निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लङ्घन गर्दै पर्सामा कयौं कर्मचारीहरू चुनावी प्रचार प्रसारमा लागेको देखिएको छ । प्रचार प्रसार उत्कर्षमा रहेको वेला सम्बन्धित दलको नेता कार्यकर्ता लगायत उम्मेदवारका आफन्तहरू समेत घरदैलो लगायत विभिन्न कार्यक्रमलाई तिव्रता दिएका छन् । निर्वाचन आयोगले सरकारी तलब भत्ता खाने सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधि समेतलाई प्रचारप्रसारमा लाग्नबाट प्रतिबन्ध लगाए पनि केही जनप्रतिनिधि तथा सरकारी कर्मचारीहरूबाट आचारसंहिताको उल्लङ्घन गर्ने कार्य व्यापक रुपमा भइरहेको छ ।
निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्ने माथि निगरानी बढाइएको दाबी गरीरहेकै बेला पर्सामा दर्जनौँ कर्मचारी तथा जनप्रतिनिधिहरू उम्मेदवारहरूको पक्षमा भोट माग्दै हिँडेको फोटो समेत सामाजिक सञ्जाल भाइरल भएको छ। केही कर्मचारीहरूले त टोली नै बनाएर उम्मेदवारहरूको पक्षमा भोट मागी रहेको समाचारहरू समेत विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशित भए पनि उक्त आचारसंहिता उल्लङ्घन बारेमा निर्वाचन कार्यालय पर्सालाई जानकारी नभएको जनाइएको छ ।
पूर्व मन्त्री एवम् पर्सा क्षेत्र नम्बर १ का जनता समाजवादी पार्टीका उम्मेदवार प्रदिप यादवकी जेठी श्रीमती पिन्की यादवले समेत आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ । उहाँ वीरगन्ज महानगरपालिका अन्तर्गत श्रीनेरा प्राथमिक विद्यालयमा कार्यरत शिक्षिका हुनुहुन्छ । उहाँले आफ्ना श्रीमान्का लागि केही शिक्षकहरूको टोली सहित मत मागीरहेको फोटोहरू आफ्नै समाजिक सञ्जालमा हाल्नु भएको थियो। ति तस्बिरहरू स्थानीय सञ्चार माध्यमहरूमा प्रकाशित भएको छ।
पिन्की यादव प्रदिप यादवको चुनाव प्रचार प्रसारमा लागको थाहा भए पनि उहाँ शिक्षिका हो भने आफूहरूलाई थाहा नभएको निर्वाचन कार्यालय पर्साकी प्रमुख रञ्जिता झाले बताउनु भयो । प्रमाण सहित उजुरी वा कुनै प्रमाणित जानकारी आए प्रचार प्रसारमा लाग्ने कर्मचारी र उम्मेदवार दुवैलाई सुरुमा एक हप्ते स्पष्टीकरण सोध्ने र उचित जवाफ न आए कार्यवाही अगाडि बढाउने कार्यालय प्रमुख झाको भनाइ छ।
पिन्की यादव लगायत अरु शिक्षिकाहरूले समेत चुनाव प्रचार प्रसारमा लागेको बारे वीरगन्ज महानगरपालिकाका शिक्षा महाशाखाका एक अधिकृतसँग सोध्दा केहि शिक्षकहरू प्रचार प्रसारमा लागेर गल्ती गरिरहेको गुनासो आएको र छानबिन भइरहेको बताउनु भयो। श्री नेरा प्राथमिक विद्यालय मनियारीका प्रधानाध्यापक गम्भीर यादवले उक्त विद्यालयमा पिन्की यादव राहत दरबन्दी तर्फको शिक्षिका रहेको बताउनु भयो । उहाँ विद्यालयमा पढाउन छाडेर आफ्नो श्रीमान्को प्रचार प्रसारमा लागेको बारे सोध्दा आफु केही दिन देखि विद्यालय नगएकोले जानकारी नभएको बताउनु भयो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
- पञ्चायत, प्रजातन्त्र र गणतन्त्रमा ‘प्रहरी तन्त्र’ !
- मधेसीलाई अपहेलित गरेको भन्दै वीरगन्जमा चीनको विरोध
- इस्लाम प्रति चीनको दोहरो नीति: ‘तालिबानसँग साठगाँठ, उइगुरको नरसंहार’
- बीरगन्जको किङ्गस् क्यासिनो: पर्यटन विभागको नियम लत्त्याउँदै अवैध सञ्चालन
- पर्सामा बालिका बलत्कार, बिचौलियाको सक्रियतामा मुद्दा दबाउने प्रयास भएको आरोप
- मेयर संम्लग्न किर्ते नागरिकता प्रकरण: एक हप्ता देखि जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन
- शिविर लगाएर धार्मिक ठगी, पक्राउ पर्ने सूचना पाएपछि फरार भए काली कम्बल
- उपेन्द्र यादवको चर्को बिरोध पछि जसपा सरकारमा नजाने सङ्केत
- दलाई लामा र चिसिँदै गएको अमेरिका चिन सम्बन्ध !
- क्याम्पसको नवनिर्मित भवनमा गाई गोठ, भवन निर्माणमा अनियमितता भएको आरोपपछि ठेक्कापट्टाको फाइल नै गायब
