वीरगन्जको छपकैयामा भएको हत्यामा संलग्न भएको एक युवकलाई प्रहरी सार्वजनिक गरेको छ। शुक्रवार हत्या गरिएकी ब्युटिसियन पुनमदेवी सराफको हत्यामा संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्साले एक युवकलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा आइतबार आयोजित पत्रकार सम्मेलन हत्यामा वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैया बस्ने २५ वर्षीय इमरान मियाँलाई सार्वजनिक गरिएको थियो ।
गगनदेव साहकी पत्नी ४० वर्षीय पुनमदेवी सराफ, शुक्रवार बिहान घरभित्र रक्ताम्मे अवस्थामा अचेत फेला परेपछि उपचारको क्रममा उनको नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो ।
इमरानले पुनमदेवीको हत्या आफैँले गरेको स्वीकारोक्ति बयान दिएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताउनु भयो। जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा इमरान मियाँ लागु पदार्थ दुर्व्यसनी रहेको अनुसन्धानबाट खुलेको शाहले बताउनुभयो ।
शुक्रवार बिहान ३ बजे तिर चोरी गर्ने उद्देश्यले घरको झ्यालबाट इमरान घरभित्र प्रवेश गरेको वेला पुनमदेवी कोठाभित्र सुतेको भेटेका थिएँ। तर त्यस लगतै पुनमदेवी उठेपछि जम्काभेट भएको थियो। त्यसपछि दुवै जना बिच घम्साघम्सी भएको थियो । सोही क्रममा इमरानले फलामको रडले पुनमदेवीको टाउकोमा चार पटक प्रहर गरेपछि रक्ताम्मे भएपछि इमरान भाग्न सफल भएको बयानका क्रममा प्रहरीलाई बताएका थिए ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले शनिवार मृतक पुनमदेवीले ब्युटी पार्लर सञ्चालन गरेको घरधनीका छोरालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । तर हत्यामा उनको संलग्नता नदेखिए पछि उनलाई रिहा गरिएको प्रहरी उपरीक्षक शाहले पत्रकार सम्मेलनमा जानकारी दिए । पक्राउ परेका इमरानलार्ई भने पर्सा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
- पर्सामा बालिका बलत्कार, बिचौलियाको सक्रियतामा मुद्दा दबाउने प्रयास भएको आरोप
- मेयर संम्लग्न किर्ते नागरिकता प्रकरण: एक हप्ता देखि जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन
- शिविर लगाएर धार्मिक ठगी, पक्राउ पर्ने सूचना पाएपछि फरार भए काली कम्बल
- उपेन्द्र यादवको चर्को बिरोध पछि जसपा सरकारमा नजाने सङ्केत
- दलाई लामा र चिसिँदै गएको अमेरिका चिन सम्बन्ध !
- क्याम्पसको नवनिर्मित भवनमा गाई गोठ, भवन निर्माणमा अनियमितता भएको आरोपपछि ठेक्कापट्टाको फाइल नै गायब
- किर्ते नागरिकता प्रकरण: सूचना माग्दा प्रमाण गायब, प्रमाण लुकाउन १० लाखको चलखेल भएको आशङ्का
- वीरगन्जको एक सहकारीमा महानगरपालिको सिलबन्दी, जीवी राईलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन
- मेयर जोडिएको किर्ते नागरिकता प्रकरण: छानबिन गर्न समिति गठन
- नक्कली बाबु बनेर नागरिकता दिने वीरगन्ज महानगरपालिका प्रमुख सिंह विरुद्ध उजुरी दर्ता