काठमाडौँ महानगरका मेयर बालेन शाहले “अब काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहर उठाउँदैन ” भन्ने भनाइको समाचार अहिले पत्रिका र अनलाइनमा छरिएको छ। बालेनको यो भनाई प्रजातान्त्रिक छ। जनबोलीमा आकर्षक पनि छ। किनकि सिंहदरबार प्रति विगतदेखि अहिलेसम्म जनताहरू सन्तुष्ट छैनन्। प्रतिकात्मक रुपमा सिंहदरबारको विरोधले काठमाडौं महानगरका मेयरले राम्रो समर्थन पाएका छन्। बालेनको यो दुई अर्थी भाषा भित्र राजनीतिक स्वार्थ र संघीयताको मर्म लुकेको छ। तर यो मर्मलाई सिंहदरबारले कतिको बुझ्न सक्छ र चिन्तन गर्न सक्छ। देशभर संघीयताको प्रभावकारीता यसैमा निर्भर हुन्छ।
सिंहदरबार ढिलो छ। सिंहदरबारको चलाएमान भए प्रदेश, स्थानीय सरकार दौडन्छन्। नेपालमा संघीयताको प्रभावकारी कार्यान्वयन पनि हो। तर सिंहदरबार भित्रको पुरातन र …
नीति/राजनीति
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले यसपालि प्रधानमन्त्रीको रुपमा धेरै काम गर्ने भनेका छन्। काम गर्न सके र काम गरेको देखाउन सके राम्रै हो। तर तीन महिना सम्म केही गर्न नसकेको सार्वजनिक रुपमा नै मानिसकेका छन्। उनीले जुन व्यवस्था खोजेको हो सो व्यवस्था त ल्याउन सकेनन्। सो कुरा उनी आफैले धेरै पटक प्रष्ट पारेका छन्। उनले खोजेको व्यवस्था निर्वाचित राष्ट्रपति हो। त्यसमा पनि उनले खोजेको एक दलीय शासन हो। जुन संसदीय व्यवस्था र बहुदलीय व्यवस्थाको विरोधमा उनीले युद्ध शुरु गरेका थिए सोही व्यवस्थामा पसेर काम गर्नु पर्दा उनीलाई ठुलो सकस भएको छ। संसदीय व्यवस्था भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने व्यवस्था …
नेपाल सरकारले केही दिन अगाडि साझा न्युनतम कार्यक्रम सार्वजनिक गरेको छ। दशवटा दलहरू अहिले सरकारमा सम्मिलित छौं। केही दलहरू निर्वाचन अघिको गठबन्धनमा पनि थियौं, केही निर्वाचन पछि जोडिएका छौं। बीचमा गठबन्धनमा उतार चढाव आयो। त्यसैले पनि यो सरकार अगाडि बढ्नको लागि न्युनतम साझा कार्यक्रम अनिवार्य थियो, अत्यावश्यक थियो।
यो सदन चलिरहेका बेलामा त्यो सदनमै प्रस्तुत हुनुपर्थ्यो भनेर केही कुराहरू उठेका छन्। म पनि त्यही भन्दछु। यद्यपि यो भनिरहँदा के पनि ख्याल गर्नुपर्छ भने केही समय पहिला पुस २५ गते सदन चलिरहेकै बेलामा पनि बाहिर प्रस्तुत भयो। त्यो बेलामा प्रतिपक्ष दलका तर्फबाट हाम्रा केही साथीहरूले गलत भयो भन्नुभयो। आज हामी सत्तापक्षमा …
रुपन्देही सिमानाका बेलहियामा मनोपरामर्श सहित एच आईभी परिक्षण गरिएको छ। रोजगारीको शिलसिलामा छिमेकी देश भारत जाने नेपालीहरूको संख्या उल्लेखनीय रहेको कारण सिमामा मनोपरामर्श सहित एच आईभी परिक्षण गरिदै आएको हो।
रोजगारीको क्रममा विदेश जाँदा कुनै साथी भाईको लहैलहमा लागेर वा यौन चाहनाले मानिसले असुरक्षित यौन सम्पर्क गर्ने गरेको पाईन्छ । जसको कारण यदी यौन पार्टनर एचआईभी तथा अन्य रोगबाट संक्रमित भएको भए उताबाट जोखिमयुक्त यौन सम्पर्क गर्ने व्यक्तिलाई पनि रोग सर्ने संभावना उच्च रहन्छ ।
नेपालमा रोजगारी गरेर वा अन्य प्रयोजनबाट भारत जाने नेपालीहरूको लागि सिमा नाका बेलहियामा निःशुल्क एचआईभीको परिक्षण हुन्छ भन्ने कुरा विरलै मात्रा थाहा छ । सिमा …
मधेसका प्रचण्ड गर्मिसँगै चुनावी सरगर्मी पनि क्रमश तातिदै गएको छ। सबै उम्मेदवार विभिन्न नाराका साथै मतदातालाई आकर्षित पर्ने अभियानमा जुटेका छन्। तर यस पटक, बारा क्षेत्र नम्बर दुई चुनावको चुनावी मुद्दा बाहिरिया र जनताबाट छाटिएका अर्थात विगतको चुनावमा हारेका नेताहरूलाई जिताउने कि स्थानियलाई चुन्ने भन्ने बहस चलिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल काठमाडौँबाट हारेका नेता हुनुहुन्छ भने उपेन्द्र यादव सप्तरी क्षेत्र नम्बर २ बाट दोब्बर मतले सिके राउतबाट हारेका।
यस पटक न त मधेस आन्दोलनको ‘राप–ताप’ छ , न मधेसी आन्दोलनका माग वा अधिकारको मुद्दा। बाराको क्षेत्र नम्बर २ मा अहिले चुनावी मुदा ‘स्थानिय कि आगन्तुक’ उम्मेदवार भन्ने बहस …
नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई सुनिश्चित गर्ने मान्यता प्रचलनमा ल्याउन नेपालमा सबै नागरिकलाई प्रसारण पहुँचमा पुर्याउन सार्वजनिक सेवा प्रसारणको स्थापना गर्न जरुरी छ । प्रसारणको माध्यमबाट सूचनामा निःशुल्क रुपमा पहुँच पुर्याई सक्रिय नागरिक जनमत सिर्जना गर्ने, नागरिक संवादको साझा मञ्चको रुपमा सार्वजनिक सेवा प्रसारणलाई विकास गर्ने ,समावेशी, बहुलवादी तथा सूचनामा आधारित समाज निर्माण गर्ने, तथा गुणस्तरीय कार्यक्रम प्रसारणमार्फत राष्ट्रनिर्माणमा योगदान गर्ने जस्ता मान्यतालाई व्यवहारमा ल्याउन नागरिकप्रति जबाफदेही सार्वजनिक सेवा प्रसारण नेपालमा अहिलेको आवश्यकता हो तर यसबारे जुन रुपमा सार्वजनिक बहस हुनुपर्थ्यो, हुन सकेको पनि देखिँदैन ।
बिस २०६३ सालबाट रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरी रूपान्तरण …
काठमाडौँ महानगरपालिकाको मयेर पदमा निर्वाचित भएपछि कार्यपालिकाको खुला बैठक गरेर चर्चित हुनुभएका बालेन्द्र शाह नेतृत्वको काठमाडौँ महानगरपालिकाले अहिले पारदर्शीता र आर्थिक अनुशासनका लागि पालना गर्नुपर्ने कानुनी प्रवन्धहरुलाई अनदेखा गरिरहेको छ ।
महानगरपालिकाले सूचनाको हक अन्तरगत स्वतः सार्वजनिक गर्नुपर्ने विवरणहरु छ महिना यता सार्वजनिक गरेको छैन । त्यसै गरी कार्यपालिकाको मासिक प्रगति प्रतिवेदन पनि प्रकाशन गर्न छोडेको छ । यसैगरी वेभसाइटमानै नियमित सार्वजनिक गर्नुपर्ने आम्दानी र खर्चको नियमित विवरण पनि सार्वजनिक गरेको छैन ।
यसबारे किन महानगरपालिका पारदर्शीताका दायित्वहरुबाट पन्छिरहेको छ भनि प्रश्न गर्दा सूचना अधिकारी बसन्त आचार्यले केही बताउन चाहानुभएन । उहाँ यी प्रश्नहरुपछि स्वतन्त्र समाचार सेवाको सञ्चार सम्पर्कमा आउनुभएन …
चुनावी वर्षका रुपमा लिइएको विक्रम सम्वत् २०७९ साल, अन्ततः राजनीतिक अस्थिरताको पर्याय बनेर बितेको छ। कोरोना भाइरसको त्रासदीपूर्ण अवस्थामा सुरु भएको यो वर्षले रोग, भोक र शोक भन्दा धेरै राजनीतिक अस्थिरताका आधारहरू छाडेर गएको छ। जबकी आम रुपमा चुनावी वर्ष भएकाले यो वर्षले स्थायित्व र विकासको भरपर्दो आधार खडा गर्छ भन्ने आम अपेक्षा थियो। तर राजनीतिक दलले नागरिकमा जागेको आशा र भरोसामा सामान्य मलजल गर्न सकेनन्। यही वर्ष मुलुकको अर्थतन्त्र अहिलेसम्म कै कमजोर अवस्थामा पुग्यो। विज्ञहरूका अनुसार, अर्थतन्त्रलाई थप चलायमान बनाउन सरकारले तत्काल नयाँ कार्यक्रम र योजना ल्याएन भने वर्ष २०८० मा मुलुक टाट पल्टिन पनि सक्छ।
गएको मङ्सिरमा सम्पन्न …
वैशाख १० गते उपनिर्वाचन हुँदै गरेको प्रतिनिधिसभाका खाली भएका तीन क्षेत्रमा क्षेत्र मध्ये बारा क्षेत्र नम्बर २ एक हो। गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव सो क्षेत्रबाट निर्वाचित हुनुभएको थियो। सांसद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनका लागि गत चैत्र २० गते सोमवार विभिन्न राजनीति दल र स्वतन्त्र समेतले मनोनयन दर्ता गराईसकेका छन्। उम्मेदवारी दर्ता पछि दलहरू र स्वतन्त्र उम्मेदवारहरूले मतदातालाई रिझाउन विभिन्न तरवरबाट मत माग्न थालेका छन्। निर्वाचनलाई उपयोग गर्दै आफ्नो दलको सिट संख्या थप्ने आ आफ्नै दाउमा लागेका दलहरूले उम्मेदवारलाई जिताउन केन्द्रस्तरका ठूला नेताहरू बारा २ मा झर्न …
मेरिल्याण्ड राज्यमा बालबालिकाको यौन शोषणको घटना बाहिर आएको छ । मेरिल्याण्ड राज्यका महान्यायाधिवक्ताले ५०० पृष्ठको प्रतिवेदन जारी गर्दै सन् १९४० देखि बाल्टिमोरस्थित रोमन क्याथोलिक चर्चका १५६ जना क्याथोलिक पादरी र वरिष्ठ अधिकारीहरूले ६०० भन्दा बढी बालबालिकालाई यौन दुर्व्यवहार गरेको बताएका छन् । बुधवार जारी गरिएको राज्यको प्रतिवेदनले ८० वर्षसम्म फैलिएको दुर्व्यवहारको दायरा प्रकट गरेको छ र चर्चका अधिकारीहरूले दशकौं सम्म घटनालाई ढाकछोप गरेको आरोप लगाएको छ।
प्रतिवेदनले आर्कडायोसेज भरि चर्चसँग सम्बन्धित पादरीहरू र अरूहरूद्वारा व्यापक दुर्व्यवहार र प्रणालीगत ढाकछोपको लामो इतिहास प्रस्तुत् गरेको छ । चर्चका केही इकाईहरुमा युवाहरूलाई दशकौंदेखि बिभिन्न दुर्व्यवहार गर्नेहरूद्वारा शिकार बनाइएको थियो, तर पादरीहरूले उनीहरुको बचाउमा …