भौगोलिक आकारले सानै भए पनि नेपाल विविधताले भरिपूर्ण देश हो । यहाँ सामाजिक, भाषिक, सांस्कृतिक, धार्मिक, जैविक, वानस्पतिक लगायत मूल्य, मान्यता र जीवनयापनमा समेत विविधता पाइन्छ । विभिन्न जात जाति, भाषा भाषी र धर्मावलम्बीहरुका विचार र भावनाका शृङ्खलामा उनिएको नेपाली समाज धार्मिक, सांस्कृतिक समिश्रणको नमुना हो । धार्मिक हिसाबले हेर्दा यस सम्मिश्रणमा शाक्त सम्प्रदायको व्यापकता धेरै ठ”लो छ । किनभने नेपालका सबै जाति, जनजाति कुनै न कुनै रूपमा शाक्त मतका अनुयायी भएको, रहेको प्रमाणित हुन्छ ।
सरकारी अभिलेख अनुसार नेपालमा १ सय २५ सांस्कृतिक, १ सय २९ भाषभाषी र १० धर्मावलम्बीहरू रहेका छन् । नेपालको यस विविधतालाई कलह होइन सम्पत्तिका …
