Home » Archives for April 2023 » Page 5
Monthly Archives

२०७९ चैत्र ३०, बिहीबार १७:५४

नेपाल सरकारले केही दिन अगाडि साझा न्युनतम कार्यक्रम सार्वजनिक गरेको छ। दशवटा दलहरू अहिले सरकारमा सम्मिलित छौं। केही दलहरू निर्वाचन अघिको गठबन्धनमा पनि थियौं, केही निर्वाचन पछि जोडिएका छौं। बीचमा गठबन्धनमा उतार चढाव आयो। त्यसैले पनि यो सरकार अगाडि बढ्नको लागि न्युनतम साझा कार्यक्रम अनिवार्य थियो, अत्यावश्यक थियो।

यो सदन चलिरहेका बेलामा त्यो सदनमै प्रस्तुत हुनुपर्थ्यो भनेर केही कुराहरू उठेका छन्। म पनि त्यही भन्दछु। यद्यपि यो भनिरहँदा के पनि ख्याल गर्नुपर्छ भने केही समय पहिला पुस २५ गते सदन चलिरहेकै बेलामा पनि बाहिर प्रस्तुत भयो। त्यो बेलामा प्रतिपक्ष दलका तर्फबाट हाम्रा केही साथीहरूले गलत भयो भन्नुभयो। आज हामी सत्तापक्षमा …

0 comment
0 FacebookTwitterEmail

श्रीलंकालाई रिनको बोझबाट मुक्त गर्न अर्थतन्त्रको पुर्नसंरचना गर्न जापान, फ्रान्स र भारतले संयुक्त रूपमा नयाँ पहलको घोषणा गरेका छन् ।
जापानका अर्थमन्त्री सुनीची सुजुकीले सो प्लेटफर्ममा चीनले पनि साझेदारी गरे “धेरै राम्रो” हुने प्रतिकृया दिएका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार रिनको जोखिममा फसेका श्रीलंका सहित मध्यम आय भएका धेरै देशहरुको समस्या समाधान गर्न अहिले जि–सेभेन राष्ट्रहरूको अध्यक्षता गरिरहेको जापानले नेतृत्वदायी पहल गरिरहेको छ ।
यो प्लेटफर्मले निरन्तर यो समस्यामा बैठक र छलफल गर्ने तथा समस्या समाधानमा सहयोग पु-याउने छ, अर्थमन्त्री सुजुकीले भनेका छन् ।
हामी सबै मिलेर संकटमा परेका अर्थतन्त्र भएका देशहरुलाई सहयोग गर्न संयुक्त पहल गर्नुपर्छ भन्दै …

0 comment
0 FacebookTwitterEmail

बारा जिल्लाको सदरमुकाम कलैया उप महानगरपालिकामा पर्ने सडकको अवस्था दयनीय रहेको छ।  कलैया स्थिता भरत चौकबाट उत्तर दक्षिणमा पर्ने पिलुवा–मटिअर्वा हुलाकी सडक खण्ड अन्तर्गत पौने ४ किलोमिटर सडक निर्माण कार्य अलपत्र परेको सडक अवस्थामा दयनीय रहेको  छ।

२५ किलोमिटर पिलुवा–मटिअर्वा हुलाकी सडक निर्माण कार्य २०७३/०७४ सालमा ठेक्का साकार भई २०७७ सालमा सम्पन्न भइसकेको अवस्थामा मुआब्जा विवादको कारण कलैया उपमहानगरपालिका भित्र पर्ने शितलपुरदेखि कलैया बजारसम्म ३.८ किलोमिटर सडक निर्माण कार्य अलपत्र परेको हो। सडक निर्माणको क्रममा कलैया उपमहानगरपालिकाका स्थानीयहरूले मुआब्जाको विषयलाई लिएर उच्च अदालतदेखि सर्वोच्च अदालतसम्म मुद्दा दिए पश्चात पौने ४ किलोमिटर सडक निर्माण कार्य अवरुद्ध भएको थियो।

सरकारले निर्धारण गरेको …

३.८ किलोमिटर सडकको ठेकेदार फरार, मुआब्जा विवाद, मारमा कलैयाबासी
0 comment
0 FacebookTwitterEmail

रुपन्देही  सिमानाका बेलहियामा मनोपरामर्श  सहित एच आईभी परिक्षण गरिएको छ। रोजगारीको शिलसिलामा छिमेकी देश भारत जाने नेपालीहरूको संख्या उल्लेखनीय  रहेको कारण सिमामा मनोपरामर्श  सहित एच आईभी परिक्षण गरिदै आएको हो।

रोजगारीको क्रममा विदेश जाँदा कुनै साथी भाईको लहैलहमा लागेर वा यौन चाहनाले मानिसले असुरक्षित यौन सम्पर्क गर्ने गरेको पाईन्छ ।  जसको कारण यदी यौन पार्टनर एचआईभी तथा अन्य रोगबाट संक्रमित भएको भए उताबाट जोखिमयुक्त यौन सम्पर्क गर्ने व्यक्तिलाई पनि रोग सर्ने संभावना उच्च रहन्छ ।

नेपालमा रोजगारी गरेर वा अन्य प्रयोजनबाट भारत जाने नेपालीहरूको लागि सिमा नाका बेलहियामा निःशुल्क एचआईभीको परिक्षण हुन्छ भन्ने कुरा विरलै मात्रा थाहा छ ।  सिमा …

नेपाल भारत सिमामा १०० जना जाँच्दा एकलाई एचआइभी पोजेटिभ
0 comment
0 FacebookTwitterEmail

“तीन तहका सरकारहरूमा विकास आयोजना र कार्यक्रमको प्राथमिकतामा नै समस्या छ। कुन आकार र प्रकृतिको काम कुन तहको सरकारले गर्ने भन्ने एकिन नहुँदा एउटै प्रकृतिको काम तीन वटै तहका सरकारले गरिरहेका छौं। यसले काममा दोहोरोपना मात्र नभई तेहेरोपना आइरहेको छ। तसर्थ तहगत सरकारका आयोजना तथा कार्यक्रमको स्पष्ट वर्गिकरण गरी विद्यमान समस्याको रुपमा रहेको दोहोरो/तेहोरोपनालाई अन्त्य गर्न संघ तथा प्रदेश सरकारहरूको ध्यानाकर्षण गर्दछौं।”

यो भनाई हो गाउँपालिका राष्ट्रिय महासंघ नेपालको। अध्यक्ष लक्ष्मीदेवी पाण्डेको अध्यक्षतामा मकवानपुरको टिष्टुङ बज्रबाराहीमा बसेको केन्द्रीय कार्यसमितिको तेस्रो बैठकले जारी गरेको ३ बुँदे टिष्टुङ घोषणा जारी गरेको छ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपालको उक्त टिष्टुङ घोषणामा भनिएको छ, ” …

0 comment
0 FacebookTwitterEmail

सर्वहारा वर्गको राज्यसत्ता स्थापना गर्न भन्दै विद्रोही (नेकपा माओवादी)ले २०५२ फागुन १ गते जनयुद्ध घोषणा गर्‍यो। जनयुद्ध घोषणा पश्चात् जनयुद्धमा होमिनेको लहर चल्यो। जनयुद्धका चर्का चर्का नारा लागेपश्चात् चुलोचौको सिमित नारीहरू पनि होमिए।

चुलोचौकोमा सिमित रहेका नारीहरू युद्धकै क्रममा जनयुद्धताका बेला उकाली ओराली हुँदै तराईका समथर भुभाग हुँदै पहाडका खोँचसम्म पुगे। त्यही तराईको समथर भुभाग हुँदै पहाडको खोँचसम्म यात्रा गर्ने चेली हुनुहुन्छ दैलेखको ठाटीकाँध गाउँपालिका – २ टोम्टाल्लाकी उर्मिला थापा (रुपा)।

चुलोचौकोमा सीमित उर्मिला पनि जनयुद्धका चर्का नारापश्चात् चुलोचौको छाडेर युद्धमा होमिएको बताउनुहुन्छ। दश वर्षे सशत्र जनयुद्धमा होमिएकी उर्मिला अहिले फेरि चुलोचौकोमै सिमित हुनुभएको छ। तत्कालिन माओवादीले सुरु गरेको माओवादी …

0 comment
0 FacebookTwitterEmail

मधेसका प्रचण्ड गर्मिसँगै चुनावी सरगर्मी पनि क्रमश तातिदै गएको छ। सबै उम्मेदवार विभिन्न नाराका साथै मतदातालाई आकर्षित पर्ने अभियानमा जुटेका छन्। तर यस पटक, बारा क्षेत्र नम्बर दुई चुनावको चुनावी मुद्दा बाहिरिया र जनताबाट छाटिएका अर्थात विगतको चुनावमा हारेका नेताहरूलाई जिताउने कि स्थानियलाई चुन्ने भन्ने बहस चलिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल काठमाडौँबाट हारेका नेता हुनुहुन्छ भने उपेन्द्र यादव सप्तरी क्षेत्र नम्बर २ बाट दोब्बर मतले सिके राउतबाट हारेका।
यस पटक न त मधेस आन्दोलनको ‘राप–ताप’ छ , न मधेसी आन्दोलनका माग वा अधिकारको मुद्दा। बाराको क्षेत्र नम्बर २ मा अहिले चुनावी मुदा ‘स्थानिय कि आगन्तुक’ उम्मेदवार भन्ने बहस …

रङ्ग फेर्न माहिर उपेन्द्रको तिकडम चल्ला त बारामा
0 comment
0 FacebookTwitterEmail
  • वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.४४ प्रतिशत रहेकोछ।
  • आयात १९.१ प्रतिशतले, निर्यात २९.१ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १७.९ प्रतिशतले घटेकोछ।
  • विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५.३ प्रतिशतले र अमेरिकी डलरमा १४.८ प्रतिशतले बढेको छ।
  • शोधनान्तर स्थिति रु.१४८ अर्ब ११ करोडले बचतमा रहेको छ।
  • कुल विदेशी विनिमय सञ्चिति रु.१४०१ अर्ब २१ करोड र अमेरिकी डलरमा १० अर्ब ६९ करोड रहेको छ।
  • संघीय सरकारको खर्च रु.७७९ अर्ब २३ करोड र राजस्व परिचालन रु.५८२ अर्ब ७७ करोड रहेकोछ।
  • विस्तृत मुद्राप्रदाय ५.३ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ९.१ प्रतिशतले बढेकोछ।
  • बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५.५
महङ्गी सरकारले सोचेभन्दा बढी,  ७.४४%
0 comment
0 FacebookTwitterEmail

नागरिकको विचार र अभिव्यक्ति  स्वतन्त्रता र सूचनाको हकलाई सुनिश्चित गर्ने मान्यता प्रचलनमा ल्याउन नेपालमा सबै नागरिकलाई प्रसारण पहुँचमा पुर्याउन सार्वजनिक सेवा प्रसारणको स्थापना गर्न जरुरी छ । प्रसारणको माध्यमबाट सूचनामा निःशुल्क रुपमा पहुँच पुर्‍याई सक्रिय नागरिक जनमत सिर्जना गर्ने, नागरिक संवादको साझा मञ्चको रुपमा सार्वजनिक सेवा प्रसारणलाई विकास गर्ने ,समावेशी, बहुलवादी तथा सूचनामा आधारित समाज निर्माण गर्ने, तथा गुणस्तरीय कार्यक्रम प्रसारणमार्फत राष्ट्रनिर्माणमा योगदान गर्ने जस्ता मान्यतालाई व्यवहारमा ल्याउन नागरिकप्रति जबाफदेही सार्वजनिक सेवा प्रसारण नेपालमा अहिलेको आवश्यकता हो तर यसबारे जुन रुपमा सार्वजनिक बहस हुनुपर्थ्यो, हुन सकेको पनि देखिँदैन ।

बिस २०६३ सालबाट रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरी रूपान्तरण

0 comment
0 FacebookTwitterEmail
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको बताउनुभएको छ। सोमबार दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको बताउनुभएको हो।
बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, “मैले नै यो बैठकको आयोजना गरेको हुँ। अर्थतन्त्रमा देखा परेको दवावलाई कम गर्न लगातार छलफलमा छौँ। बैंकको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौँ। हामी छिट्टै एउटा निष्कर्षमा पुग्छौँ।”
“विदेशी मुद्रा सञ्चितिको दवावबाट अलि सजिलो महशुस हुँदैछ। अहिले विदेशी मुद्रा सञ्चिति र विप्रेषणमा सुधार आएको छ” प्रधानमन्त्रीले भन्नुभयो, “बजेट बनाउनुअघि निजी र सरकारी क्षेत्रका प्रतिनिधिहरूसँग बृहत छलफल गर्ने सोच्दैछु।
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved