तिलोत्तमामा गुट्का प्रतिबन्ध, साकार होला त?

चन्द्रकान्त खनाल/रूपन्देही

रुपन्देहीको तिलोत्तमानगरपालिकाले वातावरणको क्षेत्रमा पाँच घोषणा गरेको छ । नगरपालिकामा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाई अभियान; १०० औं श्रृंखलामा पुगेको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको मूल समारोहमा नगरप्रमुख रामकृष्ण खाँणले वातावरणसँग सम्बन्धित पाँच वटा घोषणा गर्नुभएको हो ।

नगर प्रमुख खाँणले वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान प्रारम्भ भएको, नगरमा हर्न निषेध गरिएको, पशु दर्ता प्रणाली सञ्चालनमा ल्याइएको, फोहरमैलाको वर्गीकरण सुरु गरिएको र गुट्खाजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको घोषणा गर्नुभयो। घोषणालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै जाँदा वातावरणमैत्री नगरपालिका निर्माणमा थप टेवा पुग्ने नगर प्रमुख खाँणको भनाइ छ ।

फागुन २५ गतेबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बुधबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै पूर्व उपप्रधान तथा अर्थमन्त्री एवं प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले सरसफाई अभियानमा आसपासका अन्य पालिकाहरूलाई समेत जोड्न तिलोत्तमा लाई आग्रह गर्नुभयो ।

सरसफाई, विकास निर्माण र अन्य सामाजिक विषयमा तिलोत्तमाले आफ्नो विशिष्ट पहिचान बनाएको बताउँदै पूर्व उपप्रधान तथा अर्थमन्त्री पौडेलले विकासको पक्षमा सबै जनप्रतिनिधिहरू एकै ठाउँमा रहेको स्पष्ट पार्नुभयो ।

यस्तै प्रतिनिधिसभा सदस्य एवं प्रथम तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेले नेपालले दीगो विकास लक्ष्यका लागि जनाएको प्रतिबद्धता पूरा गराउन पनि सरसफाई अभियान हरेक पालिकाले चलाउनु पर्नेमा जोड दिनुभयो ।

आफ्नो कार्यकालमा सुरु भएको सरसफाई अभियानलाई निरन्तरता दिएकोमा नगरपालिकाको नेतृत्वप्रति आभार व्यक्त गर्दै उहाँले तिलोत्तमालाई अब तरकारीमा आत्मनिर्भर बनाउँदै प्रारङ्गारिक खेतीमा जोड दिन सुझाव दिनुभयो ।

बाग्मती सरसफाई महाअभियानका संयोजक एवं पूर्व मुख्य सचिव लिलामणि पौडेलले फोहोरमैला व्यवस्थापनमा कोहीपनि बाधक बन्न नहुने बताउँदै संस्कार बदल्न सके मात्र फोहारमैलाको दीगो व्यवस्थापन हुने बताउनुभयो । उहाँले सबै कर्तव्यनिष्ट भएर काम गर्दा हरेक अभियान सफल हुने बताउँदै फोहोर कम उत्पादन, पुनःप्रयोग र प्रशोधनमा समेत ध्यान पु¥याउनु पर्ने बताउनुभयो ।

सो अवसरमा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईं्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय लगायतले साझा समस्या समाधानका लागि अन्तरपालिका समन्वय हुनु पर्ने बताउनुभयो ।

तिलोत्तमा नगरप्रमुुख रामकृष्ण खाँणको अध्यक्षता,उपप्रमुख जागेश्वरी चौधरीको स्वागत र कार्यपालिका सदस्य सुरेन्द्र श्रीको सञ्चालमा भएको मूल समारोहमा जनप्रतिनिधि, राजनीतिक दल, टोल विकास संस्था, शिक्षक, कर्मचारी, खानेपानी संस्था, सिंचाई प्रणाली, वन, टोल विकास संस्था, व्यवसायिक संघ संस्थाका प्रतिनिधिहरू लगायतका सयौं नगर वासीको सहभागिता रहेको थियो ।

सो अवसरमा हरियाली प्रवद्र्धन तथा नगर सरसफाई अभियान प्रारम्भ गरी संस्थागत गराउन महत्वपूर्ण काम गरेकोमा पूर्व नगर प्रमुख वासुदेव घिमिरे र विभिन्न संघ संस्थाहरूलाई सम्मान गरिएको थियो ।

यी हुन् तिलोत्तमाले वातावरण सम्बन्धी गरेका पाँच घोषणा 
वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान
तिलोत्तमा नगरपालिकाले वातावरणको क्षेत्रमा बुधबार गरेका पाँच घोषणाहरूमध्ये वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान प्रमुख रहेको छ । नगर प्रमुख रामकृष्ण खाँणले वातावरणमैत्री समाजको सिर्जनाद्वारा नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक हकलाई सुनिश्चित गर्न वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान सुरु भएको घोषणा गर्नुभएको हो ।
वातावरण र विपद् व्यवस्थापनको क्षेत्रमा हालसम्म प्राप्त उपलब्धीलाई संस्थागत गराउँदै नेपाल सरकारले जारी गरेको वातावरणमैत्री स्थानीय शासन प्रारुप—२०७८ मा उल्लेखित वातावरणमैत्री स्थानीय शासनका बाँकी सूचकहरू पूरा गराउने कार्यक्रमहरू आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश गरी कार्यान्वयन गर्ने प्रतिबद्धता नगर प्रमुख खाँणले व्यक्तगर्नुभयो । उहाँले प्रारूपमा प्रस्तावगरिएका सूचकहरू हासिल गर्न सम्पूर्ण नगरबासीदेखि नेपाल सरकारका विभिन्न निकाय, प्रदेश सरकार, अन्य स्थानीयतह, विकास साझेदार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एवम् निजी क्षेत्रबाट यथोचित समन्वय, सहकार्य र प्रोत्साहन प्राप्त हुने विश्वास समेत व्यक्त गर्नुभयो ।
हर्न निषेधित नगरपालिका घोषणा
सवारीसाधनको हर्नबाट बढ्दो ध्वनि प्रदूषणलाई नियन्त्रण गरी वातावरणमैत्री समाजको निर्माण गर्न तिलोत्तमा नगरपालिकालाई बुधबारबाट हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । यो घोषणासँगै अनावश्यक रुपमाहर्न बजाई नगरको शान्ति भङ्ग गर्ने कार्यलाई निरुत्साहित गरिनुको साथैं एम्बुलेन्स, सुरक्षाकर्मी, शवबाहन, दमकललगायत आकस्मिक प्रयोजनमा गुड्नेबाहेकका सवारीसाधनलाई हर्न प्रयोग गर्न निषेध गरिएको नगर प्रमुख खाँणले बताउनुभयो ।
फोहरमैलाको वर्गीकरण गर्ने कार्य प्रारम्भ
फोहोरमैला संकलन तथा व्यवस्थापन कार्यलाई दीगो र वैज्ञानिक बनाईं वातावरणमैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वय नगर्न बुधबारबाट तिलोत्तमा नगरपालिकामा फोहरमैलाको स्रोतमैं वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग—अलग रुपमा संकलनगर्ने कार्य प्रारम्भ भएको छ । फोहोर वर्गीकरण कार्य प्रारम्भ भएको जानकारी गराउँदै नगर प्रमुख रामकृष्ण खाँणले अबकादिनमाआफ्नो घर, व्यवसायिक प्रतिष्ठान, उद्योगधन्दा, कलकारखाना, होटल रेष्टुरेन्ट, कार्यालयलगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग—अलग डष्टबिनको व्यवस्था गर्नु तथा डाइपर, स्यानेटरी प्याड तथा शिशाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोहीअनुरुप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरबासीमा अनुरोध गर्नुभयो ।
गुट्खा प्रतिबन्ध
तिलोत्तमा नगरपालिकाले गुट्खा प्रकृतिका सुर्तीजन्य पदार्थको सेवनले जनस्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहोरले नगरको सौन्दर्यतामा समेत असर पारेकोले नगरबासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखेर बुधबारबाट नगरपालिकामा सबै प्रकारका गुट्खाजन्य पदार्थको बिक्री—वितरणमा प्रतिबन्ध लगाएको छ । अब उप्रान्त नगरमा गुट्खाजन्यपदार्थको उत्पादन, बिक्री—वितरण र ओसारपसार गरेको पाइएमा स्थानीय कानुनअनुसार दण्ड—जरिवानाहुने नगर प्रमुख खाँणले उल्लेख गर्नुभयो ।
पशु दर्ता प्रणाली शुभारम्भ
तिलोत्तमा नगरपालिकाले बुधबारबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ । घर–गोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सडकमा पु¥याइरहेको अवरोधले हुनसक्ने दूर्घटना, कृषिबालीको नोक्सानी तथा फोहर नियन्त्रण गर्न पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको नगर प्रमुख खाँणले जानकारी गराउनुभयो । यसको माध्यमबाट नगरबासीको घर–गोठमा पालिएका सबै पशु चौपायाको लगत अद्यावधिक गरी कुकुरपालन अनुमतिपत्र तथा पशुदर्ता प्रमाणपत्र समेत अनलाइनबाटैं लिन सकिने नगरपालिकाले जनाएको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link