मधेसका प्रचण्ड गर्मिसँगै चुनावी सरगर्मी पनि क्रमश तातिदै गएको छ। सबै उम्मेदवार विभिन्न नाराका साथै मतदातालाई आकर्षित पर्ने अभियानमा जुटेका छन्। तर यस पटक, बारा क्षेत्र नम्बर दुई चुनावको चुनावी मुद्दा बाहिरिया र जनताबाट छाटिएका अर्थात विगतको चुनावमा हारेका नेताहरूलाई जिताउने कि स्थानियलाई चुन्ने भन्ने बहस चलिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल काठमाडौँबाट हारेका नेता हुनुहुन्छ भने उपेन्द्र यादव सप्तरी क्षेत्र नम्बर २ बाट दोब्बर मतले सिके राउतबाट हारेका।
यस पटक न त मधेस आन्दोलनको ‘राप–ताप’ छ , न मधेसी आन्दोलनका माग वा अधिकारको मुद्दा। बाराको क्षेत्र नम्बर २ मा अहिले चुनावी मुदा ‘स्थानिय कि आगन्तुक’ उम्मेदवार भन्ने बहस चलिरहेका छन। २०६४ सालमा मोरङ, २०७० मा सुनसरी र २०७४ मा सप्तरीको क्षेत्र नं–२ बाट लडेका उपेन्द्र यादवले यसभन्दा पहिला मधेस आन्दोलनको रापतापमा दुई पटक चुनाव जित्नुभएको थियो भने २ पटक चुनाव हार्नु भएको थियो। चुनाव जितेर गएपछि मतदातासँग टाढिने आरोप उपेन्द्र यादव माथि लाग्ने गरेको छ। आसेपासेको सल्लाहबाट गत चुनावमा क्षेत्र परिवर्तन नगरी सप्तरीको क्षेत्र नम्बर २ बाट नै चुनाव उठनु भयो। कार्यकर्ताहरू सबै बल लगाएर चुनाव जिताउने कोशिश पनि गरे। तर चुनावी परिणाम विपक्षमा आएपछि पार्टीकै आसेपासेले धोखा दिए भनेर आक्रोस पोख्दै हिड्नु भएका उपेन्द्र यादव पुन सत्तामा पुग्न अर्को जुक्ति लगाएर चुनावी भीडन्तमा हुनुहुन्छ।
शिक्षा पेशाबाट राजनितिमा आएका र मधेस आन्दोलनमा वीरगञ्जको मितेरी पुललाई आन्दोलन भरी कर्मक्षेत्र नै बनाएर बस्नु भएका यस क्षेत्रका पूर्व सांसद तथा वर्तमान उपराष्ट्रपति रामसहायप्रसाद यादवको बारा क्षेत्र नम्बर दुईमा आफ्नै खालको लोकप्रियता छ। जसको परिणाम स्वरुप पार्टीबाट बागी नै उठदा पनि उहाँ चुनाव जित्न सफल हुनुभयो तर यस क्षेत्रमा ओर्लेका उपेन्द्र यादवलाई भने घुमन्ते नेताको संज्ञा दिन थालिएको छ।
बिगतमा ओलीलाई मधेस बिरोधी बताउने उपेन्द्र यादवले गएको चुनावमा ओलीसँगै गठबन्धन बनाउनुभयो। उहाँका उम्मेदवार तथा कार्यकर्ता एमालेलाई गंगाजल छर्केर शुद्ध बनाउदै मधेस प्रेमी बनाउने चुनावी अभियानमा लागे तर दोब्बर भोटबाट उपेन्द्र यादवनै हारेपछि उहाँको यो रणनीति गलत भएको आरोप पार्टीमा लाग्यो।
हरेक निर्वाचनमा उपेन्द्र यादवले क्षेत्र परिवर्तन गर्ने भएकाले स्थानिय मतदाताले बिश्वास गर्ने आधार समाप्त हुँदै गएको देखिन्छ। यसपाली उपेन्द्र यादवलाई बारा जिल्लाको चुनावी लडाइ फलामको चिउरा चपाउनु सरह भएको छ।
उपेन्द्र यादव आफैमा एक सशक्त उम्मेद्वार मात्रै होइन, जसपाको अध्यक्ष पनि हुनुहुन्छ, मधेश आन्दोलनको नेतृत्वकर्ता पनि हुनुहुन्छ। मधेश आन्दोलनको उपलब्धि कति भयो/भएन भन्ने विषयमा बहस आफ्नो ठाउँमा छ। तर, उपेन्द्र प्रति सर्वसाधारण जनताको हेराइ समयसँगै खस्किदै गएको छ।चुनावी क्षेत्रसँगै हालै भएको मन्त्रीमण्डल बिस्तारमा देखिएको पार्टी भित्रको खिचलोले गर्दा पनि उनीमाथि असन्तुष्टि पनि बढदै गएको छ। यसलाई चिर्नमा उहाँ कति सफल हुने हो, त्यो त निर्वाचनको परिणामबाट स्पष्ट हुन्छ।
बारा क्षेत्र नम्बर २ मा यादव जातिको बाक्लो उपस्थिति छ। मधेस प्रदेशका मुख्यमन्त्री पदको रापताप र यादव जातीको भोटको कारण जित्ने आशामा हुनुहुन्छ उपेन्द्र यादव।
लोकतान्त्रिक प्रणालीमा चुनाव जित्न व्यक्तिको व्यवहार र कार्यकुशलताको आधार चाहिन्छ।त्यही आधारमा जनताले मतदान गर्छन्। यसपल्ट, जातिगत आधारमा मत खोज्ने उम्मेद्वारलाई चुनाव जित्न हम्मेहम्मे पर्ने देखिन्छ। खासगरी, बाराको चुनावमा ‘स्थानिय कि आगन्तुक’यादव कि गैर यादव बिचको ध्रबिकरण क्रमश गोलबद्ध हुनासाथ अल्पसङ्ख्यक जातिहरू पनि गोलबद्ध कुराहरू पनि उठिरहेको छ।
मधेसी जनअधिकार फोरमको स्थापना कालदेखि अनवरत अध्यक्ष पदका स्थापित नेता उपेन्द्र यादव।समय परिवेशसँगै रङ्ग परिवर्तन गर्ने खुबि भएकै कारण १५बर्ष देखि आफ्नो विरासत कायम राख्न सफल हुनुहुन्छ उपेन्द्र यादव । राजनैतिक समय सापेक्ष बोली फेर्ने गजबको खुबि छ उपेन्द्र यादवको । त्यसै पार्टी जति पटक जुटे–टुटे पनि आफ्नो बिरासत बचाउदै आएका हुन। तर अध्यक्ष यादव प्रति यस पटक मधेसको मोहभङ्ग भएको छ। सप्तरीको अप्रत्यासित हारपछि उपेन्द्र यादव आफ्नो बिरात जोगाउन अन्तिम लडाइमा ओर्लेका कतिपयको अनुमान पनि छ। बारा नम्बर २ बाट प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ चुनाव लडेका यादवसँग राष्ट्रिय नेता भनाउनु बाहेक केही मुद्दा छैन। सविधानसभाको घोषणा पछि बनेको प्रधानमन्त्री ओलीको पहिलो बामसरकारमा उपप्रधानमन्त्री बने पनि प्रचण्ड भक्तिको कारण उहाँलाई ओलीले गलत्याएरै सरकारबाट हटाएकै हो। त्यसलगतै पार्टी फुटन थाले पछि विभिन्न शक्तिकेन्द्रमा हारगुहार गर्दै महन्थ ठाकुरसँग एकिकरण गर्नुभयो। तर ओली प्रतिगमकारी भए भन्दै पुन पार्टीलाई बिभाजन गराउन प्रचण्डसँग टासिनु भयो र शेरबहादुरको गठबन्धन सरकारमा समावेस हुनुभयो। तर एक्कासी रातारात उत्तरी दिशाबाट आएको निर्देशनले उपेन्द्र प्रतिगामी एमालेसँगको गठबन्धनमा गरेको आरोप समेत मधेसमा चुनावी मुद्दा बनेको छ।नागरिकता विधेयक लगायत प्रदेशलाई असफल बनाउने अभियानमा लागेको एमाले मधेस बिरोधी भएको बिषयहरू जसपालाई चुनावी मैदानमा गाह्रो बनाएको जानकारहरूको भनाइ छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
- पर्सामा बालिका बलत्कार, बिचौलियाको सक्रियतामा मुद्दा दबाउने प्रयास भएको आरोप
- मेयर संम्लग्न किर्ते नागरिकता प्रकरण: एक हप्ता देखि जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन
- शिविर लगाएर धार्मिक ठगी, पक्राउ पर्ने सूचना पाएपछि फरार भए काली कम्बल
- उपेन्द्र यादवको चर्को बिरोध पछि जसपा सरकारमा नजाने सङ्केत
- दलाई लामा र चिसिँदै गएको अमेरिका चिन सम्बन्ध !
- क्याम्पसको नवनिर्मित भवनमा गाई गोठ, भवन निर्माणमा अनियमितता भएको आरोपपछि ठेक्कापट्टाको फाइल नै गायब
- किर्ते नागरिकता प्रकरण: सूचना माग्दा प्रमाण गायब, प्रमाण लुकाउन १० लाखको चलखेल भएको आशङ्का
- वीरगन्जको एक सहकारीमा महानगरपालिको सिलबन्दी, जीवी राईलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन
- मेयर जोडिएको किर्ते नागरिकता प्रकरण: छानबिन गर्न समिति गठन
- नक्कली बाबु बनेर नागरिकता दिने वीरगन्ज महानगरपालिका प्रमुख सिंह विरुद्ध उजुरी दर्ता