द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—२८
सत्यवतीलाई यदि महाभारतको कथा या इतिहासबाट पन्छाउने हो भने सम्पूर्ण महाभारत ग्रन्थ निरस हुनेछ। महाभारतका सम्पूर्ण राजकीय जीवनमा देखिएका जीवनका परिभाषाहरू फरक फरक तरिकाले बुझाउने कोसिस भएको छ। पारम्परिकरुपमा खेलिने नयाँ नयाँ खेलहरूमा र समयले खेल्ने नयाँ नयाँ नियतिको खेलका बारेमा बुझ्नका लागि सत्यवतीको जीवनलाई केलाएर हेर्दा नबुझिने छैन ……
करिब ६ दशकका राजासँग विवाह भएपछि मत्स्यगन्धा या योजनागन्धा सत्यवती भइन्। दरबारकी महारानी भइन्। दरबारमा रानी बनाएर ल्याउने भएपछि उनको नामाकरण सत्यवती भएको हुनुपर्छ। नत्र एउटा धीवरकी छोरी, त्यसमा पनि माछाको पेटबाट जीवित निस्किएकी, जसको नाम नै थिएन र उनको शरीरको गन्धका आधारमा नाम रह्यो …
