भारतबाट अवैध रुपमा भित्र्याइएको १५ हजार थान नमूना मतपत्र सहित पर्साको जानकीटोला नाकाबाट एक भारतीय पक्राउ परेपछि उक्त मतपत्र कसले मगाएको भनेर आरोपप्रत्यारोप सुरु भएको छ। ती नमूना मतपत्र सहित भारत बिहारको नरकटिया ग्राम पञ्चायत वडा नम्बर १४ घर भएका ४० वर्षीय इजाजत अहमदलाई प्रहरीले पक्राउ गरेको हो ।
भारत बिहारबाट बीआर २२ डब्लु ८००२ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नमूना मतपत्र बोकेर जानकीटोला नाका हुँदै मंगलबार छिरेका अहमदलाई जानकीटोला नाकामा खटिएको प्रहरीले पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरिले बताउनुभयो।
नेपालमा मंसिर ४ मा हुन गइरहेको निर्वाचनका लागि भारतमा छापिएको नमूना मतपत्र गैरकानूनी रुपमा नेपालमा भित्र्याउँदै गरेको अवस्थामा पक्राउ परेका अहमदलाई इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखिएको गिरीले बताउनुभयो।
प्रनाउ गिरिले भन्नुभयो, ‘ कुन दल वा कुन उम्मेदवारको लागि अहमदले त्यति धेरै मतपत्र भारतबाट ल्याएका हुन् ? यस बारे केही खुल्न सकेको छैन , अनुसन्धान जारी छ।’
भारतीय सीमासँग जोडिएको पर्साको क्षेत्र नम्बर ४ का अधिकांश बुथलाई सुरक्षा समितिले संवेदनशील भएको भन्दै सुरक्षा व्यवस्थालाई कडा बनाइएको पर्साको प्रहरी प्रमुख रमेश बस्नेतले बताउनु भयो ।
अवैध रुपमा भित्रियाइएको मतपत्र सहित पक्राउ परेका भारतीय नागरिक अहमदलाई कुन ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाउने विषयमा प्रमुख जिल्ला अधिकारी र प्रमुख निर्वाचन अधिकृतसँग समन्वय भइरहेको पनि गिरिले जानकारी दिनुभयो।
कांग्रेसको चुनाव चिन्ह रूख बाहेक अन्य सबै दलको चुनाव चिन्ह रहेकाले ती मतपत्रहरू पर्सा क्षेत्र नम्बर ४ का नेकपा एमाले र जसपाका उम्मेदवारहरूले मगाएको हुन सक्ने नेपाली कांग्रेसका युवा नेता राकेश यादवको आरोप छ । यादव भन्नुहुन्छ, ‘ एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार जालीम मियाँ र जसपाका प्रदेशसभा सदस्य उम्मेदवार सिंहासन साह कलवारले नै चुनावमा धाँधली गर्न भारतबाट फर्जी मतपत्र मगाएका हुन सक्छ ।’ मंसिर ४ गते हुने चुनावमा पर्सा क्षेत्र नम्बर ४ बाट एमाले जसपाको गठबन्धन हार्ने निश्चत भएको कारण उनीहरूले चुनावमा धाँधली गर्ने उद्देश्यले त्यति ठुलो संख्यामा मतपत्र मगाएको युवा नेता यादवको आरोप छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
- पर्सामा बालिका बलत्कार, बिचौलियाको सक्रियतामा मुद्दा दबाउने प्रयास भएको आरोप
- मेयर संम्लग्न किर्ते नागरिकता प्रकरण: एक हप्ता देखि जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन
- शिविर लगाएर धार्मिक ठगी, पक्राउ पर्ने सूचना पाएपछि फरार भए काली कम्बल
- उपेन्द्र यादवको चर्को बिरोध पछि जसपा सरकारमा नजाने सङ्केत
- दलाई लामा र चिसिँदै गएको अमेरिका चिन सम्बन्ध !
- क्याम्पसको नवनिर्मित भवनमा गाई गोठ, भवन निर्माणमा अनियमितता भएको आरोपपछि ठेक्कापट्टाको फाइल नै गायब
- किर्ते नागरिकता प्रकरण: सूचना माग्दा प्रमाण गायब, प्रमाण लुकाउन १० लाखको चलखेल भएको आशङ्का
- वीरगन्जको एक सहकारीमा महानगरपालिको सिलबन्दी, जीवी राईलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन
- मेयर जोडिएको किर्ते नागरिकता प्रकरण: छानबिन गर्न समिति गठन
- नक्कली बाबु बनेर नागरिकता दिने वीरगन्ज महानगरपालिका प्रमुख सिंह विरुद्ध उजुरी दर्ता