पाँच वर्ष देखि प्रशासनिक संघीयता कार्यान्वयनको लागि पहिलो प्राथामिकतामा रहेको संघीय निजामती सेवा विद्येयक अझै मन्त्रालय–मन्त्रालयको चक्करमा अल्झिएको छ । हरेक संसद् अधिवेशनमा ‘छिट्टै संसद्मा पेश गर्ने तयारी भैरहेको’ भन्दै आएको सरकारले फेरी एकपटक यही भाषा दोहोराएको छ ।
अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको सो विद्येयकको मस्यौदामाथि कानुन मन्त्रालयमा छलफल चलिरहेको छ । तर, सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा मन्त्री शर्माले हिजो संसद्मा सरकारले सो ऐनलाई अत्यन्त प्राथमिकतामा राखेर अघि बढाएको दाबी गर्नुभएको छ ।
राष्ट्रियसभाको हिजोको बैठकमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै मन्त्री शर्माले सो विद्येयक संसद्मा यथाशीघ्र पेस गर्ने बताए पनि अझै …
