Home » Archives for अनिल तिवारी /वीरगञ्ज » Page 8
Author

अनिल तिवारी /वीरगञ्ज

पर्साको मालपोत कार्यालय तीन अधिकारी लगायत एक दर्जन भन्दा बढी अधिकारीहरू अख्तियारको कारवाहीमा परेर निलम्बनमा भएपछि अधिकृत बिहिन भएको छ। यो कार्यालयमा कुनै पनि अधिकृत आउन तयार नभएकोले पनि यसको हाकिम अहिले सुब्बा साब छन्।

कार्यालयका एक कर्मचारीले भने ‘अवस्था गम्भिर छ, वीरगञ्जको नाम सुन्नै बितिकै कर्मचारी आउनै मानिरहेको छैनन, उपसचिव स्तरको कार्यालय प्रमुखको दरबन्दी भएपनि प्रमुखहरू आउने र केहि महिना बसेर टाप कस्ने गरेका छन्। ’ त्यही भएर सेवाग्राहीको सबै भन्दा बढी चाप हुने मालमोत कार्यालय पर्साको अवस्था लथालिङ्ग र भताभुङ्ग छ।  तर पनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन। जिल्लाका जनप्रतिनिधिहरूकै उदासिनताको कारण  पर्सा जिल्लामा मालपोत कार्यालयको एउटा …

0 comment
0 FacebookTwitterEmail

जिल्ला प्रहरी कार्यालय पर्साले माघ महिनासम्म ३० वटा लागू पदार्थको मुद्दा दर्ता गरेको छ।  भारतको रक्सौलबाट वीरगञ्ज ल्याइएका अधिकांश लागूऔषध वीरगञ्ज भन्सार वा आइसीपी कार्यालयको चेकजाँज भएर नै आएको प्रहरीकै अनुसन्धानले देखाएको छ।  केहि समय देखि नेपाल भारत बीच बढेको अबैध कारोबारले गर्दा हुन्डीको कारोबार समेत यो नाकामा फस्टाएको छ।

नेपाल भारतबीचको सबै सीमा नाकामा सँगै खटिएका जनपथ र सशस्त्र प्रहरीले सधैँ कडा चेकजाँच गर्दै आएपनि करोडौँका समानहरू वीरगञ्ज आसपास क्षेत्रको गोदामबाट प्रहरीले छापा मारेर पक्राउ गर्दै आएको छ।पुष महिनामा मात्र ६ करोडभन्दा बढीको तस्करीका समानहरू पर्सा प्रहरीले बरामद गरी आवश्यक कारबाहीका लागि राजश्व कार्यालयमा बुझाएको छ।
यति मात्र होइन, …

0 comment
0 FacebookTwitterEmail

आजकाल हरेक बिहान ठिक ९बजेर ५५ मिनेटमा पर्साको जिल्ला प्रशासन कार्यालयको आँगनमा राष्ट्रिय झन्डा नजिकै साउन्डबक्समा म्यूजिक बज्न थाल्छ। सरकारी कार्यालयको परिसरमा धुन बजेको  देखे पछि कामका लागि आउन थालेका सेवाग्राही पनि त्यतै लाग्छन्। विस्तारै त्यहाँ रहेको कार्यलय प्रमुखको कार्यकक्ष भवन मुनि सबै कर्मचारी पनि लाइनमा उभिन थाले।

कार्यालय परिसरमा पस्नै लागेका कर्मचारी पनि ठिक १० बजे पङ्तिमा उभिन हतारिदै आएको दृश्यले पनि नव आगन्तुक सेवाग्राहीको ध्यान गजबले केन्द्रित गरिरहेको हुन्छ। १० बजे राष्ट्रिय गान बज्छ अनि सबै कर्मचारी तथा कार्यालय परिसरमा उपस्थित सेवाग्रही समेत राष्ट्रिय गानमा सहभागी हुन्छन्।राष्ट्रिय गान सकेपछि सबै कर्मचारीहरु आ–आफनो फाटमा लाग्छन्।यसरी प्रत्येक दिन जिल्ला प्रशासन …

0 comment
0 FacebookTwitterEmail

टिकटकमा सक्रिय हुनुहुन्छ भने पोखरा र भैरहवा इन्टरनेशनल एयरपोर्ट अगाडि नाँचेर रमाइलो गरेको देख्नु भएकै होला। तर त्यहाँबाट कति विमान उड्छन् ? कति विमान उत्रिन्छन् ? अर्बौ लगानी भएका ती इन्टरनेशनल एयरपोर्टहरू टिकटक खिच्न बनाइएको त पक्कै होइन। चीनको आर्थिक र सैनिक स्वार्थ पूर्ति नबुझ्ने र भारतीय सुरक्षा चासोमा ध्यान नदिने हो भने के यी विमानस्थल चल्ला त ? यी प्रश्नको उत्तर नखोज्दै नयाँ नेपाल सरकार निजगढमा जंगल फाडेर नयाँ विमानस्थल बनाउने भनेर उफ्रन थालिसकेको छ।

कति हतारो हो। यही चटारो देखाउनु भयो कामरेड प्रचण्डले। प्रधानमन्त्री भएको एक हप्ता नबित्दै कामरेड प्रचण्डले पोखरा इन्टरनेशनल एयरपोर्टको उद्‌घाटन गर्नुभयो।  नयाँबर्ष २०२३ लाई …

0 comment
0 FacebookTwitterEmail

सत्ताधारी गठबन्धनमा सहभागी भएको मधेसी दललाई भागवण्डाको सकस बढदै गएको छ। ‘चोक्टा खान गएकी बुढी झोलमा परी’ जस्तै उपेन्द्र यादव नेतृत्वको जनता समाजबादी पार्टी र सिके राउतको जनमत पार्टीलाई भएको छ। सत्ता साझेदारका रुपमा सहभागी भएको जनमत पार्टीका एक मन्त्री प्रधानमन्त्रीसँगै सपथ लिए पनि मन्त्रालयको कार्यभार बुझेका छैनन। सोमबार यसको टुङ्गो लगाउने कुरा छ।
यता उपेन्द्र यादवलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धलाई बलियो बनाउन आग्रह गरिसक्नु भएकोछ। जसपाका अध्यक्ष उपेन्द्र यादवसँगको भेटमा ओलीले त्यस्तो आग्रह गर्नुभएको हो । तर उपेन्द्रको पार्टी भित्रै बिजोग छ। सत्ता भागबन्डाको सकस छ। परिणाम स्वरुप जनता समाजवादीका नेता अशोक राई र अध्यक्ष …

0 comment
0 FacebookTwitterEmail

नेपाली र भारतीय रुपैयाँ बिच हुने अवैध सटहीमा ऐतिहासिक उछाल आएको छ। दशकौँ देखि महँगो रहेको भारतीय रुपैयाँ हुन्डी तथा अवैध सटही कारोबारमा ऐतिहासिक ह्रास भएकोले आर्थिक जगतमा ठूलो भूकम्प आएको छ। मुलुकको संघीय राजधानी काठमाडौँ देखि आर्थिक राजधानी वीरगञ्जका बजारमा भारतीय रुपैयाँ भन्दा नेपाली रुपैयाँ २ देखि ५ रुपैयाँ महँगो भएको छ। वीरगञ्ज तथा काठमाडौँमा १ लाख ५८ हजार नेपालीमा १ लाख भारुको पाइने गरेको एक व्यापारीले बताए। उनले भने, ‘भारतको दिल्ली, मुम्बई, कलकत्ता लगायतका ठूला सहरमा हुन्डीको माध्यमबाट पैसा चाहियो भन्ने १ लाख ५५ हजार नेपालमा दिएँ भारतीय एक लाख पाइन्छ।’ भारतबाट नेपालमा अप्रत्याशित रुपमा अवैध कारोबारका रकमहरू …

हुन्डीमा किन भइरहेको छ भारतीयभन्दा  नेपाली रुपैयाँ महँगो ?
0 comment
0 FacebookTwitterEmail

विभिन्न आन्दोलनको इतिहासका जगमा चुनाव लड्दै आएका दलहरूलाई यसपालिको चुनावको परिणामले राम्रै धक्का दिएको छ। समय कालचक्रसँगै परिवर्तित नेपालको राजनैतिक खण्डमा दलहरूको यसपालिको चुनावी प्रचार प्रसारसँगै आएको यसपालिको परिणाम नेपालको इतिहासमा विशेष रहने छ। किनकि दलहरूले पनि विगतमा भजाउदै आएका ०४६ सालको प्रजातान्त्रिक आन्दोलन, जनयुद्ध र मधेस आन्दोलनको जगभन्दा पनि गठबन्धनकै मुद्दामा चुनावी अभियानमा होमिएका थिए। परिणाम स्वरुप लाखौं युवाले आक्रोश अभिव्यक्त गर्दै केही नयाँ शक्तिहरूलाई अभिमत व्यक्त गर्दै पुराना नेताहरूलाई चेतावनीको सकेत दिएका छन्।
तर यसरी मात्र बुझ्यौ भने त्यो अधकल्चो हुन्छ। गलत हुन्छ। यसमा युवाहरूको आक्रोश मात्र होइन, परिवर्तनको आकांक्षा पनि जोडिएको छ जो आफैँमा धेरै बलियो र …

0 comment
0 FacebookTwitterEmail

एक दशक देखि सिर्सिया नदीको प्रदुषण नियन्त्रण विभिन्न निकायहरूको लागि चासोको विषय बन्दै आए पनि नदि प्रदुषण नियन्त्रणमा खासै सुधार देखिएको छैन। दुइटै स्थानीय चुनाव, संघ र प्रदेशको चुनावमा ‍ सिर्सिया नदिको प्रदुषण नियन्त्रण महत्वपूर्ण मुद्दा  बनेपनि चुनाव पछि मुद्दा सिर्सियाको फोहोर पानीमा नै बगाइनथ्यो। छठपर्वमा मात्र नदिको प्रदुषण केही हदसम्म उद्योगहरूको स्वेच्छाले नियन्त्रण गर्ने बाहेक सँधै नदी प्रदुषित रुपमा बग्ने गरेको छ। यसका पछाडि  वीरगन्ज पथलैया कोरिडोरका उद्योगहरूले कानुनी प्रावधानलाई लत्याउनु नै हो। सबैजसो उद्योगले फोहोर पानी प्रशोधन संयन्त्र वा वाटर ट्रिटमेण्ट प्लान्ट कागजमा मात्रै चलाउने गरेका छन्।

अहिले आएर सिर्सिया नदी प्रदुषण नियन्त्रण अभियानलाई वीरगन्ज महानगरपालिकाले स्थानीय प्रशासनको …

0 comment
0 FacebookTwitterEmail

निर्वाचन आयोगको अनुगमन फितलो भएकोले  पर्सामा आचारसंहिताको व्यापक उलङ्घन भएको आरोप लागेको छ । स्थानीयको आरोप अनुसार वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवामा जसपाका कार्यकर्ताले .छातामा भोट माग्दै घरघरमा मासु वितरण गरेका छन । मुख्यमन्त्री लालबाबु राउत र प्रदीप यादवलाई भोट माग्दै नगवा स्थित डबरी टोलमा एक किलोको दरले मासु बाँड्दै हिँडेको भिडियो तथा फोटोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
निर्वाचन आचार संहिता अनुगमन समितिले आचार संहित उल्लङ्घनका घटनामा चासो नदेखाएको कारण मौन अवधिमा मतदातालाई प्रभावित पार्न केही राजनीतिक दलका उम्मेदवार रातको समयमा मतदाताको घरदैलोमा पुगेको भिडियो समेत सार्वजनिक भएका छन् ।
निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिता

0 comment
0 FacebookTwitterEmail

भारतबाट अवैध रुपमा भित्र्याइएको १५ हजार थान नमूना मतपत्र सहित पर्साको जानकीटोला नाकाबाट एक भारतीय पक्राउ परेपछि उक्त मतपत्र कसले मगाएको भनेर आरोपप्रत्यारोप सुरु भएको छ। ती नमूना मतपत्र सहित भारत बिहारको नरकटिया ग्राम पञ्चायत वडा नम्बर १४ घर भएका ४० वर्षीय इजाजत अहमदलाई प्रहरीले पक्राउ गरेको हो ।
भारत बिहारबाट बीआर २२ डब्लु ८००२ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नमूना मतपत्र बोकेर जानकीटोला नाका हुँदै मंगलबार छिरेका अहमदलाई जानकीटोला नाकामा खटिएको प्रहरीले पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरिले बताउनुभयो।
नेपालमा मंसिर ४ मा हुन गइरहेको निर्वाचनका लागि भारतमा छापिएको नमूना मतपत्र गैरकानूनी रुपमा नेपालमा भित्र्याउँदै गरेको

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved