Home » Archives for May 2023 » Page 6
Monthly Archives

२०८० जेष्ठ ६, शनिबार ०९:५८

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा सरकारले संवत् २०८० को दशकलाई नेपाल भ्रमण दशकका रूपमा र सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको छ।

सरकारले निर्माण सम्पन्‍न भएका अन्तर्राष्‍ट्रिय, क्षेत्रीय तथा आन्तरिक विमानस्थलहरूलाई पूर्ण क्षमतामा उपयोगमा ल्याउने पनि बताएको छ। निजगढ अन्तर्राष्‍ट्रिय विमानस्थल निर्माणको काम पनि अगाडि बढाउने बताएको छ।

यसैगरी सरकारले तीन तहका सरकारबीच कार्यात्मक अन्तरसम्बन्ध सुदृढ गरी काममा रहेको दोहोरोपना अन्त्य गरिने बताएको छ। त्यसका लागि कार्यविस्तृतीकरण प्रतिवेदनको पुनरावलोकन  गर्ने र राष्‍ट्रिय समन्वय परिषद् लगायतका संरचनालाई क्रियाशील बनाइने बताएको छ।

संसद्को संयुक्त बैठकमा प्रस्तुत वार्षिक …

0 comment
0 FacebookTwitterEmail

आगामी आर्थिक वर्ष २०८०/८१ देखि सरकारले उच्चस्तरीय तलब सुविधा आयोगले दिएको सुझाव कार्यान्वयन गर्ने घोषणा गरेको छ। शुक्रबार संसद्मा राष्ट्रपति रामचन्द्र पौडेलले  आगामी आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उच्चस्तरीय तलब सुविधा आयोगले दिएको सुझाब कार्यान्वयन गर्ने बताउनुभएको हो।

साथै  सो आर्थिक वर्षमा उच्च स्तरीय प्रशासन सुधार आयोग समेत गठन हुने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। उच्चस्तरीय तलब सुविधा आयोगले सरकारी कर्मचारीको न्यूनतम तलब ३० हजार  बनाउन दुई महिना अघि सरकारलाई सुझाव दिएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाललाई कर्मचारीको तलब बढाउन दिइएको सुझावमा आयोगले सरकारी कर्मचारीको विद्यमान तलबले समयानुकूल जीवनयापन गर्न कठिन भएको निचोड निकाल्दै आधारभूत …

उच्चस्तरीय तलब सुविधा आयोगले दिएको सुझाब कार्यान्वयन गर्ने सरकारको घोषणा
0 comment
0 FacebookTwitterEmail

यतिबेला जी–७ देशका नेताहरु जापानमा आजैदेखि सुरु भएको जी–७ शिखर सम्मेलनमा भाग लिन जापानको हिरोसिमा पुगेका छन्। सोही सिलसिलामा अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका समकक्षी जी–७ देशका नेताले रुसमाथि थप कडा प्रतिबन्ध लगाउनेबारे कुराकानी गरेका छन्। यसै हप्तान्तमा युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले सम्मेलनमा भाग लिन हिरोसिमा पुगेर केही विषय राख्नेछन्। त्यसका लागि उनले नाटकीय रुपमा व्यक्तिगत यात्रा तय गर्ने बताइएको छ। सम्मेलनमा उनले रुसी आक्रमणविरुद्ध सैन्य सहयोगका लागि अपिल गर्नेछन्।

पश्चिमा नेताले रुसी आक्रमणलाई आर्थिक सहायता रोकेका बेला रुसमाथिका नयाँ प्रतिबन्ध कमजोरी हटाउन र अप्रयुक्त उद्योगको पछाडि लाग्न डिजाइन गरिएको हो।

युक्रेनका नाममा जी–७ को एउटा सत्र शुक्रबार (आजै) …

जी–७ शिखर सम्मेलन : रुसमाथि प्रतिबन्ध थप कडा, बेलायतले हीरा आयातमा रोक लगाउँदै
0 comment
0 FacebookTwitterEmail

नयाँ जंगबहादुर त निकाल्ने अवस्था आई नै सक्यो। अराजकता र अनिश्चितताको बीचमा यस्तो मानिस न जन्मिने त कुरै भएन। तर उसले के गर्छ होला भनेर कसैले अनुमान गर्न सक्दैन। किनभने कुन मानिस अन्यायमा पर्ने हो र उसको प्रतिक्रिया के हुन्छ भनेर तर्क गर्न सकिन्न। यो तर्कहीन कुरा हो। नेपालमा तर्क गर्ने दिन गइसकेको छ। अब बल र हिंसाले आफ्नो ठाउँ बनाउँछ। नेपालको इतिहासले त्यही कुरा बताउँछ।

इतिहासकार शिरोमणि बाबुराम आचार्यले यही कुरा बुझेर होला ‘यस्तो अब कहिले नहोस्’ भनेर किताब लेखे। तर नेपालमा यसतो घटना बराबर भएको छ। इच्छा गर्नु एउटा कुरा हो। वास्तवमा हुनु अर्को कुरा हो। तर्क भनेको …

0 comment
0 FacebookTwitterEmail

जापानको हिरोसिमा सहरमा यही शुक्रबारदेखि जी–७ अन्तर्गतका सात देशका नेताहरूको शिखर सम्मेलन सुरु हुँदैछ। धनी राष्ट्रहरूको क्लबले रुस–युक्रेन युद्धदेखि चीनको क्षेत्रीय महत्वकांक्षा र जलवायु परिवर्तनको एजेन्डामा जोड दिइरहँदा उक्त सम्मेलनले विशेषगरी प्रविधिजन्य विषयलाई सम्बोधन गर्ने बताइएको छ।

जी–७ देशका नेताले च्याटजिपिटजस्ता आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को वृद्धि र यसमार्फत कसरी अन्य राष्ट्रले सीमापारि डेटा प्रवाहलाई नियमन गरेका छन् भन्नेबारे छलफल गर्नेछन्। गत अप्रिलमा डिजिटल र टेक्नोलोजी नीतिका जी–७ का मन्त्री भेला भएर हिरोसिमा शिखर सम्मेलनका लागि आधार तयार पारे। यसमा मन्त्रीले समन्वय गर्दै काम गर्न सहमत भएका थिए।

यस्तै गत नोभेम्बरमा सार्वजनिक भएको च्याटजिपिटीले विश्वभरका अधिकारीलाई कठिन प्रश्नचिन्ह खडा गरिदिएको छ। …

जी–७ शिखर सम्मेलन : एआईको प्रयोग र डेटा प्रवाहको नियमनमाथि छलफल
0 comment
0 FacebookTwitterEmail

लुम्बिनी प्रदेशको व्यापारिक सहर बुटवलमा दुईवटा केबलकार सञ्चालन हुने भएका छन्। बुटवल गोलपार्कदेखि बसन्तपुरसम्म र बुटवल फूलबारीदेखि पाल्पाको नुवाकोटसम्म केबलकार सञ्चालन हुने भएका हुन्। कोरोना कहरपछि देश आर्थिक संकटमा फसेको र पूर्वावस्थामा झैँ व्यावसायिक लगानीयोग्य वातावरण नभएको भनिरहेका बेला रूपन्देहीमा भने नयाँ लगानीको वातावरण सिर्जना भएको छ।

व्यावसायिक घराना आईएमई ग्रुपको लगानीमा बुटवलको गोलपार्कदेखि पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नम्बर ३ बसन्तपुरमा र बुटवलसहित अन्य स्थानका व्यवसायीको लगानीमा फूलवारीदेखि नुवाकोटसम्म केबलकार सञ्चालन तयारी अवस्थामा रहेको बताइएको छ।

नेपालसहित भारतका विभिन्न स्थानका पर्यटक तान्ने योजनासहित यी दुई स्थानमा केबलकार सञ्चालन हुने भएको हो। यसले थला परेको अर्थतन्त्र बिस्तारै सुधार हुने अपेक्षासमेत …

लुम्बिनी प्रदेशको व्यापारिक सहर बुटवलमा दुईवटा केबलकार सञ्चालन हुँदै
0 comment
0 FacebookTwitterEmail

समुन्द्र सतहबाट लगभग २१०० मिटरको उचाइँमा रहेको प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नम्बर २ मा अवस्थित स्वर्गद्वारी साँच्चिकै सुन्दर, शान्त,रमणीय र अलौकिक स्वर्गतुल्य छ। महाभारत कालमा पाँच पाण्डव स्वर्ग जाने क्रममा यज्ञ गरेको स्थान भएकोले स्वर्गद्वारी नाम रहन गएको भन्ने लोकमान्यता छ। विसं १९१६ साल श्रावण शुक्ल एकादशीका दिन साविकको सखी गाविस वडा ९ रून्टी रोल्पाको गौतम (खत्री) परिवारमा जन्मनु भएका महाप्रभु ( बाल्यकालको नाम नारायण) जन्मको छैठौं दिनमा आमाले मासु खाएको थाहा पाएर आमाको दूध खान छाड्नुभएछ। तत्पश्चात गाईको दूध खाएर महाप्रभुको भौतिक देह हुर्किए छ। महाप्रभु सानैदेखि विलक्षण प्रतिभा भएको र अपत्यारिला (सामान्य रुपमा बालकले गरेको हो भनेर …

धरतीको स्वर्ग अर्थात् स्वर्गद्वारी !
0 comment
0 FacebookTwitterEmail

जनता नमूना माध्यमिक विद्यालय, शंकरपुर, विराटनगरमा अध्ययन गरेर २०३७ सालमा एसएलसी दिएका विद्यार्थीले आफूलाई विद्यालयमा पढाउने शिक्षकहरूलाई एक कार्यक्रमको आयोजना गरी विराटनगर र काठमाडौंमा एकैदिन सम्मान गरेका छन्।

आफ्नो जीवनमा उच्च आदर्श बोकेर सबैको भलो चिताउने शिक्षक तथा शिक्षिकालाई आजको समाजले त्यति धेरै प्राथमिकता नदिएको अवस्थामा यस्तो सम्मान कार्यक्रमले धेरै महत्व राख्ने आयोजकले बताएका छन। उक्त सम्मान कार्यक्रममा दिवंगत शिक्षक तथा शिक्षिकाको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेटको मौनधारणबाट सम्मान कार्यक्रम हुँदै सम्मानितहरूबाट अनुभव तथा मन्तव्य राख्ने कार्यक्रम सम्पन्न भएको थियो।

सो अवसरमा टेककुमारी कोइराला, विणा जोशी, उर्मिला श्रेष्ठ, यशोदा पौडेल, शान्ता अधिकारी, बिक्रमसिंह थापा, नारायणप्रसाद भगत, प्रकाशकुमार चापागाईं, …

0 comment
0 FacebookTwitterEmail

बर्दियाका क्षेत्र नं. १ का संघीय सांसद एवं पूर्वमन्त्री सञ्जय कुमार गौतम बर्दिया जिल्लाको सदरमुकाम गुलरिया नजिकै बबई नदीमा बन्दाबन्दै भत्किएको जब्दीघाटस्थित पुलमुनि आमरण अनसनमा बस्नुभएको छ। अनसनमा सांसद गौतमले जब्दीघाटको पुल निर्माण गरिनुपर्ने माग राख्नुभएको छ। यही वैशाख ३० गते जिल्ला प्रशासन कार्यालय बर्दियामार्फत प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष बर्दियाको विकास र यहाँका जनताका जनजीविकासँग सम्वन्धित विभिन्न १५ बुँदे माग राख्दै सांसद गौतम आमरण अनसन (सत्याग्रह) मा बस्नुभएको हो।

तराइको चर्काे गर्मी, बालुवा सहितको तातो हावाको प्रवाह नगरी बगरमा बसिरहेका सांसद गौतमको स्वास्थ्य अवस्था दिन–प्रतिदिन कमजोर हुँदै गएको छ। वरिपरि सर्वसाधारण दैनिक रूपमा रिले अनसनमा बसेर उहाँलाई सघाइरहेका छन्। नागरिकको शुभेच्क्षा …

सांसद सञ्जय गौतमको सत्याग्रह बाध्यता
0 comment
0 FacebookTwitterEmail

गत बुधबारदेखि उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागअघि धर्ना बसेर विज्ञापन संघआबद्ध व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। उनीहरू विज्ञापन ऐन, विज्ञापन बोर्ड गठन र एकद्वार विज्ञापन नीतिविरुद्ध आन्दोलनमा ओर्लिएका हुन्। डिजिटल विज्ञापनलाई सरकारले प्रोत्सान नगरेको र बाह्य विज्ञापनलाई मनलाग्दी रकम लिँदा स्वदेशी विज्ञापनमा मर्का परेको  उनीहरूको दाबी छ।

सरकारले विज्ञापनसम्बधी ल्याएको नीति व्यवसायीको हितमा नरहेकाले आन्दोलनमा होमिनुपरेको नेपाल विज्ञापन समितिका अध्यक्ष सोम धितालले बताउनुभयो। सरकारी कार्यकताको मात्र संलग्नता गराई मनलाग्दी नीति निर्माण गरेकामा आफूहरूको असन्तुष्टि रहेको धितालले बताउनुभयो।
‘उद्योगी/व्यवसायीलाई मर्का पर्ने नीति तर्जुमा गर्दा व्यवसायी मात्र नभई देशलाई समेत घाटा हुन्छ,’ अध्यक्ष धितालले भन्नुभयो, ‘यसलाई पुनर्नीतिगत बनाउन सरकारलाई हाम्रो आग्रह …

एकद्वार विज्ञापन नीतिविरुद्ध व्यवसायीको धर्ना
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved