विश्वभरका पर्यटकलाई बुद्धजन्मस्थल लुम्बिनी भ्रमणको निम्तो दिँदै दोस्रो अन्तर्राष्ट्रिय ट्राभल मार्ट–२०२३ सातबुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट तथा बिमस्टेकको रजत जयन्ती समारोह सम्पन्न भएको हो।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना, नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल (नाट्टा) को संयोजन तथा लुम्बिनी विकास कोष,नेपाल वायुसेवा निगमको सहकार्य एवं अन्य संघ संस्थाहरुको सहयोगमा लुम्बिनीमा मार्टको दोस्रो संस्करण आयोजना भएको थियो।
सन् २०२४ को मार्च २४ मा तेस्रो अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट आयोजना गर्ने लुम्बिनी घोषणा पत्र सार्वजनिक गर्दै मार्ट सम्पन्न भएको हो। …
