Home » समाचार » फिचर » Page 4
Category:

फिचर

सुर्खेत । बाल्यकालमै परिवारका सदस्यसँग मजदुरीका लागि कालापहाड जानु नेपालीको बाध्यता हो । त्यही बाध्यताको कसीमा कसिएका धेरै मध्येका एक चन्द्र बहादुर शेर्पा हुन् । बालक अवस्थामा आमासँग भारत गएका उनी अहिले ५५ वर्षका भए । आजसम्म पनि नत उनको  जन्मदर्ता छ, नत नागरिकता नै । नेपाली नागरिक भएर जन्म लिए पनि अहिलेसम्म उनी अनागरिक जस्तै बनेका छन् । सानैमा बुबा गुमाएका चन्द्रबहादुर आमासँग कालापहाड गएका थिए ।

कालापहाड पुग्दा आमाले अर्कैसँग बिहे गरेपछि उनी बिचल्लीमा परे । उनको कालापहाडमै काम गर्न पुगेका पश्चिम दैलेखका सरुने सुजी लगायतसँग भेट हुन पुग्यो । उनीहरूले सँगै काम लगाए । चन्द्र बहादुर हर्कदै

पचपन्न वर्ष देखि नागरिकता विहीन परिवार
0 comment
0 FacebookTwitterEmail

सरकारले निजी क्षेत्रमा काम गर्ने आम श्रमिकको हकहितको लागि भन्दै ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालनमा आएको झण्डै ४ वर्ष वित्न लागिसक्यो। सो कार्यक्रम कार्यान्वयन गर्न सरकारले २०७६ मा श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सामाजिक सुरक्षा कोष नै खडा गरेर दर्जनौ कर्मचारी परिचालन गरी तामझमका साथ ‘सामाजिक सुरक्षा योजना’ सार्वजनिक गरेको थियो।

सो योजनामा निजी क्षेत्रमा कार्यरत सबै मजदुरलाई सामाजिक सुरक्षाको व्यवस्था गर्ने तथा वृद्धावस्थामा पेन्सन स्किम ल्याइएको थियो। त्यसका लागि मजदुर र रोजगारदाताले ‘सामाजिक सुरक्षा कोष’मा आवद्ध भएर मासिक आम्दानीबाट तोकिएअनुसारको योगदान गर्न समेत आग्रह गरिएको थियो। तर अपेक्षित प्रगति भने हुन नसकेको यस योजनाको अवधारण र …

0 comment
0 FacebookTwitterEmail

लमजुङको दुधपोखरी। पर्यटनको प्रचुर सम्भावना भएको गाउँपालिका। युवा पलायनका पीडा भोगिरहेका नेपालका अधिकांश गाउँजस्तै पीडामा छ दुधपोखरी। युवा नै गाउँमा नभएपछि पर्यटन कसले चलाउने हो? सदरमुकाम बेंसीसहर भन्दा पूर्वीदिशाका साविकका कोल्की, ईलमपोखरी, गौंडा, विचौर र दुधपोखरी गाविसहरू गाभिएर २०७३ सालमा बनेको हो दुधपोखरी गाउँपालिका।

स्थानीय बढ्दो स्थायी र अस्थायी बसाइसराइँको चेपुवामा छ दुधपोखरी। कतिसम्म भने गाउँका सबै बालबालिका बजार क्षेत्रका निजी विद्यालयतर्फ लैजादा ठूलोकाभ्रेमा एक विद्यालय लगभग बन्द अवस्थामा पुगेको छ। पर्यटनको लागि स्थानीय खासगरी युवा जनशक्तिको पलायन होइन, स्थायी बसोबास र लगाब चाहिन्छ। गाउँपालिकाले स्थाानीय श्रमशील र कर्मशील युवालाई रोक्ने कार्यक्रम पनि साथसाथै लैजानु पर्ने देखिन्छ।

पर्यटन क्षेत्रमा प्रचारप्रसारको …

दुधपोखरी गाउँपालिकाले कसरी लिनसक्छ पर्यटनबाट लाभ ?
0 comment
0 FacebookTwitterEmail

सुर्खेत । खुला आकासमुनी चोयाको डोको । वरिपरि हरियाली वातावरण । नजिकै एरियल नभएको रेडियोमा बजेका राष्ट्रिय अन्तर्राष्ट्रिय खबरहरू सुन्दै बाँसको चोया निकाल्दै डोको बुन्न व्यस्त थिए दैलेखका बलबहादुर थापा । दैलेखको ठाटीकाँध गाउँपालिका– २ का थापा उमेरले ६२ वर्ष पुगे । उनको सारथी हो रेडियो । उनको नेपालसहित विश्वभरको सूचना प्राप्त गर्ने मोह यो उमेरमा पनि घटेको छैन, झनै बढेको छ । गोठालो जादा हातमा लौरो र काधमा रेडियो उनको अनिवार्य नै बनको छ । कसैको रत्यौलीमा पुग्दा समेत उनको काधमा झुण्डाइएको रेडियो घन्किरहेको हुन्छ ।

रेडियो नसुन्दा के बिर्सिए जस्तो लाग्ने गरेको उनी बताउँछन् । ‘बिहान उठेदेखि साँझ …

कर्णालीमा छैन सूचनामा सहज पहुँच
0 comment
0 FacebookTwitterEmail

नेपालमा इन्टरनेट स्वतन्त्रता तथा डिजिटल अधिकारका विषयमा चर्चा हुन थालेको धेरै समय भएको छैन । पछिल्लो समयमा नागरिक समाज र मानव अधिकारका क्षेत्रमा कार्यरत केही संस्थाहरुमा यस विषयमा सार्वजनिक वहस हुन थालेको छ । नागरिकको मुलभुत मानव अधिकारमा असर पार्ने इन्टरनेट शटडाउन तथा सेन्सरसिप र डिजिटल राइट्सको विहंगम पक्षहरुका बारेमा सूसुचित छलफल र यि विषयहरुमा नागरिक समाजलगायत सबै सरोकारवालाहरुको क्षमता अभिवृद्धि आजको आवश्यकता हो । यस सन्दर्भमा डिजिटल राइट्स नेपाल र इन्गेजमिडियाको सहकार्यमा तयार गरिएको एक उपयोगी आलेख यहाँ प्रस्तुत गरिएको छ ।
अहिलेकोे डिजिटल प्रविधिमा आधारित समाजमा व्यापार, वित्तीय कारोबार सञ्चालन, अनलाइनमार्फत ज्ञान आर्जन देखि सञ्चार सम्पर्कसम्मका दैनिक जीवनका …

इन्टरनेट शटडाउनः प्रकृया, प्रभाव र प्रतिरोध
0 comment
0 FacebookTwitterEmail

बिहानको झिमिसेमै मस्तले निदाएका आँखा खुल्छन्। झिसमिसेमै चारैतिर हरियाली र घना जंगलको यात्रा सुरु हुन्छ। घरबाट हिड्दा हिड्दै डाडामाथि घाम झुल्केपछि बल्ल वरिपरि हरियो घनाजंलमा गएर पाइला अड्किन्छन्। चारैतिरको दृश्य हेर्दा मनमष्तिस्क कुनै नयाँ स्वर्गमा पुगेको पत्तै हुँदैन। जब घामको तातो रन्को आँखा कान हुँदै पुरै शरिरमा लागेपछि स्वर्गबाट पृथ्वीमा झरेझै भान हुन्छ।  चिरविर चिरविर चराचुरुङ्गीको आवाजसँगै जंगलको उकालो ओरालो बाटो हिडेको पत्तै हुँदैन। जीवजन्तुको आवाज गुञ्जिने बित्तिकै स्वर्गबाट झरेझै भान गराउने बारेकोट आसपासका जंगलहरू।  त्यही जंगलहरूका पाखा पखेरा, खोल्साखुल्सी, देउराली भञ्ज्याङ्ग र मोतिझै टल्केका हिमालहरूमा पुग्नुहुन्छ जाजरकोटको बारेकोटका गोविन्द सिंह। उहाँ जीवजन्तु र चराचुरुङ्गी संरक्षणकर्मी हुन्।

कम्मरको एकातिर पटुकी …

0 comment
0 FacebookTwitterEmail

पूर्व–पश्चिम राजमार्गमा पर्ने चितवनको खुर्खुरेबाट दक्षिणतर्फ करीब ७ किलोमिटर बाटो छिचोलेपछि एउटा सानो बजार पुगिन्छ। खैरहनी नगरपालिका–१० मा रहेको कठार बजार हो, यो। बजारको मुखैमा वडा कार्यालय छ। त्यसको करीब ५०० मिटर अगाडि बढेपछि कठार माध्यमिक विद्यालयको सामुन्ने ‘व्यवस्थित’ देखिने घरहरू भएको एउटा वस्ती छ।

१३० जनाको बसोबास रहेको यो वस्तीका माध्यमबाट हामी नेपाली समाजको एउटा कुरुप पाटो खोतल्ने प्रयासमा छौं।

सरकारले अघिल्ला दुई आर्थिक वर्ष (२०७५/७६ र २०७६/७७) मा रु.१ करोड २५ लाख खर्च गरेर बनाइदिएको वस्तीका घरहरू एकै रंग र आकारका छन्।

१२ जेठ बेलुका यही वस्तीको एउटा घरमा रामचन्द्र माझी र उनकी श्रीमती गीता बेलुकीको खानासँगै रक्सी …

0 comment
0 FacebookTwitterEmail

सत्यमोहन जोशीसँग अन्तर्वार्ता लिइरहेको थिएँ– उहाँकै घरको अध्ययन कक्षमा। यसैबीच हाम्रो सामु तात्तातो ‘योमरी’ आइपुग्यो– त्यो धान्यपूर्णिमाको दिन थियो।
यो पूर्णिमालाई नेवार समाजमा योमरीसँग जोडेर हेरिन्छ। यही भएर पूर्णिमाको नाम नै ‘योमरी पुन्हि’ रहेको हुनुपर्छ। वर्षको पहिलो धान बाली भिœयाई त्यही चामल पिँधेर तयार गरिने पिठोबाट विशेष प्रकारको योमरी बनाइ भकारीमा राखेर त्यसको पूजा गरिन्छ। यही अवसरमा घर घरमा पकाइने योमरी आफू मात्रै खाने गरिँदैन, अरुलाई पनि खुवाउने गरिन्छ।
तिहारताका देउसी र भैलो खेल्दा सेलरोटी मागे जस्तै यो दिन नेवारहरू योमरी कै गीत गाउँदै योमरी माग्न जाने चलन छ। नेवारहरूको साँस्कृतिक जीवनमा यसको विशेष स्थान रहेको छ।
अन्तर्वार्ता लिइराखेका बेला …

सत्यमोहन जोशीसँगका सम्झना
0 comment
0 FacebookTwitterEmail

शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ। मुटु र प्रोष्टेटको समस्या रहेका जेशीमा  कमजोरी बढेपछि यही असोज ७ गते ललितपुरको ग्वार्को स्थित किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो। अस्पतालमा रगत परीक्षण गरेपछि उनमा डेंगु संक्रमणसमेत पुष्टि भएको थियो।

उपचारकै सिलसिलामा आज बिहान जोशीको निधन भएको जोशी परिवार निकट प्रसाईंले जानकारी दिएका छन्। प्रसाईंको फेसबुक स्टाटसमा लेखिएको छ– ‘हाम्रा अति श्रद्धेय शताब्दी पुरुष सत्यमोहन जोशीको आज बिहान ७ बजे र ९ मिनेटमा किस्ट मेडिकल कलेजमा १०३ वर्षको उमेरमा स्वर्गारोहण भयो।’

संस्कृतिविद् एवम् शताब्दी पुरुष जोशीको निधनले अपुरणीय क्षति भएको छ। आईएनस परिवार जोशीलाई श्रद्धाञ्जली अर्पण …

सत्यमोहन जोशी: देश चियाउने आँखीझ्याल
0 comment
0 FacebookTwitterEmail

उमेरले असी उकालो पुगिसक्दा पनि कलाकार शारदा चित्रकारलाई कलाकै चिन्ता र चासो छ। कलाकै धपेडी र ध्याउन्नमा उहाँका वर्तमान दिनहरू व्यतीत भइरहेछन्। काठमाडौंको तँलाछेँ टोलमा वि.सं. १९९७ सालमा जन्मनुभएकी कलाकार शारदा चित्रकार पहिलो महिला उपकुलपति र कलाक्षेत्रमा पहिलो महिला प्राज्ञसमेत हुनुहुन्छ। नेपाली चित्रकला र लोककलाको विकास एवम् तिनको संरक्षण एवम् संवर्द्धन कार्यमा उहाँको योगदान रहँदै आएको छ। यसका साथै नेपाली महिला कलाकारहरूको उत्थानमा पनि उहाँले काम गर्दै आइरहनुभएको छ।
नेपालका सुप्रसिद्ध कलाकार मास्टर तेजबहादुर चित्रकार र मनकेशरी चित्रकारका सुपुत्री हुनुहुन्छ कलाकार शारदाले बाल्यकालीन अवस्थादेखि नै चित्रकलाकै वातावरण पाउनुभयो। बुबाले त्यो बेला घरमा चित्रकलाकै नि:शुल्क कक्षा लिनुहुन्थ्यो। बिहानदेखि बेलुकासमम्म उहाँको घरमा

नेवार लोककलाको संरक्षण र संवर्द्धन गर्दै शारदा चित्रकार
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved