बिहानको शिरशिरे बतास र यताउतीका हरिया डाडापाखाले मनमा अनेकन शब्दहरूको वर्षा भइरहेको थियो। बसन्त ऋतुको आगमनले हुँनै आटेर होला रुख विरुवाले पनि नयाँ पहिरन पहिरिने तरखरमा थिए।
खोली किनारै किनार यात्रा नाभिस्थान पुग्यो। जहाँ केही समय अघि मात्र राउटेले आफ्नो बासस्थान बनाएका थिए। बस्तिमा पुग्दा निकै रमाईलो थियो। कर्णाली र सुदुर पश्चिम प्रदेश आसपासमा फिरन्ते जीवन बिताउदै आएका राउटे समुदाय पछिल्लो समय आफ्नै पेशालाई निरन्तरता दिन थालेका थिए।
समुदायका केही महिलाहरू घर आँगन सफा गर्दै थिए। कोही अस्थाई घर निर्माण गर्नमा व्यस्त देखिन्थे। अन्य राउटे पुरुषहरू काठका विभिन्न सामाग्री बनाउन तल्लिन देखिन्थे समुदायका राउटे युवा जंगल पुगेर काठ दाउरा बोकेर बस्तिमा पुग्दै भारी बिसाउदै थकान मेट्दै थिए। राउटे युवती भने नजिकैको खोलाको पानी टाउकोमा राखेर बस्तितिर आउदै थिए। दृश्य हो दैलेखको भैरवी गाउँपालिका १ नाभिस्थान।
पहिले बस्तिमा पुग्ने बित्तिकै मदिरा पिएर यत्र तत्र पल्टिएर बस्ने राउटे समुदायमा पछिल्लो समय उनीहरू आफैमा आफूलाई पुरानै रुपमा फर्किने प्रयत्न गरिरहेका देखिन्थे। पहिले बिहानबाट साँझसम्म मदिरामा लिप्त हुने राउटे समुदाय पछिल्लो समय पुरानै पेशामा मोह बढाउन लागि परेका छन्। मदिराकै कारण आफूहरूको जनताले ज्यान गुमाएकोले हामी आफ्नै पुरानै इलमलाई निरन्तरता दिने मुखिया सुर्य नारायण शाही बताउनुहुन्छ। मदिरा पिएर हाम्रो जनताले र हामीले धेरै दुःख पायो,”मुखिया शाहीले भन्नुभयो, “अब हामी र हाम्रो जनताले मदिरा पिउदैन। हामी आफ्नै पेशामा फर्किन्छु। नयाँ युवाहरूलाई सीप पनि सिकाउछु हामीले।”
पहिले बस्तिमा नबसेर गाउँ गाउँ र पसल पसल डुल्ने राउटे समुदाय अहिले बस्तिमा काठबाट बन्ने विभिन्न भाडाकुडा बनाएर मात्र सामान बेच्न अन्य समुदायको बस्तिमा जान थालेका छन्। केही समय अघि दिउँसो बस्तिनै खाली गरेर सबैजना बजार जान्थे भनेको नमान्ने राउटे समुदाय अहिले आफ्नै पेशामा निरन्तर लागेर काठका सामाग्री बनाउन थालेको राउटे समुदायमा कार्यरत शिक्षक लालबहादुर खत्री बताउनुहुन्छ। पहिले सबैजना बाहिर नजाउ भनेर भन्दा पनि मान्दैनन् थिए,”उहाँले भन्नुभयो, “पछिल्लो केही समय यता मदिरा पिउन पनि छोड्दै गएका छन्। आफ्नो काममा ब्यस्त हुन थालेका छन्।
झन्डै १० वर्षमा मदिराले गर्दा राउटे बस्तीमा ६१ जनाको ज्यान गुमाएका छन्। अहिले यहाँको राउटे समुदायका ४० घरमा १ सय ४२ जना राउटे रहेको राउटे बस्तिमा कार्यरत अनमी अमृता रोकायले बताउनुभयो। राउटेले अहिले मदिराको प्रयोग कम गर्दै गएपछि सहज भएको बताउनुभयो। बस्तीमा खाना कम र मदिराको प्रयोग बढी भएकाले राउटेको जनसंख्या घट्दै गएकाले यो अभियान सुरु गर्न आफूहरूले प्रेरणा दिएको उहाँको भनाइ छ।
“पहिले भनेको पनि नमान्ने। त्यस्ले गर्दा गाह्रो भयाको थियो बस्तिमा। मन्छे मर्दै गएपछि मर्न भन्दा छोड्न ठिक भनेर अहिले हाम्रो जन्ताले मदिरा नपिउने गरेको” मुखिया मैन बहादुर शाही बताउनुहुन्छ। “मर्नुभन्दा छोड्नु ठिक भनेर पिउन छोड्यौ”, उहाँले भन्नुभयो, “हाम्रो जनताले मदिरा पिउन छोडेपछि अहिले रामणो भयाको छ।”
“पहिले भनेको पनि नमान्ने। त्यस्ले गर्दा गाह्रो भयाको थियो बस्तिमा। मन्छे मर्दै गएपछि मर्न भन्दा छोड्न ठिक भनेर अहिले हाम्रो जन्ताले मदिरा नपिउने गरेको” महामुखिया मैन बहादुर शाही बताउनुहुन्छ। “मर्नुभन्दा छोड्नु ठिक भनेर पिउन छोड्यौ”, उहाँले भन्नुभयो, “हाम्रो जनताले मदिरा पिउन छोडेपछि अहिले रामणो भयाको छ।”
मंसिरमा मंसिर पुर्णिमा परेकाले भत्ता सबै बाख्रा कुखुरा किनेर मनाएर सबै पैसा खर्च गरे। अहिले उनीहरूलाई पैसाको अभाव भएर पो होकि मदिरा नपिएको भन्ने शङ्का लागेको खत्री बताउनुहुन्छ।
राउटे बस्तिका नारायण शाहीको मदिरा पिएर बस्तिमै जलेर मृत्यु भएपछि राउटेहरू मदिराको लत हटाउदै गएको शिक्षक खत्री बताउनुहुन्छ। “नारायण शाहीको मृत्युपछि राउटे समुदायले समुदाय मदिराको लत हटाउदै गएका छन्,”उहाँले भन्नुभयो, “मंसिर पुर्णिमामा उनीहरूले धुमधामसँग मनाउछन्। त्यही मंसिर पुर्णिमामा भएको पैसा सक्याए। पैसा सकिएर पनि मदिरा पिएका छैनन् भन्ने लागेको छ। अब मदिरा छोडे नछोडेको पैसा आए थाहा हुन्छ।”
सरकारले एकमुष्ठ रुपमा हातमा थमाएपछि कता फालौ के गरौँ हुने भएकाले पनि मदिरामा खर्च गर्ने गरेको खत्री बताउनुहुन्छ। “एक महिनाको एकपटक मात्र भत्ता वितरण गरेको भए सायद उनीहरूले मदिरा सधैका लागि त्याग्ने थिए” उहाँले भन्नुभयो।
अहिले राउटे समुदायसँग पैसा कम भएकाले काठको सामाग्री बनाउन कसिएका छन् । अहिले पैसाको अभाव पनि छ। पैसा धेरै आयो भने काठ बनाउनमा जाँगर नलाउने गरेको खत्रीको भनाई छ।
“बीचमा परेको चाडमा विभिन्न बाख्रा कुखुरा लगायतका रासनहरू ल्याउने काम गरे। पैसा सकियो। मंसिर पुर्णिमा धुमधामसँग मनाउने। साउने संक्राति, दशै र मंसिर पुर्णिमा धुमधामसँग मनाउछन्। सक्नेले एउटा नत्र दुइटा बाख्रा किन्छन्। प्रत्येक एकजना पुरुष बराबर एउटा कुखुरा किनेर चाड पर्व मनाउने गरेका छन्” शिक्षक खत्री बताउनुहुन्छ। “राउटे मुखियालाई मासिक रुपमा भत्ता दिएपछि उनीहरूले रासन भत्ताा किनेर खर्च गर्थे,” उहाँले भन्नुभयो, “तर, एकैपटक पैसाको मुठो आउदा उनीहरूले खर्च ठाउँ गर्ने पाउँदैनन्। जस्ले गर्दा मदिरामा पिउन पुन सुरु गर्छन् भन्ने शङ्का लाग्छ।”
यस भन्दा पहिले मदिरा पिए पछि तपाईहरूको भत्ता रोकिन्छ भनेर उनीहरूलाई भनेर मदिरा पिउन केही हदसम्म रोकेको खत्रीको भनाई छ। “भत्ता नआउने हो कि मदिरा पिएपछि भन्ने डरले उनीहरूले कम कम गर्दै आएका छन्,”उहाँले भन्नुभयो, “तर, जब एकैपटक सबै भत्ता आउछ त्यो बेला भनेको नमानेर पुन मदिरा पो पिउँछन् कि भन्ने शङ्का लागेको छ। अहिले त आफ्नै पुरानो पेशामा लागेका छन्। निरन्तर रुपमा।”
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
जितेन्द्र थापा/सुर्खेत का अन्य पोस्टहरु:
- कृषिलाई शत्रु ठान्ने राउटे समुदाय कृषिमै रमाउँदै
- विश्वासले प्राप्त गरेको सफलता
- भूकम्प पीडित -‘ओछ्याउने छ, शरीरमा लगाउने कपडा छैन’
- छोरा खोरमा, परिवार त्रिपालमा
- ‘ हामीलाई बचाउ सरकार! चिसोले मर्ने भयौँ ।’
- भूकम्पमा बाँचेकाहरूको पुकार ‘हे ईश्वर, पानी नआइज। पानी परेपछि त हामी बाँच्दैनौँ।’
- पीडामा पनि राजनीति, पहुँचका आधारमा राहत
- पशु बस्ने खोरमा १३ वर्षदेखि बन्धक हेमराज, तर किन?
- विषादी प्रयोग गर्न छोडेपछि कसरी भयो कृषि उत्पादनमा वृद्धि
- प्लास्टिकका भाँडासँग हार्दै गाउँघरका काठका ठेकी