बाराको सदरमुकाम कलैयामा होटलका कर्मचारीहरूलाई भ्याइ नभ्याई छ । पहिले सुनसान जस्तै हुने कलैयाका सेकुवा पसलहरू अहिले भरि भराउ हुन थालेका छन् । होटलमा आउने अधिकांश दलका नेता वा कार्यकर्ताहरू नै अहिले होटलका ग्राहक हुने गरेका छन् । बैशाख १० गतेको उपनिर्वाचन नजिकिँदै जाँदा मधेस प्रदेशको राजनैतिक ध्यानाकर्षण बारा तिर केन्द्रित हुँदै गएको छ ।
चुनावी क्षेत्रका प्राय सबै घरघरमा मत माग्दै मासु बाढ्ने तथा टाेल टाेलमा अहिले पनि भाेज गर्दै हिड्ने उम्मेदवार तथा कार्यकर्ताहरूले आचारसंहिताको धज्जी उडाइरहेका छन् । यस्ताे विकृति रोक्न निर्वाचन कार्यालयले कुनै पहल गर्न नसकेकाे समाजसेवीकाे गुनासाे छ ।
केन्द्रीय देखि प्रदेश सरकारका मन्त्री हुँदै सबै …