एम्नेस्टी इन्टरनेसनलले अजित ढकाल मिजारको मुद्दामा जवाफदेहिता र न्याय सुनिश्चित गर्न आग्रह गरेको छ।
‘उपल्लो जात’की युवतीसँग अन्तरजातीय सम्बन्ध राखेका १८ वर्षीय दलित मिजार २०७३ साल असार ३० गते रहस्यमय ढंगमा मृत फेला परेका थिए।
मिजारको मृत्युको घटनामा अधिकारीहरूले विस्तृत, निष्पक्ष, न्यायोचित र सामयिक अनुसन्धान गर्न असफल भएको भन्दै एम्नेस्टीले यसबारे जानकारी लिएको बताएको छ।
नेपालको संविधान २०७२ ले जातीय भेदभावलगायत सबै प्रकारका भेदभाव उन्मूलन गर्ने र कानुनको अगाडि सबैको समान संरक्षण गर्ने प्रतिबद्धतालाई समेटेको तथा समानता र गैरभेदभावको सिद्धान्त कुनै पनि फौजदारी न्याय प्रणालीमा अपरिवर्तनीय कानुनी सिद्धान्त रहेको स्मरण गराएको छ।
‘नेपालको फौजदारी न्याय प्रणालीले अजितको मृत्युको पछाडि रहेको …
