Home » नीति/राजनीति » Page 29
Category:

नीति/राजनीति

बर्दियाका क्षेत्र नं. १ का संघीय सांसद एवं पूर्वमन्त्री सञ्जय कुमार गौतम बर्दिया जिल्लाको सदरमुकाम गुलरिया नजिकै बबई नदीमा बन्दाबन्दै भत्किएको जब्दीघाटस्थित पुलमुनि आमरण अनसनमा बस्नुभएको छ। अनसनमा सांसद गौतमले जब्दीघाटको पुल निर्माण गरिनुपर्ने माग राख्नुभएको छ। यही वैशाख ३० गते जिल्ला प्रशासन कार्यालय बर्दियामार्फत प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष बर्दियाको विकास र यहाँका जनताका जनजीविकासँग सम्वन्धित विभिन्न १५ बुँदे माग राख्दै सांसद गौतम आमरण अनसन (सत्याग्रह) मा बस्नुभएको हो।

तराइको चर्काे गर्मी, बालुवा सहितको तातो हावाको प्रवाह नगरी बगरमा बसिरहेका सांसद गौतमको स्वास्थ्य अवस्था दिन–प्रतिदिन कमजोर हुँदै गएको छ। वरिपरि सर्वसाधारण दैनिक रूपमा रिले अनसनमा बसेर उहाँलाई सघाइरहेका छन्। नागरिकको शुभेच्क्षा …

सांसद सञ्जय गौतमको सत्याग्रह बाध्यता
0 comment
0 FacebookTwitterEmail

नेपाल सरकारले सरोकारवालसँग छलफल नै नगरी एउटै विधेयकमा ७९ वटा प्रचलित ऐन संशोधन र दुईवटा ऐन खारेज गर्न ‘चोर बाटो’ समातेको छ।
यो विधेयकका कतिपय प्रस्ताव सम्बन्धित क्षेत्रमा दूरगामी र गम्भीर असर पार्ने खालका भए पनि यसबारे सरोकारवालाहरूसँग छलफल नै नगरी सरकारले एकाएक ‘नेपाल ऐन संशोधन विधेयक’ संसद्मा दर्ता गरेको हो।

कतिपय ऐनमा भाषिक रूपमा शब्द सुधार र कतिपय ऐनमा राज्यको नयाँ संरचना अनुरूप शब्दावली परिवर्तन गर्ने प्रस्तावहरू भए पनि छापाखाना तथा प्रसारण ऐन–२०४८, नेपाल विद्युत् प्राधिकरण ऐन– २०४१, सवारी तथा यातायात व्यवस्था ऐन– २०४९, विद्युत् ऐन– २०४९, विश्वविद्यालय अनुदान आयोग ऐन– २०५०, राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन– २०५२, …

सरोकारवालासँग छलफल नै नगरी एउटै विधेयकबाट ७९ ऐन संशोधन र दुइटा खारेज गर्न सरकारले समात्यो ‘चोर बाटो’
0 comment
0 FacebookTwitterEmail

अहिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तरंग विश्वभर फैलिएको छ। ओपेन एआईको च्याटजिपिटी, गुगलको ‘बार्ड’ र माइक्रोसफ्टको ‘विङ’जस्ता एआईले मानिसले घण्टौँ लगाएर गर्ने काम केही मिनेटमा गर्न थालेपछि यसले भविष्यमा अध्यापक, विद्यार्थी, अनुसन्धानकर्ता आदिको काम खोसिदिने आकलन गर्न थालिएको छ। इकोनोमिक फोरमका अनुसार आगामी पाँच वर्षमा एआईले झन्डै डेढ करोड रोजगारी खोसिदिने बताएको छ।

यही क्रममा युरोपियन युनियन (इयू) ले एआई प्रयोगका लागि नयाँ कानुनी ऐनमाथि विचार गरिरहेको छ। यसको उद्देश्य कृत्रिम बौद्धिकताको विकास र प्रयोगको नियमलाई बलियो बनाउनु रहेको बुझिएको छ। मौलिक अधिकारको विजयमा युरोपेली संसद्को एआई ऐनको पाठलाई आन्तरिक बजार र उपभोक्ता संरक्षण, नागरिक स्वतन्त्रता, न्याय र गृह मामिलाका …

युरोपेली युनियनले आर्टिफिसियल इन्टेलिजेन्स ऐनको प्रयोगमा दियाे ‘ग्रिन सिग्नल’
0 comment
0 FacebookTwitterEmail

सरकारले यही साता ४४ जना सहसचिवको सरुवा र पदस्थापन गर्यो। मन्त्रिपरिषद्को बैठकले दीपकराज नेपाल, झक्कप्रसाद आचार्य, प्रदीपकुमार कोइराला, कमलराज ढकाल, बद्रीनाथ गैह्रे, कमलप्रसाद भट्टराईलगायतको सरुवा गरेको थियो। यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही बैशाखको दोस्रो साता २२ जना उपसचिवको सरुवा गरेको थियो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिवहरू नरहरि तिवारीलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, मनोज रेग्मीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, होमप्रसाद घिमिरेलाई गृह मन्त्रालय, विकासकुमार यादवलाई महालेखा नियन्त्रकको कार्यालय र मोहन पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको जनाइएको छ। सरकारले सरुवा र पदस्थापन गर्दा केही कर्मचारीले नियमित रूपले

0 comment
0 FacebookTwitterEmail

जङ्गबहादुर राणा भनेको कुनै खास मानिस होइन। जङ्गबहादुर भनेको एउटा यस्तो चरित्र हो जसको कुनै ठेगान हुँदैन। उनले नेपालको सत्ता कब्जा गर्दा कुनै योजना बनाएका थिएनन्। तर उनले त आफ्नो जागिर जोगियोस् भनेर कोशिश मात्र गरेका थिए। उनको समयमा राजेन्द्र विक्रम राजा थिए। उनको कान्छी महारानी लक्ष्मीदेवीको हालीमुहाली चल्ने गर्दथ्यो। दरबारको चाल चलन सित भने जङ्गबहादुर राम्रो जानकार थिए। त्यसैले उनले कोतमा जाँदा आफ्ना भाइभतिजाहरूलाई हतियारमा सुसज्जित भएर आउनु भनेर अह्राएका थिए। कोतपर्व हुन सक्छ भन्ने छनक जङ्गबहादुरलाई थियो।

नेपालको आजको परिस्थितिले पनि त्यस्तै एउटा मानिस खोजिरहेको देखिन्छ। त्यो मानिस को हुन सक्छ, कहाँबाट आउँछ कसैले पनि भन्न सक्दैन।

0 comment
0 FacebookTwitterEmail

एक : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयमा कार्यरत शाखा अधिकृत शम्भु यादवलाई १४ वैशाखमा सर्लाहीको हरिपूर्वा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा काजमा खटायो। यादवले १७ वैशाखमा हाजिर गरेर एक घण्टा कार्यालयमा बिताउन नपाउँदै फिर्ता बोलाइयो। प्रमुख प्रशासकीय अधिकृतको हाजिर भएको एक घण्टामै यादवको सरुवा भयो। संघीय मामिला मन्त्रालयद्वारा खटाइएका यादवलाई सोही मन्त्रालयले फिर्ता बोलायो।

दुई : मोरङ, केराबारी गाउँपालिकामा सरुवा हुनुभएका शाखा अधिकृत विनोद भट्टराई संघीय मन्त्रालयमै बस्नुभएको छ। सरुवा भएको रमाना बुझेर पनि तोकिको क्षेत्रमा जान पाउनुभएको छैन। उहाँलाई केराबारीका प्रमुख प्रशासकीय अधिकृत नवराज कार्कीको सरुवा गरेर सो ठाउँमा पठाइएको थियो तर कार्की फर्कन …

‘शक्तिकेन्द्र’ को आडमा कर्मचारी र जनप्रतिनिधिको मनोमानी, चेपुवामा मन्त्रालय
0 comment
0 FacebookTwitterEmail

मेटाको स्वामित्वमा रहेको सन्देश सेवा व्हाट्सएपले सोमबार आफ्नो ‘प्रयोगकर्ता सुरक्षा रिपोर्ट‘ जारी गर्दै भारतका ४७ लाख भन्दा बढी खराब एकाउण्टहरुलाई प्रतिबन्ध लगाएको जनाएको छ। ह्वाट्सएपले सोमबार आफ्नो प्रयोगकर्ता-सुरक्षा प्रतिवेदनमा भनेको छ कि यसले प्लेटफर्ममा प्रयोगकर्ताको गुनासो र दुरुपयोगको ह्यान्डल गर्नको लागि मार्च महिनामा ४७ लाख भन्दा बढी खाताहरू प्रतिबन्ध लगाएको छ।

नयाँ आईटी नियम अन्तर्गत प्रयोगकर्ताहरूको सुरक्षालाई ध्यानमा राख्दै व्हाट्सएपले यी खाताहरू प्रतिबन्ध लगाएको बताएको छ। जसका कारण आईटी ऐन अन्तर्गत ५० लाखभन्दा बढी प्रयोगकर्ता भएका प्रत्येक सामाजिक सञ्जाल प्लेटफर्मले आईटी मन्त्रालयमा प्रयोगकर्ता सुरक्षा रिपोर्ट बुझाउनुपर्ने हुन्छ । जसमा यो कम्पनीले सरकारलाई आइटी नियम अन्तर्गत ह्वाट्सएपको नीति उल्लङ्घन …

0 comment
0 FacebookTwitterEmail

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको मिति अझै टुंगो लाग्न सकेको छैन। हालसालैको उपनिर्वाचनको अप्रत्याशित नतिजा र आन्तरिक कारणले पनि भ्रमणमा ढिलाइ भएको बताइएको छ। उहाँको भारत भ्रमण जेठअघि सम्भव नदेखिएको पिटिआईले उद्धृत गरेको छ। तेस्रोपटक प्रधानमन्त्री बन्नुभएका प्रचण्डको यो पहिलो विदेश यात्रा हुनेछ। यसअघि पनि आन्तरिक कारणले उहाँको भ्रमण ‘पोस्टपोन्ड’ भएको थियो।

सरकार जेठ मध्यतिर आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट पेस गर्ने तयारीका साथ काम गरिरहेको छ। सोही कारणले पनि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण बजेट पेसपछि नै हुन सक्ने बुझिएको छ। त्यसो त सरकार जेठ दोस्रो हप्ता प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको आन्तरिक तयारीमा जुटेको थियो। तर, हालै सम्पन्न …

0 comment
0 FacebookTwitterEmail

२०७६ सालमा तत्कालिन नेकपाको सरकारले राष्ट्रियसभामा पेश गरेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारण ऐनमा संशोधन गर्न बनेका दुई विधेयकहरू ३ वर्षपछि राष्ट्रियसभाले पास गरी  प्रतिनिधिसभामा पठाएको भन्ने बुझिन आएकोछ।

तत्कालिन सरकारले देशमा भ्रष्टाचारलाई थप प्रोत्साहित गर्ने गरी पेश गरेका ती विधेयकहरूमा ३ वर्ष लगाएर फूलबुट्टा भर्दै राष्ट्रियसभाले तत्कालिन सरकारको उद्देश्यलाई मजबुत पार्ने गरी मिलाएर विधेयकहरू तल्लो सदनमा पठाएको भन्ने पनि बुझिन आएकोछ। ती विधेयकहरूमा तत्कालिन सरकारले अन्य कुराका अतिरिक्त २ महत्वपूर्ण बाटो मार्फत भ्रष्टाचारको संरक्षण र प्रबर्धन गर्ने प्रावधान राखेको थियो। ती हुन्-

  • नीतिगत भ्रष्टाचारलाई प्रोत्साहन गर्ने गरी संघीय मन्त्रिपरिषद्‍ र प्रदेश मन्त्रिपरिषद्‍ तथा ती अन्तर्गतका समितिहरूले
0 comment
0 FacebookTwitterEmail

विगत १४ महिनादेखि जारी युक्रेन युद्धको बीचमा चिनियाँ राष्ट्रपति सी चिनफिङले यो साता पहिलो पटक युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग टेलिफोनमा कुराकानी गरेका छन् । यस क्रममा चिनफिङले जेलेन्स्कीसँग युद्ध अन्त्य गर्ने सम्भावनाबारे कुरा गरे। युद्धविरामका लागि दुई नेताबीच भएको वार्ताको अमेरिकाले स्वागत गरेको छ ।

जेलेन्स्कीले एक घण्टा लामो टेलिफोन वार्तालाई फलदायी भएको बताएका छन्। जेलेन्स्कीले रुसको सबैभन्दा शक्तिशाली सहयोगी नेतासँगको वार्तापछि अगाडि बढ्ने बाटो भएको संकेत गरेका छन् । उनले आफ्नो विश्वासयोग्य पूर्व क्याबिनेट मन्त्रीलाई चीनका लागि युक्रेनको राजदूतमा नियुक्त गरेका छन्।

जेलेन्स्कीले शान्ति स्थापनाका प्रयासमा राम्रो समन्वय कायम गर्ने विश्वास लिइएको बताएका छन् । वार्तामा जिनपिङले शान्ति वार्ताको …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved