रोहिणीको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि १९ बुँदे प्रतिबद्धता जनाएको छ। रोहिणी गाउँपालिकाको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रधानाध्यापक तथा सरोकारवालाहरुले प्रतिवद्धता जनाएका हुन्। गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले रोहिणी–३ स्थित धकधईमा आयोजना गरेको शैक्षिक वर्ष २०७९ को पढाइ समीक्षा (सिकाइ उपलब्धि विश्लेषण) कार्यक्रममा प्रधानाध्यापक तथा सरोकारवालाहरुले १९ बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन्।
बितेको शैक्षिकसत्रको अवस्थाबारे बृहत् रुपमा समीक्षा गर्न कार्यक्रम गरिएको गाउँ शिक्षा समिति सदस्य तारानाथ त्रिपाठीले बताउनुभयो। उहाँले विगत २–३ वर्षदेखि कोभिड–१९ लगायत कारणले अपेक्षित रुपमा शैक्षिक गुणस्तर सुधार एवं अभिवृद्धि हुन नसकेको बताउँदै विगतका वर्षको सिकाइ उपलब्धि विश्लेषण गरी नयाँ तरिकाले कसरी अघि बढ्ने भन्नेबारे कार्यक्रममा छलफल गरिएको …
