समाजमा विभिन्न थरीका मान्छे हुन्छन्। प्रायः मान्छे पैसा कसरी कमाउने भन्ने सोच्छन्। पैसा कमाएपछि उनीहरूको सोच ऐसआरामको जिन्दगी बिताउने, घुमफिर गर्ने आदि–इत्यादि हुन्छ। तर पर्साका ‘बिजुली बा’ अर्थात् आशबहादुर गुरुङको रुचि भने फरक छ। भारतीय सेनाबाट रिटायर्ड भएका उनी दीनदुःखीको सेवामा तल्लीन छन्।
भारतीय सेनाको असम राइफलबाट रिटायर्ड भएका ७६ वर्षीय गुरुङ पर्सा ठोरका युवाहरूका लागि सम्मानित र परिचित नाम हो। सेवानिवृत्त जीवन बिताइरहेका उनको रुचि गाउँको विकाससँगै मानव सेवामा देखिएको छ। यही सेवाले चर्चा पनि उत्तिकै चर्चा हुने गरेको छ।
गुरुङकै अथक प्रयासपछि भारतीय महावाणिज्य दूतावासको आर्थिक सहयोगमा ठोरी गाँउमा नै पहिलोपटक ठोरी गाउँमा विद्युतीय सेवा पुगेको थियो। सिंगो गाउँ नै विद्युतीकरण भएपछि स्थानीयले उनलाई ‘बिजुली बा’ सम्बोधन गर्न थालेका हुन्। विद्युतीकरण अभियानपछि पर्साको ठोरीमा एक दशकदेखि वृद्धाश्रम सञ्चालन गरी मानव सेवामा खटिएका गुरुङले विभिन्न आर्थिक दाताहरूको सहयोगमा वृद्धवृद्धा तथा असहायलाई सहारा दिइरहेका छन् ।
२०६८ सालमा स्थापना भएको सो आश्रममा आफन्त नभएका, सुस्त मनस्थिति र शारिरिक रूपमा अशक्तहरूलाई सेवा दिने गरिएको छ। ठोरीको भगवान् नगरमा सञ्चालित उक्त आश्रममा ७ जना महिला र ९ जना पुरुषले सेवा लिइरहेका छन्। यीमध्ये अधिकांश शारिरिक रुपमा अशक्त छन् ।
वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले सहयोग गरेको एम्बुलेससमेत आश्रममा राखी समाजसेवी गुरुङले स्थानीयलाई सेवा प्रदान गर्दै आएका छन्। ‘दाताहरूको सहयोग र नपुगेको बेला आफूले पाउने पेन्सन हालेर आश्रम चलाउँदै आएको छु,’ गुरुङले भने ।
सेनानिवृत्तिपछि पनि दिनदुःखीकै सेवामा जुटिरहेका ‘बिजुली बा’ अर्थात् आशबहादुर गुरुङलाई यतिबेला आश्रम सञ्चालन गर्न भवनको अभाव महसुस भएकोे छ। उनी भन्छन्, ‘कोही दाता भेटियो भने नयाँ भवन बनाउन हुन्थ्यो ।’
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
- पञ्चायत, प्रजातन्त्र र गणतन्त्रमा ‘प्रहरी तन्त्र’ !
- मधेसीलाई अपहेलित गरेको भन्दै वीरगन्जमा चीनको विरोध
- इस्लाम प्रति चीनको दोहरो नीति: ‘तालिबानसँग साठगाँठ, उइगुरको नरसंहार’
- बीरगन्जको किङ्गस् क्यासिनो: पर्यटन विभागको नियम लत्त्याउँदै अवैध सञ्चालन
- पर्सामा बालिका बलत्कार, बिचौलियाको सक्रियतामा मुद्दा दबाउने प्रयास भएको आरोप
- मेयर संम्लग्न किर्ते नागरिकता प्रकरण: एक हप्ता देखि जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन
- शिविर लगाएर धार्मिक ठगी, पक्राउ पर्ने सूचना पाएपछि फरार भए काली कम्बल
- उपेन्द्र यादवको चर्को बिरोध पछि जसपा सरकारमा नजाने सङ्केत
- दलाई लामा र चिसिँदै गएको अमेरिका चिन सम्बन्ध !
- क्याम्पसको नवनिर्मित भवनमा गाई गोठ, भवन निर्माणमा अनियमितता भएको आरोपपछि ठेक्कापट्टाको फाइल नै गायब
