Home » विचार » Page 26
Category:

विचार

राजा वीरेन्द्र शाहले आफ्नो सम्बोधनमा ‘पछौटेपन’ शब्दलाई विशेष रूपमा प्रयोग गर्थे। धन नभएर हामी गरीब भएका होइनौं, हाम्रो प्रमुख समस्या ‘पछौटेपन’ हो भन्ने सन्दर्भमा यो शब्दको प्रयोग भएको पाइन्छ। यसको शब्दकोशीय अर्थ त उहिल्यै बुझिएको हो तर सिन्धुपाल्चोकको एउटा गाउँमा पुगेपछि अझ गहिरोसँग बोध भयो।

एउटा अनुसन्धानका लागि केही वर्षअघि सिन्धुपाल्चोक पुगेको समूहमा म पनि सहभागी थिएँ। अनुसन्धानको विषयवस्तु बेग्लै थियो तर जुन घरमा वास बसियो, त्यो घर नै पनि हाम्रा लागि अनुसन्धानको विषयवस्तु बन्यो। दुई तले ठूला दुई वटा घर सँगसँगै थियो। पूरै पाखा खेतीयोग्य जमीन, ठूलै बारी, भेडाबाख्रा पनि आठ दशवटा अनि गोठमा दुई वटा गाई पनि थिए। …

0 comment
0 FacebookTwitterEmail

प्रदीप गिरिको निधन भएको आज १३ दिन भयो। भौतिक रूपमा उहाँको अवसान भए पनि वैचारिक रूपमा गिरिको जीवन्त चर्चा चलिरहेको मात्र छैन, उहाँका विचारहरूको प्रवाह पनि पछिल्लो दुई साता जति कहिल्यै भएको थिएन।

गिरिको सम्झनामा उहाँको विचार शृङ्खलाको निरन्तरता नै सबैभन्दा उपयुक्त हो। त्यसैले स्वतन्त्र समाचार सेवा (आइएनएस) ले पनि उहाँले आज भन्दा करिब ४० वर्ष अगाडि लेख्नुभएको र समतामा प्रकाशन भएको अनि फेरि बीस वर्ष अगाडि पुनर्सम्पादन भई पुनर्प्रकाशन भएको चर्चित आलेख ‘मार्क्सवाद् र समाजवाद’ प्रकाशन गरेका छौं। राजनीतिज्ञ, चिन्तक र अधिकारीवादी भएर जीवनको पूरै समय जगत्, मानव र समाजको भलाइका लागि अर्पण गर्नु भएका प्रदीप गिरिको यो

मार्क्सवाद र समाजवाद: दुई
0 comment
1 FacebookTwitterEmail

प्रदीप गिरिको निधन भएको आज १२ दिन भयो । भौतिक रूपमा उहाँको अवसान भए पनि वैचारिक रूपमा गिरिको जीवन्त चर्चा चलिरहेको मात्र छैन, उहाँका विचारहरूको प्रवाह पनि पछिल्लो दुई साता जति कहिल्यै भएको थिएन ।

गिरिको सम्झनामा उहाँको विचार शृङ्खलाको निरन्तरता नै सबैभन्दा उपयुक्त हो । त्यसैले स्वतन्त्र समाचार सेवा (आइएनएस) ले पनि उहाँले आज भन्दा करिब ४० वर्ष अगाडि लेख्नुभएको र समतामा प्रकाशन भएको अनि फेरि बीस वर्ष अगाडि पुनर्सम्पादन भई पुनर्प्रकाशन भएको चर्चित आलेख ‘मार्क्सवाद् र समाजवाद’ प्रकाशन गरेका छौं । राजनीतिज्ञ, चिन्तक र अधिकारीवादी भएर जीवनको पूरै समय जगत्, मानव र समाजको भलाइका लागि अर्पण गर्नु

मार्क्सवाद र समाजवादः एक
0 comment
0 FacebookTwitterEmail

वित्तीय व्यवस्थापनमा ठूलो भूमिका निर्वाह गर्ने मुख्य दुई पक्ष हुन्– बचत र ऋण। ऋणलाई कर्जा पनि भन्ने गरिन्छ। मानव सभ्यताको विकासक्रमसँगै एक अर्काका आवश्यकताहरू पूरा गर्न कुनै जिन्सी वस्तु तथा नगदको लेनदेन सुरु हुँदै आएको देखिन्छ। परम्परादेखि गरिँदै आएका नगदसम्बन्धी यस्तै लेनदेन, ऐंचोपैंचो, सरसापटका परिवर्तित अभ्यासहरूलाई नै पछिल्लो समयमा ऋण/कर्जा भन्ने गरिएको छ।
व्यवहारिक जीवनमा ऋण/कर्जा नलिने मानिस संभवत: कमै होलान्। आफ्ना आवश्यकताहरू पूरा गर्न आफूसँग भएको पैसाले नपुगेको अवस्थामा मानिसहरूले ऋण लिन्छन्। ऋण निश्चित शर्तहरूको आधारमा गरिने पैसा अर्थात् नगदको कारोबार हो। केही मानिसहरू आफ्ना साथीहरू, नातागोता, साहु महाजन आदि अनौपचारिक वित्तीय स्रोतहरूबाट ऋण लिन्छन् भने कोही मानिसहरू बैंक …

0 comment
0 FacebookTwitterEmail

अन्धविश्वास र विश्वास दुवैको जग वस्तुगत हुँदैन। दुबै कुरा विषयगत हुन्। भौतिक विज्ञानमा दुवै विषय स्वीकार्य विषय होइनन्। भौतिक विज्ञानले पदार्थको सत्ता वा वस्तुगत जगबाहेकका सबै विषयहरूलाई अवैज्ञानिक मान्दछ।

समाजशास्त्र पनि विज्ञान हो, विषयगत विज्ञान। समाजशास्त्रमा अन्धविश्वास र विश्वास दुवै स्वीकार्य विषय हुन्। दुवैलाई दृष्टिकोण मानिन्छ। दुवैलाई सिद्ध वा असिद्ध गर्न तर्क, तथ्य एवं तथ्याङ्क भए पुग्छ। एउटा व्यक्ति वा समूहलाई कुनै अभ्यास (विषय) तर्क, तथ्य र तथ्याङ्कको आधारमा अन्धविश्वास लाग्नसक्छ भने त्यही अभ्यास (विषय) अर्को तर्क, तथ्य र तथ्याङ्कको आधारमा विश्वास हुनसक्छ। तसर्थ अन्धविश्वास र विश्वास दुवै वैयक्तिक एवं विषयगत विषय मात्र नभएर सापेक्षित विषय …

अन्धविश्वासको आवरण र विश्वासको धरातल बीच धामीझाँक्री र झारफुक चिकित्सा
0 comment
0 FacebookTwitterEmail

“ल भाइहरू तिमीहरू सबैजना बाहिर जाउ”।

कक्षाकोठा भित्र अर्को घण्टीको लागि शिक्षकलाई पर्खीरहेको बेला, स्वास्थ्य विषयका सर कक्षामा आउनासाथ हामीलाई भन्नुभयो। कक्षामा साथीहरूले केही पनि नसोधी सरासर बाहिर गए। सरका कुरा सुनेर कक्षामा भएका छात्राहरू पनि अक्कमक्क भएका थिए। हामी केटाहरू बाहिर गए पछि सरले भित्रबाट झ्याल र ढोका लगाउनुभयो। मनमा अनेक प्रश्नहरू घुमिरहेका थिए, के भई रहेको थियो कक्षा भित्र।  उत्सुकता कम गर्नका लागि हामी केही साथीले कक्षाको झ्याल र ढोकामा कान लगाएर सुन्ने प्रयास पनि गर्यौ, तर केही आवाज सुनिएन। हामी विद्यालयको चौरमा बसेको ४५ मिनेट भइसकेको र घण्टीको समय बिते पछि सरले ढोका खोल्नु भयो।

“लौ भाइहरू …

कहिले नसकिने महिनावारीको कुरा
0 comment
0 FacebookTwitterEmail

‘मलाई छोराले बचन लायो‚ बुहारीले मुख छोडी‚ नातिले हप्कायो‚ घरमा छोरा बुहारी र नातिनातिनाले देख्न नसकेकाले घर छोडेर वृद्धाश्रम आएँ‚ छोरो त असल नै हो अर्काकी छोरी कहाँ आफ्नी हुनसक्थी र? बुहारी त असल छे आफ्नै छोरोले भने दुश्मनको झैँ व्यवहार गर्छ‚ घरै छोडेर हिडौँ जस्तो लाग्छ।’; ‘घरमा लोग्ने र सासुको सदाको कचकच‚ माइत जाउँ भने पनि भाउजूले देख्न सक्दिनन्‌‚ मेरै भाग्य फुटेको होला।’; ‘आफैँले मागेर झ्याँइ झ्याँइ अन्माएर ल्याएकी बुहारीलाई देख्नै नसके पछि म बुबा आमाको पक्ष लिउँ कि श्रीमतीको ? म छुट्टिन बाध्य भएँ।’; ‘मलाई त्यसले यसरी हियाएर भन्ने? मुख छोड्ने? धारे हात लाउने? अरुलाई कुरा लाउने? मेरो …

अन्तर्विरोधका अनेकन कारणको सकारात्मक निरूपण
0 comment
0 FacebookTwitterEmail

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गत महिना लगभग निर्माण सम्पन्न भएको नयाँ संसद् भवनको छतमा उभिए र भारतीय स्वतन्त्रताको ७५ औं वर्षगाँठ मनाउन निर्माण गरिएको मञ्च नजिक रहेको घिर्नी ताने।

एउटा फराकिलो रातो पर्दा संरचनाको मुकुट मूर्ति प्रकट गर्न पछाडि सर्‍यो। सो दृश्य देखेर भारतका धेरै निसास्सिए।

जनावरहरूलाई सामान्यतया राजसी र संयमित रूपमा चित्रण गरिन्छ तर त्यहा देखिएका मूर्ति फरक खालका देखिन्थे। अर्थात् तिनीहरू क्रोधित र आक्रामक भएर दाह्रा बाहिर निकालेका जस्ता देखिन्थे।

२१ फिट अग्लो कास्य आकृति जसमा चारवटा सिंह एकअर्काको ढाडमा बसेका छन् र बाहिरपट्टी फर्किएको छ। यो भारतको सम्मानित राष्ट्रिय प्रतीक हो। यसले गर्जिंदो “नयाँ भारत” लाई झल्काउँछ।…

मोदी शासित भारत, जहाँ लोकतन्त्रको मृत्यु भैरहेको छ
0 comment
0 FacebookTwitterEmail

रङ्गपट (क्यानभास) मा ‘सत्यम् शिवम् सुन्दरम्’ अर्थात् शिव पुराणका पौराणिक मिथकहरूलाई उतारिएको छ। चित्रले आध्यात्मिक भावनाका साथै आधुनिकतासँग पनि उत्तिकै सुमधुर सम्बन्धको अपेक्षा राख्छ। कलाकार सुरेशकुमार द्य:लाको भदौ ६ गतेदेखि १७ गतेसम्म नेपाल कला परिषद्मा जारी रहने कलाप्रदर्शनीमा यी कुराको अनुभव कलापारखी दर्शकले सहजै गर्न सक्छन्। कलाले शीर्षकअनुसारको मर्म र भावनालाई प्रतिविम्बित गर्छन्। यसअघि चारकोल माध्यममा ‘पोट्रेट’ रचनामा कलाकार द्य:ला परिचित हुनुहुन्छ। विभिन्न जातीय अनुहार र विशिष्ठ व्यक्तिहरूको ‘पोट्रेट’ प्रदर्शनीसमेत उहाँले गरिसक्नुभएको छ। आफ्ना बुबा कलाकार बाबुराजा द्य:ला ‘बारा’ लाई कला गुरू मान्नुहुने कलाकारले यसपटकको कलाकर्ममा पृथक पहिचानलाई सशक्त रूपमा प्रस्तुत गर्नुभएको छ।

दुई दशक लामो कलासाधना र अध्ययनबाट आफूले …

रङ्गपटमा शिव पुराण-कथा
0 comment
0 FacebookTwitterEmail

नेपाली इतिहास, सभ्यता र समाज निर्माणमा पालि भाषाको कुनै सम्बन्ध नरहेको बुझाइ नेपालका थुप्रै अध्येताहरूमा पाइन्छ। संभवत: यही भएर अध्येताहरूको ध्यान यतातिर कहिल्यै गएको पाइएन। यो प्राचीन भारतमा बोलिने एक प्रमुख जनभाषा हो। गौतम बुद्ध (ईपू ५६३–४८३) ले यसै भाषालाई माध्यम भाषाको रूपमा उपयोग गरी उपदेश दिनुका साथै प्रारम्भिक बौद्ध साहित्यको लेखन पनि यही भाषामा गरेको देखिन्छ। कतिपय भाषाको विकासमा यसको पनि प्रभाव रहने संभावनालाई नकार्न सकिँदैन। अध्ययनका लागि यो महत्त्वपूण पाटो हो भन्ने कुरा बिर्सनु मनासिब हुँदैन।

मानव सभ्यताको इतिहासमा गौतम बुद्धको सन्दर्भ पौराणिक नभएर एउटा ऐतिहासिक पाटो भएको कुरामा असहमति जनाउने अवस्था छैन। यसैगरी उनको जन्मस्थल लुम्बिनी वर्तमान …

नेपाली समाजमा पालि भाषाको प्रभाव
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved