इजरायलमाथि प्यालेस्टाइनी आतकंवादी समूहले शनिबार इजरायलमा आक्रमण गर्यो। अचानक रुपमा गरेको यो आक्रमणमा अहिलेसम्म हजारभन्दा बढीको मृत्यु भएको छ। सोही आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको पनि मृत्यु भएको छ।
आतकंवादी संगठन हमासको आक्रमणपछि इजरायलले आधिकारिक रुपमै युद्धको घोषणा गरेको छ। इजरायली इलाकामा सुरक्षाकर्मी र आतंकवादीबीच ४८ घण्टाभन्दा लामो समयदेखि संघर्ष जारी छ। हमासको नियन्त्रण रहेको गाजामा इजरायलको वायुसेनाले हमला गरिरहेको छ।
हमास हमलामा परी अहिलेसम्म ७०० जना इजरायलीको मृत्यु भएको छ भने इजरालयको जबाफी कारबाहीमा गाजामा ४०० जनाभन्दा बढी मारिएको एजेन्सीहरूले उल्लेख गरेका छन्। योसँगसँगै युद्धका कारण १ लाख २५ हजार जना विस्थापित भई विभिन्न आश्रयस्थलमा बसेका छन्।
इजरायल …
