Home » नीति/राजनीति » Page 40
Category:

नीति/राजनीति

रिचर्ड ह्यास

आगामी वर्ष जापान प्रमुख भूराजनीतिक अभिनेताको रूपमा उदय हुनेछ । र, सन् १९७९ मा शाहको पतनपछि पहिलो पटक इस्लामिक गणतन्त्र इरानको भविष्य गम्भीर संकटमा पर्नेछ ।

न्यूयोर्क । अमेरिकी बेसबल खेलाडी लरेन्स योगी बेरालाई भविष्य वक्ताको रूपमा व्यापक उद्धृत गरिएको छ : “विशेष गरी भविष्यको बारेमा भविष्यवाणी गर्न गाह्रो छ।” वास्तवमा उनले भनेको हो वा होइन, तर तर्क जायज छ । जे होस्, यहाँ भर्खर सुरु भएको वर्ष २०२३ को लागि संसारका लागि दश भविष्यवाणीहरू प्रस्तुत छन :

पहिलो – सन् २०२२ को प्रमुख विश्व मुद्धा रहेको युक्रेन–रुस युद्ध यो वर्ष पनि जारी रहनेछ । रसिया र युक्रेन …

सन् २०२३ः  विश्वमा के हुनेछ ?
0 comment
0 FacebookTwitterEmail

सरकारी सेवामा हुने ढिलासुस्तीले सेवाग्राहीले भोग्नुपरेको सास्तीबारे बढेको गुनासो साम्य पार्न गरिएका प्रयास प्रभावकारी देखिएको छ । प्रशासनबाट प्रवाह हुने सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि जिप्रका काठमाडौंले सेवाको प्रकृतिको आधारमा १५ मिनेट देखि १ घण्टा भित्र सेवा प्रवाह गर्न भन्दै टाइम कार्ड लागू गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले लागू गरेको टाइम कार्डबाट धेरै सेवाग्राही लाभान्वित भएका छन् ।

नागरिकलाई चुस्त छरितो, सहज र सरल ढंगबाट सेवा प्रदान गर्नका लागि जिप्रकाले १० वटा सेवामा टाइम कार्ड लागू गरेको छ । बिहीबार देखि नयाँ नागरिकता वितरण, नाबालक परिचयपत्र वितरण सङ्घसंस्था नवीकरण तथा मुद्दाको पेसी तोक्ने विषयमा टाइमकार्ड लागू गरेको जिप्रकाले …

सेवा प्रवाहमा टाइम कार्ड लागू, होला त सरकारी सेवा प्रभावकारी ?
0 comment
0 FacebookTwitterEmail

भ्रष्टाचार राष्ट्रसेवकहरूले गर्ने राष्ट्रविरूद्धको फौजदारी अपराध हो। यिनीहरू राजनैतिक, सामाजिक, नैतिक र कानूनी रूपमा पनि ‘हैसियतवाला’ हुने भएकाले भ्रष्टाचार रूपी अपराधमा संलग्न हुनु अघि वा पछि आफ्नो ‘हैसियत’ जोगाउन दोष मुक्तिका अनेकौं तरिकाहरू अपनाउने गर्छन्।

अपराधशास्त्रमा यस्ता तरिकाहरूलाई ‘न्युट्रलाईजेशन वा र्‍यासनालाईजेशन टेक्निक्स’ भनिएको छ। नेपाली भाषामा यी शब्दहरूको अपराधको ‘सामान्यीकरण’ वा ‘औचित्यीकरण’ भन्न सकिएला। यस लेखमा भने अपराधको ‘बहाना’ भन्ने शब्दले बढी अर्थबोध हुने ठानेर यही शब्दको प्रयोग गरिएको छ।

नेपाली शब्दकोषहरूले पनि ‘बहाना’ को अर्थ देखौवा (देखाउन मात्र) कारण भनेका छन्। भ्रष्टाचारीहरूले पनि नैतिक र कानूनी देखिएर अनैतिक र गैरकानूनी काम गर्नु परेको विरोधाभाषका बीचमा ‘देखौवा कारण’ हरूको प्रयोग …

0 comment
0 FacebookTwitterEmail

कर्णाली, यो नाम सुन्दा जति आनन्द आउछ त्यती यो तीन अक्षरले बनेको कर्णाली अक्षरको भुगोलमा बस्ने मानिसका कथा व्यथा ह्रदयविदारक छन्। सुनि नसक्नुका छन्। कैयौ नागरिक अभाव र दबाबमा बाचिरहेका छन्। एक छाक खान लगाउनकै लागि जिन्दगीनै खुकुरीको धारमा राख्नुपर्ने बाध्यता छ। कर्णालीका सबैजसो मान्छे परिवारको भविष्य बनाउन मुग्लान् पुग्छन्।

त्यसमध्ये एक हुनुहुन्छ, दैलेखको भैरवी गाउँपालिकाका द्रोण न्यौपाने। उमेरले ३३ वर्षको हुनुभयो। घरको आर्थिक अवस्था कमजोर। गाउँघरमा जसोतसो गुजारा चलिरहेको थियो। घरको आर्थिक अवस्था कमजोर भएता पनि खोले साग र सिस्नुसँग भए पनि आफ्नो दैनिकी चलिरहेको थियो।

कहिलेकाही छिमेकी मुलुक भारतमा गएर परिवार गुजरा टार्नुभएको थियो। उमेर बढ्दै गयो। जिम्मेवारी …

0 comment
0 FacebookTwitterEmail

सरल बोलीचाली, सरल लवाइखुवाई। आफ्नो गृहजिल्लाबासीको तनमनमा हुनुहुन्छ हुम्लाको अदानचुलि गाउँपालिका गाउँपालिका –१ कल्खेका रणसिंह परियार।  २०३३ सालमा जन्मिनु भएका रणसिंह परियार ४६ वर्षको हुनुभयो। क्रान्तिकारी स्वभाव रणसिंह समाजमा गरिने जातिय विभेद र थिचोमिचो सहनुहुँदैन।

हुम्लाको विकट भूमिको एउटा सामान्य परिवारमा जन्मिनुभयो। हुम्लाको विकटमा पनि विकट अदानचुली गाउँपालिकाको कल्खे गाउँबाट संघर्ष गरेर कर्णाली प्रदेशसभामा प्रत्यक्ष चुनाव जित्ने दलित समुदायका पहिलो व्यक्ति बन्नुभएको छ। तत्कालीन माओवादी पार्टीका लागि गाउँ घरबाट विद्रोह गरि जनयुद्धमा लामबद्ध हुनुभएका रणसिंहले झण्डै ३० वर्षको कठिन संघर्ष र धैर्यताबाट हुम्लामा दलित समुदायबाट राजनीतिज्ञका रूपमा इतिहास रचेका छन।

१० वर्ष कठिन जनयुद्ध, त्यसपछिको जनआन्दोलनमा सामेल भएपछि …

विद्रोहका प्रतीकः सांसद रणसिंह परियार
0 comment
0 FacebookTwitterEmail

नेपालमा क्रमश लोकतान्त्रिक राजनीतिक वातावरण सुदृढ हुदैँ गएको भए पनि विगतमा झैं यस वर्ष (सन् २०२२) पनि नेपालमा प्रेस स्वतन्त्रता विरोधी गतिविधि जारी रहे। फ्रिडम फोरमले तयार गरेको सन् २०२२ को वार्षिक मिडिया प्रतिवेदन अनुसार प्रेस स्वतन्त्रता उल्लंघनका घटनामा राज्यका निकायहरू नै बढी संख्यामा संलग्न देखिएका छन्। “यस्तो अवस्था लोकतन्त्रको लागि लज्जाको विषय हो” प्रतिवेदनले भनेको छ।

सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा प्रेस स्वतन्त्रता उल्लङ्घनका ४४ वटा घटनाहरू भए। यी घटनाबाट ११९ पत्रकार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। ती मध्ये ११ जना पत्रकार महिला हुन्। फ्रिडम फोरमको अनुगमनबाट प्राप्त तथ्यांकले घटनाको संख्यामा गत वर्ष भन्दा केही कमी देखाए पनि …

0 comment
0 FacebookTwitterEmail

जवाफदेहिता निगरानी समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाएकोमा आपत्ति जनाएको छ । स्वार्थ द्वन्द्व हुने गरी लामिछानेलाई गृहमन्त्रालयको कार्यभार सम्हाल्नु दिएकोमा समितिले आपत्ति जनाएको हो ।

समितिको तर्फबाट संयोजक चरण प्रसाई, ओमप्रकाश सेन ठकुरी, कपिल श्रेष्ठ, डा. मन्दिरा शर्मा, डा. गौरीशंकर लाल दास, कनकमणि दिक्षित, डा. गोपाल सिवाकोटी, सुमन अधिकारी, देवी सुनवार, वीरेन्द्र थपलिया, दिनेश त्रिपाठी, राजुप्रसाद चापागाईं, सवित्री श्रेष्ठ, जनक राउत, इन्द्रप्रसाद अर्याल, महामनिुश्वर आचार्य, बाबुराम गिरी, राजन कुईंकेल, विकास बस्नेत, अनिता थपलिया, भक्त विश्वकर्मा, बद्री भुसाल, रुकमनी महर्जन र रणधीर चौधरीले मंगलबार विज्ञप्ति जारी गरेर आपत्ति जनाएका हुन्।

उक्त  विज्ञप्तिमा भनिएको छ, रवि लामिछानेको गृह …

0 comment
0 FacebookTwitterEmail

नेकपा (माओवादी केन्द्र)का नेता प्रचण्ड नेपालको प्रधानमन्त्री पदमा नियुक्त हुनु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता  पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ।

राष्ट्रपति भण्डारीले मङ्सिर ४ मा भएको संघीय निर्वाचनमा प्रतिनिधि सभामा कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान भए अनुसार दाहाल  प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो।

राष्ट्रपति भण्डारीसमक्ष अध्यक्ष ले नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीसहितका सांसदको हस्ताक्षर पेश गर्नुभए पछि उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको जानकारी राष्ट्रपति कार्यालयले दिएको छ। प्रधानमन्त्री बन्न प्रचण्डलाई ७ दल र तीन स्वतन्त्रको समर्थन …

0 comment
0 FacebookTwitterEmail

सन् २०२२ मा इतिहासमा अहिलेसम्मकै धेरै ५३३ जना पत्रकार संसारभरिका जेलमा बन्दी जिवन विताइरहेका छन्। रिपोर्टस विथआउट बोडर्सले यो वर्षको समीक्षा गर्दै जारी गरेको प्रतिवेदन अनुसार यो वर्ष ५७ जना पत्रकार मारिएका छन् भने ६५ जनालाई बन्धक बनाइएको छ भने ४९ जना पत्रकार हराइरहेका छन्।

अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे ) ले निकालेको अर्को प्रतिवेदन अनुसार सन् २०२१ को तुलनामा २०२२ मा पत्रकारको मृत्युमा ठूलो बृद्धि भएको छ। युक्रेनमा रुसी आक्रमण, हुथी विद्रोहीको आक्रमण र मेक्सिकोमा आपराधिक समूहका बढ्दो हिंसाले पत्रकारितामाथिको खतरा झनै बढाएको छ । सन् २०२२ मा आफ्नो काम गर्दागर्दै २०२१ को तुलनामा ३० प्रतिशत बढी पत्रकारको मृत्यु भएको …

0 comment
0 FacebookTwitterEmail

विभिन्न आन्दोलनको इतिहासका जगमा चुनाव लड्दै आएका दलहरूलाई यसपालिको चुनावको परिणामले राम्रै धक्का दिएको छ। समय कालचक्रसँगै परिवर्तित नेपालको राजनैतिक खण्डमा दलहरूको यसपालिको चुनावी प्रचार प्रसारसँगै आएको यसपालिको परिणाम नेपालको इतिहासमा विशेष रहने छ। किनकि दलहरूले पनि विगतमा भजाउदै आएका ०४६ सालको प्रजातान्त्रिक आन्दोलन, जनयुद्ध र मधेस आन्दोलनको जगभन्दा पनि गठबन्धनकै मुद्दामा चुनावी अभियानमा होमिएका थिए। परिणाम स्वरुप लाखौं युवाले आक्रोश अभिव्यक्त गर्दै केही नयाँ शक्तिहरूलाई अभिमत व्यक्त गर्दै पुराना नेताहरूलाई चेतावनीको सकेत दिएका छन्।
तर यसरी मात्र बुझ्यौ भने त्यो अधकल्चो हुन्छ। गलत हुन्छ। यसमा युवाहरूको आक्रोश मात्र होइन, परिवर्तनको आकांक्षा पनि जोडिएको छ जो आफैँमा धेरै बलियो र …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved