‘आयुर्वेदिक औषधिले ढिलो काम गर्छ’ धेरैले यो कथन सुन्दै सुनाउँदै आएका छन्। यो विश्वासको हो वा भ्रम? यसको मापन आधार के होला? यस पटक यही विषयमा केन्द्रित सामग्री प्रस्तुत गरेको छु।
आयुर्वेदिक औषधिहरू ढिलो काम गर्छन् भन्दै गर्दा सोचनीय विषय के हो भने कति समयलाई ‘ढिलो’ भनिएको हो वा कति समयमा काम गर्यो भने ‘छिटो’ गरेको मानिएला ? वैज्ञानिक दृष्टिमा यो ढिलो र छिटो भनेको तुलनात्मक विषय हुन्। यो निरपेक्ष कुरा होइन। यसलाई सामान्यीकरण गरेर जनविश्वास निर्माण गरिनु गलत छ।
आयुर्वेदिक औषधीले ढिलो काम गर्छ भन्ने विषयको बहस एलोपेथी औषधिसँग तुलना गर्न …