Home » नीति/राजनीति » Page 29
Category:

नीति/राजनीति

भारतीय दूतावासको सहयोगमा २०६२ मा निर्माण सुरु गरिएको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको कन्या छात्रावास १८ वर्ष पुगिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन। २०६४ साल भित्र सम्पन्न हुनुपर्ने ५५ कोठे छात्रावास भवनको निर्माण अन्तिम चरणमा पुगेर पनि काम रोकिनु र भारतीय दूतावासले समेत ध्यान नदिनुले भवन अहिले अलपत्र अवस्थामा छ। दूतावासले १ करोड ९६ लाख रुपैयाँ बजेट तत्कालीन जिल्ला विकास समितिमा पठाएको र निर्माण समितिका संयोजक शेखर सिंहलाई तोकेको थियो। सिंह अहिले राष्ट्रिय सभा सदस्य हुनुहुन्छ।

निर्माण समितिले तोकिएको बजेटभन्दा बढी खर्च भइसकेको र भवनको झ्याल–ढोका थप्न, रंगरोगन गर्न ३४ लाख रुपैयाँ बक्यौता रहेकामा सो रकम दिए भवन तयारी …

प्रधानमन्त्रीको भारत भ्रमणले सप्तरीको समस्या समाधान होला?
0 comment
0 FacebookTwitterEmail

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा जम्बो टोलीसहित आज नयाँ दिल्ली प्रस्थान गर्दैछन्। प्रचण्ड नेतृत्वको टोली दिउँसो १ बजे राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गर्नेछ।

नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि प्रधानमन्त्री प्रचण्ड दिउँसो साढे ३ बजे सरदार पटेल मार्गमा रहेको होटल मौर्यमा पुग्ने छन्। प्रचण्डसहितका अतिथिलाई भारत सरकारले होटल मौर्यमै बस्ने व्यवस्था मिलाएको बताइएको छ।

साँझ ६ बजे भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले होटलमा छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्। यस्तै, राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले प्रधानमन्त्री प्रचण्डसँग करिब आधा घण्टा छलफल गर्ने समय निर्धारण गरिएको छ।

त्यसपछि जेठ …

0 comment
0 FacebookTwitterEmail

सरकारले ल्याएको आर्थिक वर्ष २०८०/०८१ को बजेटमा वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम वातावरणीय, आर्थिक र सामाजिक कुनैपनि दृष्टिकोणले मुलुकको हितमा नरहेको नेपाल वातावरण पत्रकार समुह (नेवापस) ले जनाएको छ । वैज्ञानिक अध्ययनबिना हचुवाका भरमा ल्याइएको संरक्षण विरोधी यस कार्यक्रमको विरोध गर्ने नेपाल वातावरण पत्रकार समुहद्वारा आज प्रकाशित वक्तव्यमा जनाइएको छ ।

नेपाल वातावरण पत्रकार समुहका अनुसार निर्माण सामग्री निकासी गरेर बजेट घाटा न्यूनीकरण गर्ने गलत तथ्य अघि सारिएको छ। बजेटमा चुरे वा सिवालिक पर्वत भन्ने शब्द उल्लेख नगरिएको भए तापनि यस्ता पदार्थको निकासीको सबैभन्दा ठूलो प्रभाव चुरे क्षेत्रमा नै पर्ने …

0 comment
0 FacebookTwitterEmail

आजकल नेपालमा विश्वासको खडेरी देखिन्छ। नक्कली भुटानी शरणार्थीको काण्डमा कुनै किसिमको नरमी अपनाइने छैन भनेर सरकार भनि राख्छ। तर राजनैतिक दवाब परेको समाचार दिन दिनै आइराख्छ। नेपालको आईजीपी र माहान्यायाधिवक्ताको चार घण्टा सम्म भेटघाट भयो भनेर थाहा पाइन्छ। नेपालको प्रधानमन्त्री, विरोधी दलका नेता र नेपाली क्राँग्रेसका नेता भेट गरे भनेर भनिन्छ। अब यो काण्डमा अरु तानिनु हुन्न भनेर काण्डको जाँचबुझ नै चाँडै टुङ्गयाउने कुरा निस्कन्छ। कति मानिसको नाउँ आएको तर प्रमाण फेला नपरेकोले नसमातिएको भन्ने खबर प्रहरीबाट नै जानकारी आउँ छ। ठुला ओहदामा बसेका मानिसहरू समातिए पनि हथकडी नलगाइएको कुरा सर्वव्यापी रूपमा भनिन्छ।

हुन पनि यो काण्ड त्यति कै भासभुस …

0 comment
0 FacebookTwitterEmail

आज जेठ १५ अर्थात् गणतन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

पहिलो संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालबाट २४० वर्षे शाही राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा परिणत गरेको थियो। सो घोषणाको अवसरमा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाउने गरिन्छ।

विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादीबीच पूर्ण लोकतन्त्र स्थापनाका लागि १२ बुँदे समझदारी भएको थियो । यस्तै विसं २०६२ मंसिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि …

आज गणतन्त्र दिवस
0 comment
0 FacebookTwitterEmail

अन्तत प्रचण्डको सरकारले रेशम चौधरीलाई गणतन्त्र दिवसको उपहार दिएको छ।  गणतन्त्र दिवसको अवसर पारेर नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट रेशम चौधरीसहित १९ जना कैदीको बाँकी कैद मिनाह भएको छ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०,०२,१२ र २०८०–०२–१४ का बैठकका सिफारिस अनुसार टोप बहादुर बुढासमेतका १९ जना व्यक्तिलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ।’’

२०७२ साल भदौमा कैलालीको टिकापुरमा थरुहट आन्दोलनका क्रममा ७ जना सुरक्षाकर्मी …

0 comment
0 FacebookTwitterEmail

कोशी प्रदेश नामाकरणको विषयलाई लिएर विराटनगरमा भएको आन्दोलनका क्रममा आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको छ ।
निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीसँग झडप भएको हो । झडपका क्रममा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ केही घाइते भएका छन् ।


प्रदेशको नाम खारेज गरी ऐतिहासिक पहिचानका आधारमा पुनः नामकरण गर्नुपर्ने मागसहित पहिचान पक्षधरले गरेको प्रदर्शनका कारण कोशी प्रदेशसभा भवनआसपास क्षेत्र विहानैबाट तनावग्रस्त बनेको थियो । सो क्रममा प्रदर्शनमा उत्रिएका आन्दोलनरत पक्षले ढुंगा प्रहार गर्दा केही प्रहरी समेत घाइते बनेका थिए । सो क्रममा प्रहरीले दर्जन बढी अश्रु ग्यास प्रहार गरेको थियो ।
प्रदर्शनकारीले सुरक्षाकर्मीलाई लक्षित गरेर ढुंगामुढा प्रहार गरेसँगै आन्दोलन …

0 comment
0 FacebookTwitterEmail

बेलायतकी पूर्वमहारानी एलिजाबेथलाई सन् १९८३ मा मार्ने धम्की दिइएको थियो। त्यसपछि उनी आफ्ना पति प्रिन्स फिलिपसँग क्यालिफोर्निया (अमेरिका) गएको अमेरिकी अनुसन्धान एजेन्सी एफबिआईले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ।

एफबिआईका अनुसार एलिजाबेथको यात्राभन्दा एक महिनाअघि फेब्रुअरी ४ मा सनफ्रान्सिस्कोका एक प्रहरी अधिकारीलाई यस्तो धम्की आएको थियो। अधिकारले पछि यो सूचना एफबिआईलाई दिएका थिए।

फाइलमा धम्की दिने व्यक्तिको गिरफ्तारीबारे कुनै जानकारी छैन। उसले प्रहरी अधिकारीलाई धम्की दिँदै आफनो छोरीको मृत्युको बदला लिन एलिजाबेथलाई मार्ने बताएको थियो। धम्की दिने व्यक्तिकी छोरीलाई रबरको गोली हानी उत्तरी आयरल्यान्डमा मारिएको थियो।

एफबिआईले १०२ पेज लामो रिपोर्ट सार्वजनिक गरेको छ। रिपोर्टअनुसार धम्कीको जानकारी पाएपछि सिक्रेट सर्भिसले महारानी …

पूर्वरानी एलिजाबेथलाई मार्नेे षड्यन्त्र रचिएको थियो : एफबिआई
0 comment
0 FacebookTwitterEmail

२०७९—२०८४ कार्यकाल रहेका सालका स्थानीय जनप्रतिनिधिको पहिलो वर्ष बितिसकेको छ। उनीहरूले एकवर्षे अवधिमा स्थानीय शासनको बारेमा सकारात्मक अनुभव हासिल गरेका छन्। दोहोरिएका जनप्रतिनिधिका भने अनुभव पनि दोहोरो नै भएको छ। एक वर्षको नेतृत्वदायी भूमिका निर्वाह गर्दा उनीहरूले ज्ञान, सीप र क्षमताअनुसार कार्यसम्पादन गरेका छन्। पदीय जिम्मेवारी निर्वाह गर्दै नेतृत्व क्षमताको दायरा पनि विस्तारित गर्दै लगेका छन्।

मानवीय जीवनमा नेतृत्व सीप आवश्यक छ। हरेक विधा र पेसासम्बद्ध व्यक्तिलाई व्यावसायिक र पेसागत कर्ममा सफलता हासिल गर्न नेतृत्व सीप अपरिहार्य छ। नेतृत्व जन्मजात नभई आर्जित गुण भएकाले जीवनमा सफलता प्राप्त गर्न नेतृत्व सीप आवश्यक परेको हो। अतः स्थानीय जनप्रतिनिधिलाई काममा सफलता प्राप्त गर्न …

स्थानीय जनप्रतिनिधि र नेतृत्व सीप
0 comment
0 FacebookTwitterEmail

गुल्मीका तीन पालिका प्रमुखले बेलायतका मेयरलाई नेपाल (गुल्मी) भ्रमणको निम्तो दिएका छन्। बेलायतकाे रस्मोर बरो काउन्सिल मेयर क्लाइभ ग्रेटन र नेपालका पालिका प्रमुखबीच भएको भेटघाटमा पालिका प्रमुखले निम्ताे दिएका हुन्।

प्रधानमन्त्री दाहालका जनसम्पर्क विज्ञ बुद्धि जिसी, धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोख्रेल, चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्री र मालिका गाउँपालिका अध्यक्ष देवीराम अर्याल तथा काउन्सिल मेयर  ग्रेटन तथा निवर्तमान मेयर जोन मार्ससँग भेटघाट गरी आपसी सम्बन्धका विषयमा समेत छलफल भएको हो।

काउन्सिलका नवनियुक्त मेयर ग्रेटनको पदबहाली तथा शपथ ग्रहण र निर्वमान मेयर मार्सको पदबहाली हस्तान्तरण कार्यक्रमको अवसर पारेर उक्त भेटघाट भएको हो। भेटघाटमा नेपाली पालिका प्रमुखहरुले समग्र नेपालको स्थानीय तहको …

गुल्मीका तीन पालिका प्रमुखले दिए बेलायतका मेयरलाई नेपाल भ्रमणको निम्तो
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved