना सहरबाट करिब ५ किलोमिटर टाढा सुन्दर डाँडामा हिरापुर पार्क निर्माणको काम थालियो। तर त्यो पार्क बनेर सकिन नपाउँदै जीर्ण बनेको छ। सल्लाका रुखमा मुनि बनेका भौतिक संरचनाहरू भताभुङ्ग छन्। स्थानीय बासिन्दाको भनाइमा सरकारी हेलचक्र्याइँ मात्र होइन त्यहाँ भएका देवीदेवता रिसाएकाले पनि पार्कको निर्माण पूरा हुन नसकेको हो।

स्थानीय बासिन्दाको मेलापात गर्ने ठाउँमा पाटन नगरपालिकामा रहेको नमुना सहर कार्यालयले करोडौँ खर्च गरेर …

0 comment
0 FacebookTwitterEmail

महाभारतलाई पौरस्त्य साहित्य र इतिहास सम्मिश्रित विशाल महाकाव्य मानिन्छ। त्यसो त स्वयं वेद व्यासले नै यसलाई पञ्चम वेदको नामकरण गरेका छन् र भनेको छन्—महाभारतमा नभएको कुरा अन्यत्र कतै पाइँदैन अर्थात् व्यक्तिगत, पारिवारिक, सामाजिक, प्रशासनिक, न्यायिक, नैतिक ,युद्धकला, ज्योतिर्शास्त्र तथा तत्कालीन इतिहासको सविस्तार वर्णनसमेत यसै महाकाव्यमा पाइन्छ। जसरी महासागरमा कुन सिपीमा मोती छ भन्ने कुरा निपुण शिल्पीले मात्र पहिचान गर्न जान्दछ र निपुण नाविक — तैराकले मात्र ठिक ठाउँ पत्ता लगाउन सक्छ, ठिक त्यसै गरी महाकाव्यमा रहेको ज्ञानको पहिचान र त्यसको गूढार्थ पनि ज्ञानी र शब्द साधकले मात्र लगाउन सक्छ। तर त्यहाँ खोज्न सक्दा जीवन र जगतका लागि आवश्यक सबै कुराको …

0 comment
0 FacebookTwitterEmail

वीरगन्ज महानगरपालिकाद्वारा दुई दिन अघि हटाइएका नगर प्रहरी अधिकृत शुक्रवार पनि डिउटीमा खटेको पाइएको छ। दुई महिना अगाडी मात्र नगर प्रमुख राजेशमान सिंहको ‘माया–कृपा’ले ठाडो नियुक्ति पाएका नगर प्रहरी उपनिरीक्षक लाल प्रसाद लुइँटेल शुक्रवार पनि डिउटी खटेका छन्। वीरगन्ज महानगरपालिकाले गैर कानुनी रूपमा भर्ना गरिएका करिब ४ सय ५० जना दैनिक ज्यालादारी र डोर हाजिरीका कर्मचारीलाई जागिरबाट बर्खास्त गरेको थियो। त्यसै क्रममा नगर प्रहरी अधिकृत लुइँटेल पनि खारेजीमा परेका हुन। शुक्रवार दिउसो नगर प्रहरीको पोसाकमै डिउटी कक्षमा काम कार्यवाही गरे देखेपछि  आश्चर्य व्यक्त गर्दै एक नगर प्रहरीले भने,‘यो वीरगन्ज महानगरपालिका हो ,यहाँ जे पछि हुन्छ,सेटिगमा खारेजी भएको कर्मचारी हाजिर हुन …

0 comment
0 FacebookTwitterEmail

यही २०८० भदौ २९ गते शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले निम्न अनुसारका निर्णयहरू गरेको छ:

  • संविधान दिवसको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने गरी कार्यदल गठन गर्ने। हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने।
  • कर प्रणालीको सुधारका लागि पूर्व मन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने।
  • साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छूट गरी १०/१० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिने।
  • सिँचाइ नीति,
सरकारले खारेज गर्‍यो विभूषण,  २० हजार मेट्रिक टन चिनी आयातको स्वीकृति
0 comment
0 FacebookTwitterEmail

अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीको उम्मेदवार बन्न दौडिरहेका भारतीय मूलका अमेरिकी विवेक रामास्वामीको एक वक्तव्यले चुनावी माहौललाई ताताएको छ। रामास्वामीले सन् २०२४ को चुनाव जितेमा ७५ प्रतिशतभन्दा बढी संघीय सरकारी कर्मचारीलाई बर्खास्त गर्ने र एफबीआई जस्ता धेरै प्रमुख एजेन्सीहरू बन्द गर्ने बताउनुभएको छ। उहाँले आफू सत्तामा आए पहिलो वर्ष नै सरकारी कर्मचारीको संख्या ५० प्रतिशतले घटाउने अभिव्यक्ति दिनुभएको हो।

कर्मचारी व्यवस्थापन कार्यालय (ओपीएम) का अनुसार, संघीय सरकारमा अनुमानित २२ लाख मानिस काम गर्छन्। रामास्वामीको योजनाले यो संख्यालाई झन्डै आधाले घटाउनेछ अर्थात् अनुमानित ११ लाख संघीय कर्मचारीहरू हट्नेछन्। उहाँले सेना, कानून प्रवर्तन, खुफिया, र राष्ट्रिय सुरक्षा कर्मीहरू, साथै वश्यक स्वास्थ्य सेवा …

0 comment
0 FacebookTwitterEmail

गत वर्षको अन्तिम समयसम्म पनि आर्थिक मन्दीका कारण विश्वका ठूलाठूला कम्पनीले भारी मात्रामा कर्मचारी निष्कासन अर्थात् कटौती गरे। यसको निकै चर्चासमेत भएको थियो। तर केही समययता कम्पनीले कर्मचारी निष्कासन गरेका थिएनन्। अहिले फेरि एकपटक कर्मचारी निष्कासनमा परेका छन्।

यो खबर ठूलो सर्च इन्जिन मानिने गुगल इन्जिनसँग जोडिएको छ। कुनै बेला कम्पनीका लागि आवश्यक जनशक्ति भर्ती गर्ने कर्मचारीलाई नै यसपटक गुगलले निष्कासन गर्ने बताएको छ।

न्युयोर्क सको खबरअनुसार गुगलको प्यारेन्ट कम्पनी अल्फाबेट इंकले आफ्ना ग्लोबल रिक्रुटर्सको टिमबाट सयौँ कर्मचारी कटौती गरेको छ। प्रविधि क्षेत्र (टेक सेक्टर) मा अझै पनि कर्मचारी कटौतीको सिलसिला जारी छ। यसपटक गुगल सयौँ निष्कासन गर्ने ठूलो कम्पनी …

0 comment
0 FacebookTwitterEmail

वायु प्रदूषणबारे विश्व बैंकको एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्नका लागि काठमाडौंमा हालै एउटा बैठक गरिएको थियो । सो बैठकमा धारणा राख्ने क्रममा इसिमोडका महानिर्देशक पेमा ग्याम्त्शोले त्यो कोठामा रहेकामध्ये कतिले काठमाडौंको राजधानी उत्रिने क्रममा सगरमाथाको शिखर देख्नुभयो भनी सोधे । उनले देख्नेजतिले हात उठाउन भने । दुःखको कुरा त्यहाँ कसैले हात उठाएन, जुन कुरा आकलन गर्न सकिन्थ्यो । वास्तवमा ग्याम्त्शोले घुमाउरो पारामा नेपालको वायु प्रदूषणको प्रसंग कोट्याएका थिए । संसारकै सबैभन्दा प्रदूषितमध्ये पर्ने नेपालको राजधानीको वायुले विश्वको सर्वोच्च शिखरलाई प्रायः ढाकिरहेको हुन्छ ।

दक्षिण एसिया विश्वकै वायु प्रदूषणको जोखिमयुक्त क्षेत्रमा पर्छ । विश्वका सबैभन्दा बढी प्रदूषित ४० मध्ये ३७

0 comment
0 FacebookTwitterEmail

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ चाँदनीचोकका किसानलाई समुदायमा सञ्चालित ‘सामुदायिक सिकाइ केन्द्र’ ले जलवायु सुहाउँदो कृषि सिकाइरहेको छ।
सदरमुकाम वीरेन्द्रगरनजिकै रहेको चाँदनीचोक, पर्सेनीका ५८ घरधुरीका किसान सदस्य रहेको लगनशील लघुउद्यमी महिला कृषि समूहमा आबद्ध भएकामध्ये २२ घरधुरीका किसान अहिले सामुदायिक सिकाइ केन्द्रको छलफलमा सहभागी हुने गरेका छन्।
जलवायु सुहाउँदो कृषि प्रविधिको बारेमा छलफल हुने सिकाइ केन्द्रमा नियमित रुपमा छलफल गरेपछि किसानलाई प्रत्यक्ष फाइदा पुगेको स्थानीय अगुवा किसान ५५ वर्षीय मानबहादुर शाहीले बताउनुभयो।
एक दशकअघिसम्म नियमित खाद्यान्नबाली तथा तरकारी खेती गरिरहेका पर्सेनीका किसान बालीमा देखिएको नयाँ रोग किराका कारण चिन्तित भएका थिए। गाँउलाई स्थानीय निकासखोला सहकारीको तर्फबाट दुईवटा सिँचाइपोखरी निर्माण गरिदिए पनि मुहानमा …

तरकारी खेतीबाट पैसा फलाउँदै पर्सेनीका किसान
0 comment
0 FacebookTwitterEmail

कम्युनिस्ट मुलुक चीनका संस्थापक माओ त्सेतुङले भन्नुभएको थियो– राजनीतिक शक्ति बन्दुकको नालबाट निस्कन्छ। त्यसैले सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापनापछि माओले पिपल्स लिबरेसन आर्मी (पिएलए) को नियन्त्रण राज्यले होइन, पार्टीले गर्ने सुनिश्चित गरे। त्यसयता, चिनियाँ कम्युनिष्ट पार्टी सिसिपीका नेता केन्द्रीय सैन्य आयोग (सिएमसी) को अध्यक्ष रहने व्यवस्था कायम छ। तिनै माओका पछिल्ला उत्तराधिकारी सी जिनपिङ अहिले चीनमा तेस्रो कार्यकालमा राष्ट्रपतिको भूमिकामा हुनुहुन्छ। जसले राष्ट्रपति बनेलगत्तै सिएमसिको अध्यक्षको हैसियले चिनियाँ सेनाभित्रको विपक्षी खेमालाई निस्तेज बनाइरहनुभएको छ।

हङकङको मिङ पाओ समाचार पत्रका अनुसार, अहिले चीनका रक्षामन्त्री हराउनुभयो। केही दिनपहिले नवगठित रकेट फोर्सका प्रभावशाली जनरल हराउनुभयो। ३ महिनाअघि हराउनुभएका विदेशमन्त्रीको अत्तोपत्तो छैन। …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved