Home » समाज » Page 18
Category:

समाज

न्यायमा महिलाको पहुँच बढ्दै गएपछि नुवाकोटमा महिलासम्बन्धी मुद्दाको सङ्ख्यामा पनि वृद्धि हुन थालेको छ। महिलावादी भएको मुद्दाको संख्या पछिल्लो वर्षहरूमा बढ्दै गएको नुवाकोट जिल्ला अदालतका स्रेस्तेदार इन्द्रकुमार खड्काले जानकारी दिनुभयो। महिलावादी भएको मुद्दाको संख्या बढ्नु भनेको अदालतमा महिलाको पहुँच विस्तार हुनु र आफ्नो अधिकारको लागि महिलाहरू सचेत भएको अर्थमा बुझ्न सकिने स्रेस्तेदार खड्काको भनाई छ। ‘यो तथ्यांकले महिलाहरू पनि आफ्नो अधिकारको खोजी गर्न, अधिकार हनन भएको सहन नसक्ने भएका छन्। आफ्नो हक खोज्न सक्ने भएको भएको देखाउँछ’ स्रेस्तेदार खड्काले भन्नुभयो ‘आफूलाई परेको पिरमर्का, अन्यायको समाधान अर्थात न्याय पाउनको लागि अदालत जान पर्नु भन्ने चेतना महिला बढ्न थालेको रुपमा …

न्यायमा महिलाको बढ्यो पहुँचः नुवाकोट महिलावादी भएका मुद्दा बढे
0 comment
0 FacebookTwitterEmail

केही वैयक्तिक कुराहरू लेख्न बस्दा म सँधै अलमलमा पर्छु। के भन्ने ? कति भन्ने कि भन्दै नभन्ने ? साँच्चिकै लेख्न उपयुक्त विषय हो यो ? लेख्न बस्दा पटक पटक आफैसँग हजार प्रश्नको सामना गरिसकेँ। तर समाजको रूग्ण उपर उठेका प्रश्नको जवाफ आफैंभित्र खोज्दा हुने वेदना विस्फोटले आत्मदहन भएजस्तो लाग्छ।

ती दिनहरू सम्झिँदा आज मन व्यथित हुन्छ। चिडचिडाहट हुन्छ। रगत उम्लिएर आउँछ। घटना लेखिहालौँ लाग्छ। एक मनले भन्छ– नलेख। सधैँजसो आधाउधी पुर्‍याएपछि रोकिन्छु म।

कयौँ पटक लेख्ने र नलेख्ने दोधारबाट निस्केर आज मेरो मन दरिलो भएको छ। आमाका अकथित वेदनाहरूको स्मरणले यस क्षण मलाई सशक्त बनाएको छ। यो मेरै आमाले भागेको …

आमाको संघर्ष: घारो तिरेको समाज र हामी हिँडेको बाटो
0 comment
0 FacebookTwitterEmail

हेटौंडाकी एक बालिकालाई साउथ इण्डियन हिरोइन रश्मिका मन्दनाले भेट्न खोजेको भन्ने विषय केही दिन अघिदेखि  भाइरल भइरहेको छ। युकेजीमा पढ्ने हेटौंडाकी ५ वर्षकी बालिका अहिले नेपालसँगै भारत अनि अन्य देशमा समेत भाइरल  भएकी छन्।

केही समयअघि हिट भएको दक्षिण भारतीय चलचित्र पुष्पाको ‘सामे सामे’ बोलको गीतमा सामूहिक नृत्य गर्दा ती बालिका पनि संलग्न थिइन्। त्यसैक्रममा लिइएको भिडियो अहिले भाइरल भएको हो। सामाजिक सञ्जालमा भाइरल भएपछि उनको घरमा गएर अन्तर्वार्ता लिनेहरूको भीड लागेको छ भने विद्यालयमा पनि पुगेका छन्। ती बालिकाको उमेर सानै भएकाले नकारात्मक असर पर्न सक्ने भएको हुँदा उनलाई भेट्न नआइदिन समेत परिवारले अनुरोध गरेको छ। तर त्यो कुरो …

0 comment
0 FacebookTwitterEmail

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट जहाज उडेको आवाजसँगै  आकाशतिर हेर्दै आकाशे रङ्गको कमिज र निलो पाइन्ट तथा मिडी (स्कट) लगाएका साना बालबालिका एक तमासले यता र उता दौडीरहेको दृश्य साँच्चिकै कुनै विकट गाउँको जस्तो देखिन्छ।

उनीहरू मध्ये एकजना जहाज आयो भनेर दौडिए पछि अरुहरू उनको पछि पछि उवडखावड भएको हरियो चौरमा यता र उता दौडिरहेका थिए। खुला निलो आकाश मुनिको हरियो चौरमा आकाशे रङ्गको सर्ट लगाएका विद्यार्थीको ताती हेर्न लायक नै थियो।

त्यतिकैमा दिउँसो खाजा खाने समय हुन्छ, विद्यालयको एकजना म्याडमले खाजा खाना बोलाएसँगै ती विद्यार्थीहरू भित्तामा पीपल उम्रिएको, भत्किन थालेको एउटा पुरानो भवन तिर लागे। केही बेरमा सबैजना हातमा मटर र …

हेपिएको भुजौली स्कुललाई ठगेर ठेकेदार बेपत्ता
0 comment
0 FacebookTwitterEmail

सौहार्दता मानवको सामाजिक जीवनका निम्ती अपरिहार्य आवश्यकता हो। सौहार्दताको अभावमा वैमनस्य र अपराध वृद्धि हुन्छ। अपराध नियन्त्रणमा महत्त्वपूर्ण मुख्य तीन पक्षहरू रहेका हुन्छन्। पहिलो आचार, दोस्रो धर्म, र तेस्रो कानून। यस आलेख भित्र यिनै विषयलाई केन्द्र मानेर चर्चा गरिएको छ।

सामाजिक नियन्त्रणमा सदाचार

‘पिउने पानीको श्रोत धारा, कुवा इनार र खोलाको वरिपरि दिसा पिसाब गर्नु हुँदैन नाग लाग्छ वा सिमे, भूमे लाग्छ, मानिसको पिसाब फेर्ने अंग सुनिन्छ र घाउ हुन्छ।’, ‘बाटोमा पिसाब फेर्ने मानिसलाई आगो ताप्दा धुवाँको मुस्लो उसको अनुहारतिर सोझिन्छ।’, ‘बाटो हग्नेको गुदद्वारमा घाउ हुन्छ। बाटोमा थुक्नु, खकार्नु हुँदैन।’, ‘बाटोमा काँडा छर्नु हुँदैन।’, ‘सजाय दिनुपरे टाउकामा पिट्नु हुँदैन।’, ‘ढाँटेको …

सामाजिक सौहार्द र अपराध नियन्त्रणमा आचारिक शिक्षा
0 comment
0 FacebookTwitterEmail

सुगम क्षेत्र अनि सहरी सुखभोग रोजेका कारण मकवानपुरका ग्रामीण बस्तीमा जनसंख्या क्रमशः पातलिदै गएका छन्। ग्रामीण क्षेत्रमा विभिन्न सेवा सुविधाहरू पर्याप्त नभएपछि रित्तिने क्रम बढ्नु त स्वाभाविक नै हो तर सबै कुरा घर अगाडि नै आइपुगेका गाउँबाट समेत मानिस सहर पस्न थाल्नुको कारणचाहिँ यहाँ नीति निर्माताले पनि बुझ्न सकेका छैनन। ग्रामीण क्षेत्रमा घनाजङ्गल नजिकै हुने र विभिन्न वन्यजन्तुका त्रास, शिक्षा, स्वास्थ्य, रोजगारी तथा यातायातको कठिनाइका कारण पनि शहर या सदरमुकाममा आकर्षण बढ्दै गएको देखिन्छ।

पालिकाको बसाइँसराइको तथ्याङ्क हेर्दा शहरी क्षेत्रमा बसाइँ सरेर आउने दर उच्च देखिएको छ भने ग्रामीण क्षेत्रमा बसाइँ सरेर जाने अत्यन्तै कम देखिएको छ। मकवानपुरका १० वटा …

हाम्रा गाउँ मर्दै गएका हुन्?
0 comment
0 FacebookTwitterEmail

चितवनको कृषि तथा पशु विज्ञान विश्वविद्यालय स्थापना ऐन भएको १२ वर्ष भइसक्दा पनि उसले आफ्नो स्वामित्वमा जमिन पाउन सकेको छैन।

२०६७ साल असार ३ गते कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन प्रमाणिकरणपछि कृषि तथा वन विज्ञान विश्वविद्यालय औपचारिक सञ्चालनमा आएको थियो। ऐन अनुसार तत्कालीन कृषि तथा पशु विज्ञान अध्ययन संस्थान र मकवानपुरको हेटौँडामा रहेको वन विज्ञान अध्ययन संस्थानको सम्पूर्ण जमिन विश्वविद्यालय मातहत आउनुपर्ने थियो।

तर, त्रिभुवन विश्वविद्यालयले स्वामित्व हस्तान्तरण नगरिदिँदा स्थापनाको १२ वर्षसम्म पनि कृषि तथा पशु विज्ञान विश्वविद्यालय सम्पत्तिविहीन भएको हो। ऐन अनुसार चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ मा रहेको तीन सय २२ बिगाहा बढी जमिन विश्वविद्यालय मातहत …

0 comment
0 FacebookTwitterEmail

आज पनि विश्वमा करिब ५ करोड मानिस कुनै न कुनै रुपमा दासत्वको जीवन बिताइरहेका छन्। यस सम्बन्धमा अन्तर्राष्ट्रिय श्रम संगठन-आईएलओले जारी गरेको नयाँ प्रतिवेदन “ग्लोबल एस्टीमेट अफ मोडर्न स्लेभरी”(आधुनिक दासत्वको विश्वव्यापी अनुमान) मा सन् २०२१ मा विश्वभर करिब ५ करोड मानिस कुनै न कुनै प्रकारको आधुनिक दासत्वको सिकार भएको उल्लेख गरेको छ। उपलब्ध तथ्यांक अनुसार, २.८ करोड मानिस जबरजस्ती काम गर्न बाध्य, २.२ करोडलाई जबरजस्ती विवाह गर्न बाध्य पारिएको थियो।

यति मात्रै होइन, पछिल्लो पाँच वर्षयता दासत्वको जीवन जिउनेहरूको सङ्ख्यामा तीव्र वृद्धि भएको हालको तथ्यांकले देखाएको छ। सन् २०१६ मा करिब ४ करोड मानिस आधुनिक दासत्वको सिकार भए …

0 comment
0 FacebookTwitterEmail

दोलखाको तामाकोसी गाउँपालिका– १ का लछुमन माझी । लामो समय भयो न राम्रोसँग सुत्न सकेका छन् न नियमित काममा जान सकेका छन्। लछुमन, जतिबेला पनि घर मुन्तिरको मुख्य सडकमा त्रसित भावले हेरिरहेका हुन्छन्। माझीको परिवारलाई एउटै त्रास छ– कति खेर पुलिसले समाउँछ ? किनकी लछुमन माझीको परिवार खाँदै नखाएको विष लागेर छटपटाउन थालेको डेढ वर्ष नाघेको छ।

घटना त्यति पुरानो हैन। २०७२ सालमा गएको विनाशकारी भूकम्पले माझीको मुन्टो लुकाउने पुरानो माटोको घर भत्केको थियो‍। भुकम्पसँगै लामो समय बजार र ग्राहकको अभावले, तामाकोशीको भङ्गालोमा पसेर साँझ बिहान माछा मार्ने पेशा सङ्कटमा पर्‍यो। न खाने टुंगो, न बासको टुंगो। यही पीडाको अचानोमा …

एउटा अनिँदो माझीगाउँ…
0 comment
0 FacebookTwitterEmail

बेलायतकी महारानी एलिजाबेथको निधनसँगै उनको जीवनसँग सम्बन्धित घटनाहरू टेलिभिजन, इन्टरनेटमा चर्चा भइरहेका छन् । यी मध्ये एउटा उनको ह्यान्डब्यागको रहस्यसँग सम्बन्धित चर्चा हो। रानीको ह्यान्डब्यागबाट कर्मचारी र सुरक्षा अधिकारीले खास संकेत पाउने गर्दथे । ती संकेतहरू के थिए र कसरी सुरक्षा अधिकारीलेहरूले रानीको ह्यान्डब्यागबाट जानकारी पाउथे, यस्तो थियो रानी एलिजाबेथको ‘ह्यान्डब्याग’ को रहस्य।

‘ह्यान्डब्याग’ र गोप्य सन्देश 
रानीले आफ्नो ७० वर्षको लामो शासनकालमा विश्वका विशिष्ट व्यक्तिहरूसँग भेटघाट र अन्तरक्रियामा बिताइन्। यसक्रममा उनले एउटा नयाँ तरिका सोचिन। उनलाई कसैलाई भेट्नुअघि र भेटका दौरान आफ्नो ह्यान्डब्याग’ को सञ्चालनबाट दरबारका कर्मचारी लगायत सुरक्षा अधिकारीहरूलाई जानकारी दिने उपाय अपनाउन मन लाग्यो । यसका साथै, …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved