Home » साहित्य/कला/संस्कृति » Page 25
Category:

साहित्य/कला/संस्कृति

समसामयिक नेपाली चित्रकला क्षेत्रमा अत्यधिक चर्चित कलाकार हुनुहुन्छ– किरण मानन्धर। कलाकार किरण मानन्धर विविध शीर्षक र विषयवस्तुमा कूची चलाउनुहुन्छ। त्यस्तै उहाँ निकै द्रूत गतिमा काम गर्नुहुन्छ। स्वतस्फूर्त ढङ्गले रङलेपन तथा तुलिका सञ्चालन गर्ने कलाकर्ममा पनि उहाँ सशक्त हुनुहुन्छ। उहाँको रङको चयन र संयोजन निकै आक्रामक हुने गर्छन्।

कलारचनाको प्रारम्भमा उहाँका क्यानभासहरू आकृतिविहीन जस्ता लाग्छन् तर कामले पूर्णता लिने बेलासम्ममा अनायास तिनमा मानव वा अन्य जैविक आकृतिहरू देखापर्छन्। यो नै कलाकार मानन्धरको शैलीगत विशेषता हो। उहाँले प्रत्यक्ष अवलोकन गरिरहेका दर्शकलाई कति छिटो त्यति सुन्दर चित्र बनाएका होलान् भन्ने खुल्दुली जगाउनुहुन्छ।

यही साउन ८ गतेदेखि उहाँको पछिल्लो एकल कलाप्रदर्शनी सिद्धार्थ आर्ट ग्यालरी, …

हिन्दू देवीदेवताका आकृतिका साथमा तुलिकाका जादुगर किरण मानन्धर
0 comment
0 FacebookTwitterEmail

काठमाडौं उपत्यकाको दक्षिण–पश्चिम मातातीर्थक्षेत्रको एउटा डाँडालाई पर्यटकीय स्थलको रूपमा विकास गर्ने योजनाअनुसार केही वर्षअघि काम अगाडि बढाउने क्रममा बुद्धको मूर्ति स्थापना गर्ने भनी चन्दा संकलन गर्न थालियो। कुनै पनि धार्मिक आस्थासँग खासै सरोकार नभएको उक्त समूहले बुद्ध मूर्ति राख्ने सोच बनाउनुको अन्तर्य बुद्धको मूर्ति राख्ने भन्यो भने निर्माण कार्यमा चन्दा उठाउन सजिलो हुन्छ भन्ने मनसाय मात्रै थियो। चन्दा उठायो पनि तर पछि बुद्धको मूर्ति नभएर महादेवको मूर्ति राख्ने सोच बन्यो। बुद्ध वा महादेवको मूर्ति के राख्ने भन्ने सवालमा तिनीहरू दुबै धर्म–दर्शनसँग खासै लगाब राख्नेहरू भने थिएनन्। बुद्ध वा महादेवमध्ये जसको मूर्ति राखे पनि केही फरक नपर्ने सोच राख्ने अर्को समूह …

धर्मको बर्काेमा पर्यटनकाे खेला
0 comment
0 FacebookTwitterEmail

सुदूरपश्चिमको साँगीतिक पहिचान देउडाले नै बोकेको छ। देउडाका भाका गुन्जिँदा हुरुक्क हुनेको यहाँ कमी छैन्। त्यसमा पनि ठाडी भाखाका देउडा मनपराउने जमात अझैपनि छ। देउडाको मौलिक ठाडी भाखाबाटै चर्चाको शिखरमा पुगेका लोकप्रिय देउडा गायक हरिशचन्द्र कडायत बुधबार सदाका लागि अस्ताउनु भएको छ। देउडा गायक हरिशचन्द्रले देहलीला त्याग गरेपछि सुदूरपश्चिममा ठाडी भाखाको मेरुदण्डनै भाँचिएको छ।

‘कर्णालीका भेल, कालीको लड्कन्या माछो कर्णालीका भेल…।’ देउडा गायक हरिशचन्द्रको नाम लिनेबित्तिकै सबैले सम्झने चर्चित गीतहरू मध्ये एक हो यो। देउडा प्रस्तुतीमा ठेट शैलीका धनी हरिशचन्द्रको निधनको खबरले सुदूरपश्चिमको साँगीतिक क्षेत्रमा स्तब्धता छाएको छ। ठाडी भाखाका औँलामा गन्न सकिने देउडा गायकमध्ये हरिशचन्द्र एक हुनुहुन्थ्यो।

विकटमा जन्मिएको

भाँचियो ठाडी भाखाको मेरुदण्ड 
0 comment
0 FacebookTwitterEmail

विगत दुई वर्षदेखि प्रोस्टेट क्यान्सरबाट पीडित डा. रामकुमार भौकाजीको अस्ति श्रावण ५ गते बिहीबार बिहान दुखद निधन भयो। अविवाहित भौकाजी नेपाली कलामा अलग धारका कलाकार हुनुहुन्थ्यो। नेपाली चित्रकला र कलालेखनमा उहाँको विशेष योगदान रहेको छ। “मेरो नेपाल” शीर्षक नै राष्ट्रिय भावनाले भरिएको अर्थात् आफ्नो जन्मभूमिप्रतिको हार्दिक भावनाले ओतप्रोतले अभिव्यक्त चित्रकला आफैँ एक अनुपम सिर्जनात्मक कर्म हो भन्ने उहाँको भनाइ थियो। यस कलाकर्ममा आफू लामो समयदेखि संलग्न रहँदै आएको बताउँदै केही चित्रहरू सङ्कलन गरेर सिर्जित ‘मेरो नेपाल’ शीर्षक श्रृङ्खलाहरू वि.सं. २०३८ सालमा मस्कोमा एकल कलाप्रदर्शनी गर्नुभएको थियो। त्यहाँदेखि यहाँसम्म आइपुग्दा उहाँले गत २०७६ सालमा आफ्नो जन्मथलो रामेछाप, साँघुटार बजारमा ग्राफिक चित्रहरूको …

अलबिदा ‘चित्र–कलाकार विशेषज्ञ’ डा. रामकुमार भौकाजी
0 comment
0 FacebookTwitterEmail

पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एउटा विशाल मूर्ति बनेको छ, गौतम बुद्धको हाउभाउ वा आकृति दर्शाउने गरी। बनाइएको मूर्ति गौतम बुद्धकै हो तर बेढङ्गको। आजभोलि नेपालमा बुद्धको बेढङ्गका मूर्तिहरूको निर्माण गर्ने प्रवृत्ति देखिएको छ। एक समय सुन्दर र कलात्मक मूर्ति निर्माणमा कहलिएको नेपाली कला अहिले ह्रासोन्मुख छ। केही अघिबाट अर्को प्रवृत्ति पनि देखिएको छ– बुद्धले मूर्तिपूजाको विरोध गरेका थिए तर विश्वमा उनकै मूर्ति बढी बन्छ भन्ने पाण्डित्याइँ छाँट्ने। यिनीहरू यसो भन्न पनि बाँकी राख्दैनन्– बुद्धले ‘मेरो मूर्ति नबनाउनू, पूजा पनि नगर्नू। भगवान्‌को मात्रै मूर्ति बनाएर पूजा गर्ने हो, म भगवान् होइन’ भनेका थिए रे!

बुद्ध र भगवान् बारेको यो भनाइ सर्वथा गलत …

मिक्लाजुङमा बेढङ्गको मूर्ति: छैनन् बुद्ध बुद्धजस्ता
0 comment
0 FacebookTwitterEmail

लैंगिक न्याय र स्वतन्त्रतामा आफ्नो विश्वासको प्रतीक कालीको छविलाई एक महिला निर्देशकले आफ्नो कुरा भन्नका लागि छनौट गरिन। त्यसको विरोधमा इन्टरनेटमा आगो ओकलिरहेका यी ‘आस्थावान’ हरू महिलाहरू स्वतन्त्रताको यो उन्मुक्त चित्रणबाट डराएका हुन त? वा कालीको स्वतन्त्रताको पक्षमा नारीले गरेको कुराले उनीहरूलाई अप्ठ्यारो परिरहेको छ?

“त्यसपछि अम्बिकाले ती शत्रुहरूप्रति ठूलो क्रोध प्रकट गरिन्। त्यतिबेला रिसले उनको अनुहार कालो भयो। निधारमा आँखीभौंहरू माथि उठेका थिए, र त्यहाँबाट तुरुन्तै तरबार र पासो बोकेकी विकरालमुखी काली देखा परिन। उनी मालाले सजिएकी थिइन्। उनको शरीरको मासु सुकेको थियो, हड्डीको संरचना मात्र थियो, जसले गर्दा उनी निकै डरलाग्दो देखिइन। उनको मुख एकदमै ठूलो थियो, मुखबाट …

कालीको दिगम्बर र स्वतन्त्र स्वरूपबाट तर्सेकाहरू
0 comment
0 FacebookTwitterEmail

पाटनका मल्लकालीन नेवार राजा सिद्धिनरसिंह मल्लले मन्दिर, मूर्ति तथा वास्तुकलाका साथै अमूर्त कलातर्फ समेत धेरै रूचि लिए। हरेक वर्ष पाटन दरबार परिसरमा कात्तिक नाच नचाउने तथा शास्त्रीय सङ्गीतमा भजनहरू गाउन लगाउने परम्परा बसाले। चारसय वर्ष पूर्वका कृष्णका भक्त कवि राजाले कृष्णप्रतिको आस्थाबाट प्रेरित भई नेवार भाषामा थुप्रै भक्ति गीतहरू रचना गरे। ती गीतहरूमा प्रयोग गरिएका कतिपय शब्दहरू विभिन्न भाषाबाट आएको देखिएको हुँदा उपत्यका बाहिरका कला, संस्कृति, एवम् भाषाको प्रभाव उनीमा परेको बुझ्न सकिन्छ। उनले धेरै गीति कविता रागमालाको रूपमा लेखे। ती भक्तिगीतहरू विभिन्न ऋतु र पर्व सुहाउँदो रागमा त्यो बेलादेखि अद्यापि गाइने चलन छ।

ती भजनहरूलाई सङ्कलित गरी रागमाला सिर्जना …

सिद्धिनरसिंह मल्लका गीतमालामा आधारित चित्रकला
0 comment
0 FacebookTwitterEmail

विश्व सम्पदा सूचीमा रहेको काठमाडौं उपत्यकाका सातै सम्पदा स्थल अलि खुला केन्द्रको रूपमा रहेका छन्। सातमध्ये तीन मध्यकालीन ऐतिहासिक दरबार क्षेत्र भए पनि ती मन्दिर तथा कलाकृतिले भरिपूर्ण छन्। मानव बस्ती भित्रै रहेका यी सम्पदा स्थलमा एका बिहानैदेखि स्थानीय जनजीवनको चहलपहल सुरु हुन्छ र यो क्रम राति अबेरसम्म कायम रहन्छ। स्वदेशी तथा विदेशीहरूको घुमफिर तथा अध्येताहरूको अध्ययनले यी स्थलहरूको महत्ता दर्साउँछ। यी सम्पदा स्थलमा अनेक क्रियाकलाप भइरहेका हुन्छन् जसले सम्पदा क्षेत्रलाई जीवन्त राख्छन् तर कतिपय क्रियाकलाप अवाञ्छनीय हुन्छन्– तिनलाई रोक्नु अति आवश्यक छ।

पाटन दरबारक्षेत्रमा (२०७९ साल असार १४ गते मंगलबार) केही किशोरहरूको एउटा समूह पार्कर गर्न आए। दौडधुप गर्ने, …

सम्पदास्थल पार्कर खेल्ने ठाउँ होइन
0 comment
0 FacebookTwitterEmail

हिजोआज मोटर भन्ने बित्तिकै सार्वजनिक यातायातका साधन भनेर मानिसले नबुझ्न सक्छन्। भण्डै चार दशकअघि भाडाका यातायात सेवा चलाउन धरानमा आधा दर्जन मोटर कम्पनीहरू खुलेका थिए। मोटर गाडीका व्यवसायसँग भाषा–साहित्यको कुनै साइनो हुने कुरा पनि भएन।

‘धरानको साहित्यिक इतिहासमा भने तिनै मोटर कम्पनीहरूले पहिलो स्थान ओगटेका छन्’– नेपाली लेखक संघका केन्द्रीय सदस्य भीष्म काफ्लेको भनाइ छ। धरानमा आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्म जयन्ति मनाउँदै बुधवार भानुभक्तको सालिक स्थापनाका दिनहरूको सम्झना गरियो। धरानमा भानु जयन्ति मनाइदै आएको भानुभक्तको सालिक र भानुचौक मोटर कम्पनीहरूले बनाइदिएका हुन्।

त्यस बेलाको भानुभक्तीय भाषा मोटरबाट गाडी, बस, सवारीसम्म आइपुगेको छ। भाषा प्रयोगमा आएको बदलाव जस्तै सलिकको …

भानुजयन्ति विशेष: मोटर कम्पनीहरूले बनाइ दिएको धरानको भानुचोक
0 comment
0 FacebookTwitterEmail

तपाईलाई स‌ंसारको कुनै कुनाको जानकारी चाहियो भने गुगलबाट डाउनलोड गर्न सक्नु होला तर भाषा, संस्कृति, सम्पदा, सभ्यता डाउनलोड गरेर प्राप्त गर्न सक्नुहुन्न। हाम्रो भाषा र संस्कृति चाहिँ अन्धविश्वास अनि अङ्ग्रेजी भाषा र संस्कृतिचाहिँ विज्ञानसम्मत हो भन्ने मानसिकताले हाम्रा भाषाको ज्ञान पश्चिमी भाषिक परम्पराको छायामा परेको छ।

 

भाषा संस्कृतिको वाहन हो । आमाबाट प्राप्त गरेको भाषा त्यस भूमिको संस्कृति हो। हाम्रा गाउँघरका दोहोरी, सङ्गिनी  हाक्पारे,  साकेवा,  देउसी, भैलो, व्रतकथा, पुराण र परम्पराका कथा भाषा हुन्। घाँस, दाउरा, मेलापातमा भोक, खुसी र विरहका कथाले भाषा बाँचेको हुन्छ। सम्पदाभित्र भाषा, साहित्य, संस्कृति, सभ्यता सबै पर्छन् । भाषा मर्दा सम्पदा मर्छ । पहिचान …

खाना, भाषा र संस्कृति बचाउन सम्पदा ज्ञान बैक आवश्यक
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved