नेकपा (एकीकृत समाजवादी) ले आगामी निर्वाचनका लागि ५४ बुँदामा समेटिएको घोषणा पत्र सार्वजनिक गरेको छ। घोषणा पत्र सार्वजनिक गर्ने क्रममा नेकपा एसका महासचिव बेदुराम भुसालले भन्नुभयो, ‘‘यो निर्वाचनपछि यो गठबन्धन हुन्छ वा अर्को गठबन्धन हुन्छ। अहिले त्यो भन्न सक्ने वा भनिरहने विषय हो भन्ने मलाई लाग्दैन। यही गठबन्धन रह्यो भने यही गठबन्धनको सरकार बन्यो भने पनि हामी हाम्रा नीतिहरु कार्यान्वयनका निम्ति पहल गर्छौं। यो भन्दा अर्को बन्यो भने पनि हामी पहल गर्छौ।’’
महासचिव भुसालले भन्नुभयो, ‘‘हामीले यो घोषणा पत्रमै के भनेका छौं भने–हामी सरकारमा रहने अवस्था भयो भने हामी यी हाम्रा प्रतिवद्धतालाई कार्यान्वयनमा उर्ताछौं। यदि हामी सरकारमा रहनौं भने हामी …
