Home » विश्व » Page 12
Category:

विश्व

अमेरिकी राष्ट्रपति जो बाइडेनले जाँदाजाँदै इजरायललाई ८ बिलियन डलरको हतियार बेच्ने योजना बनाएका छन् । अमेरिकी विदेश  विभागले इजरायललाई ८ अर्ब डलर अर्थात् ६.४ अर्ब पाउण्ड  बराबरका हतियार बेच्ने योजनाबारे  कंग्रेस समेतलाई सूचना दिइसकेको बीबीसीले  उल्लेख गरेको छ ।

हतियारहरुको खेप पठाउनका लागि सदन अर्थात् सिनेटबाट अनुमोदन गरिनुपर्ने व्यवस्था छ । त्यसरी  इजरायललाई बेच्न लागेका हतियारमा नयाँ प्रविधिको  शिपमेन्टमा  हवाई  हमला गर्ने क्षेप्यास्त्र, हेलफायर  क्षेप्यास्त्र र तोपखानाका  गोला तथा अन्य युद्ध सामग्रीहरु छन् ।

गाजामा युद्धका दौरान मारिएका नागरिकहरुका कारण वाशिंटनले इजरायलका लागि सैन्य समर्थन निलम्बित गर्ने माग समेतलाई खारेज गरिदिएको छ । गएको अगस्तमा मात्रै अमेरिकाले इजरायललाई २० अर्ब …

0 comment
0 FacebookTwitterEmail

डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको रूपमा शपथ लिनुभन्दा दुई साताअघि ‘हस मनी’ मुद्दामा सजाय सुनाइने भएको छ । न्यूयोर्कका एक न्यायाधीशले जनवरी १० मा यस मुद्दामा सजाय सुनाउने छन् ।

न्युयोर्कका न्यायाधीश जुआन मार्चनले उनलाई जेलको सट्टा प्रोबेशन, जरिवाना वा सशर्त रिहाइ दिने सङ्केत गरेका छन्। नवनिर्वाचित राष्ट्रपतिले सजायको समयमा व्यक्तिगत रूपमा वा भिडियो कन्फरेन्समार्फत अदालतमा उपस्थित हुन सक्नेछन्।

ट्रम्पले आफू विरुद्धको मुद्दा खारेज गर्न आफ्नो चुनावी जीत प्रयोग गर्ने प्रयास गरे। उनको टोलीले सजाय सुनाउने न्यायाधीशको निर्णयको आलोचना गरेको छ र ‘अराजक’ मुद्दालाई तुरुन्त ‘खारेज’ गरिनुपर्ने भनेको छ।

गत वर्षको मेमा, ट्रम्पमाथि वयस्क फिल्म स्टार स्टर्मी डेनियललाई चुप बस्नका लागि …

0 comment
0 FacebookTwitterEmail

वर्ष २०२४ लाई विभिन्न कारणले सम्झना गरिनेछ । यो वर्षले धेरै राम्रा कामको सुरुआत गरेको छ । कतिपय घटनाले सुखद कार्यलाई सम्झनामा सीमित गर्दै तिनलाई केवल निर्मम इतिहासमा बदलिदिएको छ । यस्ता घटना जसले सन् २०२४ मा संसार छोडेका केही महत्त्वपूर्ण व्यक्तित्वको नाम यहाँ प्रस्तुत गरिएको छ

जिमी कार्टर

अमेरिकाका ३९औँ राष्ट्रपति जिमी कार्टरको एक सय वर्षको उमेरमा सन् २०२४ डिसेम्बर ३० मा निधन भएको छ । वाटरगेट काण्ड र भियतनाम युद्धपछि राष्ट्रपति पद जित्ने बदाम किसान जिम्मी कार्टरले ह्वाइट हाउसको कार्यकालपछि विश्वव्यापी मानवतावादीको रूपमा जीवनलाई पुनः परिभाषित गरेका थिए ।

सबैभन्दा लामो समयसम्म बाँच्नुभएका अमेरिकी राष्ट्रपतिको जर्जियाको सानो शहर …

0 comment
0 FacebookTwitterEmail

अमेरिकाको न्यू अर्लिन्समा नयाँ वर्षको बिहानै भएको पिकअप ट्रक आक्रमणमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । घाइते हुनेको संख्या अझै पनि ३५ बढी रहेको अधिकारीहरुको हवाला दिँदै बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।

मानव भीडमा जानाजान पिकअप चलाएर नरसंहार मच्चाउने संदिग्धको भने पहिचान खुलेको छ । नरसंहार मच्चाउने टेक्सासका ४२ वर्षीय अमेरिकी नागरिक शमसूद–दीन जब्बार रहेको समाचारमा उल्लेख छ ।

अमेरिकी संघीय जाँच व्यूरो एफबीआईले आक्रमणमा प्रयोग गरिएको गाडीमा इस्लामिक स्टेट समूहको झण्डा भेटिएको र घटनाको जाँच आतंकवादी क्रियाकलापको रुपमा गरिरहेको जनाएको छ ।

जाँच व्यूरोलेले आक्रमणकारीको सम्बन्ध अतिवादी समूहसँग रहे नरहेकोबारे थप अनुसन्धानको कार्य अघि बढाइएको …

0 comment
0 FacebookTwitterEmail

अमेरिकाको एक सैन्य अदालतले ११ सेप्टेम्बर २००१ को आक्रमणका कथित मास्टरमाइन्ड तथा दुई सहयोगीका लागि सम्भावित अपिल खारेज गर्ने पेन्टागन प्रमुखको प्रयासलाई रोकिदिएको छ । जसले आम नरसंहारका आरोपीहरु मृत्युदण्डबाट बच्ने आँकलन गरिएको छ ।

खालिद शेख मोहम्मद, वालिदा बिन अतास र मुस्तफा अल हवसावीले गराएको भनिएको आक्रमणमा तीन हजार जना मारिएका थिए । आम नरसंहार योजनाकारको अभियोग लागेका मोहम्मदको अपिलमाथि आउँदो हप्ता सुनुवाई तोकिएको छ ।

न्यूयोर्क टाइम्स र एपीका अनुसार सैन्य अदालतले अस्टिनविरुद्ध फैसला सुनाइसकेको छ । जहाँ न्यायाधीश कर्नल म्याथ्युको अघिल्लो फैसलालाई यथावत राख्ने निर्णय सुनाइएको समाचार संस्था एपीले जनाएको छ ।

0 comment
0 FacebookTwitterEmail

संयुक्त अरब इमिरेट्स (युएई)को मध्यस्ततामा भएको एक सम्झौता अनुरुप रुस र युक्रेनले सयौँ युद्धवन्दीहरु साटासाट एवं आदानप्रदान गरेका छन् । रुसी रक्षा मन्त्रालयका अनुसार रुसमा बन्दी बनाइएका १५० युक्रेनी सैनिकलाई रुसी सैनिकको बदलामा युक्रेनलाई हस्तान्तरण गरिएको छ । उता, युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्सीले १८९ युक्रेनीहरु घर फर्किएको प्रतिक्रिया दिएका छन् ।

उनले भनेका छन्, ‘‘‘रिहा गरेकाहरुमा अजोवस्टल र मारियुपोलका रक्षक’’, चेरनोबिल परमाणु ऊर्जा सयन्त्र र स्नेक आइल्याण्ड संलग्न छन् ।’ यस दौरान उत्तरी युक्रेनको एक अस्पतालबाहिर उनीहरुका आफन्त कठ्याङ्ग्रींदो चिसोमा प्रतिक्षा गरिरहेका तस्विरहरु बाहिरिएका छन् । सन् २०२२ मामारियुपोल सहरमा सुरक्षा दिँदा दिँदै पक्राउ परेका लेलेक्जेण्डरकी पत्नी अलीनाले आँशु खसाल्दै …

0 comment
0 FacebookTwitterEmail

अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधन भएको छ।

बीबीसीका अनुसार सय वर्षीय कार्टरको आइतबार (डिसेम्बर २९) को दिन अमेरिकाको जर्जियामा निधन भएको हो। कार्टर सेन्टरले जारी गरेको विज्ञप्तिअनुसार जिमी कार्टर आइतबार जर्जियामा रहेको उनको घरमा परिवारकाबीच बितेका हुन्।

आर फोर्डलाई हराएर उनी अमेरिकाको ३९औँ राष्ट्रपति बनेका थिए। १९२४ अक्टोबर १ मा जन्मिएका कार्टर १९९७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए। उनी सबैभन्दा लामो उमेरसम्म जीवित रहने अमेरिकी पूर्वराष्ट्रपति पनि हुन् ।

मध्यपूर्वमा शान्ति स्थापनाका लागि ऐतिहासिक क्याम्प डेभिड सम्झौता गर्न मध्यस्थता गरेकाले उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।

उनको निधनप्रति अमेरिका वर्तमान राष्ट्रपति जो बाइडेन र …

0 comment
0 FacebookTwitterEmail

सिरियामा बसर अल-अशदलाई सत्ताबाट हटाएपछि देशको भविष्यको बारेमा अनुमानहरू बीच, हयात तहरीर अल-शाम (एचटीएस) प्रमुख अहमद अल-शराले नयाँ संविधान बनाउने र चुनाव गराउने कुरा गरेका छन्।

अल-शरालाई अबु मोहम्मद अल-जुलानी पनि भनिन्छ। ‘सिरियाली जनतालाई कुनै ठूलो परिवर्तन देख्न एक वर्ष लाग्न सक्छ,’ उनले अल-अरेबिया टिभीलाई भने, ‘देशमा नयाँ संविधान बनाउन तीन वर्ष र निर्वाचन गर्न चार वर्ष लाग्न सक्छ ।’

अहमद अल-शाराले हालै बीबीसीलाई आफ्नो देश ‘युद्धबाट थाकेको’ बताए। सिरिया अब कुनै पनि छिमेकी वा पश्चिमी देशहरूको लागि खतरा नभएको उनले स्पष्ट पारे

अल-शरा यसअघि इस्लामिक चरमपन्थी संगठन अल-कायदा र इस्लामिक स्टेट (आईएस) सँग सम्बन्धित थिए । अमेरिकाले उनीमाथि १० …

0 comment
0 FacebookTwitterEmail

दक्षिण कोरियामा भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्। विमानमा सवार १८१ जनामध्ये दुई जनाको जीवितै उद्धार गरिएको थियो। उनीहरु एक जना चालक दलका सदस्य र एक जना यात्रु हुन्।

दुर्घटनालगत्तै अग्नि नियन्त्रकसहितका उद्धारकर्ताले उनीहरुको उद्धार गरेका थिए। उनीहरुको उपचार मोकपो अस्पतालमा भइरहेको छ। उनीहरुबाहेक अरु कोही पनि जीवित फेला नपरेको अधिकारीहरुलाई उद्धृत गर्दै  समाचार एजेन्सीले जनाएको छ।

थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो। विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना थिए। उनीहरुमध्ये दुई जना थाइल्याण्डका र अरु सबै दक्षिण कोरियाका थिए।

विमान दुर्घटनाको कारण खुलिसकेको छैन। …

0 comment
0 FacebookTwitterEmail

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जनवरी २० को शपथअघि टिकटक लाई चिनियाँ मालिक बाइटडान्सले बिक्री नगरे प्रतिबन्ध लगाउने कानून रोक्न सर्वोच्च अदालतलाई आग्रह गर्दै शुक्रबार एक संक्षिप्त निवेदन दर्ता गरेका छन् ।

ट्रम्पको कानूनी टोलीले लेखेको छ, “यस मुद्दाको नवीनता र कठिनलाईलाई ध्यानमा राख्दै, अदालतले यी मुद्दाहरूलाई सम्बोधन गर्न थप समय प्रदान गर्न हालको वैधानिक समय सीमालाई स्थगन गर्न विचार गर्नुपर्छ।”

ट्रम्पले सन् २०१७/०२१ को पहिलो कार्यकालमा टिकटकको चर्को विरोध गरेका थिए र राष्ट्रिय सुरक्षाको कारण देखाउँदै भिडियो एपमाथि प्रतिबन्ध लगाउने असफल प्रयास गरेका थिए ।

चिनियाँ सरकारले अमेरिकी टिकटक प्रयोगकर्ताको तथ्यांक चोर्न सक्ने वा प्लेटफर्ममा जे देखिन्छ त्यसमा …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved