‘सुस्ता बचाऊ’ आन्दोलनका अभियन्ता गोपालप्रसाद गुरुङको आज अन्त्येष्टी हुँदै छ। गुरुङ संस्कार अनुसार जन्मथलो तनहुँको शुक्लागण्डकी नगरपालिकाको डिलेगौँडामा अत्येष्टी गर्ने तयारी भईरहेको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्दर जयसवालले जानकारी दिनुभएको छ। स्वर्गीय गुरुङलाई हिजो आफ्नै निवास सुस्तामा राष्ट्रिय झण्डा ओढाएर स्थानीय प्रदेश सांसद देवकरण कलवारले श्रद्वाञ्जली अर्पण गर्नुभएको थियो।
गत पुस ८ गते मस्तिष्कघातका कारण आफ्नै घरमा बेहोस भएका गुरुङको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा शनिवार निधन भएको हो। आर्थिक अभावका कारण शल्यक्रिया गर्न तीन दिन ढिलाई भएकाले उहाँको मृत्यु भएको प्रवक्ता जयसवालको भनाई छ। पैसा जुटाउन ढिलो भयो। त्यसैले शल्यक्रिया समयमा हुन सकेन। बचाउन सकिन्थ्यो कि भन्ने आशा थियो …
