भारतमा बिहीबारबाट सुरु भएको एक दिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डले विजयी सुरुवात गरेको छ। साबिक विजेता इंग्ल्याण्डमाथि ९ विकेटको सहज जीत हात पार्दै न्युजिल्याण्डले २०१९ विश्वकप फाइनलमा भोगेको हारको बदला समेत लिएको छ। इंग्ल्याण्डले दिएको २८३ रनको लक्ष्यलाई न्युजिल्याण्डले मात्र ३६.२ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्दै विश्वकपको सुखद सुरुवात गरेको हो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २८२ रनको सम्मानजनक स्कोर तयार पारेको थियो। इंग्ल्याण्डका लागि पूर्व कप्तान जोए रुटले सर्वाधिक ७७ रनको योगदान दिए। ४१.१ ओभरमा ग्लेन फिलिप्सको बलमा बोल्ड हुनु अघि ८६ बलको सामना गर्दै ४ चौका र १ छक्का …
