छठ अगावै मुआब्जामा सहमतिः सुख्खा बन्दरगाहको आन्दोलन स्थगित

अनिल तिवारी

वीरगन्ज सिर्सिया सुख्खा बन्दरगाह (ड्राइपोर्ट) अगाडि चलिरहेको आन्दोलन स्थगित भएको छ । आन्दोलनकारीहरूले राखेको तिन बुँदे माग पुरा गर्ने आश्वासन पछि आन्दोलन स्थगित भएको हो । सिर्सियावासीले छठ अगावै सबै मुआब्जा पाउने आश्वासनमा आन्दोलन स्थगित गरिएको सङ्घर्ष समितिका अध्यक्ष अशोक चौधरीले बताउनु भयो । पीडितहरूले धर्ना स्थगित गरेपछि सुक्खा बन्दरगाहको कामकाज बिहीबार साँझदेखि सुचारु भएको छ ।
तिन बुन्दे माग राख्दै आइतबार देखि वीरगन्ज स्थित सिर्सिया सुक्खा बन्दरगाह अगाडि सिर्सियावासीले आन्दोलन गरेका थिए । बुधवार देखि आन्दोलन कडा गरेपछि बन्दरगाहको सबै आर्थिक कारोबार थप्प  भएको थियो ।
बिहीबार साँझ मुआब्जा सङ्घर्ष समितिका पदाधिकारी र  भन्सार प्रमुख डाक्टर रामप्रसाद मैनालीबिच भएको वार्तामा तीन बुँदे माग पुरा गर्ने सहमति पछि धर्ना स्थगित भएको हो ।
सरकारी उदासीनताको कारण ७ वर्षमा पनि मुआब्जा विवाद नसुल्झिएको भन्दै सिर्सियावासीले आन्दोलनलाई बुधवारदेखि कडा पारेका थिए ।सरकारी उदासीनताले आफूहरूलाई आन्दोलन गर्न सरकारले बाध्य बनाएको स्थानीयको आरोप थियो ।
अधिग्रहणको प्रक्रियामा रहेको कूल ६२ बिघा जग्गाको ९ सय २० कित्ता जग्गा मध्ये हालसम्म ४० बिघा जग्गाको ८ सय २३ कित्ता जग्गाको गरी करिब ४ अर्ब ५० करोड रुपैयाँ मुआब्जा वितरण भएको छ । १३ बिघा जग्गाको मात्र करिब २ अर्ब ३६ करोड रुपैयाँ मुआब्जा वितरण हुन बाकी रहेको छ ।
घर, रुख, कृषि, पोखरी, चापाकल आदिको पनि मुआब्जा दिनु पर्ने तर त्यसको सर्भे नै हुन पाएको छैन । बक्यौता सबै रकम एक पल्टमै पाउने पर्ने,स्ववासी जग्गाको मुआब्जा पाउनु पर्ने,२।५ प्रतिशतबाट वृद्धि गरिएको ५ प्रतिशत लाभकरको रकम सरकारले फिर्ता गर्नु पर्ने माग स्थानीयको छ ।
गत मङ्गलवार नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् उक्त क्षेत्रका सांसद अजय कुमार चौरसियाले   मुआब्जा वितरणमा सरकारी उदासीनताले सिर्सियावासी ठुलो मारमा परेको भन्दै संसद्को ध्यानाकर्षण गराएका थिए ।
सिर्सिया सुख्खा बन्दरगाह वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेकोको कार्यालय हो । उद्योग ,वाणिज्य तथा आपूर्ति मन्त्री पर्सा जिल्लाकै नेपाली काँग्रेसका नेता रमेश रिजाल भए पनि आफूहरूको समस्या प्रति उदासीन रहेको आरोप आन्दोलनकारीको छ ।
वार्तामा बाँकी मुआब्जा छठ पर्व अगावै सम्बन्धित जग्गाधनीहरूलाई वितरण गरिने लगायतका तीन बुँदे सहमति भयसँगै आफूहरूले धर्ना स्थगित गरेको मुआब्जा पीडित सङ्घर्ष समितिका संयोजक अशोक चौधरीले बताए ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
छठ अगावै मुआब्जामा सहमतिः सुख्खा बन्दरगाहको आन्दोलन स्थगित
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link