Home » वातावरण/जलवायु » Page 37
Category:

वातावरण/जलवायु

आधा दशक अघिसम्म नेपाल अन्धकारमय थियो।  तर विगत केही वर्षदेखि नेपालले आफूलाई चाहिने बिजुली मात्र उत्पादन गरेको छैन, बरु निर्यात गर्ने बिजुली समेत उत्पादन गर्दै आएको छ। तर गर्मीमा भने नेपालले भारतबाट बिजुली आयात गर्दै आएको छ,  किनकी नेपालका नदीनालामा सुख्खा याममा जलप्रवाह कम हुन्छ।

नेपाल विद्युत प्राधिकरणका अनुसार, नेपालले भारतलाई २०७९ सालको असार मसान्तदेखि भदौ मसान्तसम्म रु ७ अर्ब १९ करोडको विद्युत निर्यात गरेको छ। लोडसेडिङ अन्त्य भएको सुरुका ३ वर्षमा प्राधिकरणले ६५३ मेगावाट विद्युत आयात गरेको भए पनि हाल सुख्खा याममा हुने आयात समेत घट्दै गइरहेको प्राधिकरणका निर्देशक कुलमान घिसिङले सार्वजनिक रुपमा बताउने गर्नुभएको छ।

नेपालका सम्पूर्ण नदिनालालाई

एउटै नदीमा धेरै हाईड्रो- जोखिमको खेती
0 comment
0 FacebookTwitterEmail

एक दशक देखि सिर्सिया नदीको प्रदुषण नियन्त्रण विभिन्न निकायहरूको लागि चासोको विषय बन्दै आए पनि नदि प्रदुषण नियन्त्रणमा खासै सुधार देखिएको छैन। दुइटै स्थानीय चुनाव, संघ र प्रदेशको चुनावमा ‍ सिर्सिया नदिको प्रदुषण नियन्त्रण महत्वपूर्ण मुद्दा  बनेपनि चुनाव पछि मुद्दा सिर्सियाको फोहोर पानीमा नै बगाइनथ्यो। छठपर्वमा मात्र नदिको प्रदुषण केही हदसम्म उद्योगहरूको स्वेच्छाले नियन्त्रण गर्ने बाहेक सँधै नदी प्रदुषित रुपमा बग्ने गरेको छ। यसका पछाडि  वीरगन्ज पथलैया कोरिडोरका उद्योगहरूले कानुनी प्रावधानलाई लत्याउनु नै हो। सबैजसो उद्योगले फोहोर पानी प्रशोधन संयन्त्र वा वाटर ट्रिटमेण्ट प्लान्ट कागजमा मात्रै चलाउने गरेका छन्।

अहिले आएर सिर्सिया नदी प्रदुषण नियन्त्रण अभियानलाई वीरगन्ज महानगरपालिकाले स्थानीय प्रशासनको …

0 comment
0 FacebookTwitterEmail

आजभोलि उमेर बढ्दै गएका मानिसलाई श्वासप्रश्वाससम्बन्धी रोगहरूको किन धेरै च्याप्न थालेको छ?  किन बुढेसकालमा मानिस श्वासप्रश्वास बढी संवेदनशील हुन्छ? 

किनकी उमेर बढेपछि उनीहरूको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। सामान्यतया, धेरैजसोले वृद्धवृद्धाहरूमा घट्दै गएको प्रतिरक्षा प्रणाली (इम्युन सिष्टम) का लागि बढ्दो उमेरलाई जिम्मेवार मान्छन्। तर एक नयाँ अध्ययनले यो सबैको पछाडिको कारक तत्त्व वायु प्रदूषण भएको देखाएको छ। दशकौँसम्म वायु प्रदूषणमा मानिसको रोग प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँदै लाने खुलासा उक्त अध्ययनले गरेको छ।

कोलम्बिया विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको त्यो अध्ययनले मानिसलाई उमेर बढ्दै जाँदा श्वासप्रश्वाससम्बन्धी रोगको जोखिमका लागि दशकौँदेखिको वायु प्रदूषणका बस्नुलाई मानेको छ। नेचर मेडिसिन जर्नलमा प्रकाशित भएको अध्ययनको निष्कर्षका अनुसार

0 comment
0 FacebookTwitterEmail

भुटान, भारत र नेपालका पहाडी समुदायहरूमा पहिरोबाट नियमितता खल्बल्याउने काम भइरहेको छ। जमिनको क्षतिले अर्थतन्त्र, कृषि र बासस्थानलाई नोक्सान पुर्‍याइरहेको छ। विशेष गरी ग्रामीण क्षेत्रका गरिबलाई जीविकोपार्जनका अवसरलाई कठिन बनाउने काम भइरहेको छ। जलवायु परिवर्तनले गर्दा अझ बढी खतरनाक मौसमी घटनाहरू हुने भएकोले आगामी दशकमा दक्षिण एशियामा तटीय तथा पहाडी भूक्षय खराब हुँदै जानेछ।

यो भनाई एशियाली विकास बैङ्कको हो। वृष्टि पद्धतिको परिवर्तन र तापक्रम वृद्धिसँगै जलवायुसँग सम्बन्धित प्रकोपको सम्भावना बढ्नेछ। भारत र बङ्गलादेशका सुक्खा र अर्धभूमिगत क्षेत्रमा खडेरी बढी तीव्र र लामो हुने अनुमान गरिएको छ भने भुटान र नेपालका पहाडी क्षेत्रहरूमा पहिरो र हिमताल बगाएर आउने बाढी धेरै …

0 comment
0 FacebookTwitterEmail

डोजर सडक निर्माणकार्यमा धेरैजसो उचित जल निकासको पूर्ण अभाव, थुप्रै वनस्पतिहरूको जथाभावी विनाश हुनुका साथै लापरवाहीपूर्ण भीरमा माटो खसाल्ने गरेको पाइएको छ। नेपालभर बाढीले हरेक वर्ष जनजीवन, आवासहरू र जीविकोपार्जनका माध्यम नष्ट गर्ने गरेको छ। तर स्पष्ट आँखाले देखिरहेको अर्को विपत्ति प्रकट भइरहेको छ। यो विपत्ति अझ व्यापक छ र यो बाढीको प्रकोपको मूल कारण हो। तर यसलाई प्राय: पूर्णतया बेवास्ता गरिएको छ। यो विपत्ति भनेको सडक निर्माण नै हो।

यो भनाई हो नेपालमा अनुसन्धान गरिरहनु भएका डेन कार्लसनको। उहाँले सडक निर्माणमा डोजरले निम्ताएको विपत्तिबारे द हिमालय टाइम्समा लेख्नुभएको थियो।

“सडक निर्माण” भनेको “विकास—उपचार” होइन, धेरैले त्यही …

0 comment
0 FacebookTwitterEmail

वैदेशिक रोजगारीको विश्वव्यापी प्रवृत्तिलाई हेर्दा पश्चिमा मुलुकहरूले अपनाएको नव–उदारवादी अर्थतन्त्रको विषयबारे चर्चा गर्ने गरिन्छ। नव–उदारवादी अर्थव्यवस्थाले श्रमलाई सञ्चय गरेर राख्न नमिल्ने पुँजीका रूपमा लिने गरेको छ, जसका कारण यसको प्रयोगमा पुँजीपतिहरूको बोलवाला देखिन्छ। १७ औं शताब्दीमा बेलायत, फ्रान्स जस्ता देशले सुरु गरेको औद्योगिकीकरण कार्लमार्क्स समयसम्म आइपुग्दा युरोपमा औद्योगिक साम्राज्य खडा भएको थियो। जसको फलस्वरूप, युरोपका ग्रामीण भेग, एसिया, अफ्रिका लगायतका स्थानबाट मानिसहरू युरोपका उद्योग धन्दा भएका मुलुकसम्म रोजगारीका लागि आउने प्रवृत्ति स्थिति थियो। तत्कालीन अवस्थालाई मनन गरेर पुँजीपतिको पञ्जाबाट वा उद्योगपतिको शोषणबाट बाहिर आउन मार्क्सले आह्वान गरे। वैदेशिक रोजगारी भनी किटान नगरे पनि संसारभरका मजदुरहरू …

0 comment
0 FacebookTwitterEmail

यो सडकको बीचमा बेहोरेको चुल्ठेनामा दलितका ५ घर थिए, पहिरोको जोखिम भइरहेकोले २ घर सुरक्षित स्थानमा सरे, खेती भने चुल्ठेनामा गरिरहे। बाँकी रहेका ३ परिवार त्यहीँ जेनतेन गुजारा गरिरहे, खेतीले दुई महिना पनि खान नपुग्ने हुनाले ज्यालामजदुरीमै बाँचिरहेका छन्। पढदापढदै गरेका १२ वर्षका नानीहरूलाई दिल्लीतिर रोजगारीको लागि पठाएका छन्। उनीहरूका माटोढुङ्गाको गारो र खर (फुस) को छानो भएका ससाना झुपडी थिए। माटे सडकमुनि भिरोलोम रहेका तीनैवटा झुपडी पनि २०७२ सालको भूकम्पले चिरचिरा पार्‍यो, गाउँलेहरूको सदाशयता र निर्वाचित वडाको सिफरिसमा पाएको सरकारी अनुदानबाट पक्की जस्तापाताको छानो भएका चिटिक्क परेका घर बनाए। तर उनीहरूको यो खुसी धेरै दिन टिकेन। उनीहरूकै घरमाथिको कच्ची …

0 comment
0 FacebookTwitterEmail

मनसुन सकिनै लाग्दा असोजको अन्तिम साता परेको पानीका कारण कर्णाली प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिराले पुर्‍याएको क्षतिको प्रारम्भिक अध्ययन थालिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट खटिएका टोलीले अध्ययन सुरु गरेका हुन्। प्राधिकरणले कर्णालीका हुम्ला, जुम्ला, मुगु र कालिकोट जिल्लामा भएको क्षति र नोक्सानीको प्रारम्भिक अध्ययनका लागि वरिष्ठ इञ्जनियरहरूको नेतृत्वमा चारवटा टोली परिचालन गरेको जानकारी दिएको छ।

हुम्लाका लागि स्ट्रक्चरल इञ्जिनयर देवराज पौडेल, जुम्लाका लागि जिओटेक इञ्जिनियर पवनबाबु बास्तोला, मुगुका लागि जिओटेक इञ्जिनियर हरिश पनेरु एवं कालिकोटका लागि जिओटेक इञ्जिनियर विराश मल्लको नेतृत्वमा टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

सबै टोलीले आफू खटिएका जिल्लाका जिल्ला विपद् व्यवस्थापन …

कर्णालीमा बाढी र पहिराको असरको अध्ययन
0 comment
0 FacebookTwitterEmail

मनसुन सकिने बेलामा आरीघोप्टे पानी परेर मुलुकको पश्चिमी भाग तहसनहस भएको केही समय पछि नै देशमा चुनाव भइरहेको छ। हामीले खासै वास्ता नगरेको जलवायु परिवर्तनको असर नेपाल वा समग्र दक्षिण एसियाको वर्षा प्रणालीमा परिसकेको छ। तर हामीमा गम्भीरता देखिएको छैन।

प्राकृतिक वातावरण तथा जैविक विविधतामा पर्ने प्रतिकुल वातावरणीय प्रभाव न्यूनीकरण गर्न तथा जलवायु परिवर्तनको चुनौतीलाई  सामना गर्नका लागि पर्यावरणीय विषयलाई उच्च राजनैतिक प्राथमिकतामा राखिनु पर्छ। नेपालको लामो राजनीतिक संक्रमणमा वातावरणीय संरक्षणको क्षेत्रमा अत्यन्तै कम ध्यान गएको देखिन्छ। जनस्वास्थ्यका लागि समेत गम्भीर चुनौती बनेको वातावरण प्रदूषणलाई हामीले उच्च प्राथमिकताको राजनीतिक एजेन्डा बनाउनु आवश्यक भइसकेको छ।  वातावरण संरक्षण र पर्यावरणीय सन्तुलनलाई राजनीतिको …

0 comment
0 FacebookTwitterEmail

यसपालिको दसैँमा धेरै पानी परेर हिले दसैँ भएको गुनासो गर्नेहरूले बल्ल जलवायु परिवर्तनले कस्तो असर गर्दैछ भनेर बुझ्न थालेका छन्। तर यो जलवायु परिवर्तनका लागि हामी कति जिम्मेबार छौ? अनुसन्धानले पृथ्वीमा भइरहेको जलवायु परिवर्तनका लागि धनीहरूका तुलनामा हामी गरिब देशका मानिस अलि कम जिम्मेवार भएको देखाएको छ।

नेचर सस्टेनेबिलिटी जर्नलमा प्रकाशित अध्ययन अनुसार सन् १९९० देखि विश्वमा हुने कुल उत्सर्जनको २३ प्रतिशतका लागि विश्वका एक प्रतिशत स्रोतसाधन सम्पन्न मानिस जिम्मेवार रहेको देखाएको छ। अर्कोतर्फ,  विश्वको सबैभन्दा पिछडिएको ५० प्रतिशत जनसंख्याको कुरा गर्ने हो भने, उनीहरू १६ प्रतिशत उत्सर्जनका लागि मात्र जिम्मेवार छन्।

तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने हो

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved