पुनमको हत्या “चोर”ले गरेको प्रहरीको दाबी

अनिल तिवारी

वीरगन्जको छपकैयामा भएको हत्यामा संलग्न भएको एक युवकलाई प्रहरी सार्वजनिक गरेको छ। शुक्रवार हत्या गरिएकी ब्युटिसियन पुनमदेवी सराफको हत्यामा संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्साले  एक युवकलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा आइतबार आयोजित पत्रकार सम्मेलन  हत्यामा  वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैया बस्ने २५ वर्षीय इमरान मियाँलाई सार्वजनिक गरिएको थियो ।
गगनदेव साहकी पत्नी ४० वर्षीय पुनमदेवी सराफ,  शुक्रवार बिहान घरभित्र रक्ताम्मे अवस्थामा अचेत फेला परेपछि उपचारको क्रममा उनको नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो ।
इमरानले पुनमदेवीको हत्या आफैँले गरेको स्वीकारोक्ति बयान दिएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताउनु भयो। जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा इमरान मियाँ लागु पदार्थ  दुर्व्यसनी रहेको अनुसन्धानबाट  खुलेको शाहले बताउनुभयो ।
शुक्रवार बिहान ३ बजे तिर चोरी गर्ने उद्देश्यले घरको झ्यालबाट इमरान घरभित्र प्रवेश गरेको वेला पुनमदेवी  कोठाभित्र सुतेको भेटेका थिएँ। तर त्यस लगतै पुनमदेवी उठेपछि जम्काभेट भएको थियो। त्यसपछि दुवै जना बिच घम्साघम्सी भएको थियो । सोही क्रममा इमरानले फलामको  रडले पुनमदेवीको टाउकोमा चार पटक प्रहर गरेपछि रक्ताम्मे भएपछि इमरान भाग्न सफल भएको बयानका क्रममा प्रहरीलाई बताएका थिए ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले शनिवार मृतक पुनमदेवीले ब्युटी पार्लर सञ्चालन गरेको घरधनीका छोरालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । तर हत्यामा उनको संलग्नता नदेखिए पछि उनलाई रिहा गरिएको प्रहरी उपरीक्षक शाहले पत्रकार सम्मेलनमा जानकारी दिए । पक्राउ परेका इमरानलार्ई भने पर्सा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link