Home » Archives for September 2023 » Page 8
Monthly Archives

२०८० भाद्र २५, सोमबार १२:२९

परराष्ट्रमन्त्री एनपी साउदले स्थानीय स्रोत र साधनको परिचालनबाट चल्ने लघु घरेलु तथा साना उद्योगहरुले मात्रै समृद्धि र खुसी ल्याउने भन्दै यस्ता उद्योगहरुको प्रर्वद्धनमा जोड दिनुभएको छ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय महिला उद्यमी समिति, ग्लोबल इन्डिया मिसन र इन्डियन युथ च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले संयुक्त रुपमा आयोजना गरेको ‘नेपाल भारत अन्तर्राष्ट्रिय महिला उद्यमी सम्मेलन २०८०’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘परिवारमा सुख समृृद्धि र खुसी ल्याउने काम घरेलु र साना उद्योगले मात्र गर्न सक्छ। तपाईंहरुको यो इमानदार प्रयत्नले देशलाई आर्थिक समृद्धितर्फ डोर्याउने छ। स्थानीय स्रोत र साधनको परिचालन पनि यिनै उद्योग रहेका छन्।’

उद्यमशीलताको संस्कृतिलाई …

0 comment
0 FacebookTwitterEmail

मोरङको सुन्दरहरैँचा नगरपालिका घर भएकी ६५ वर्षीय राधा भण्डारी अहिले नियमित चेकजाँचका लागि सुन्दरहरैँचा नगर अस्पताल पुग्नुहुन्छ। भण्डारीमा लामो समयदेखि श्वासप्रश्वासको समस्या छ।

सदरमुकाम विराटनगरलगायतका ठूला सबै अस्पताल चहारिसकेकी उहाँलाई अहिले घर÷आँगनको यो अस्पतालको सेवा मन परेको छ। घरबाट आधा घन्टामा पुग्न सकिने अनि दुई घन्टामा सबै चेकजाँच गरेर फर्किन सकिने भएकाले उहाँ नियमित जाँचका लागि नगर अस्पताल पुग्नुहुन्छ।

कुनै समय प्राथमिक स्वास्थ्यचौकी रहेको नगर अस्पतालमा समयमा औषधि नपाइने, चाहिएको बेलामा चिकित्सक उपलब्ध नहुने अनि सबै रोगको परीक्षण नहुने हुँदा खासै आर्कषण थिएन। तर पछिल्लो एक वर्षमा यो नगर अस्पताल अन्य सम्पन्न अस्पतालझैं बनेको छ। यहाँ सबै रोगको नियमित परीक्षण …

सरकारी अस्पतालप्रति स्थानीयको भरोसा जगाउँदै सुन्दरहरैँचा नगर अस्पताल
0 comment
0 FacebookTwitterEmail

विषादी प्रयोग गरी छिटो तरकारी छिटो उत्पादन गरेर तत्काल आम्दानी गर्ने हतारमा कृषक देखिन्छन्। पशुपालकदेखि तरकारी उत्पादकसम्मका कृषकले उत्पादन तथा वृद्धि विकास जतिसक्दो छोटो खोजिरहेका छन्। तर सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ चाँदनीचोक पर्सेनीकी ३० वर्षीय बिन्दु शाहीले भने जलवायुमैत्री तरकारी खेती गर्नुभएको छ।

८ कट्ठा जमिनमा अहिले भिन्डी, बोडी, टमाटर, काँक्रो, खुर्सानी लगायतका कृषिउपज छन्। तर यिनको उत्पादनमा कुनै शत्रु जीव अर्थात् रोग कीरा लाग्ने डर शाहीलाई छैन।

बजारमा पाइने विषादीमा लगानी गर्न उल्टै स्वास्थ्यका लागि हानिकार हो भन्ने सामुदायिक सिकाइ केन्द्रबाट राम्रोसँग बुझेकी शाहीको जोड विषादीमुक्त तरकारी उत्पादनमा छ। गाईभैँसीको गहुँत, तितेपाती, सिस्नु, खुर्सानी, निम्बु, मेवाको

विष नहाली तरकारी फलाउने बिन्दु दिदी
0 comment
0 FacebookTwitterEmail

भारतले अफ्रिन युनियनलाई जी–२० सदस्य बनाएर दुईवटा लक्ष्य हासिल गरेको छ। एक, स्वयंलाई ग्लोबल साउथको लिडरका रुपमा प्रस्तुत गरेको छ। दुई, चीनमा अफ्रिकाको दबदबालाई कमजोर पार्ने कोसिस।

९ सेप्टेम्बर दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अफ्रिकन युनियन जी–२० मा सहभागी हुने घोषणा गर्नुभयो। योसँगै २६ वर्षअघि सन् १९९७ मा बनेको जी–२० यो वर्षदेखि जी–२१ बनेको छ। १९६३ मा अफ्रिकी देशलाई स्वतन्त्रता दिलाउन अफ्रिकन युनियन बनेको थियो।

२००२ मा लिबियाका तानासाह मुअम्मर गद्दाफीले यो संगठनलाई परिवर्तन गरेपछि अफ्रिकी देशलाई एकजुट बताउँदै पश्चिमा देशलाई चुनौती दिने काम भयो। अब भारतले जी–२० मा सामेल तिनै पश्चिमा देशलाई एकजुट बनाउँदै शक्तिशाली आर्थिक संगठन अफ्रिकन युनियनलाई …

0 comment
0 FacebookTwitterEmail

उत्तर चीन र दक्षिण भारतसम्म सडक सञ्जाल जोड्ने परिकल्पना गरेको ६८ वर्षपछि गुल्मीखण्ड साकार हुने भएको छ।

विसं २०१२ सालमा गुल्मीको वस्तुस्थित तत्कालीन समाजसेवी गोपालप्रसाद श्रेष्ठको घरमा त्यतिबेला कांग्रेस नेता शान्तिपुर निवासी दयानिधि शर्मालगायतका अगुवाको बैठकले उक्त सडक सञ्जाल जोड्ने परिकल्पना गरेको जानकारहरु बताउँछन्। उक्त समयदेखि अहिलेसम्म ६८ वर्षपछि कालीगण्डकी कोरिडोर सम्पन्न हुने चरणमा पुगेको हो।

कालिगण्डकी कोरिडोर नामकरण भएको उक्त सडक धमाधम पिचको काम भइरहँदा उतिबेलाको परिकल्पना पूरा हुने भएको छ। कालीगण्डकी कोरिडोरका अभियन्तामध्येका एमालेका नेता गुल्मी खडककोट निवासी टीकाराम ढकाल २०१२ सालदेखिका जानकार व्यक्ति हुनुहुन्छ।

मन्त्रीसमेत भएका कांग्रेस नेता दयानिधि शर्माले परिकल्पना गर्नुभएको र पछि कपिलवस्तुसहित १६ जिल्लाका …

चीन-भारत जोड्ने छोटो दूरीको कालीगण्डकी कोरिडोर ६८ वर्षपछि सम्पन्न हुँदै
0 comment
0 FacebookTwitterEmail

वार्षिक १० अर्बभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने अलैंची खेती सरकारको उपेक्षामा परेको छ।

मुलुकमा संघीयता कार्यान्वयन भई तीन तहको सरकार बनेको यत्तिका वर्ष बिते पनि हालसम्म तीनै तहमा अलैंचीसम्बन्धी कुनै पनि नीति कानुन बनेका छैनन्। बर्सेनि अलैंची खेती विभिन्न समस्याले ओरालो लागिरहेका बेला यस क्षेत्रका समस्या सम्बोधन गर्न सरोकारवालाले अलैंचीको राष्ट्रिय नीति निर्माणमा जोड दिएका छन्।

नेपाल अलैंची व्यवसायी महासंघको आठौं साधारणसभामा उपस्थित कृषक तथा व्यावसायिक क्षेत्रका नेताहरुले अलैंची खेती र व्यवसायको विस्तार र प्रवद्र्धनका लागि सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिए।

महासंघका अध्यक्ष निर्मल भट्टराईले तीनै तहका सरकार समक्ष अलैंची खेती तथा व्यवसायको संवद्र्धन, विकास र प्रवद्र्धनका कार्यलाई प्राथमिकतामा …

0 comment
0 FacebookTwitterEmail

एक हातमा दाँते। टाउकोमा हरियो रुमाल। अनि अर्को हातमा कैँची लिएर बारीमा तरकारी काँटछाँटमा व्यस्त हुनुहुन्छ वडापोखराकी हिरा रावत। उमेरले ३५ वर्ष पुग्नुभएकी रावत उज्यालो नहुँदै घर नजिकैको बारीमा पुग्नुहुन्छ। दैलेखको दुल्लु नगरपालिका —२ वडापोखराकी हिरा रावतको यो दैनिकी जस्तै भएको छ। उहाँको अधिकांश समय तरकारी गोडमेल गर्ने देखि सुम्सुम्याउने मै बित्छ। बिहान उठेदेखि बेलुकी अबेरसम्म तरकारी गोड्ने, फलेका तरकारी टिप्ने, पानी लगाउने र बेर्ना छर्ने काममा व्यस्त देखिनुहुन्छ। चार वर्ष अघि आफूलाई खानका लागि अलिकति जग्गामा तरकारी खेती लगाउनुभएकी उहाँले  २०७८ सालदेखि व्यावसायिक रुपमा व्यवसायिक रूपमै तरकारी खेती थाल्नुभएको छ ।

ग्रामीण समुदायका समस्या पहिल्याउँदै दैलो दैलोमा पुग्दै पछाडि

0 comment
0 FacebookTwitterEmail

मोरक्कोको पहाडी इलाका एटलसमा स्थानीय समय अनुसार शुक्रबार अबेर राति गएको शक्तिशाली भूकम्पमा कम्तिमा ८०० जनाको मृत्यु भएको तथा अन्य सयौ मानिस घाइते भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ।* यो साठी वर्ष यता आएको सबै भन्दा डरलाग्दो भूकम्प हो।

यो भूकम्पको केन्द्रबिन्दु हाइ एट्लस माउन्टेन्स हो। पहिले ६.८ म्याग्निट्यूडको भनिए पनि अहिले यो भूकम्प ७.२ म्याग्निट्यूडको भएको जनाइएको छ।

भूकम्पबाट घरहरू ध्वस्त भएका छन् र सहरका बासिन्दाहरू घरबाट बाहिर निस्किएका छन्। परकम्पका कारण उनीहरू घरभीत्र पस्न डराएका छन्।

मोरक्कोको गृह मन्त्रालयले अहिलेसम्म मृतकको संख्या ८०० बताए पनि एक सरकारी अधिकारीले अहिलेसम्म विकट पहाडी क्षेत्रमा पुग्न नसकेकाले त्यहाँको खबर आएपछि मृतकको …

0 comment
0 FacebookTwitterEmail

गीता एक—प्रतिध्वनि अनेक —४

महाभारतको युद्धपछि संसारमा एकप्रकारले दार्शनिक तथा सामाजिक क्षेत्रमा रिक्तता आएको अनुमान गर्न सकिन्छ। वेदव्यासले गर्ने भनेको उत्तर वैदिक समयको प्रवाह र चेतनाका आधारमा समाजलाई सही  तरिकाले व्याख्या गर्नु थियो र समाजलाई पथप्रदर्शन गर्नु थियो। त्यसका लागि वेद,उपनिषद्,पुराण तथा इतिहासको रचना गरे।इतिहासको सबैभन्दा विश्वसनीय ग्रन्थका रूपमा महाभारत तयार गरियो भने पुराणहरूमध्ये पनि महापुराणमा रूपमा विभिन्न मध्ये श्रीमद्भागवतलाई लिइएको पाइन्छ। त्यसो त प्रत्येक वेदले र पुराणले कुनै न कुनै आराध्य देवको अभ्यर्थना गरेको छ  र पनि आफ्नो समयका सबैभन्दा प्रभावशाली व्यक्तित्वका रूपमा प्रतिष्ठित वसुदेव—देवकी पुत्र वासुदेव श्रीकृष्णलाई समसामयिक समाजसँग तुलना गर्दै अद्‌भूत प्रतिभाका धनी र सर्वव्यापी ईश्वरका सोह्रैकलाको …

0 comment
0 FacebookTwitterEmail

मधेस प्रदेश विश्वविद्यालयको स्थापना भएको एक वर्ष बितेको छ । गत वर्ष भदौ २२ गते ठुलो तामझाम र सपनाका साथ स्थापना भएको मधेस विश्वविद्यालयले एक वर्ष  खासै उपलब्धि कार्य गर्न सफल भएको देखिएको छैन । उद्घाटन, अन्तरक्रिया, छलफल र जग्गा जमिन खोजबिन तथा वार्षिक उत्सवमै विश्वविद्यालयले एक वर्षको अधिकांश समय र बजेट खर्चेको छ । विश्वविद्यालयमा गरिएका ठाडो कर्मचारीहरूको नियुक्ति समेतमा व्यापक अनियमितता भएको गुनासाहरू  व्यक्त हुन थालेका छन । पूर्वमुख्यमन्त्री लालबाबु राउतको नातागोता र सिफारिसमै ‘तजबिजी’ आदेशमा कर्मचारीहरूको ठाडो नियुक्ति र बजेटको दुरुपयोग जस्ता कार्यले गर्दा विश्वविद्यालयका कुलपति समेत रहनुभएको मुख्यमन्त्री सरोज कुमार यादव  असन्तुष्ट हुनुहुन्छ। ती कर्मचारीले बताएअनुसार,

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved