Home » ताजा खबर » Page 19
Category:

ताजा खबर

नेपाल वातावरण पत्रकार समूह(नेफेज)को ३७ औं साधारणसभाबाट अध्यक्षमा रोशनी अधिकारी निर्वाचित हुनु भएको छ। रोशनी आईएनएस-स्वतन्त्र समाचारकी स्तम्भकार हुनुहुन्छ।

त्यसैगरी उपाध्यक्षमागोपाल तिवारी, महासचिवमा सविन शर्मा, सचिवमा  प्रगती ढकाल र कोषाध्यक्षमा सोमनाथ लामिछाने निर्विरोध निर्वाचित हुनुभएको छ ।

सदस्यहरूमा टिका बन्दन, अभयराज जोशी, सृष्टि काफ्ले, सुजता कार्की र शैलेन्द्र पोखरेल चुनिनु भएको छ  भने लेखा समिति संयोजकमा  विजयराज पौडेल र  सदस्यहरू  निमेश अधिकारी र शोभा मानन्धर  रहनु भएको नेपाल वातावरण पत्रकार समूहले जनाएको छ ।

0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय सभा, दिगो विकास तथा सुशासन समितिले दिगो विकासका सम्बन्धी धेरै विषयमा कार्ययोजना तयार गरेको छ। समितिका सभापति प्रकाश पन्थको सभापतित्वमा यही असोज ५ र ६ गते बसेको कार्ययोजना तयारी समितिको बैठकले सो निर्णय गरेको हो।

समितिले  दिगो विकासका सम्बन्धमा सम्बन्धित मन्त्रालय र निकायसँग चालु विकास आयोजनाका सम्बन्धमा छलफल र अन्तरक्रिया गर्ने कार्ययोजना तयार गरेको छ।  यसैगरी  विकास र कानून,  विकास र सुशासनका सम्बन्धमा केन्द्रीय र प्रदेश स्तरको छलफल र अन्तरक्रिया गर्ने कार्ययोजना पनि तयार गरेको छ।

यसैगरी दिगो विकासका दृष्टिले पूर्वाधार, शहरी विकास, खानेपानी, सरसफाई, वातावरणीय सन्तुलन र फोहोर व्यवस्थापन सम्बन्धमा सरोकारवालाहरूसँग अन्तरक्रिया गर्ने पनि कार्ययोजना समितिले तयार गरेको …

0 comment
0 FacebookTwitterEmail

गत वर्ष भदौ २९ गते निधन भएका बिन्दुकुमार चौहानको सम्झनामा स्थापना भएको ‘स्व. बिन्दुकुमार चौहान स्मृति पत्रकारिता पुरस्कार’ लुम्बिनी दैनिकमा कार्यरत पत्रकार  मोहम्मद हविवले पाएका छन् ।

मधेसी पत्रकार समाज नेपाल जिल्ला कार्य समिति रुपन्देहीद्वारा स्थापना भएको उक्त नगदसहितको पुरस्कार  एक कार्यक्रमका बीच वितरण गरिएको थियो ।

स्वर्गीय चौहान रुपन्देहीको लुम्बिनीका स्थायी बासिन्दा भए  पनि उनी कपिलवस्तु  र रुपन्देही जिल्लामा चर्चित पत्रकार थिए ।

पुरस्कार वितरण समारोहमा बोल्दै पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोखरेलले चौहान अभाव र दबाब छिचोल्दै अगाडि बढेका एक निस्ठावान, असल र इमानदार पत्रकार भएको बताए । पोखरेलले भने ‘चौहान र मैले सँगसँगै काम पनि गर्यौं । …

चौहान स्मृति पत्रकारिता पुरस्कार पत्रकार  मोहम्मद हविवलाई
0 comment
0 FacebookTwitterEmail

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार लोकन्त्रान्त्रिक मूल्य मान्यता स्थापित गर्न पूर्ण प्रतिवद्धता रहेको र सोका लागि सूचनाको हक प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्ने वताउनु भएको छ।

उहाँ राष्ट्रिय सूचना दिवसका अवसरमा बोल्दै हुनुहुन्थ्यो। सूचनाको हकसम्बन्धी ऐन प्रमाणीकरण भएर कार्यान्वयनमा आएको सम्झनामा प्रत्येक बर्ष भदौ ३ गते राष्ट्रिय सूचना दिवस मनाउदै आइरहेको छ ।

सोही अवसरमा प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हकलाई भूई तहका नागरिकसम्म पुर्‍याउन अझै प्रयास गरी लोकतन्त्रको बलियो बनाउन सकिने धारणा व्यक्त गर्नुभयो । यस आयोगका पूर्व सूचना आयुक्त श्रीआचार्यले राष्ट्रिय सूचना आयोगलाई स्रोत, साधन सहित थप अधिकार सम्पन्न बनाउनुपर्ने कुरामा जोड दिनुभयो । आयोगका …

लोकन्त्रान्त्रिक मूल्य मान्यता स्थापित गर्न सूचनाको हक
0 comment
0 FacebookTwitterEmail

नेपालमा यतिबेला अशिक्षित मात्र होइन अर्ध शिक्षित र उच्च शिक्षा प्राप्त जनशक्ति समेत रोजगारी नपाएर भौँतारिनु परेको छ किनकी हामीकहाँ रोजगारीको अवसर अत्यन्त सीमित छ। तथ्याङ्कले पनि रोजगारीका सीमितताहरूलाई स्पष्ट गरिसकेको छ। शैक्षिक संस्थाको संख्या बढ्दै गए अनुसार प्रत्येक वर्ष शिक्षित जनशक्तिको संख्या पनि उल्लेखनीय रुपमा बढिरहेको छ तर नेपालमा प्राविधिक रोजगारी तर्फ थोरै मात्र जनशक्तिले काम पाइरहेका छन्। त्यसमा महिलाको संख्या अझ कम छ। खाडी मुलुक जानेको बढ्दो सङ्ख्याले देशमा रोजगारीको अवसर ज्यादै कम भएको तथ्यलाई प्रमाणित गरिरहेको छ। देशमा रोजगारीको बढ्दो अपेक्षा हेर्दा आ व २०७८ को जनगणनाले प्रमाणित गरेको ४०.३५ प्रतिशत युवा (१६–४० वर्ष) को जनसांख्यिक लाभको …

निशुल्क तालिम दिदैँ कोड रस
0 comment
0 FacebookTwitterEmail

नेपालमा मानसिक स्वास्थ्यमा रहेको लाञ्छनाको परिस्थितिलाई फेर्नका लागि ६ वटा संस्थाले ‍नेपाल मेन्टल हेल्थ इनिसिएटिभ शुरु गरेका छन्। यसका लागि ती संस्थाहरूले साउन २२ गते एक समारोह बीच नेपाल मेन्टलहेल्थ डटकम नामक वेवसाइट पनि शुरु गरेका हुन्।

यो प्रयासमा मानसिक स्वास्थ्यको क्षेत्रमा रहेको विभिन्न बिषयहरूमा काम गर्ने ६वटा संस्थाहरू, ग्लोबल सेपर्स काठमाडौं हब, अन्तरङ, युवा, ह्याप्पी माइन्ड्स, नेपाल इन्स्टिच्युट फर रिसर्च एण्ड कम्युनिकेसन्स, र पहिलो कदम जोडिएका छन्।

यो पहलका बारेमा यसका सदस्य सौरभ थापा श्रेष्ठले भन्नुहुन्छ, “मानसिक स्वास्थ्य विशेषज्ञहरू खोज्नलाई सजिलैसँग जानकारी उपलब्ध गराउने प्रयासका साथै उनीहरूले आफू कहाँबाट परामर्श लिन उपयुक्त छ भनी छनोट गर्न सक्ने प्लेटफर्म हो …

मानसिक स्वास्थ्यमा लाञ्छना हटाउन ६ संस्थाको प्रयास
0 comment
0 FacebookTwitterEmail

फ्रिडम फोरमले पीडितको लागि शीघ्र न्याय सुनिश्चित गर्दै दण्डहीनता अन्त्य गर्न माग गरेको छ ।
नेपाल सरकार कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले संसद्मा यही असार २९ गते दर्ता गरेको ‘बेपता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ संशोधन विधयेक’ प्रति फ्रिडम फोरमको ध्यानाकर्षण भएको जनाउँदै उक्त माग गरेको हो ।
साथै फ्रिडम फोरमले  सशस्त्र द्वन्द्वको समयका पीडितहरूले न्याय सुनिश्चित गर्न विधयेकको नयाँ व्यवस्थाले सहज नहुने भनेर गरिरहेको विरोध तथा असहमतिप्रति  विज्ञप्तिमार्फत ऐक्यवद्धता समेत जनाएको छ ।
‘पीडितहरूको लागि न्याय सुनिश्चित हुने गरी विधयेकमा स्पष्ट प्रावधानहरू राख्नु पर्ने माग हामी गर्दछौं’, विज्ञप्तिमा भनिएको छ– ‘यसका लागि सर्वोच्च …

शीघ्र न्याय सुनिश्चित गर्दै दण्डहीनता अन्त्य गर: फ्रिडम फोरम
0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय सूचना आयोगले राजनीतिक दलहरुलाई सूचनाको हक कार्यान्वयन गर्न आदेश दिएको छ । आयोगको साउन ५ गते बसेको बैठकले सो आदेश दिने निर्णय गरेको हो ।
सूचनाको हकसम्बन्धी ऐन अनुसार राजनीतिक दलहरु सार्वजनिक निकायभित्र पर्दछन् र सबै सार्वजनिक निकायहरुले सो ऐन अनुसारको दायित्व पूरा गर्नैपर्छ ।
आयोगले सबै सार्वजनिक निकायहरुलाई सूचना अधिकारीको विवरण अद्यावधिक राख्न पनि आदेश दिएको छ।
राजनीतिक दलहरूको वेबसाइट अध्ययन गर्दा अधिकांश राजनीतिक दलहरूले सूचनाको हक पालनामा उदासीनता देखाएको आयोगले पाएपछि सो आदेश दिएको बताइएको छ ।
आयोगले भनेको छ– ‘देशलाई नेतृत्व दिन, समृद्ध बनाउन, नागरिकलाई बलियो बनाउन प्रतिबद्ध राजनैतिक दलहरूको सूचनाको हक कार्यान्वयनमा प्रतिबद्धताको अहम् र …

राजनीतिक दलहरुलाई सूचना आयोगको आदेश
0 comment
0 FacebookTwitterEmail

मागेको सूचना नदिएकोमा त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुका कार्यालय प्रमुख एवं परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई राष्ट्रिय सूचना आयोगले २० हजार रुपैयाँ जरिवाना गरेको छ।

राष्ट्रिय सूचना आयोगले साउन १० गते जारी गरेको वक्तव्यका अनुसार सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ६(७) बमोजिम आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२(१) बमोजिम गरेको जरिवाना असुल उपर गरी आयोगलाई जानकारी दिन काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाउने निर्णय गरेको हो ।

वक्तव्यका अनुसार परीक्षा नियन्त्रक जोशीलाई विभागीय कारबाही गरी सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (३) बमोजिम आयोगलाई जानकारी गराउन त्रिभुवन विश्वविद्यालयका उपकूलपतिलाई पत्र पठाउने र यस निर्णय …

0 comment
0 FacebookTwitterEmail

राजपुर नगरपालिकाको कार्यालय, रौतहटका कार्यालय प्रमुख बैंजु ठाकुरलाई राष्ट्रिय सूचना आयोगले जरिवाना गरेको छ । प्रमुख ठाकुरलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम सूचना आयोगका कार्यवाहक प्रमुख सूचना आयुक्त कमला ओली थापा र सूचना आयुक्त रत्नप्रसाद मैनालीको २०७९ असार १३ गतेको इजलाशबाट १०,००० (दश हजार) रुपैयाँ जरिवाना र पुनरावेदकको माग बमोजिमको सूचना उपलब्ध गराउन आदेश जारी गरिएको हो ।
‘आयोगबाट प्राकृतिक न्यायको सिद्धान्तबमोजिम निज कार्यालय प्रमुख बैंजु ठाकुरलाई पटक पटक सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ बमोजिम कारबाही हुने व्यहोराबाट सजग गराउँदा, चेतावनी दिँदा पनि आफ्नो जिम्मेवारी पालनामा पूर्णत: गैर जिम्मेवार देखिएका छन्’, सूचना …

राष्ट्रिय सूचना आयोगद्वारा सूचना नदिने पदाधिकारी दण्डित
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved