रूपन्देही एमालेको प्रतिष्ठा जोडिएको रूपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदमा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उम्मेद्वार बनाएको छ। २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा दोब्बर मत अन्तरले निर्वाचित पौडेलका सामु यो निर्वाचन त्यति सहज भने देखिँदैन। उक्त निर्वाचनमा नेपाली कांग्रेसका नेता युवराज गिरी उहाँका मुख्य प्रतिस्पर्धी हुनुहुन्थ्यो। तर अहिले नेपाली काँग्रेस सहितको सत्ता गठबन्धन दलहरूको तर्फबाट राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष केशवबहादुर थापा प्रतिस्पर्धामा हुनुहुन्छ।
२०७४ सालको निर्वाचनमा तेस्रो भएको जनमुक्ति पार्टीबाट केबी पुन प्रतिस्पर्धामा हुनुहुन्थ्यो। यो निर्वाचनमा जनमुक्तिले केन्द्रीय कार्यकारी अध्यक्ष थापालाई उम्मेद्वार बनाएको छ। एमाले उपाध्यक्ष पौडेललाई राप्रपा र जनता समाजवादी पार्टीको समर्थन छ भने …